Latest News
Showing posts with label Interview. Show all posts
Showing posts with label Interview. Show all posts
पूर्व प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीको पहिलो बिहान अत्यन्तै पारिवारिक रह्यो। उनले बिहीबार बिहानभरि परिवारसँगै बिताए। त्यसपछि बालकोट निवासमै एकाध भेटघाट गरे। लगभग दिउँसो साढे २ बजे मात्र उनी बाहिर जान तयार भएका थिए।

बालकोटबाहिर उनको पहिलो मुकाम रह्यो, नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालको सपथग्रहणका लागि राष्ट्रपति निवास।

सेना, प्रहरी र आफ्नो निजी सचिवालयका कर्मचारीको पछि लागेर गाडी चढेका ओलीले ढोका बन्द गर्नुअघि घरतिर फर्केर हात हल्लाए। त्यतिबेलासम्म प्रहरी र सेनाका अधिकृतबाहेक सबै कार्यकर्ता निस्किसकेका थिए। कोही अर्को गाडीमा चढिसकेका थिए।

ओलीले मायापूर्वक हात हल्लाएका ती व्यक्ति अरू कोही थिएनन्, उनकै ८६ वर्षीय बाबु मोहनप्रसाद थिए, जो छोरालाई विदाइ गर्न आँगनसम्मै आएका थिए।

दौरा सुरुवाल र ढाकाटोपीमा ठाँटिएका मोहनप्रसादलाई ओली निस्किसकेपछि सुरक्षाकर्मीहरूले सिकुवाको सोफामा बसालेका थिए। ओली प्रधानमन्त्री भएको नौ महिनाका बीचमा केही समय बालुवाटारमै बिताएका मोहनप्रसाद बुधबार छोरासँगै बालकोट फिरेका हुन्।

‘प्रधानमन्त्रीको बुवा भएर बालुवाटारमा बस्दा कस्तो लाग्यो त?’ सिकुवाबाट सँगसँगै कोठाभित्र छिरेका मोहनप्रसादलाई हामीले सोध्यौं।

‘मलाई त न बालुवाटार न बालकोट, आफ्नै गाउँ प्यारो, बाबु,’ वाकपटुतामा छोराभन्दा एक कदमअगाडि उनले फ्याट्टै भनिहाले, ‘म दुःख पर्यो भनेर आत्तिँदै कहिल्यै तल झरिनँ, सुख भयो भनेर मात्तिँदै कहिले माथि चढिनँ पनि।’

ग्रामीण आनीबानीमा भिजेका मोहनप्रसादलाई खासमा काठमाडौं बस्ने न कहिले धोको थियो न त अहिले नै छ। छोरो प्रधानमन्त्री भएपछि मात्र हो, उनले अलि बढी काठमाडौं ओहोरदोहोर गर्न थालेको। पछिल्लो डेढ महिनायता भने उनी काठमाडौंमै रहेछन्।

काठमाडौं हुँदाका दुइटा संयोग उनले रमाइलो मान्दै सुनाए।

‘नौ महिनाअघि छोरा प्रधानमन्त्री निर्वाचित हुँदा म काठमाडौंमै थिएँ, यसपालि प्रधानमन्त्रीबाट मुक्त हुने घडी पनि म काठमाडौं भएकै बेला परेछ,’ उनले भने, ‘कस्तो संयोग भने बालुवाटार जाँदा पनि बाबुछोरा सँगै भइयो, बालुवाटारबाट निस्कँदा पनि सँगसँगै भइयो।’

छोरा पूर्व प्रधानमन्त्री भएसँगै आफूलाई गाउँ फर्किन हतार लाग्न थालिसकेको उनले बताए। ‘म तीन–चार दिनमै झापा फर्किन्छु, काँ यहाँ बस्छु र,’ मोहनप्रसादले भने, ‘गाउँ बस्न कता हो कता राम्रो नि!’

ओलीको घर झापा पृथ्वीनगर–९, हिमाली चोकमा पर्छ। विर्तामोड, चन्द्रगढी हुँदै दक्षिण भारतसँग जोडिएको पृथ्वीनगर झापाका विकट गाविसमध्ये एउटा हो, जहाँ ओलीका पिता मोहनप्रसाद कान्छो छोरासाथ बस्छन्।

संविधान जारी भइसकेपछि भारतीय नाकाबन्दीको समयमा ओली बाबुलाई भेट्न गाउँ पुगेका रहेछन्। त्यतिबेला ओली नयाँ प्रधानमन्त्री बन्ने वातावरण तयार हुँदै थियो। छोरा प्रधानमन्त्री बन्ने माहोल बुझेपछि मोहनप्रसादले काठमाडौं आउने इच्छा देखाए। ओलीले सँगसँगै ल्याए पनि। झापाबाट काठमाडौं आएको केही दिनमै ओली प्रधानमन्त्री भए। 


गाउँको त्यो परिवेशले खारिएका पाका मोहनप्रसाद आफ्नो जीवनमा कहिल्यै नसोचेको बालुवाटारमा खुट्टा बिसाउने अवसर पाउँदा दंग परेका थिए।

लगत्तै दसैं आयो। मोहनप्रसादले बालुवाटारमा ओली र अन्य सबैलाई टीका लगाइदिए। टीकाकै दिन दिउँसो झापा फर्किए। घरमा कान्छो छोरा जयप्रसाद, बुहारी इन्दिरा, नाति सन्तोष, नातिनी गंगा सबै मोहनप्रसादको प्रतिक्षामा थिए। कान्छो छोराको परिवारलाई दसैंको टीका लगाइदिन पृथ्वीनगर गएका मोहनप्रसाद त्यसपछि केही समय उतै रहे।

माघमा फेरि काठमाडौं आउने अवसर मिल्यो। उनी त्यतिबेला १५–२० दिन बसेर फर्केका थिए।

राम्ररी आँखा देख्ने, सुन्ने र मजाले हिँडडुल गर्नसक्ने, चम्किलो अनुहारका मोहनप्रसादलाई पछिल्लो डेढ महिना भने पट्यारलाग्दो लागेछ। किन त?

‘बिहान उज्यालो भएदेखि अँध्यारो भएसम्म गाउँका इष्टमित्र र नातेदारसँग भेट्न, कुराकानी गर्न व्यस्त भइन्थ्यो। यहाँ बालुवाटारमा त बन्धक भएझैं लाग्यो,’ उनले भने, ‘यहाँ त कसैलाई पनि हतपत भेट्न नपाइने, गेटबाट छिर्न नै नदिँदा रहेछन्।’

कतिपयले त उनलाई फोन गर्थे। आफैं दगुरेर जान्थे गेटसम्म लिन। ‘बाहिर मान्छे भेट्न आएका छन्, भित्र छिर्न दिनू’ भनेर त त्यहाँका सुरक्षागार्डलाई धेरैचोटि भने।

मोहनप्रसाद बालुवाटार बसेको यही डेढ महिनामै हो, ओली सरकारको दिनगन्ती सुरू भएको। ओलीको राजनीतिक दौडधूप यतिबेला उकुसमुकुस बनेको थियो। राजनीतिक घटनाक्रम तीव्र बनेका बेला बालुवाटार पुगेका मोहनप्रसादले ओलीसँग बसेर १५ मिनेट पनि कुरा गर्न पाएका थिएनन्।

‘आउँथ्यो, उभिएर बुबा कस्तो छ भन्थ्यो, गइहाल्थ्यो,’ मोहनप्रसादले भने, ‘अरू के कुरा गर्नु? राजनीति उसलाई सिकाउनु पर्दैनथ्यो मैले।’

बालुवाटार बसाइ क्रममा पनि मोहनप्रसाद छोराबाट लगभग टाढा नै रहे। उनी बस्ने र छोरा बस्ने कोठा नै लामो दुरीमा पर्थ्यो। मोहनप्रसाद पहिले–पहिले त ठम्याउन पनि सक्दैनथे। अलि दिन बसेपछि बल्ल ठम्याउन थालेका थिए।

‘ढोकैढोका, कता हो कता लंकाजस्तो लाग्थ्यो ऊ बस्ने ठाउँ,’ मोहनप्रसादले भने, ‘कहिलेकाहीँ टुकुटुकु हिँडेर जान्थेँ। भेट्थेँ र फर्किन्थेँ।

ओली पनि मोहनप्रसादलाई भेट्न झन्डै दुई–दुई दिनको फरकमा एकपटक कोठामा पुग्दा रहेछन्। र, हालचाल बुझेर फर्किँदा रहेछन्।

‘बुबालाई यसो जुस, फलफूल किनेर राखिदिनू,’ कहिलेकाहीँ मोहनप्रसादको कोठा पुग्दा केपीले भन्ने गर्थे, ‘सञ्चो–बिसञ्चो ख्याल गर्नू।’ 
‘म तगडा थिएँ, त्यसैले कसैले केही गर्नुपरेन,’ उनले भने, ‘डाक्टरकहाँ एक–दुईपटक लगे तर मैले बेकारमा डाक्टर चाहिँदैन भन्दिएँ।’
उनलाई चित्त दुखेको रहेछ। मोतियाबिन्दुको अप्रेसन गर्नुअघि उनी आँखा राम्ररी देख्थे रे। पढ्थे रे। अप्रेसनपछि भने चश्मा नलगाई अक्षर चिन्न छाडेछन्। ‘बेकारमा अप्रेसन गरेर म आँखा नदेख्ने भएँ, घुरमैलो देखिन्छ,’ उनले भने, ‘कान सुन्दैन भनेर देखाएको थिएँ, मैले उल्टै हकारिदिएँ।’
‘कानमा ढ्याङ्ग्रा लगाएर हिर्काउँथे ट्याङ्ट्याङ पारेर, अनि सुनिस् भन्थे, के को नसुन्नु, सुत्दा लामखुट्टे ट्याँट्याँ कराएको सुन्ने मान्छेलाई कान नसुन्ने भन्ने? भन्दिएँ,’ मोहनप्रसादले ठट्यौली पारामा भने। 
बालुवाटारको बसाइमा दिक्क हुँदा उनी गाउँ सम्झिन्थे। आफन्त, नातागोता र छरछिमेकी सम्झिन्थे। हल्का हात हेर्ने ज्योतिष विद्या सिकेका र झारफुक पनि गर्ने गरेका मोहनप्रसादलाई घरमा भेट्न आउनेको कमी हुँदैनथ्यो।
‘तपाईं त बालुवाटार पुगेको मान्छे, हामीसँग उसैगरी पहिलेजस्तै बोल्नुहुन्छ,’ गाउँलेले मोहनप्रसादलाई जिस्क्याउँदा रहेछन्।

