Latest News
Showing posts with label International. Show all posts
Showing posts with label International. Show all posts
एजेन्सी- जम्मू-कश्मीरको केही स्थानमा पाकिस्तानी सेनाले भारतीय सेनालाई ताकेर आक्रमण गरेको छ । 

जम्मू-कश्मीरको केही स्थानमा पाकिस्तानका तर्फबाट युद्ध विरामकोे उल्लंघनगर्दै आक्रमण गरेको समाचार भारतीय मिडियाहरुले जनाएका छन् । 

जबाफमा भारतीय सेनाले पनि फायरिङ गरेका छ । दोहोरो भीडन्तमा एक महिला गंभीर घाइते भएकी छन् ।  समाचारमा जनाइए अनुसार पाकिस्तानी सेनाले आज बिहान ३ बजे देखि नै नियन्त्रण रेखामा युद्ध विरामको उल्लघंन गरेको बताइएको छ ।
पाकिस्तानी सेनाले छह गाउँ तथा सीमा चौकीलाई निशाना बनाएर आक्रमण गरेका बताइन्छ । समाचारमा उल्लेख गरे अुनसार शुरुमा पाकिस्तानी सेनाले मध्यम खालको मेशिनगन (एमएमजी) अनि अहिले मार्टारको प्रयोग गरिरहेका बताइएको छ ।

जेन्सी- भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा भारतीय परियोजनाहरु अगाडि बढ्दै गरेको बताएकी छन् ।

विदेशमन्त्री स्वराजले नेपाल लगायतका नजिकका छिमेकी मुलुकहरुमा लामो समयदेखि रोकिएका परियोजनाहरु अगाडि बढ्दै गएकोले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नेवरहुड फस्ट पोलिसी’ सफल हुँदै गएको दाबी समेत गरेकी छन् ।

दी मोदी डक्ट्रिन नामक पुस्तकको लोकार्पण गर्दै स्वराजले नेपाल लगायतका नजिकका छिमेकी देशमा विगत दुई वर्षमा सम्पन्न भएका एपरियोजनाहरुको नाम नै उल्लेख गरिन् । उनले नेपालमा ट्रमा सेन्टर, अफगानिस्तानमा सल्मा ड्याम, श्रीलंकामा दुरियापाड स्टेडियम र बंगालादेशको पेट्रापोल इन्टिग्रटेड चेक प्वाइन्ट सम्पन्न भएको बताइन् ।

यी परियोजनाहरु उल्लेख गर्न लायक कोसेढुंगाहरु हुन,’ स्वराजले भनिन् । स्वराजले नेवरहुड फस्ट पोलिसीले छिमेकी मुलुकहबीचमा सहकार्य, कनेक्टीभिटी तथा जनता(जनताको बीचमा बृहत अन्तर्क्रियामा जोड दिएको समेत बताइन् ।

प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै मोदीले नेवरहुड फस्ट पोलिसीलाई अगाडि बढाएका थिए । मोदीले आफ्नो सपथ समारोहमा सार्क देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरुलाई आमन्त्रण गरेका थिए । तर नेपाल, पाकिस्तान लगायतका मुलुकहरुसँगको सम्बन्ध बिग्रको भन्दै मोदी सरकारको आलोचना भइरहेको छ ।

मोदीले क्षेत्रीय समृद्धीलाई अहिले पनि प्राथमिकताका राखेको स्वराजले बताइन् । ‘तर यि उदेश्यहरु प्राप्त गर्न केही चुनौतीहरु रहेका छन् । ति चुनौतीहरुमध्ये सिमापार आतंकवाद एक महत्वपूर्ण हो,’ स्वराजले भनिन्, ‘तर हाम्रो बुद्धिमत्तापूर्वक एप्रोच र गम्भीर पहलका कारण हामीले यसमा बृहत समर्थन प्राप्त गरिरहेका छौं ।’  स्वराजले मोदी प्रधानमन्त्री भएपछि परराष्ट्र नीति निकै अगाडि बढेको दाबी गरेकी छन् ।


