Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी


काठमाडौं : नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले कांग्रेस नेता एंव गृहमन्त्री विमलेन्द्र निधिको तस्बिर कांग्रेस मुख्यालयमै जलाएका छन् । उनीहरुले गृह मन्त्रालयको दुरुपयोग गरेर नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ता विरुद्ध प्रहरी परिचालन गरेर आक्रमण गर्न लगाएको भन्दै निधि विरुद्ध चर्को नाराबाजी गरेका हुन् । उनीहरुले निधिलाई भारतीय दलाल समेत भनेका छन् ।


सोमबार कडा सुरक्षा घेराबीच निर्वाचन समितिले नेपाली काँग्रेसको मुख्यालयमा उम्मेद्वारी मनोनयन गराइरहँदा नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थीहरुले निधिको तस्बिर चलाएका हुन् । उनीहरुले निधिलाई देश छोड्न चेतावनी समेत दिएका थिए । आइतबार प्रहरीले नेविसंघका पौडल निकट कार्यकर्ताहरुमाथि हस्तक्षेप गरेपछि विद्यार्थीहरु आक्रोशित भएका हुन् । आइतबार भएको झडपमा पौडेल निकट विद्यार्थीहरु घाइते भएका थिए ।

अन्तत सहमित
यसैबिच  नेविसंघको विवाद मिलेको छ । प्रतिनिधि विवादलाई लिएर सभापति शेरवहादुर देउवाको संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद चर्कदै आएको थियो । सभापति देउवा र पौडेलबीच सोमबार छलफलपछि सहमति बनेको बताइएको छ ।  दुई नेताबीच भएको छलफलका आधारमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेविसंघका पूर्व अध्यक्ष महेन्द्र शर्माले भागबण्डाका आधारमा पाएका प्रतिनिधिलाई उपत्यका बाहिरबाट समेत प्रतिनिधित्व गराउने गरी समझदारी बनेको हो ।

विधिव्त महाधिवेशन गराउनुपर्ने माग राख्दै आमरण अनशन बसेका सिटौला पक्षीय विद्यार्थी समूहले २ सय १५ र महेन्द्र शर्मा पक्षले १ सय १० प्रतिनिधि पाएको थियो ।  त्यसरी पाएका प्रतिनिधि गैर विद्यार्थी रहेका र सवैजसो उपत्यकाबाट प्रतिनिधित्व भएको भन्दै पौडेल पक्षीय विद्यार्थी समूहले आपत्ति जनाउँदै आएको थियो ।

सभापति देउवाले सहमतिमा नआएपनि निर्वाचनबाटै नेतृत्व चयन गर्ने प्रकृया अघि बढाएपछि पौडेल पक्ष लचिलो बन्दै सहमतिमा आएको हो । पौडेल पक्षले आफ्नो टिमको प्यानल बनाउन समय लाग्ने भएकाले मंगलबारसम्म मनोनयनको समय माग गरेको छ । दुवै पक्षलाई निर्वाचनमा सहभागि गराउन मंगलबारसम्मको समय थप गर्ने तयारी भएको निर्वाचन समितिका एक सदस्यले बताए ।

विहान ११ बजेसम्मका लागि तोकिएको मनोनयनको समय पटक(पटक थप गर्दै सांझ ६ बजेसम्म पुर्‍याईएकोमा पछि देउवा र पौडेलबीचको सहमतिले त्यसलाई मंगलबार बिहान ८ सम्मलाई तोकिएको छ ।

Loading...