तिनलाई मोहनप्रसाद जवाफ दिन्थे, ‘सुख पाएँ भनेर उक्लिनु हुँदैन, दुःख पाएँ भनेर आत्तिनु हुँदैन।’

उनले ०३१ सालको घटना सम्झे। मोहनप्रसाद त्यतिखेर चप्रामारी बस्थे। केपी घैलाडुब्बामा रत्नलाल ओलीको घरमा बसेर पढ्थे।

असार–साउनको बेला माइखोलाले चप्रामारीको घरखेत बगायो। मोहनप्रसाद छिमेकीकोमा आश्रित भए। त्यतिबेलै ओली राजनीतिमा हिँडडुल गर्न थालेका थिए। माइखोलाले घरबारविहीन बनाएको त्यो परिस्थितिमा मोहनप्रसादले केपी पक्राउ परेको सुनेका थिए।


‘कहाँ के गर्न सक्थेँ र आफू नै अर्काको टाँढमुनि बसेको बेला,’ मोहनप्रसादले सम्झिए।

घरखेत हुँदा अरूलाई अँधिया लगाउँथे। त्यसपछि त पटुवा रोप्न पनि अरूको घरखेत अँधियामा कमाउने दिन आए।

‘म कमजोर भएको बेला लत्याकलुतुक पनि हुन्न, बलियो हुँदा माथि पुगेको धाक पनि पसार्दिनँ,’ मोहनप्रसादले कण्ठ फुकाएर भने, ‘एक दिन कहाँको मान्छे कहाँ पुग्छ, मैले यो सब देखेको छु, त्यसैले धनको घमन्ड गर्नुहुन्न।’

मोहनप्रसादले केपीलाई धेरै नजिकबाट अध्ययन गरेको कि बाल्यकालमा थियो, कि अहिले प्रधानमन्त्री भइकनै। केपीको राजनीतिक व्यस्ततामा मोहनप्रसाद सधैं छुटेकै हुन्थे। बालुवाटार बसाइले थोरै नजिक्याएको मात्र थियो।

मोहनप्रसादले छोरा प्रधानमन्त्री हुँदा गरेका कामबारे पनि बोलेका छन्। जनता खुसी भएको दाबी पनि गरेका छन्।

सबैभन्दा खुसी ओली सरकारमा हुँदा नाकाबन्दी हटेकोमा लागेको रहेछ। आफूजस्तै वृद्धवृद्धालाई लक्ष्य गरी भत्ता बढाएकोमा गदगद भएका छन्। ओलीकै सरकारका पालामा कर्मचारीले मन दुःखाउनु नपरेको मोहनप्रसादको बुझाइ छ। 

‘कर्मचारी कोही दुःखी हुनु परेन, सबैको तलब बढ्यो,’ मोहनप्रसाद भन्छन्, ‘सबै खुसी भएका छन्, बूढाबूढी खुसी भएका छन्, जनताको लागि ज्यान दिएर काम गरेको छ।’ 

छोराको कामको मुक्तकण्ठले प्रशंसा गर्ने यी बाबु केपी फेरि प्रधानमन्त्री भएर आउनेमा पनि उत्तिकै विश्वस्त छन्।

‘छोराविरुद्ध अविश्वास प्रस्ताव आउँदा, प्रधानमन्त्रीबाट हट्दा तपाईंलाई पिर लागेन?’

हाम्रो यो प्रश्नमा उनले भविष्यवाणीसमेत गर्न भ्याए, ‘किन पिर मान्नु, छ महिनापछि फेरि प्रधानमन्त्री बन्ने पो योग देख्छु म त।’ 
मधेशबादी दल भन्नेहरु मात्र एजेन्ट हुन् : मदेशी जनताको लागि लडेका होइनन आफ्नो सत्ता र कुर्चीको लागि उफ्रिएका हुन् , मधेश विज्ञ डाक्टर अहिराज भिडियो सहित!!!







अर्चना पनेरु(अभिनेत्री)
म पोर्नस्टार सनी लियोनीको अत्यन्त ठूलो फ्यान हुँ । उनले अभिनय गरेका सबै पोर्न भिडियोहरु मैले नछुटाईकन हेरेकी छु । उनको आँट र हिम्मतले मलाई पोर्नस्टार तिर तान्यो । उनका सवै फिल्म हेरेपछि एक बर्षअघिदेखि मलाई पोर्न फिल्म खेल्ने चाहाना जाग्यो र मैले त्यसलाई सपना बनाएकी छु ।
पहिले जस्तो अहिले धेरै पोर्न फिल्म हेर्न पाएको छैन । कामको व्यस्तताले त्यता समय दिन सकेको छैन । तर फुसर्द मिल्यो भने चाहिँ हेर्ने गरिरहेकी छु । म त्यहाँबाट अभिनय सिकेर पार्न स्टार बन्ने मेरो सपना छ ।
कतिपयले यसलाई बोलाहको संज्ञा पनि दिन्छन् । किनेभने नेपाली समाजमा पोर्न बन्देज छ । बन्देज समाजमा बसेर पोर्नस्टार बन्ने सपना पूरा गर्न सकिँदैन । त्यही भएर म देश बाहिर गएर भएपनि पोर्नस्टार बन्ने योजना बनाएकी छु । पोर्न स्टार बन्न अभिनयको आवश्यकता पर्दछ ।  अहिले नेपाली फिल्ममा अभिनय गरिरहेकी छु । म मेरो पोर्न स्टार बन्ने सपना पाँच वर्ष पछि पुरा गर्नेछु ।

पाँच वर्षसम्म म नेपाली फिल्ममै अभिनय गर्छु । अनि मात्र पोर्न फिल्म खेल्नका लागि विदेश जाने योजना छ । पोर्न फिल्ममा काम गर्दा पहिलो चाहिने कुरा भनेको अभिनय नै हो । त्यसका लागि मैले नेपाली फिल्म खेलेकी हुँ । म अझै ६, ७ वटा नेपाली फिल्ममा काम गर्न चाहन्छु, जसले गर्दा मेरो अभिनयमा निखारता आओस् । अनि मात्र पोर्न फिल्ममा आफुलाई प्रस्तुत गर्न सकु ।
3मेरो योजना पोर्न स्टार बन्ने हो । तर म नेपाली फिल्म खेलिरहेकी छु । यसको एउटै कारण छ, नेपाली फिल्ममा नाम कमाउन चाहान्छु । नाम भएपछि पोर्न फिल्ममा जान सजिलो हुन्छ । पोर्न बाहेकका फिल्ममा चर्चा आएपछि  पोर्नस्टार बन्न सकिने मेरो विश्वास छ ।
मेरो पहिलो फिल्म ‘जिष्म’ हो । फिल्ममा मेरो मुख्य भूमिका गराउने सहमति भएको थियो । तर फिल्मको छायांकन भइरहँदा निर्देशक राजु गिरीले शुभेच्छा थापालाई प्रवेश गराए । शुरुमा उनलाई दुईदेखि तीनवटा दृश्यमा काम गराउने कुरा भएको थियो । तर काम गराउँदै जाँदा मलाई भन्दा बढी उसलाई भूमिका दिइयो, जुन कुरा मलाई चित्त बुझेन । अनि मैले ‘जिष्म’ छाडे । जिष्ममा मलाई पोष्टरमा मात्र समेटिएको छ, फिल्ममा चाहिँ शुभेच्छा नै छिन् । जिष्म छाडेपछि मलाई ‘छेस्को’का कलाकार करण श्रेष्ठ ‘क्रेजी’ले फिल्म ‘छेस्को’मा अभिनयको लागि अफर गर्नुभयो । उहाँको फिल्मको स्क्रिप्ट मनपरेकोले मैले अभिनय गरें ।
विदेशमा गएर पार्न फिल्म खेल्ने मेरो योजना भएपनि हालसम्म कुनै निकायसँग मेरो कुरा भएको छैन । म पाँच वर्षसम्म पोर्न फिल्मका बारेमा विविध कुराको अध्ययन गर्छु । अहिलेसम्म कोही पोर्न मेकरसँग मेरो कन्ट्याक्ट पनि छैन । पाँच वर्षसम्म सबै कुराको अध्ययन गरेपछि मात्र कन्ट्याक्ट गर्नेछु ।
विदेश भन्दा नेपालमै पोर्न फिल्म खेल्न मन छ । तर यहाँ वातावरण छैन । यहाँ पोर्न फिल्म बनाउँदा हरेक दृष्टिकोणले असुरक्षित  छ । त्यसकारण आफ्नो ज्यान जोखिममा पारेर यहाँ पोर्न फिल्मको काम गर्दिन् ।
नेपाली पोर्न फिल्म पनि बनेको सुनेकी छु । वातावरण अनकुल नभएका कारण कलाकारहरु समाजमा आउन सक्दैनन् । नेपाली पार्न फिल्म हेर्न पनि मैले पाएकी छैन । त्यो हेर्न मलाई मन छ । समय मिले हेर्छु ।
म पोर्नस्टार बन्ने सार्वजनिक अभिब्यक्ति दिएपछि धेरैले मलाई सेक्सका बारेमा सोध्ने गर्दछन् । तर म हालसम्म भर्जिन छु । हालसम्म मलाई सेक्सको अनुभव छैन ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारबाट समर्थन फिर्ता लिने पार्टीको निर्णयमा असन्तुष्टि जनाएका छन् ।bhayo
न्यूज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रम ‘रियल फेस’मा पत्रकार प्रेम बानियाँसँग कुराकानी गर्दै उनले पछिल्लो पटक कांग्रेससँग बनेको सत्ता समीकरणले माओवादीलाई तत्कालका लागि लाभ भएपनि राष्ट्रलाई घात हुने बताए ।
चीनसँग पारवहन सन्धी, रेल्वे सम्झौता र पेट्रोलियम पदार्थको उत्खनन् सम्बन्धी नेपालले गरेका सम्झौताबाट अत्तालिएका शक्तिकेन्द्र (भारततर्फ संकेत) सरकार ढाल्न सक्रिय रहेको उनको आरोप थियो ।
केपी ओली नेतृत्वको सरकार राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रको आत्मनिर्णयको पक्षमा दृढतापूर्वक उभिएको र त्यसले केही समययता राष्ट्रिय आत्मनिर्णयको अवस्था सुदृढ भएको समेत बताएको स्मरण गर्दै नेता श्रेष्ठले अब बन्ने सरकारले चीनसँग भएका सम्झौता अघि नबढाए ठूलो नोक्सानी हुने चेतावनी दिए ।
ओली नेतृत्वको सरकारले थालेका नीति र कामको निरन्तरता नपाए देशले ठूलो चुनौती सामना गर्नुपर्ने भन्दै उनले माओवादी त्यो दिशामा नगएको आरोप लगाए ।
यसअघि माओवादीले सरकार छाड्ने निर्णय गरेकै दिन नेता श्रेष्ठले असन्तुष्टि जनाउँदै ओली सरकारको पक्षमा उभिएका थिए ।
dainiknepal