३०,साउन,काठमाण्डौं । भारतले नेपालसंग विग्रीएको सम्बन्धमा सुधार गर्न नेपाललाई उच्च प्राथमिकता दिन थालेको छ । भारतले नेपालसंगको पुरानो मित्रताका लागि सबै प्रयास गर्न थालेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि भारतले नेपालसंगको मित्रता बलियो हुने संकेत समेत गरेको हो । प्रचण्डको भारत भ्रमणअघि प्रधानमन्त्रीको विशेष दुतको रुपमा भारत जाने तयारीमा रहेका उपप्रधानमन्त्री निधि र भारतीय राजुदतवी भेटवार्ता समेत भएको छ । माओवादी स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड सम्भवतः भदौ अन्तिममा भारत भ्रमणमा जाने बुझिएको छ । यसपटक प्रचण्डलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै विमानस्थलमै आउने बताइएको छ  । 
प्रचण्डको लागि यो ठुलो सरप्राइज हुनेछ । स्रोतका अनुसार भारतले प्रचण्डलाई यसपटक ठूलो सम्मान प्रदान गर्ने तयारी समेत गरेको छ  । भारतले २६ जनवरीमा मनाउने गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अथिति नै बनाउनेबारेमा समेत सोचेको सूत्रहरुको दाबी छ । भारतले नेपालका प्रधानमन्त्रीहरुलाई अहिलेसम्म गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथि बनाएको छैन। स्व.राजा विरेन्द्र बाहेक अहिलेसम्म भारतले कसैलाई यस्तो अवसर प्रदान गरेको छैन ।  भारतीय पक्षले प्रचण्डलाई छिट्टै यसको लागि निमन्त्रणा दिने तयारी समेत गरेको छ । 
प्रधानमन्त्री प्रचण्डले समेत छिमेकीसँगको सम्बन्ध सुधारको लागि आफ्नो विशेष दुतको रुपमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिलाई भारत र उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेका छन् । प्रधानमन्त्रीको विशेष दुतको रुपमा उपप्रधानमन्त्रीद्धय निधि र महरा छिट्टै भ्रमण गर्ने बुझिएको छ । भारत पनि उनलाई सहयोग गर्न आतुर रहेको भारत मामिलाका नेपाली जानकारहरु बताउँछन् ।

नेगाओ नामको एक कुकुरले संसारको सबैभन्दा महत्वपूर्ण मानिस गुमाएको छ । यद्यपी, उसलाई यसबारे जानकारी छैन ।

ब्राजिलको सान्टा क्याटारिनास्थित रुथ कार्डोसो हस्पिटलमा एक बफादार कुकुर आफ्नो मरिसकेको मालिकलाई विगत ८ महिनादेखि कुरिरहेको छ । नेगाओका मालिक एक घरबारबिहिनी व्यक्ति हुन् जसलाई गत वर्षको अन्त्यमा बिरामी भएपछि उक्त हस्पिटल पुर्याइएको थियो । बिरामी मालिकलाई बोकेको एम्बुलेन्स पछाडि कुद्दै नेगाओ हस्पिटलसम्म पुगेको थियो । उसले मालिकलाई स्ट्रेचरमा राखेर भित्र लगेको दृश्य एकटक भएर हेरिरहेको थियो ।

बफादार कुकुर भएका कारण नेगाओ हस्पिटल बाहिर बसिरहेको छ, आफ्नो मालिकसँगको पुर्नमिलनको आशामा जुन असम्भव छ ।

आफ्नो मालिक मरिसकेको भन्ने थाहा नपाएको नेगाओ अझै पनि हस्पिटल बाहिर बसिरहेको छ । दिन बित्यो, हप्ता बिते, महिना बिते तर उक्त कुकुर मालिकलाई अन्तिम पटक देखेको ठाउँबाट अलिकति पनि हल्लिदैनँ ।
नेगाओदलाई हस्पिटलका कर्मचारीहरुले याद गरेका थिए । जतिबेला एम्बुलेन्स बिरामी लिएर आउँछ, नेगाओ कतै आफ्नो मालिक हो कि भन्दै दौडिदैं बिरामीलाई हेर्न पुग्छ, जसरी उसले धेरै दिन अघिदेखि गरिरहेको थियो ।

