Latest News

नेपालको टेलिफोन शुल्क विश्वमै आठौं सस्तो, एनसेलले शुल्क घटायो

काठमाडौ,  जेठ २३ । नेपालवाट नेपालमा नै र विश्वका अन्य विभिन्न मुलुकमा टेलिफोन गर्दा लाग्ने शुल्क विश्वकै आठौं सस्तो रहेको छ । केही बर्ष अगाडीसम्म महँगो रहेको टेलिफोन शुल्क निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रवेशसँगै बढेको प्रतिष्पर्धाले घटाएको हो ।

नेपाल दूर सञ्चार प्राधिकरणका अनुसार हाल नेपालभित्रै र वाहिर फोनगर्दा लाग्ने शुल्क विगत एक दशकको तुलनामा अत्याधिकरुपमा घटेको छ । मोवाइल सेवामा निजी क्षेत्रको कम्पनि एनसेलको प्रवेशसँगै बढेको प्रतिस्पर्धाले यसरी उल्लेख्यरुपमा शुल्क घटेको प्राधिरकणले जनाएको छ ।

नेपालवाट हुने आउट गोईङ्ग शुल्क आईटियूकै अध्ययनका अनुसार पनि विश्वकै आठौं सस्तो दरमा झरेको छ । एनसेलको प्रवेश पश्चात आउट गोईङ्ग शुल्क घट्नुकासाथै इनकमिङ्ग शुल्क र आन्तरिक रोमिङ्ग समेत पुरै हटेको आईटियूकै अध्ययनले देखाएको छ ।

केही बर्ष अगाडीसम्म मोबाइल सिम लिनु अत्यन्तै कठीन थियो । दूरसंचार क्षेत्रको उदारीकरणको शुरुवात भएपश्चातपनि  त्यसको एक दशकसम्म पनि नेपाली ग्राहकका लागि मोबाइलमा सहज पहुँच थिएन । 
एनसेलले सेवा प्रदान गर्न थालेपछि भने विगत एक दशकदेखि यो स्थितिमा नाटकीय परिवर्तन आउन थालेको छ । हाल ग्राहकले सहजै सिम कार्ड खरिद गर्न, रिचार्ज गर्न सक्ने भएका छन् । प्रतिस्पर्धासँगै मूल्यमा पनि भारी कटौति भएको छ ।

हाल एनसेलले मुलुकको विकट पहाडी जिल्ला तथा दुर्गम क्षेत्रसम्म सेवा पु¥याएको छ । ती क्षेत्रका स्थानिय वासिन्दालाई यसले उत्साहीमात्रै नवनाई विश्वभर टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ । 
नेपाल दूर सञ्चार प्राधिकरणको एक तथ्याङक अनुसार हाल मुलुकको लगभग ९५ प्रतिशत भागमा मोवाइल सेवाको पहुँच पुगेको छ । मोवाइलसेवामा एनसेलको प्रवेश पश्चात यस्तो अवस्था आएको हो । त्यसअघि मोवाइल सेवाको पहुँच शहरी क्षेत्रमा सिमित र हुनेखाने वर्गको पहुँचमा मात्रै थियो ।

मोबाईलको पहुँच विस्तार भएपश्चात अहिले मोबाईल प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकारको रुपमा स्थापित हुन थालेको छ । नागरिकले मोबाईलबाटै अद्यावधिक सूचना, समाचार, ज्ञान हासिल गर्दै अवसरहरुको पहिचान र लाभ लिन सकिरहेका छन् ।

एनसेलको नेटवर्कले आज हजारौं स्थानिय तथा विदेशी पर्यटकलाई आकस्मिक अवस्थामा मद्दत प्राप्त गर्न तथा जीवन रक्षा गर्न सघाई रहेको छ । जसका कारण आम ग्राहक अहिले एनसेलको सेवाप्रति आकर्षित भैरहेका छन् । आम ग्राहकको चाहनालाई मध्य नजर गर्दै एनसेलले आफ्नो सेवालाई अझै परिस्कृत गर्दै लैजाने प्रतिवद्धता समेत जनाएको छ ।

ऐनसेलले भ्वाईस सेवाको विस्तार ७५ वटै जिल्लामा गरिसकेको छ । शुरुका दिनमा डेटा सेवा मुख्यतः शहरकेन्द्रित रहे पनि एनसेलले ३ जी विस्तार तथा सुलभदरका प्याकहरु मर्फत त्यसको प्रबद्र्धन गरिरहेको छ । जसले गर्दा आजको दिनमा ग्रामिण तथा दुर्गम जिल्लामा समेत ग्राहकहरुले अनलाईन समाचार, ईमेल तथा फेसबुक चलाइरहेका छन् ।

हाल एनसेलले ६३ जिल्लामा थ्रिजी सेवा विस्तार गरिसकेको छ र यो विस्तारको क्रम निरन्तर चलि नै रहेको छ । इन्टरनेटको क्षेत्रमा ऐनसेलको प्रवेश अगाडि अत्यन्तै न्युन मानिसको पहुँचमा मात्रै इन्टरनेट सेवा थियो । अहिले ६३ जिल्लमा इन्टरनेट सेवा पुग्नुमा एनसेलकै प्रमूख देन रहेको पाइन्छ ।

एनसेलको प्रवेशसँगै मोवाईल सेवा सबैका लागि सुलभ भएको हो । यसले गर्दा ग्रामिण तथा दुर्गमका नागरिक पनि मोबाईलमा कनेक्टेड हुँदै मोबाईल मार्फत नै आफन्त तथा प्रियजनसँग सम्पर्क गरिरहेका छन् । 
आफ्नो सेवा विस्तारका क्रममा एनसेलले असार ३१, २०७२ सम्म नेपालमा ८१ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । कम्पनीले प्रत्येक वर्ष आर्जन गरेको आयलाई उल्लेख्यरुपमा नेपालमै पुनः लगानी गरिरहेको छ ।

एनसेलले देशको कुल ग्राहस्थ उत्पादनमा करिब २ प्रतिशत योगदान पुर्याएको छ भने सरकारको राजश्व ढुकुटीमा पनि प्रत्येक वर्ष कुल ग्रार्हस्थ उत्पादनको करिब १ प्रतिशत बराबरको योगदान पु¥र्याइरहेको छ ।

Loading...