गत विहीबार पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७० औं जन्मदिन मनाए । उनलाई शुभकामना दिन सयौं शुभेच्छुकहरु निर्मल निवास पुगे । गणतन्त्र नेपालमा उपप्रधानमन्त्री कमल थापा समेत पूर्वराजालाई शुभकामना दिन लाइन लागेर निर्मल निवास पुगेका थिए ।
त्यही भीडमा चर्चित पत्रकार सविना कार्की पनि निर्मल निवास पुगिन् । उनले पूर्वराजालाई जन्मदिनको शुभकामना दिइन् । र उनको अन्तर्वार्ता पनि लिइन् । सविनाका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले उनलाई दिएको अन्तर्वार्ता सम्भवतः पहिलो अडियो अन्तर्वार्ता हो ।
अन्तर्वार्तामा ज्ञानेन्द्रले आफ्ना मनका कुरा खोलेका छन् भने धर्मका नाममा राजतन्त्र ब्युताउन खोजेको आरोप लगाउने गणतन्त्रवादीलाई कडा जवाफ पनि दिएका छन् ।
यस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको छोटो अन्तर्वार्ताको सम्पादित अंशः
आफ्नो जीवनमा फर्केर हेर्दाखेरी समग्रमा कस्तो रह्यो जस्तो लाग्छ ?
राम्रै लाग्या छ । जीवन भनेकै प्रयत्नशील छ । कहिले घाम लाग्छ कहिले पानी लाग्छ । जीवनै त्यही हो । फूल पनि हो, काडाँ पनि हो । दुइटै मानी धेर्यसाथ जिउनु । राम्ररी जिउनु ।
हजुरका कति मिठा रचना हामीले सुनेका छौं, ती रचनाहरु अहिले केहि छ कि छैन् त्यस्तो लेटेस्ट रचना ?
छ नभा होइन् ।
हामी प्रतिक्षा गर्दैछौं, कहिलेसम्म आउने आशा गर्नसक्छौं ?
त्यो अब हेर्दै जाऔं । कुनैदिन फेरि निकालौला ।
त्यसको केही लाइन शेयर गर्न मिल्छ हामीसँग ?
हास्दै… अहिले म भन्दिन त्यो ।
हजुरबुवाभन्दा पहिला श्रीपेच पहिरिनुभएका तपाईको जीवन वास्तवमा भन्नुपर्दा श्लोककथा तथा इतिहासविद्हरुका लागि अद्धितीय छ । तपाईका हरेक कार्यले नेपालीहरुमा केही न केही अर्थ राख्दा एक राजालाई साधारण नागरिक भएर साधारण नागरिकको जीवन कस्तो लागिरहेछ ?

हाँस्दै… म त नेपाली भएर बाँच्नुमा असाध्यै खुसी लाग्या छ । राजा होस् या नहोस् त्यो अर्काे कुरा भयो । त्यो पनि मैले चाहेर भएको होइन् । यो कथित पटक्कै भएको होइन् । त्यस्तै परिस्थितीले मलाई त्यस्तो जिम्मेवारी दिएको जस्तो लाग्छ । र अहिले सर्वसाधारण भएर बाचिरहँदा यो समयमा नेपालीहरुबाट केही अप्ठ्यारो भा छैन् । राम्रै लाग्या छ । नेपालमा बाँच्नु नै मेरो लागि सौभाग्य हो जस्तो लाग्छ ।
फर्केर हेर्दाखेरी कुनै कुरामा ग्लानी छ यहाँलाई ?
त्यस्तो केही छैन् मलाई त्यस्तो केही छैन् ।
एक जमातमा राजतन्त्र पुनरागमनको आश राखिरहेको छ । यो सम्भव कस्तो देख्नुहुन्छ ?
यो मलाई सोध्ने होइन् तपाईहरुले । सर्वसाधारण जनतालाई सोध्नुपर्छ ।
मठ मन्दिर घुम्नुहुन्छ । पूजापाठमा सक्रिय देखिनुभाको छ । कस्तो कुरा सुनिएको छ भने हिन्दू धर्ममा राजतन्त्रप्रति आस्था राख्नेलाई आफ्नो अनुकुल बनाउने रणनीति भन्नेहरुलाई के भन्नुहुन्छ ?

मलाई त्यस्तो लाग्दैन् । हेर्नुस् धर्म भनेको सबै धर्मको क्लाइन्ट के हुन्छ भने शान्ति ल्याउनु, शान्ति छाओस्, यो देशमा अमनचयन होस् भनेर नै सबैले एउटा आस्थालाई विश्वास गर्छन् । त्यही विश्वासले हामी अगाडि बढ्नुपर्छ । अरु अर्थ लाएर हिड्नुहुँदैन् ।
सक्रिय राजनीतिमा आउने सम्भावना छ कि छैन् ?
त्यो पनि तपाईले सर्वसाधारणलाई सोध्नुपर्छ मलाई होइन् ।
हिमानी ट्रष्टमा तपाईको सम्बद्धता छ कि छैन् ?
हिमानी ट्रष्टमा मेरो साँच्चिकै त्यसमा छैन् । संरक्षक भनेर मेरो श्रीमतीको छ । मेरो होइन् । तर, आफ्नै बुहारी (हिमानी शाह)ले गरेको काममा मेरो चाँसो नहुने त्यो असाधारण नै हुन्छ ।
नाति नातिना के बनुन जस्तो लाग्छ ?
हाँस्दै… सबभन्दा पहिले नेपाली बनोस् जस्तो लाग्छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहा त्यति साह्रै सञ्चार माध्यममा आउँदैनन् । तर, उनको ७० औं जन्मदिनको उपलक्षमा एक चर्चित आरजे सविना कार्कीले उनको अन्र्तवार्ता लिएकी छिन् । राजतन्त्रको पुनरागमनको विषयमा थुप्रै हल्लाहरु भएको बेला पूर्व राजाको जन्मदिन निकै चर्चाको विषय बनेको थियो । साबकास्का लागि सविना कार्कीले लिएको पूर्व राजा ज्ञानेन्द्र शाहाको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं : सम्पादक

साबकास्टमा यहाँलाई स्वागत छ ।

थ्याङ्क यु ।

हजुरलाई धेरै धेरै ह्याप्पी बर्थ डे ।

थ्याङ्क यु ।

आफ्नो जीवनमा फर्केर हेर्दाखेरि समग्रमा कस्तो रह्यो जस्तो लाग्छ ?

राम्रै लागेको छ । जीवन भनेकै कुरा त्यस्तो हो । कहिले घाम लाग्छ कहिले पानी पर्छ । जीवननै त्यही हो । फूल पनि हो पानी पनि हो । यी दुवैमा धर्यसाथ जीउन जान्नु नै जीवन हो ।

हजुरका कति मिठा रचनाहरु हामीले सुनेका छौं । अहिले त्यस्तो केही छ की छैन यहाँको कुनै लेटेस्ट रचना ?

छ । नभएको होईन ।

हामी प्रतिक्षा गर्दैछौं कहिलेसम्म आउने हामी आशा गर्नसक्छौं ।

त्यो अब हेर्दै जाउँ । कुनैदिन म फेरी निकालौंला ।

त्यो कुनै लाईन हामीसँग शेयर गर्न मिल्छ ?

अहिले म भन्दिन ।

हजुरबुवाभन्दा पहिले श्रीपेच पहिरिनु भएको तपाईंको जीवन वास्तवमै भन्नुपर्दा सोधकर्ता तथा ईतिहासविदहरुको लागि अदितिय छ । तपाईंका हरेक कार्यले नेपालीहरुमा केही न केही अर्थ राख्दा एक राजालाई साधारण नागरिकको जीवन कस्तो लागिरहेको छ ?

हाँसो… । मलाई नेपाली भएर बाँच्नपाउँदा असाध्यै खुसी लागेको छ । राजा होस वा नहोस् त्यो अर्को कुरा भयो । त्यो पनि मैले चाहेर भएको होईन । दुई पटक नै त्यस्तो भएको होईन । त्यस्तै परिस्थितिले मलाई त्यस्तो जिम्मेवारी दिएको हो । अहिले सर्वसाधारण भएर बाँचेको यो समयमा नेपाली भएर बाँच्न केही अफ््टेरो भएको छैन । राम्रै लागेको छ । नेपालका बाँच्नु मेरो लागि सौभाग्य जस्तो लाग्छ ।

फर्केर हेर्दा कुनै कुरामा ग्लानी छ यहाँलाई ?

त्यस्तो केही छैन ।

एक जमातमा राजतन्त्र पुनारागमनको आश जागिरहेको छ । यो संभावना केस्तो देख्नुहुन्छ ?

त्यो मलाई सोध्ने होईन । तपाईंहरुले सर्वसाधरण जनतालाई सोध्नुपर्छ ।

मठमन्दिर घुम्नु हुन्छ पुजापाठमा पनि सक्रिय देखिनुभएको छ । कस्तो पनि कुरा आएको छ भने, हिन्दु धर्ममा राजतन्त्र प्रति आस्था राख्नेहरुलाई आफ्नो अनुकुल रुमल्लीएर राख्ने रणनीति भन्नेहरुलाई के भन्नुहुन्छ ?

मलाई त्यस्तो लाग्दैन । सबैधर्मको काम शान्ति ल्याउनु, शान्ति छाओस् भन्नु र देशमा अमन्चयन होस् भन्ने नै हो । सबैले एउटा आस्थामा विश्वास गर्छन् । त्यही विश्वासले हामी अगाडी बढ्नुपर्छ । अरु अर्थ लगाएर हिड्नु हुन्न ।

सक्रिय राजनीतिमा आउने संभावना छ कि छैन ?