नेगाओको यो दुःखद स्थितीमा हस्पिटलका कर्मचारीले उनलाई साथ दिएका छन् । त्यहाँका कर्मचारीहरुले नेगाओको लागि खाना, पानी र आश्रय स्थलको व्यवस्था गरिदिएका छन् । स्रोत जेरो हेराको रिपोर्टका अनुसार नेगाओलाई दुई पटक पाल्नका लागि मानिसहरुले लगे तर ऊ जहिले पनि भागेर हस्पिटलको प्राङ्गणमा हाजिर भइहाल्थ्यो ।

हस्पिटलका कर्मचारीले नेगाओको स्वास्थ्य स्थिती बारे जानकारी लिन ‘लोकल एनिमल च्यारिटी’ सँग समन्वय गरिरहेको छ ।

‘नेगाओ हामीसँग जतिसम्म बस्न चाहन्छ, त्यतिबेला सम्म हामी राख्नेछौं,’ हस्पिटलका एक कर्मचारीले बताए । ‘जबसम्म नेगाओ हामीसँग बस्छ तबसम्म हामी उसलाई चाहिने जति माया, हेरिबिचार र न्यानोपन दिनेछौं ।’

काठमाडौं, २८ साउन । दक्षिण चीन सागरलाई लिएर बढिरेको तनावका बीच चिनियाँ सञ्चारमाध्यमहरुले भियतनामलाई कडा चेतावनी दिएका छन् । सरकार नियन्त्रित चिनियाँ सञ्चारमाध्यमले दक्षिण चीन सागरमा रकेट लञ्चर पठाउने भियतनामको निर्णयलाई भयानक गल्तीको संज्ञा दिँदै यदि दुई देशबीचमा लडाइँ भएमा चीनको नै जीत हुने दाबी गरेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही दिनअघि यस विवादित इलाकामा भियतनामले केही रकेट लन्चर चीनकै सैन्य बेसमा आक्रमणका लागि पठाइसकेको छ ।

भियतनामले रकेट लन्चर पठाएपछि दक्षिण चीन सागरमा युद्धको सम्भावना बढेर गएको छ । जासुसी संस्थाका अधिकारीहरुले तीन दिनभित्रमा चीनले कब्जामा लिएको आफ्नो इलाकामा भियतनामले आक्रमण गर्ने सम्भावना बढेर गएको छ । अमेरिकासहित पश्चिमा राष्ट्रका जासुसी संस्थाका अधिकारीहरुले भियतनामले हालैको महिनामा स्प्राटली द्वीप नजिकै रकेट लन्चर तैनाथ गरेको बताएका छन् ।


जासुसी संस्थाका अधिकारीहरुले आकाशबाट निगरानी गर्दा कुनै लञ्चर देखिएका थिएनन् । हतियारसहितका सैनिक नदेखिएपनि भियतनामले दक्षिण चीन सागरको चिनियाँ बेसमा केही दिनमै हमलाको अन्तिम तयारी गरेको सूचना सार्वजनिक गरेका छन् । अमेरिकासहित पश्चिमा मुलुका सैन्य अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार भियतनाले हालैका महिनामा स्प्राटली द्वीप नजिकैको पाँचवटा क्षेत्रमा रकेट लन्चर तैनाथी अवस्थामा राखेको छ ।

अमेरिकन जासुसी संस्थाका अधिकारीहरुले आकाशबाट यो क्षेत्रमा कुनै लन्चर नदेखिएको बताएका छन् । उनीहरुले यो द्विपीय क्षेत्रमा हतियारले लैस सैनिक नदेखिएपनि अघिल्लो दुई तीन दिनमा चिनियाँ सैन्य इलाका हमला गर्ने सम्भावना बढेको छ ।

दक्षिण चीन सागरको कयौं द्वीप आफ्नो भएको दाबी गर्ने भियतनामको विदेश मन्त्रालयले चीनमाथि आक्रमण गर्न रकेट लन्चर तैनाथ गरेको बारेमा विस्तृतमा जानकारी दिन अस्वीकार गर्यो । तर उसले बाहिर आएको यो सूचना गलत नभएको भने स्वीकार्यो ।

जुनमा भियतनामका उप रक्षामन्त्री सिनियर लेफ्टिनेन्ट नगुएन ची भिन्हले भनेका थिए, ‘‘भियतनामको स्प्राटली द्वीपमा कुनै किसिमका लन्चर्स र हतियार तैनाथ गर्ने योजना छैन। तर यस्ता कुनै पनि विषयमा फैसला लिनका लागि हामीलाई अधिकार सुरक्षित छ ।’’