त्यो पनि तपाईंले सर्वसाधरणलाई सोध्नुपर्छ । मलाई होईन ।

हिमानी ट्रष्टमा तपाईंको संरक्षण छ कि छैन ?

हिमानी ट्रष्टमा मेरो सच्चिकै संरक्षण छैन । संरक्षण भनेर मेरो श्रीमतिको छ । मेरो होईन । तर, मेरो आफ्नै बुहारीले गरेको काममा मेरो चासो नहुने असाधारण नै हुन्छ ।

नाती नातिना के बनुन् जस्तो लाग्छ ?

सबैभन्दा पहिले नेपाली बनोस् जस्तो लाग्छ ।

कुनै नेपाली गीत जुन यहाँलाई अत्यन्तै मन पर्छ  ।

छैन त्यस्तो मैले सम्झन्न ।

हवस् पुन यहाँलाई जन्मदिनको मंगलमय शुभकामना ह्याव अ बेस्ट एयर अहेड ।

थ्याङ्क यू । बेस्ट अफ लक कास्टिङ् । आई होप इट अल सक्सेस ।
काठमाडौं, असार २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अशान्तिको अवस्था बनेको भन्दै जनताको चाहनाअनुसारको व्यवस्था कायम होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

आफ्नो ७०औं जन्मदिनको अवसरमा विहीबार निर्मल निवासमा शुभेच्छुकहरुबाट शुभकामना ग्रहण गर्नेक्रममा सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वराजा ज्ञानेन्द्रले आफूले देशमा शान्ति र स्थायित्व चाहेको बताए ।

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनको अवसरमा शुभकामना दिन वर्तमान सरकारका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, पूर्वमन्त्रीहरु, सुरक्षा निकायका पूर्वप्रमुखहरु, राजावादीहरु, शुभेच्छुक र सर्वसाधारण निर्मल निवास पुगेका थिए ।

उनीहरुसँग पूर्वराजा ज्ञानेन्द्रले भलाकुसारी गरेका थिए ।


नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जीवनको अन्तिम क्षणसम्म मानव हित र देशको समृद्धिका लागि लड्ने बताएका छन्। उनले जीवनका परीक्षामा निरन्तर खरो उत्रने नाम 'बाबुराम' भएको जोसिलो भाव देखाए।

'बाल्य जीवन, युवावस्था र प्रौढावस्थाका कठिन परीक्षा उत्तीर्ण गर्दै यहाँसम्म आएँ,' नागरिकन्युजको नागरिक शो का लागि गरिएको भिडियो वार्ताका क्रममा जोसिलो देखिएका उनै भट्टराई तत्क्षण केही भावुक बने,'मेरो जीवनको ज्येष्ठ स्तरको यो क्षणमा पनि मलै विश्राम लिन चाहिन, मेरो ज्येष्ठ परीक्षा बाँकी छ, यो पनि उत्तीर्ण भएर देखाउने संकल्प लिएको छु।'

उनको आत्मविश्वास छ 'इतिहाँस हेर्नुस् बाबुराम व्यक्तिगत परीक्षा र राजनीतिक/सामाजिक परीक्षामा असफल छैन।' किन? उनको तर्क छ–'मेरा निजी स्वार्थ छैनन्, यदि व्यक्तिगत चाहनाका लागि मैले सोँचेको भए पञ्चायतलाई नै उपयोग गरेर मैले स्वार्थ भजाउँथे, तर मैले बिद्रोह गरेँ।' उनले थपे 'पछि संसदीय–बहुदलीय व्यवस्था आयो त्यसमै रमाएर बसेको भए पनि पुग्थ्यो, अहिले गणतन्त्र स्थापना भयो नयाँ संविधान आयो त्यसको एक प्रमुख सुत्रधार म थिएँ, मलाई पुग्यो भनेर म रमाउन सक्थेँ।'

राजनीतिक उपलब्धि हासिल गर्ने चरण पूरा भयो, तर जनताको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि हासिल गर्ने काम बाँकी रहेको भट्टराईको ठहर छ। त्यसकै लागि नयाँ र अरुले आँट्न नसकेको यात्रामा आफू लागेको उनको दाबी छ। 'हिजो पनि अरुले नआँटेको परिवर्तन सम्भव तुल्याएको एउटा योद्धा हो बाबुराम, फरकमत्रै के हो भने नयाँ चिज बुझ्ने चेतना सबैमा छिट्टै घुस्दैन,' उनले भने।

नयाँ शक्ति किन? अरु दलभन्दा कसरी भिन्दै हुनेछ नयाँ शक्ति? प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र आर्थिक समृद्धि जस्ता प्रमुख लक्ष्य हासिल गर्ने आधार र समयसीमा कस्तो छ?

जेठ ३० गते आइतबार काठमाडौं दशरथ रंगशालामा हुने नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा नयाँ प्रयोग हुने बताइएको छ, त्यो के हो?

प्रस्तुत छ बाबुराम भट्टराईसँग गरिएको कुराकानी ;

Source: Nagariknews.com


नेपालमा अक्सर महिलाको स्वाभिमान, उसको इज्जत वा प्रतिष्ठालाई उसको कुमारीत्व वा योनीसँग जोडेर हेर्ने रुडीवादी चलन छ । हाम्रो समाजमा कुमारी हुनु वा नहनुमा महिलाको प्रतिष्ठा खोज्नेहरुको भीड ठुलै छ । पुरुषहरुका लागि जति खुला छ, त्यति कुण्ठित छ समाज महिलाहरुका लागि । यहि सन्दर्भलाई लिएर स्वेता महतोले ब्लग लेखेकी छिन् । उनले ब्लग यस्तो छः
म १८ वर्षकी नेँहा कार्की हु । मेरो गतिविधीहरु जो कोहीलार्इ अनौठो लाग्नु स्वाभाबिकै होला तर म त्यस्तो अनौठो प्रकारको व्यक्ति नभइ म सामान्य व्यक्ति हुँ । तर मलाइ यस्तो अनौठो व्यक्ति वनाउन हाम्रो समाजकै दोस छ । मेरा थुप्रै सपनाहरु थिए जुन सपनाहरु तपाई हामि बस्ने समाजले नै मारीदिएको छ । मेरो शरीर अझै पनि जीवित छ तर मेरो अस्मिता लुटिएको छ । कसरी समाज हत्यारा वन्न सक्छ भन्ने प्रश्न तपाइमा आउन सक्छ । तथापी समाज भन्नाले हामीलार्इ हुर्किन वढ्न र हिडडुल गर्न उपयुत्त वातावरण भएको ठाउँ भन्ने वुझिन्छ । तर मेरो सवालमा समाजले मेरो चरीत्र हत्या गरीदिएको छ र मेरो शरीर लाश जस्तै आत्मा विनाको वनेको छ ।

मेरो के नै गल्ती थियो र के महिला भएर जन्मनुनै एउटा अभिशाप हो त ? जसको ईज्जत शरीरको एउटा सामान्य अगं (योनी)मा हुँदोरहेछ । मेरो शरीर त्यस्ता पुरुषवाट बलात्कृत भएको छु जो आफ्नो मर्दपन म जस्ता अवोध नारीहरुको अस्मिता लुटेर देखाउन चाहन्छ । तर समाज हाम्रा यस्ता कुराहरुमा मौन देखीन्छन । तर के अव म न्याय नखोजी मौन बँसौ अह म न्याय खोज्छु भनी लागी परे तर न्याय खोज्ने क्रममा म झन् समाजवाटै उल्टो तिरस्कृत हुन पुगे ।
मैले यो पत्र नयाँ वर्षमा सवैले आफ्नो नयाँ कार्यको थालानी गर्ने दिन लेख्दैछु हामा्रे समाजलाई जसलाइ म न्याय र आत्मसम्मान के हो भन्ने कुरा सोध्नका लागी ।
के वलात्कृत हुनुमा मेरो दोषी छु त ? त्यसो भए मलाइ किन समाजमा घृणीत जीवन जीउन वाध्य छु ? जब बलात्कार गर्नेहरु केही दिनको जेल सजायपछि इज्जतदार र निर्भिकतासाथ समाजमा हिडडुल गर्दछन् ।
किन हामि जस्ता महिलाहरुको इज्जत एउटा शरीरको सामान्य अगंमा राखीन्छ ? किन हामीले कानर्यदक्षताका आधारमा गरीँदैन ? के हाम्रो कामको मुल्यांकन हुन्न ? वलात्कारीहरुको इज्जत कसरी जोगीयो र हामी बलात्कृत हुने पीडितको इज्जत कसरी गुम्यो त ? के पुरुषप्रधान समाजमा महिलाहरुको अस्मिता लुटिदा र महिललाइ नंग्याउदा त्यहाँ मर्दपन हुन्छ ? यो प्रश्न मेरो समाजलार्इ जुन प्रश्न म मेरो शरीरलार्इ विष पिलाउनु अघि राख्दैछु र म यो पुरुषप्रधान समाजको मुल्य मान्यता र वन्धनवाट टाढिदै छु । मेरो कामाना छ अर्को जन्ममा म महीला नभइ पुरुष भइ जन्मन पाउ जसले गर्दा मेरो इज्जत योनीमा सिमीत नहोस ।

उनी हुन् मोडेल स्मिता थापा । मोडेल थापा यौनमा पुरुषको होइन महिलाको अधिकार हुनुपर्छ भन्ने मान्यता राख्छिन् । नेपाली समाजमा पुरुषहरु महिलालाई यौनेच्छा शान्त पार्ने साधनका रुपमा प्रयोग गर्छन् भन्ने पुरानो मान्यताका विरुद्ध उनी खरो रुपमा उत्रन चाहन्छिन् ।
Smita Thapa (3)
उनी जस्ता धेरै महिलाका कारण नेपाली समाजमा पुरुष यौनकर्मीको संख्या बढ्दै गएको छ । त्यस्ता पुरुष प्रयोग गर्ने युवती मध्ये एक हुन् मोडल स्मिता थापा । पत्रकारितामा प्रकाशित हट पोज ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्विर छपाएकी स्मिता त्यस्ता युवतीहरुकी प्रतिनिधि हुन् जो पुरुषलाई यौन साधन मात्रै मान्छन् ।
उनको विचारमा पुरुषले महिला माथि मायाको नाममा यौन शोषण गरेको छ । अब पालो युवतीको हो । युवतीहरुले पनि पुरुषहरुलाई यौन साथीका रुपमा मात्र हेर्न सिक्नुपर्छ ।
भनिन्छ, केही पुरुषहरु महिलालाई खेलौनाका रुपमा हेर्छन्, उनीहरु खेल्छन् र उपादेयता सकिएपछि फ्याक्छन् । के यस्तै कुरा महिलाहरु पनि सोच्छन् ?
सोच्छन्, किन सोच्दैनन् ? म त्यस्तै युवती हुँ । पुरुषहरु मेरा खेलौना हुन् । मेरो शरीरले इच्छा गर्दा उनीहरुलाई युज गर्छु । सकिएपछि त्यसको उपादेयता पनि सकिन्छ ।
कति पुरुषसँग संगत गर्नुभयो ?
मैले १६ वर्षदेखि पुरुषको संगत गर्दै आएकी छु । अहिलेसम्म कति पुगे होलान् भनेर गन्दा अल्मलिन्छु । धेरै पुगिसके, कति भन्नु ? (लामो हाँसो)
भनेपछि ती सबै खेलौना नै थिए ?
पहिले त ती ड्रिम ब्वाई नै थिए । पछि–पछि मलाई पुरुष भनेका खेलौना हुन् भन्ने लाग्न थाल्यो ।
यस्तो सोच कहिलेदेखि आयो ?
पहिले शरीरको आवश्यकता पुरागर्न यौन संवन्ध राखें । कहिलेकाहीं सम्बन्ध राख्दै जाँदा त्यो मायामा परिणत भयो । जब मानिसको व्यवहार बुझ्दै जाँदा यो स्वार्थी जीव हो, यहाँ माया प्रेमको अर्थ छैन भन्ने थाहा पाएँ । त्यसयता मैले पनि पुरुषहरुलाई “युज एन्ड थ्रो” कै व्यवहार गर्न थालेकी छु ।
पुरुषहरु स्वार्थी कि महिला ?
म महिला भएकीले महिलालाई किन स्वार्थी भनौं ? बरु पुरुष नै स्वार्थी हुन्छन् । महिलाहरु मायामा पग्लन्छन्, तर पुरुषहरु पग्लिएको मैले पाईंन । म कुनै पुरुषको मायामापर्दा उसले मलाई विवाह गरेन । मायामा पग्लिने भए त विवाह गरिहाल्थ्यो नि ।
विवाहगर्ने अनुकुल अवस्था नहुन पनि सक्छ नि, विवाह नगर्ने वित्तिकै पुरुषलाई स्वार्थी भन्न मिल्छ ?
पुरुषहरु विवाह अघि म जस्तै हट एण्ड सेक्सी गर्लफ्रेन्ड चाहाँदा रहेछन् । गाडीमा राख्यो, घुमायो, अनि मोजमस्ती गरो । जव विवाहको कुरा आउँछ, उनहिरुलाई घर सम्हाल्ने, सिधा–सादा केटी चाहिन्छ रे ? विवाह अघि पनि गर्ने त्यही हो, पछि पनि त्यही हो ।
तपाईं गाडी चढ्नुहुन्छ, फ्ल्याटमा बस्नुहुन्छ, विचार र व्यवहार पनि त्यस्तै देखेपछि यस्तो सोच्नु स्वभाविक नै हो, होइन र ?
म व्यक्तिगत जीवनमा फेमिली ब्याकग्राउन्डको कुरा गर्न चाहान्न । तर यति भन्छु, म महिनाको ४–५ लाख खर्च गर्ने क्षमता राख्छु । म बीटेक गरेकी शिक्षित एवम् सक्षम युवती हुँ ।
तपाईंको जीवनको उद्धेश्य के हो ?
राम्रो मोडल बन्ने । खुसीसाथ जीवन बिताउने । दुई–चार वटा एड (विज्ञापन) गर्दा बजारबाट जुन रेस्पोन्स पाएँ, त्यसले मलाई मोडलिङमा रुचि बढाएको छ । बाँकी जीवन आफूले चाहेको जस्तो गरी बिताउने । विशेषगरी नयाँ–नयाँ पुरुषसँग सङ्गत गर्ने ।
सवैभन्दा पहिला पुरुषको संगत गर्नुभयो कि मोडल बन्ने चाहाना राख्नु भयो ?
म स्कूलमा फरवार्ड थिएँ । राम्रो नाच्ने र एक्टिङ गर्थे । १६ वर्षको उमेरदेखि नै पुरुषको संङ्गत पनि गर्न थालें ।
पहिलो पटक सङ्गत गरेको पुरुषको संझना छ ?
छ । मैले डान्स क्लासमा भेटेकी हुँ । ऊ २७ वर्ष जतिको थियो । ऊसँग मेरो “ओरल सेक्स” भएको थियो ।
त्यति सानो उमेरमा कसरी ओरल सेक्सको कुरा थाहा पाउनु भयो ?
त्यो आफैंमा थाहा पाउने कुरा हो । सेक्स त प्राक्रितिक कुरा हो नि, होइन र ? फेरि त्यो निकै अनुभवी मानिस थियो, उसले नै मलाई सेक्सको महत्व सिकाएको हो ।
त्यो एक प्रकारको शोषण थियो भन्ने लाग्दैन ?
अहिले आएर लाग्छ किनभने उसले मेरो चाहाना पुरा गर्दैनथ्यो । तर मैले ओरल गर्दा ऊ जति खुसी देखिन्थ्यो, त्यो देखेर मलाई आनन्द लाग्थ्यो ।
दोस्रो पुरुष पनि संझनु हुन्छ ?
सम्झन्छु । त्यसवेला म १७ वर्षकी थिएँ । ऊसँग मेरो प्राकृतिक सम्पर्क भएको थियो । म पहिलो पटक साँच्चैकी युवती भएकी थिएँ । ऊ भने ३१ वर्षको थियो ।
तपाईंलाई सधैं पाको पुरुष नै मन पर्नुको कारण ?
किनभने उनीहरु अनुभवी हुन्छन् । अर्को कुरा पाको मानिससँग उठबस गर्दा अरुले अनावश्यक शंका पनि गर्दैनन् । मेले अहिलेसम्म आफू सेफ साइडमा बसेर जीवन बिताएकी छु ।
गलत गरें कि भनेर पश्चात्ताप लागेको छैन ?
एक पल्ट ४० बर्षको पाको मानिस मलाई यति मन परो कि उसलाई फकाउने क्रममा उसको कारमै हाम्रो सम्बन्ध भएको थियो । त्यसवेला उसले मलाई के सोच्यो होला भन्ने पीर लागिरह्यो । मलाई लाग्यो, मेरो शररि आवश्यकताभन्दा बढी भोको छ । यो राम्रो कुरा होइन भन्ने लागेको थियो ।
त्यो बानी परिवर्तन भएन ?
भएन । ऊ मबाट यति प्रभावित भयो कि मेरो लागि सबैथोक छाड्छु भन्न लाग्यो । उसको परिवार बिग्रने डरभएपछि म साइड लागें । किनभने उसका श्रीमती, छोरा–छोरी थिए । मेरो उद्धेश्य ऊसँग सम्बन्ध राख्ने मात्र थियो, परिवार बिगार्ने थिएन ।
कति समयमा तपाई केटा फेर्नु हुन्छ ?
यति समय भन्ने छैन । एउटा पुरुषसँग सङ्गत गर्दा अरु पुरुषसँग उठबस् गर्दिन । मलाई मनै लाग्दैन । अर्को पुरुषसँग उठबस गर्दा मेरो ब्वायफ्रेन्डमाथि अन्याय भएजस्तो लाग्छ ।
यौन संवन्धमा माया–प्रेमको भूमिका हुनुपर्छ कि पर्दैन ?
माया र सेक्स फरक कुरा हुन् । तर, सेक्समा प्रेम भयो भने त्यो सुनौलो हुँदो रहेछ । नेपालीमा उखान छ नि, सुनमा सुगन्ध, प्रेम भएको अवस्थामा सेक्सको त्यही महत्व छ ।
यति लामो यौनजीवनमा कतिपटक सुनमा सुगन्ध महसुस गर्नुभयो ?
एक पटक । केही वर्ष पहिले एकजना सञ्चारकर्मीसँग मेरो संगत भएको थियो । आफू सेफ हुन ऊसँग संगत गरेको थिएँ, तर एक वर्ष नबित्दै ऊसँग मेरो प्रेम हुन गयो । म उसको मायामा यतिधेरै पग्लिएछु कि ऊसँग मात्र तीन बर्ष संगत गरें । त्यसवेला मलाई लाग्यो, सेक्सको आनन्द प्रेममा रहेछ । तर के गर्नु उसले मसँग विवाह गर्ने मानेन ।
उसले विवाह गर्न नमान्नुको कारण के होला ?
म उमेरले सानी भएँ रे । सङ्गत गर्दा चाहिं सानी नहुने, विवाह गर्दा चाहिं सानी हुने रु म त्यसवेला खुब रोएकी थिएँ ।
त्यसो भए विवाह गरेर लाइफ सेटल गरे भइहाल्यो नि ?
प्रेममा उसले धोका दिएपछि प्रेमप्रति मेरो विश्वास रहेन । त्यसपछि मैले पुरुषको भावनामा बग्नुहुन्न, बरु पुरुषलाई युज चाहिं गर्नुपर्छ भन्ने कुरा बुझें । अब मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिन्छ ।
सधैंभरि यस्तो जीवन कसरी चल्छ ?
मलाई थाहा छ, मोडलिङको पनि आफ्नो उमेर हुन्छ । यसरी रमाईलो गर्नुको पनि एउटा समय हुन्छ । त्यसैले धर्मपुत्री पाल्दैछु । १ करोडको लगानीमा एउटा बिजनेस सुरु गर्दै छु । आम्दामी भएको पैसाले समाजसेवा गर्छु । जसरी होस् जीवन मोजमा विताउँछु । अहिले मोडलिङमा मेरो चर्चा छ, भोली समाजसेवामा मेरो नाम रहन्छ ।
विवाह नगरेपछि आफ्नो सन्तान हुँदैन, यसले एउटा माहिलाको जीवन अपूरो भयो नि ?
सन्तानका लागि विवाह किन गर्नु परो र ? मलाई एउटा यस्तो लोग्ने मानिस चाहिएको छ, जो हेण्डसम होस्, असल व्यवहारको होस् । उसलाई म आफ्नो सन्तानको बाबु बनाउन चाहान्छु तर त्यसमा उसको अधिकार हुनेछैन । त्यो मेरो मात्र सन्तान हुनेछ ।
अश्विनी कोइरालाको पुस्तक “उनी” बाट साभार।
हाँस्य क्षेत्रमा परिचित नाम हो दीपाश्री निरौला । उनलाई हक्की स्वाभावकी कलाकार भनेर पनि चिनिन्छ । रेडियो कार्यक्रम धनियाकी दुनियाबाट हाँस्य क्षेत्रमा प्रवेश गरेकी दीपाश्रीले अहिले पनि त्यो कार्यक्रम चलाउँदै छिन् । उनी आफूलाई नेपाली भएकोमा गर्व गर्छिन । धेरै नेपाली कलाकारले नेपालमा भविष्य नदेखेर विदेशीने गरेको बेला उनी भने बरु नेपालमा भोकै मर्ने तर विदेश पलाएन नहुने बताउँछिन् । यसरी नेपालीमाझ आफ्नो परिचय बनाएकी दीपाश्रीसँग नारायण अधिकारीले गरेको अन्तरंग कुराकानीको छोटो अंश :
  • तपाईंलाई पत्रकारले धेरै जसो सोध्ने प्रश्न के हो ?