अमेरिकी थिङ्क ट्ंयाकको रिपोर्ट अनुसार चीनले दक्षिण चीन सागरको फियरी क्रस, सुबी र मिसचीफ रिफ द्वीपमा ३ हजार मिटर लामो धावनमार्ग बनाइसकेको छ । जसको उद्धेश्य त्यहाँ फाइटर जहाज उतार्नु हो ।

भियतनामले भने चीनले सैन्य बेस बनाएको यी तीने द्वीमा अन्य २१ द्वीपमा जस्तै आफ्नो अधिकार दाबी गर्दै आएको छ । चीनले भियतनामले दाबी गर्दै आएको स्प्राटलीमाथि सन् १९८८ मा कब्जा जमाएको थियो । चीनले यो द्वीप कब्जा गर्ने क्रममा भियतनामी नेभीलाई पराजित गरेको थियो ।

त्यस क्रममा भियतनामले द्वीपको सुरक्षामा खटिएका आफ्ना ६४ जना सिपाही मारिएको दाबी गरेको थियो । बितेका केही वर्षमा भियतनामले आफ्नो समुद्री सैन्य शक्तिलाई तीब्ररुपमा विकास गरेको छ । उसले रुसबाट ६ अत्याधुनिक सबमरिन पनि किनिसकेको छ। अस्ट्रेलियन डिफेन्स फोर्स एकेडमीमा भियतनाम रक्षाविज्ञ कार्ल थायरका अनुसार लन्चर्सको तैनाथीले भियतनामको गम्भीरता पुष्टि गरेको छ । भियतनामले आफू पनि सैन्य हिसावमा कम नभएको देखाउन चाहेको छ ।

चीनले भारतलाई साउथ चाइना सीको विवादबाट टाढै रहन सचेत गराएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको दिल्ली भ्रमणका क्रममा यो विषयमा अनावश्यक चासो नदेखाउन पनि चीनले भारतलाई सचेत गराएको छ ।
चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले साउथ चाइना सीको विषयमा भारतको अनावश्यक संलग्नताले २ देशबीचको सम्बन्ध प्रभावित हुन नहुने भन्दै भारतलाई नचाहिने कुरामा निहँ नखोज्न चेतावनी दिएको हो ।
ग्लोबल टाइम्सले भनेको छ, ‘‘ भारतले यदि आर्थिक सहयोगका लागि राम्रो वातावरण बनाउन चाहन्छ भने वाङ यीको भ्रमणका क्रममा साउथ चाइना सीको विषयमा प्रवश नगरेकै राम्रो हुन्छ” ।
क्षेत्रीय साझेदारीका लागि पनि अनावश्यक कुरामा निहुँ खोजेर चीनसँगको सम्बन्ध नविगार्नु नै चीनका लागि बुद्धीमानी हुने ग्लोबल टाइम्सको भनाइ छ ।
साउथ चाइना सीको विषयमा भारतले अनावश्यक पाखुरा सुर्किँदा दुई देशबीचको सम्बन्धमा समस्या आउने तर्फ पनि उक्त पत्रिकाले सचेत तुल्याएको छ ।
चिनियाँ विदेशमन्त्री आगामी अगष्ट १३ मा नयाँ दिल्ली जाँदैछन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गर्ने गरी दिल्ली जान लागेका उनको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री चीन जाने विषयमा पनि कुरा हुन सक्ने बताइएको छ ।
nepaliheadlines

काठमाडौं, १८ साउन । चीनको नौसेनाले यसै हप्तादेखि दक्षिण चीन सागरमा सैन्य अभ्यास शुरु गरेको छ ।

आफ्नो स्थापना दिवसको अवसर पारेर चिनियाँ सेनाले दर्जनौं मिसाइल र टर्पिडो समेत प्रहार गर्दै सैन्य अभ्यासको सुरुवात गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनियाँ सेनाले दक्षिण चीन सागरमा आफ्नो इलेक्ट्रोम्याग्नेटिक प्रभाव कायम राख्दै आक्रमणको तिव्रता, सटिकता र स्थिरता बढाउन यो अभ्यास गरिरहेको छ ।

चिनियाँ नौसेनाले समुन्द्रमा सचना प्रद्योगिकमा आधारित युद्ध घातक हुने र यसका लागि तत्काल जवाफ दिने तयारी अवस्थामा रहनुपर्ने भन्दै आफूलाई पूर्ण रुपमा सक्षम बनाउन अभ्यासको क्रियाकलाप अघि बढाएको हो ।

चिनियाँ सेनाको स्थापना दिवस अवसरमा चिनियाँ राष्ट्रपति एवं सेनाका सर्वाेच्च कमाण्डर शी जिनपिङले आफ्नो देशको सेनालाई युद्ध जित्नका लागि तयार रहन आदेश दिएका थिए ।

राष्ट्रपतिको आदेशलगत्तै सेनाले अभ्यास सुरु गरेको समाचार बाहिर आएको छ
काठमाडौं, १६ साउन । चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई युद्ध जित्नका लागि तयार रहन आदेश दिएका छन् ।
अमेरिका, भारत तथा फिलिपिन्स लगायतका देशले दक्षिणी चीन सागर (समुद्र)मा निहुँ खोजिरहेका बेला आइतबार चिनियाँ पिपिल्स लिवरेसन आर्मी (पिएलए)को ८९ औं स्थापना दिवसको अवसरमा बोल्दै राष्ट्रपति सीले युद्धका लागि तयार रहन आदेश दिएका हुन् ।
राष्ट्रपति सी चिनियाँ सेनाका सर्वाेच्च कमाण्डर हुन् । यहाँ सेना पूर्णरुपमा सत्तारुढ दल (कम्युनिष्ट पार्टी)को नियन्त्रणमा रहन्छ । कम्युनिष्ट पार्टीका अध्यक्ष राष्ट्रपति भएकाले उनी सेनाको प्रमुख हुन्छन् ।laii
उनको यस्तो आदेशपछि भारत, अमेरिका लगायतका देशमा नयाँ तरंग पैदा भएको छ । स्थापना दिवसका अवसरमा आयोजित समारोहमा राष्ट्रपति सीले अगाडि भने- ‘युद्ध जित्नका लागि सेना तयारी अवस्थामा रहनुपर्छ । थप मजबुद हुनुपर्छ ।’
यद्यपी चिनियाँ राष्ट्रपतिले चीन को सँग युद्ध लड्दैछ भन्ने खुलाएनन् । भारतीय मिडियाहरुले यो भनाइ भारतलाई लक्षित गरेर आएको दावी गरेका छन् ।
संसारकै सबैभन्दा शक्तिशाली मानिने चिनिया सेनामा हाल २३ लाख भन्दा बढी जवान रहेको विश्वास गरिन्छ । तर, पछिल्लो समय चीनले सैन्य शक्तिमा कटौती गरिरहेको बताउँदै आएको छ ।
dainiknepal
काठमाडौं, १० साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनलाई सामान्य संसदीय अभ्यासका रुपमा बुझ्न आग्रह गरिएकै बेला भारतीय सञ्चार माध्यमले भने ओली नेतृत्वको सरकार भारतले निकै ठूलो प्रयास गरी ढाल्न सफल भएको जनाएका छन् । 

ओली नेतृत्वको सरकार ढलेकोप्रति नेपालमा कयौं सर्वसाधारण नागरिकदेखि महानायकसम्मले दुःख ब्यक्त गरिरहेका बेला भारतमा भने यसको खुसीयालीमा हर्ष बढाइँ देखिएको छ । भारतीय मिडियाले त किटानी गरेरै लेखेका छन्– ‘ओलीले चीनको सीमाबाट पेट्रोलका ट्रकहरुलाई नेपाल भित्र्याउन सफल भए पनि उनले गरेका अरु सम्झौताहरु अव लागू हुँदैनन् ।’ 

० ओलीले चीनका सीमाबाट पेट्रोलका ट्रकलाई स्वागत गरे पनि चीनसँगका अरु सम्झौता अव सफल हुँदैनन् 