दीपाश्रीले किन बिहे नगरेको ? यही प्रश्न आउछ । त्यो ठिक पनि हो । तपाईंले पनि यहि प्रश्न सोध्नुहोला भन्ने लागेको थियो । तर तपाईंले घुमाइदिनुभयो । म जहिले पनि भन्ने गर्छु सोचे जस्तो हुन्न जीवन । सबै कुरा सोचेको मान्छेले पाउँदैन । त्यसकारणले गर्दा मैले चाहँदा चाहँदै विवाह भएन । किनभने प्रेमको प्रशंगलाई मैले जोड्न खोजेको । त्यसबेला प्रेम गर्ने केटासँग मेरो विवाह गर्ने तय भएको थियो तर अन्तिममा भएन । प्रेम गर्नेसँग त मेरो ट्युनिङ मिलेन या म त्यो मान्छेसँग त अगाडि बढ्न सकिन । भनाईको मतलब यो  भगवानको लिला हो । त्यसकारण जे लेखेको हो त्यही पाइन्छ ।
  • त्यसो भए तपाईलाई त्यसैमा विश्वास छ ?

अँ एकदमै, म त भगवानमा विश्वास गर्ने मान्छु हुँ । म ज्योतिषमा विश्वास गर्छु । म एकदमै आस्तिक स्वभावको मान्छे हुँ । यो सबै उहाँहरुकै देन हो जस्तो लाग्छ ।
  • धेरै कलाकार विदेशीने गरेका छन्, तपार्इंको त्यस्तो सोच त छैन ?

जिन्दगीमा त्यस्तो सोच्दिँन, सोच्नु पनि नपरोस् । हे भगवान म काम गर्दा गर्दै नेपालमै मर्न पाउँ ।
  • धेरै कलाकारहरु त सपिङ गर्न विदेश जाने गर्छन । तपाई चाहिँ सपिङ गर्न कहाँ जानुहुन्छ ?

त्यस्तो केही छैन । म जे भेट्छु त्यही लिई हाल्छु । त्यस्तो मेरा स्पेशल ब्राण्ड पनि छैन । मलाई मन प¥यो र मिल्यो भने किनिहाल्छु । यो ठाउँमा जाने सपिङ गर्न भन्ने छैन ।
  • मासिक कति खर्च हुन्छ ड्रेसमा ?

त्यस्तो यति नै भन्ने छैन । तर कार्यक्रमहरु परयो भने बुटिकमा गएर किन्छु । तर पनि आजकाल त बुटिकहरुले हामीलाई सहुलियत दिएका छन् । त्यसकारण त्यस्तो गाह्रो छैन ।
  • तपाईंलाई मन पर्ने ड्रेस ?

म अकेजन अनुसार ड्रेस लगाउँछु । मेरो भाइको बिहे छ भने साडी लगाउछु । आफन्तको कोही टाढाको बिहे छ भने आफूलाई सजिलो हुने सुहाउने ड्रेस लगाउछु । जुन बेला जस्तो सुहाउछ त्यही अनुसारको लगाउँछु । त्यो सस्तो होस, महँगो होस् मलाई मतलब भएन तर मलाई सुहाएको हुनपर्छ पर्छ, मलाई राम्रो देखिन मन पर्छ ।  
  • तपाई बिहान कतिबेला उठ्नुहुन्छ ?

यही भन्ने छैन । कामको दौरानमा कहिले काहिँ बिहान ५ बजे पनि उठ्छु । हैन भने रेगुलर उठ्दाखेरि ७ बज्छ ।
  • दैनिकी कसरी बित्छ ?

बिहान उठ्यो नुहाइ धुवाई, पूजाआजा गर्छु । पूजाआजा नगरी म कतै पनि निस्कन्न । सुटिङको क्रममा पनि जतिसुकै चाडै आए पनि म पूजा नगरी निस्कन्न । पूजा नगरी केही पनि खाँदिन ।  बिहान २० मिनेट सधैं ध्यान गर्छु । सुटिङ छैन भने बिहान हिडेरै पशुपतिनाथ जान्छु । विदेश गएको बेला पशुपतिनाथलाई एकदम मिस गर्छु । त्यसपछि आफ्नो काममा निस्कन्छु ।
  • नेपालको राजनीतिलाई तपार्इंले कसरी बुझ्नुभएको छ ?

खै क्या हो ? क्यो हो ? यो त । राजनेताहरुले त बुझ्न सकेजस्तो लागेको छैन, मैले के बुझेँ होला र ।
  • अहिले कलाकारहरु पनि राजनीतितर्फ लागिरहेका छन् । कलाकारले राजनीति गर्नु हुन्छ कि हुन्न ?

एउटा पेशामा लागेपछि त्यो पेशालाई न्याय दिनुपर्छ । राजनीति पनि एउटा पेशा नै हो । राजनीतिमा नलाग्नु भन्दिन लाग्नु । तर म चाहिँ कुनै एउटा समूहको झुण्ड भएर बाच्न चाहन्न । म त सबै नेपालीको भएर बाच्न चाहान्छु ।    
  • तपाईंलाई मन पर्ने नेता नि !

मनै पर्ने भनेर त्यस्तो त छैन । तर स्वर्गीय गिरिजाबाबुको जुन एक खालको दृढ स्वभाव थियो त्यो मन पर्छ । उहाँ गर्छु भनेपछि त्यो काम गरेर छोड्नु हुन्थ्यो ।
काठमाडौं, १७ जेठ– कांग्रेस नेतृ सजाता कोइरालाले केपी ओली नेतृत्वको सरकारले विकासका लागि गरेको हिम्मतमा कांग्रेसले साथ दिनु पर्ने वताउनु भएको छ । इमेज च्यानलको ‘अलगधार’ कार्यक्रमका लागि दिइएको अन्तरवार्तामा कोइरालाले ओलीलाई असहयोग गरेर कांग्रेसले भावी पुस्ताको भविश्यलाई बिगार्ने काम गरेको वताउनुभएको छ । 

‘रेल ल्याउने कुरा पनि सत्य हो, सरकारले बजेटमै छुट्याइएको छ । त्यो पोखरा हुँदै लुम्बिनी जान्छ । के हामीले त्यसलाई खराव भन्ने ? भारतले पनि गर्दैछ, लखनौमा पनि बजेट छुट्याएको छ । म भर्खर लखनौमा गएर त्यहाँको नेताहरुलाई भेटेर आउँदैछु । युपीबाट ट्रेन आउँछ लुम्बिनीसम्म । चाइनाबाट टे«न आउँछ लुम्बिनीसम्म । के यो नेपालका लागि नराम्रो हो ?’ कोइरालाको भनाई छ, ‘यो योजनाले अब आउने पुस्ताको भविश्य राम्रो बनाएको छ, त्यसलाई हामीहरु नेपाली कांग्रेसले बिगार्ने ? प्रधानमन्त्रीले मुलुक बनाउने त्यत्रो आँट गर्नु भएको छ त्यसलाई साथ नदिने ?’

  • सरकारले भारतको युपी र चीनबाट लुम्बिनीसम्म रेल ल्याउने योजना बनाएर बजेट समेत छुट्याएको छ, भावी पुस्ताको भविश्य कांग्रेसले बिगार्ने ? 
     
  • बीपी र गिरिजाबाबुले भनेको जस्तै आर्थिक विकासको काम गर्ने त्यत्रो आँट गर्ने केपी ओलीलाई कांग्रेसले साथ नदिने ? 
     
  • आफ्नो पार्टीमा गुटबन्दी गर्ने पावरमा पुग्न सरकार ढाल्ने प्रतिपक्षको सही काम हो ? राम्रो कामलाई सहयोग गर्नु पर्दैन ? 
     