भारतीय दैनिक पत्रिका नवभारत टाइम्सले नेपाललाई चीनियाँ रेल, ऊर्जा ट्रान्समिसन र अन्य संरचनाहरुले जोड्ने काम ओली नेतृत्वको सरकार ढले लगत्तै अन्त्य हुने ठोकुवा गरेको छ । ‘६ महिनायता ओली सरकारले चीनियाँ सीमाबाट पेट्रोलियम पदार्थ सप्लाइ गर्ने ट्रकलाई स्वागत गरेको थियो’ उसले लेखेको छ, ‘अव स्पष्ट रुपमा नेपालको लागि चीनले ऊर्जा सप्लाई गर्ने ट्रन्जिट रुट, सडक र रेलको सञ्जाल विस्तार हुन पाउनेछैन । ओली सरकारको प्रतिवद्धता भए पनि नेपाल र चीनबीच बलियो ब्यापार साझेदारी अब हुन पाउनेछैन ।’

भारतीय पत्रिकाहरुमा ओली नेतृत्वको सरकार ढलेकाले भारत विरोधी सरकार पतन भएको उल्लेख गर्दै भारत नेपालमा आफ्नो गुमेको अधिकार फर्काउने बाटोमा सफल रहन पुगेको विश्लेषण गरेको छ ।  ‘अव भारत नेपालमा गुमेको आफ्नो प्रभाव फर्काउने सफलतातिर गएको देखिएको छ’ उसले लेखेको छ । 

० प्रचण्डलाई पुरानै बाटोमा फर्काउन धेरै मेहेनत गर्नु पर्यो, अव उनकै नेतृत्वमा भारतको गुमेको स्थान फर्किनेछ 

कम्युनिस्ट पार्टीहरुबीचको सहकार्यका नाममा चीनको सहायताले एमाले र माओवादीलाई मिलाइए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई त्यसबाट फर्काउन धेरै मेहेनत गर्नु परेको उसले लेखेको छ । उसले अव प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई रणनैतिक रुपमा पूरापुर समर्थन दिने र यसले भारतको रणनीतिक साझेदारीमा सहयोग पुर्याइ नेपालका अल्ट्रा राष्ट्रवादीहरुलाई असफल पार्ने दाबी गरेको छ । ‘अव प्रचण्ड नेपालको प्रधानमन्त्री हुनेवाला छन् । भारत अब बन्ने त्यो सरकारलाई भरपूर समर्थन दिन्छ । यसले नेपाल र भारतवीच बलियो रणनीतिक साझेदारी पुनर्बहाली गर्नेछ’ भारतीय पत्रिकाहरुले ओली नेतृत्वको सरकारबारे लेखेका छन्, ‘ओलीले नेपाललाई विदेशी शक्तिको प्रयोगशाला बन्न नदिने वताएर यसअघि त्यस्तो हुन सकेको थिएन ।’ 

नेपालका कम्युनिस्ट पार्टीहरुलाई एकठाउँमा जोडेर भारत बिरोधी ब्यूह चीनले फैलाएकाले ओली नेतृत्वको सरकार बनेकोउसको दावी छ । ‘यसबाट प्रचण्डको मन बदलेर ल्याउन पछिल्लो पटक सफलता मिल्यो’ भारतीय पत्रिकाहरुले लेखेका छन्, ‘प्रचण्ड बदलिएर आए पनि ओलीसँग सम्बन्ध सुधार गर्न चीनले ठूलो प्रयास गरेको थियो तर, असफल भयो ।’ 

० चीनसँग नेपालको रेल, ऊर्जा र सडक सञ्जाल अव जोडिन पाउँदैनन्

नेपालमा कांग्रेस र पछिल्लो पटक माओवादी केन्द्रले ओलीलाई सामन्ती र फोस्रो राष्ट्रवादीको आरोप लगाएजस्तै आरोप नवभारत टाइम्सले पनि लगाएको छ । ‘मधेसी दलको मुद्दालाई यो सरकारले गरेको बेवास्ताका कारण महिनौसम्म नाकाबन्दी लगाउन वाध्य रहनु पर्यो’ उसले लेखेको छ ‘ओलीको कार्यकाल अल्ट्रा राष्ट्रवादी र भारत विरोधी भवना फैलाएर चीनप्रति सहानुभुतिशील रह्यो ।’ 