  • कसको सल्लाहमा सरकार ढाल्ने असफल प्रयास गरेका हुन् ? मैले त्यस्तो नगर भन्द्या थिएँ साथीहरुलाई । 

ओली सरकारलाई सहयोग गर्नु पर्ने आफ्नो विचारका पक्षमा जिल्ला जिल्लाबाट कांग्रेसका कार्यकर्ताले फोन गरेर बधाई दिएको कोइरालाले वताउनु भएको छ । ‘ग्यासको उत्खनन् गर्छु, पाइपलाइनमा ग्यास दिन्छु भन्दा नराम्रो भन्ने ? हामीले पेट्रोलियम पदार्थ कति छ भनेर उत्खनन् गर्दा त्यसलाई नराम्रो भन्ने ? यस्ता राम्रा कुरालाई त हामीले वेलकम गर्नुपर्छ’ कोइरालाले भन्नु भयो, ‘म भर्खर पार्लियामेन्टबाट फर्केको छु, नेपाली कांग्रेसका साथीहरुले गाउँ गाउँबाट फोन गरेर मलाई बधाई भन्नु भएको छ । तपाईंले सही कुरा गर्नु भएको छ सुजाताजी, नेपाली कांग्रेस मेलमिलाप सहमति र सहकार्यको बाटोमा अघि बढ्नु पर्छ भन्नु भएको छ ।’ 
देशको विकास युवाहरुको भविश्य बनाउन कांग्रेसले ओली नेतृत्वको सरकारलाई कांग्रेसले साथ दिनु पर्ने कोइरालाको विचार छ । ‘देशको विकास गर्नु पर्छ, मुलुकलाई अघि बढाउनु पर्छ । अव के युवाहरुको भविश्य बनाउनु परेन ?’ कोइरालाले भन्नु भयो, ‘मैले बारबार भनिराखेको छु, नेपाली कांग्रेसले यो सरकारलाई साथ दिनु पर्यो ।’ 

बीपी र गिरिजाप्रसाद कोइरालाले पनि लोकतन्त्रलाई बलियो बनाउन आर्थिक विकास गर्नु पर्ने कुरा गरेको वताउँदै नेतृ कोइरालाले ओली नेतृत्वको सरकारलाई उसको अवधीसम्म काम गर्न दिनु पर्ने वताउनु भयो । ‘एउटा प्रधानमन्त्रीलाई उसको अवधीसम्म चलाउन दिनु पर्छ । जुन विकास सरकारले गर्न खोजिरहेको छ त्यसमा बाधा हुन्छ । बीपी र गिरिजाबाबुले पनि आर्थिक उन्नतीले मात्रै लोकतन्त्र सस्टेन हुन्छ भन्नुहुन्थ्यो । गिरिजाबाबुलाई लोकतन्त्र आएपछि के गर्ने गिरिजाबाबु भन्दा उहाँले साथीहरु पनि कस्तो कुरा नबुझ्ने त्यसपछि त आर्थिक विकास गर्नु पर्छ भन्नुहुन्थ्यो’ कोइरालाको भनाई थियो । 

प्रधानमन्त्री ओलीले विकासको योजना अघि बढाउँदा त्यसलाई मजाकका रुपमा नलिन पनि कोइरालाले आग्रह गर्नु भएको छ । ‘ओलीजीको मजाक गरिरहेका छन्् हाँसिरहेका छन् । म के भन्छु भने उहाँले जुन कुरा गर्नु भएको छ । उहाँको कुरामा सत्यता छ । नेपालमा ग्यासको धेरै सम्भावना छ । मोरङमा पेट्रोलको भण्डार छ । यो भन्दा अगाडि हामी राजनीतिक स्वतन्त्रताका लागि लड्भिड् गर्यौं अव राम्रो मौका आएको छ विकास गर्ने, ओलीजीले भनेका कुरा एकदमै ठीक छन्’ कोइरालाको भनाई छ ।  

उहाँले सरकार परिवर्तन गर्न लागेर कांग्रेसले गलत काम गरेको पनि वताउनु भएको छ । ‘सरकार परिवर्तन गर्न लागेर कांग्रेसले गलत गर्यो । कता सल्लाह लिएर गरेको हो, हामीसित त सल्लाह लिएको पनि छैन । मैले त नगरौं यस्तो काम भनेर साथीभाइलाई भन्या हो’ कोइरालाको भनाई छ, ‘प्रतिपक्षको भूमिका सही हुनुपर्छ, सहीलाई सही भन्ने गलतलाई गलत भन्ने । सही कामलाई साथ दिनु पर्छ, आफ्नो संगठनलाई बलियो बनाउनु पर्छ । आफू संगठन नबनाउने, पावरमा आउन सरकार ढाल्छु भनेर हुन्छ ? त्यस्तो गर्न मिल्छ ?’ 

अन्तर्वार्ताको भिडियो हेर्नुहोस्:
 


 
सरस्वती सुब्बा ।
म एकजना सुकुम्बासी परिवारको सदस्य, १३ वर्षदेखि भूमि अधिकारको आन्दोलनमा लागिरहेकी छु । हामीजस्ता गरिब सुकुम्बासीहरू मुलुकमा झण्डै एकलाख परिवार छौँ । अहिले मसँग मात्र १० धुर जमिन छ । अहिले पनि हाम्रो देशमा वर्षको दुइ मुरी मकैका लागि मात्रै पनि हलिया बसेका नागरिकहरू छन् ।
Captureतर यहाँ कुराचाहिँ वर्गको हुँदैन, जातको हुन्छ । राजेन्द्र महतो, जो जिन्दगीभर मन्त्री भए उनैले जातको कुरा गर्ने ? धेरैपटक मन्त्री बनेका महेन्द्र यादवले जातको कुरा गर्न सुहाउँछ ? महन्थ ठाकुर कांग्रेसमा रहुन्जेल पटक–पटक मन्त्री भए । मन्त्री हुन्जेल खान नपुग्नेका लागि बोल्न नपर्ने, गाँसवास नहुनेका लागि आवाज उठाउन नपर्ने तर पदबाट मुक्त भएपछि चाहिँ जातको कुरा गर्ने ? मान्छे उरालेर काम गर्न नदिने र उल्टै अशान्ति मच्चाउने । त्यो देखेर अति नै असह्य भएर सामाजिक आन्दोलनमा पनि लागेँ ।

म त्यति धेरै पढेलेखेको मान्छे होइन, सामान्य एसएलसी पास गरेकी छु । त्यस बेलासम्म मैले ट्विटर चलाउँदैनथे, फेसबुक मात्र चलाउँथे । गत तीन वर्षदेखि ट्विटरमा लेख्न थालेँ । मधेसका गरिब एकातिर छन्, धनीहरूको आन्दोलन अर्कातिर छ । जातीय आन्दोलनले वर्गको मुक्ति हुँदैन, जातको मात्र मुक्ति हुन्छ ।


सुवास नेम्वाङ पनि लिम्बू हो । सरस्वती सुब्बा पनि लिम्बू हो । सुवास नेम्वाङ र मलाई एक ठाउँमा जोड्न मिल्दैन नि । त्यस कारणले म जातीय आन्दोलनको विपक्षमा आफ्नो मत राख्दै आएकी छु । गत वर्ष भूकम्पले ठप्प बनाएको देशलाई आन्दोलनको नाममा बन्धक बनाइयो, अहिले फेरि मधेसबाट सर्वसाधारण ल्याएर सिंहदरबार, बालुवाटारमा तमासा भइराखेको छ ।

मैले केही दिन पहिले एउटा ट्विट लेखेकी थिएँ, जातीयताको विरोधमा । ६० वर्ष पुगेका मानिसले अहिले पनि हामीलाइ भेट भयो भने तिमी कुन जातकी, कुन थरकी, कहाँ बस्छ्यौ ? भनेर सोध्नुहुन्छ । तर अहिले तपाईं–हाम्रो उमेरका मानिसले कसैको जात र थर सोध्दैनौँ किनभने अहिलेको आधुनिक समाजमा जातीय कुराको कुनै औचित्य छैन ।

नेपाल साँच्चिकै राम्रो देश बनाउने हो भने अब जातीय कुरा बन्द गर्नुपर्छ, जातीय कुराले सर्वसाधारण गरिबलाई केही दिने होइन । बरू जनतालाई गरिबीबाट कसरी मुक्त गर्ने हो ? कुषिलाइ कसरी आधुनिक बनाउने हो ? यतातर्फ बहस प्रारम्भ गरौं ।

अहिले पनि नेपालमा एउटा गरिखाने वर्ग छ, अर्को बसीखाने वर्ग छ । एउटा वर्ग बिहान उठेदेखि बेलुकीसम्म खेतीपाती गर्ने तर आधापेट खाने र कुपोषण भएर बस्ने वर्ग छ । अर्को चाहिँ खेतीपातीमा पनि काम नगर्ने र भएको जमिन पनि बाँझो राख्ने वर्ग छ ।

साँच्चिकै जनताको मुक्तिको कुरा गर्ने हो भने गरिब, सुकुम्बासीलाई घर ठड्याउने ठाउँ र जोतेर खाने जग्गा जहिलेसम्म दिइँदैन, तबसम्म देशमा शान्ति हुँदैन । खेतीपाती गर्न जान्ने मान्छेलाई जग्गा दिने हो, कोही खेतीपाती गर्न जान्दैन भने त्यस्तालाई जग्गा दिनुपर्दैन ।

कृषि उत्पादन बढ्नेगरी जग्गाको मालिक बनाउने, किसानका छोराछोरीलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनसक्यो भने बल्ल नयाँ नेपाल बन्छ । होइन भने उही कुराका मात्र खेल हुन्छन्, काम हँदैन ।

यो देश कस्तो भइसक्यो भने, गत वैशाखको २३ गते बर्दियामा लालबाबु दर्जी भन्ने व्यक्ति जिल्ला वन अधिकारीबाट कुटिएर रक्ताम्मे हुनुप¥यो, वनको जग्गा कब्जा गरेर बसेको आरोपमा । ६५ वर्षभन्दा माथिको व्यक्तिलाई त्यसरी कुटियो । यस्तो अन्याय रहेसम्म देशमा शान्ति हुन्छ ?