अव तीनवटक स्पष्ट विषयमा काम गर्न नयाँ सरकारलाई निर्देशन दिइने पनि भारतीय पत्रिकाहरुले लेखेका छन् । ‘पहिलो नागरिकता, दोस्रो प्रदेशको सीमाङकन, र तेस्रो माथिल्लो सभामा मधेसीको प्रतिनिधित्व । यी तीन विषयमा अवको सरकारले भारतसँग रणनैतिक साझेदारी गर्नेछ ।
काठमाडौं, १० साउन । भारत सरकारले चिनियाँ पत्रकारलाई देश छाड्न आदेश दिएपछि चीनले आपत्ति जनाएको छ ।
आइतबारमात्रै भारत सरकारले दिल्ली र मुम्बईमा कार्यरत चीनको सरकारी समाचार एजेन्सी सिन्हुवाका तीन पत्रकारलाई ३१ जुलाई (आज २५ जुलाई) भित्र भारत छाड्न आदेश दिएको छ ।
भारतको यस्तो आदेशपछि चीन सरकारकातर्फबाट त्यहाँको सरकारी दैनिक पत्रिका द ग्लोबल टाइम्सले सम्पादकीय लेख्दै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको हो ।
चीनले भारतको न्यूक्लियर सप्लायर ग्रुप (एनएसजी) मा सदस्यताको लागि सहयोग नगर्ने निर्णय लिएपछि बदलास्वरुप भारतले आफ्ना पत्रकारलाई देश निकाला गर्न र यसको परिणाम नराम्रो हुने पत्रिकाले उल्लेख गरेको छ ।
‘द ग्लोबल टाइम्स’ को सम्पादकीयमा लेखिएको छ, ‘परमाणु आपूर्तिकर्ता समूहमा भारत संलग्न भएको कुरामा चीनले विरोध गरेको थियो, अब भारतले यसको बदला लिँदै छ । यदि नयाँ दिल्लीले साँच्चै नै एनएसजी सदस्यताको मुद्दाको बदला लिइरहेको छ भने यसको गम्भीर परिणाम भोग्नुपर्नेछ ।’



समाचार टिप्पणी । राजनीतिमा भन्ने गरिन्थ्यो, दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढ्ने चलन छ । तर, योपटक गंगा उल्टो बग्यो । अर्थात, नेपालमा पानी पर्दा दिल्लीमा छाता ओढ्ने काम भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिँदा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुभन्दा बढी दिल्ली खुसी देखिएको छ । प्रधानमन्त्री केपी ओलीको राजीनामापछि भारतीय सञ्चार माध्यमहरुमा यो खुसी प्रकट भइरहेको छ ।

भारतीय दैनिक हिन्दुस्तान टाइम्सले त ‘अब नेपालको राजनीतिमा भारतको पुनरागमन भयो’ सम्म भनेको छ । उसले लेखेको छ, यो (ओलीको राजीनामा) गत वर्ष राजनीतिक कोर्ष परिर्वतन गर्न असफल भएको भारतको नेपालको राजनीतिक परिदृश्यमा पुनरागमन हो ।’

उसले सरकार परिवर्तनको यो आन्तरिक घटनालाई चीनसँग पनि जोडेको छ । नेपालसहित दक्षिण एसियाको आन्तरिक राजनीतिमा माइक्रो म्यानेजमेन्ट कति गाह्रो रहेछ भन्ने चीनले पाठ सिकेको भारतीय पत्रिकाको दाबी छ ।

अब भारतसँगको सम्वन्ध र दिल्लीलाई पुनः ट्राकमा ल्याउन सक्छन् कि सक्दैनन् भन्ने नेपालको नयाँ प्रधानमन्त्री प्रचण्डको परीक्षा हुने हिन्दुस्तान टाइम्सले लेखेको छ । उसले लेखेको छ, ‘दिल्लीका लागि नेपालको डरलाग्दो सपना अन्त्य भएको छ ।’

त्यस्तै टाइम्स अफ इण्डियाले पनि प्रधानमन्त्री ओलीको बहिर्गमन भारतका लागि खुसी भएको बताएको छ । उसले लेखेको छ, ओलीले नेपाललाई भारतविरोधी राज्य बनाउन खोजेका थिए, जुन सफल भएन र उनी विदा भएका छन् ।’