मधेसको आन्दोलन त्यो व्यक्तिको मुक्तिको लागि हुनुपर्ने होइन ? अहिले सिंहदरबार, माइतीघर मण्डला अगाडि हामी मन्त्री सांसद हुन पाएनौँ भनेर आन्दोलन हुन्छ । तपाईं हामीले बल्ल–बल्ल ल्याएको संविधानको विरोधमा हाम्रो जनजाति दाजुभाइ पनि लागेको देख्दा चिन्ता लाग्छ क्या ।

मैले गर्न सक्ने त खास केही होइन, सामाजिक सञ्जालमा लेख्छु । अहिंसात्मक आन्दोलनमा विश्वास गर्न सक्ने व्यक्ति भएकीले जातीय राज्यको कुराले गरिबको मुक्ति हुँदैन भनेर लागेकी हुँ ।

सैयौं काँडाका बीचमा एउटा सुन्दर गुलाफ फुलेको हुन्छ, हाम्रो समुदायका पनि कतिपय मान्छेहरू जातीय आन्दोलनमा लागेका छन् जाने र या नजानेर । म लिम्बूकी छोरी, छोरा होइन छोरी । जातीय राज्य चाहिँदैन भनेर जातीय राज्यको विरुद्धमा लागेकी छु ।

दर्शन मण्डल तराईका दलित तीन पुस्तादेखि भूमिहीन हुनुहुन्छ, जातीय राज्यले उहाँको पेट पनि भरिँदैन र घरमा छानो पनि लाग्दैन । बच्चाले पढ्न पाउँदैन र जाहान बिरामी भएको बेलामा निःशुल्क उपचार पनि पाउँदिनन् । त्यो देखेर आएको र भोगेर आएको हुनाले ९९ जना लिम्बू एकातिर हुँदा पनि म एक्ली एकातिर छु ।

तपाईंले लेखेर राख्नुस् नेपालमा जातीय राज्यको संभावना पनि छैन र त्यो आवश्यक पनि होइन । म अहिले मात्र होइन, जतिन्जेल बाँच्छु जातीयताको विरोध गरिहनेछु । मन्त्री सांसद बन्ने लोभले जातीय कुराको समर्थन गर्न सक्दिनँ ।

मजस्ता गरिब जनताले दुइछाक खान पाउँछन् कि पाउँदैनन् ? घाम पानीबाट ओत लाग्ने एउटा घर पाउँछन् कि पाउँदैनन्, मेरो लागि त्यो महत्वपूर्ण कुरा हो । अहिले जातीय राज्यको चर्का कुरा गरेपनि भोलि सम्झौता भएपछि त्यही उपेन्द्र यादव मन्त्री बन्ने हो, राजेन्द्र महतो र महेन्द्र यादव नै मन्त्री बन्ने हो । तिनीहरू मन्त्री बनेर मधेसी र जनजातिका समस्या समाधान हुने होइन ।

हामी एकपटक काठमाडौंमा आएका थियां, त्यही क्रममा शान्ता चौधरी दिदीले भूमिहीनका समस्या समाधानका लागि सिंहदरबार बोलाउनु भएको थियो । त्यहाँ गएको त केही सांसदले यस्तो सुकिला कपडा लगाउने पनि सुकुम्बासी हुन्छन्, सुकुम्बासीले पनि मोबाइल बोक्छन् भनेर पो भने !

त्यस कुराले हामीलाई ज्यादै निराश बनायो, त्यो सुनेर शान्ता दिदी समितिको बैठकमै रुनुभयो । गरिबले सफा लुगा लाउन नहुने ? यस्तो अन्याय पनि हुन्छ ? देशका नीति निर्माण गर्न बस्नेको सोचाइको स्तर त्यस्तो छ ।

नेपालमा खेतीपाती गर्ने को, खेतीपाती नगर्ने को भनेर छुट्टिनुपर्छ । खेतीपाती नगर्नेसँग सयौँ बिघा जमीन छ, खेती गर्नेसँग एकधुर पनि छैन । सरकारले निश्चित गर्नुप¥यो कि हदबन्दीभन्दा माथिको जग्गा विना क्षतिपूर्ति राज्यले लिने र बेच्न नपाउने गरी सुकुम्बासीलाई खेती किसानीका लागि दिनुप¥यो । यसले मात्र देशमा समानता ल्याउँछ ।

सुरक्षित घरवास पूर्वराजा ज्ञानेन्द्रलाई पनि चाहिन्छ, हामीलाई पनि चाहिन्छ । एउटा हलीको छोरो पनि भोलि डाक्टर बन्न सक्ला । सरकारले भूमिहीन गरिबलाई सुरक्षित आवास र शिक्षा स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्छ ।

नेपालमा अझै पनि वर्गीय राजनीति बाँकी नै छ, लालबहादुर दर्जीजस्ता राज्यबाट उपेक्षित नागरिकलाई जातीय राजनीतिले होइन वर्गीय राजनीतिले नै हित गर्छ । दलका नेताहरूले वर्गीय राजनीति सकियो भनिरहेका छन् यो उनीहरूको गलत विश्लेषण हो ।

अहिलेसम्म पनि राजनीतिक दललाई वर्गीय राजनीतिको कुरा लिएर चुनावमा गीत गाउन सजिलो भयो । तर सुकुम्बासीका समस्या समाधानमा सरकार यस्तै गैरजिम्मेवार रहिरह्यो भने अर्कोपटक सुकुम्बासीले भोट नहाल्न सक्छन्, त्यस अर्थमा हामीलाई विप्लव भनेपनि वैद्य भनेपनि फरक पर्दैन ।

जातीय राज्यको विरोध गर्दा धम्की त कति आए–आए । मार्नेसम्मका धम्की आए । मोबाइल खोल्दा म्यासेन्जरमा धम्की आएर हैरान हुन्थ्यो – ‘तँ कहिले घर आउँछेस् भनेर’ । त्यस्ता धम्कीसँग म कहिलै डराइनँ, बरू धम्की दिनेलाई बोलाएर सम्झाएँ, जातीय आन्दोलनले कसैको हित गर्दैन भनेर ।

दुःख त यति दिए, घर घेरेर मार्छु सम्म भने । तर सत्य कुरा गर्न कहिले डर मान्नु हुँदैन । मेरो बुबाको पुख्र्यौली घर पाँचथर हो, अहिले म तराईमा बस्छु । त्यहाँ भएका मेरा आफन्तले अहिले पनि मलाई सोध्छन् किन विरोध गछ्र्यौ भनेर । मैले जवाफमा वर्गलाइ हेर्ने गर्नुस् भन्ने गरेकी छु । बरू आफ्ना छोराछोरीलाई विदेशमा पढ्न पठाउनेले जातीय राज्यको नारा लगाउन लाज मान्नुपर्ने हो ।

आफ्ना छोराछोरीलाई विदेशमा पढ्न पठाएका जनजातिका केही अगुवाहरुले जातको मुक्ति भएपछि हावामा उडिन्छ भनेर सोझा सिधालाई भड्काएका छन् । जातीय आन्दोलन अवसर लुट्नेका लागि रहेछ । सर्वसाधारणलाई केही फाइदा गर्दैन, उनै नेता र मन्त्री हुने हुन् । तराईमा आन्दोलन भयो भने पनि उनीहरू काठमाडौंमै बसेका हुन्छन् । फोनबाट निर्देशन दिने मात्र न हुन् ।

म के कुरामा सचेत छु भने आफ्नो अधिकारको कुरा गर्दा अरूलाई आक्षेप लगाएर माग पूरा हँदैनन् । म सरस्वती लिम्बूले जातीय राज्यको विरोध गरेपनि अर्की रीता वा सीता लिम्बूले जातीय राज्यको माग गर्छन् भने पनि म उनीहरूलाई गाली गर्दिनँ किनभने उनीहरूलाई जातीय राज्यले सबै रोग निवारण गर्छ भन्ने भ्रम छ ।

हामी सुकुम्बासी हौँ भन्दैमा जमिन्दारको जग्गा आफैं खोस्ने होइन । हामीले राज्यसँग संघर्ष गरेको हो । जातका नाममा भिडलाई भड्काउन त सजिलो छ, तर जातीय राज्य स्थापना हुने संभावना भने छँदैछैन र त्यस्तो आवश्यक पनि होइन । जातीय राज्यको कुरा गर्नेहरू हिजो पाँच सय जना थिए, अहिले ५० जना भएछन्, भोलि त्यो सके पाँच जनामा झर्नेछ ।

(राष्ट्रिय भूमिअधिकार मञ्चकी महासचिव एवं सामाजिक अभियन्ता सरस्वती सुब्बासँग लोकान्तरले गरेको कुराकानीमा आधारित)

काठमाण्डु, ७ जेठ–
भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी र नेपालका प्रधान मन्त्री केपी शर्मा ओली माथि माथि मिलेका छन्, तलचाँहि मोर्चालाई घुमाउने काम मात्र भइरहेको छ भनिन्छ नि ? 
नेपालको इतिहासमा ओलीले जति भारतको विरोध सायदै अरु कसैले गरेको होला । त्यसैले यसो भन्नु मादीलाई पनि ओलीलाई जस्तै बदनाम गर्नु हो ।
यति चर्को भारत विरोधी ओलीजीलाई राजकिय भ्रमण गराउनु नपर्ने हैन र ? 
यो पाहुना जाँदा गरिने खातिरदारीको कुरामात्रै हो ।
राष्ट्रपतिको भारत भ्रमण अन्तिम अवस्थामा राकियो कसरी हेर्नुभएको छ ?
यो कुटनीतिक कुरा हो । बाहिरबाट एउटा नागरिकले हेर्दा भने राम्रो लागेन ।
भूकम्प र नाकाबन्दीको मारमा परेर होला, यो आर्थिक वर्षको आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा कम हुन गयो, यस्तै भयो भने १० वर्षमा नेपाल कहाँ पुग्ला ?
यो निकै दुःखद् कुरा हो ।
यो मुलुकको प्रधानमन्त्री हुनुभयो भने……?
यस्तै हो भने मधेसीलाई प्रधानमन्त्री हुन त गाह्रो छ तर पनि म यो देशका सबै जनजाति, भाषाभाषी, समुदायका जनतालाई ‘एक नम्बरको नेपाली बनाउने छु । त्यसपछि समृद्धितर्फको यात्रा हुनेछ । त्यसका लागि सगरमाथा, लुम्बिनी जानकी मन्दिर, हिमाल, पहाड र तराईका सांस्कृतिक धरोहर प्रर्वद्धन गरेर जानुपर्छ ।
अनि किन त्यता ध्यान नदिनुभएको त ? 
पहिले जनताले अधिकार पाउनुपर्‍यो, त्यसपछि विकासका कुरा हुन्छन् । जनतालाई अधिकार सम्पन्न गराएमा मात्रै तीन घन्टामा तीनवटा हावापानी पाइने हाम्रो मुलकलाई २० बर्षभित्र समृद्ध बनाउन सक्नेछौँ
नागरिक दैनिकमा प्रकाशित अन्तर्वार्ताबाट

जगन्नाथ खतिवडा ,एमाले  नेता

मधेशी नेताहरु नेपालमा वसेर बिदेशीलाई सहयोग गरिरहेका छन् : जगन्नाथ खतिवडामधेशी नेताहरु नेपालमा वसेर बिदेशीलाई सहयोग गरिरहेका छन् : जगन्नाथ खतिवडामधेशी नेताहरु नेपालमा वसेर बिदेशीलाई सहयोग गरिरहेका छन् : जगन्नाथ खतिवडामधेशी नेताहरु नेपालमा वसेर बिदेशीलाई सहयोग गरिरहेका छन् : जगन्नाथ खतिवडा