टिप्पणीः

नेपालको अन्तरिक राजनीतिमा भारतको प्रभाव र बेलाबेला हस्तक्षेपकारी भूमिकालाई नेताहरुले नै स्वीकार गर्छन् । यद्यपि संविधान घोषणाका क्रममा प्रमुख दलहरुबीच बनेको अभूतपूर्व एकताले भारतलाई नराम्रो धक्का दिएको थियो ।

अहिले नयाँ सरकार गठनको प्रयाससँगै भारतको सक्रियता बढेको एमाले नेताहरुको आरोप छ । प्रधानमन्त्री स्वयंले सरकार परिर्वतनको खेललाई स्वचालित नभई ब्याट्रीबाट चलेको भनेका छन् ।

र, नेपालमा सरकार परिर्वतन हुँदा दिल्लीमा देखिएको खुसीले यो आरोपलाई थप बल मिलेको छ ।

अब प्रधानमन्त्री बन्दै गर्दा प्रचण्ड र उनका सहयात्री कांग्रेस सभापति शेरबहादुर देउवाको पहिलो चुनौती ‘सरकार ब्याट्रीबाट नभई स्वचालित र नेपालीकै निर्णयमा भएको’ हो भन्ने बोलेर होइन, व्यवहारमै सिद्ध गर्न सक्नुपर्छ ।

भारतीय पक्षले पनि के बुझ्नुपर्ने हुन्छ भने यहाँको आन्तरिक मामिलामा खुशी वा रोष प्रकट गर्ने उसको भद्दा प्रतिक्रियाले अन्ततः नेपाल भारत सम्बन्धलाई बिगार्नेतिर लैजाने निश्चत छ ।

कांग्रेस नेता शेरबहादुर देउवाले आइतबार संसदमा बोल्ने क्रममा केपी ओली सरकारका पालामा चीनसँग भएका सम्झौताहरुलाई निरन्तरता दिइने बताइसकेका छन् । प्रचण्डले यसअघि खुल्लामञ्चबाटै आफू भारतको ‘एस म्यान’ नभएको बताइसकेका छन् । यो स्थितिमा नेपालको आन्तरिक सरकार परिवर्तनबाट भारतीयहरु बढी नहौसिने पो हो कि ?

विनाकारण छिमेकीलाई नाकाबन्दी गरेर दुःख दिएको दिल्ली यति सजिलै काठमाडौंमा ‘पुनरागमन’ हुन निकै कठीन छ ।
१० साउन, काठमाडौं।

आइतबार संसदमा अविस्वासको प्रस्ताव माथीको छलफलको अन्तिम दिन थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारी समक्ष आफ्नो राजीनामा पेस गरेको सदनमा जानकारी दिएसंगै अब माओवादी केन्द्र अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको लागि बाटो खुला भएको छ। नेपालको राजनीतिमा आएको उतारचढाव बिच भारतीय मिडियामा भने खुसी दर्शीएको छ। ओली सरकार ढल्नु भारतको लागि गुड न्युज भएको स्वयम् भारतीय मिडियाले लेखेका छन्।kp oli samsad after resigning 108326946

चर्चित भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा, ओली सरकार ढल्नु भारतको लागि गुड न्युज, प्रचण्ड सम्भावित अर्को प्रधानमन्त्री शीर्षकमा समाचार छापिएको छ।

घटना चीन र नेपालमाथी चीनको हस्तक्षपलाई झट्का भएको समेत टाइम्स अफ इन्डियाले लेखेको छ।



ओलीले कामचलाउ प्रधानमन्त्रीको लागि राष्ट्रपति समक्ष निकै कोसिस गरेको दाबी गर्दै नेपालमा नजर राख्नेले ओलीको यो प्रयास केवल उनको पार्टीको लागि मात्र होइन नेपालको लागि नै महंगो सावित हुने लेखेको छ।

ओलीमाथी समर्थन घट्नुले थुप्रै कुरा ट्रेस गर्न सकिने लेख्दै टाइम्स अफ इन्डिया लेख्छ। पहिलो, उनको सरकाले मधेशीमाथी गरेको सरसार भेदभाव जसले महिनौँको विरोध र भारत-नेपाल सीमामा नाकाबन्दी निम्त्यायो, दोस्रो, भुकम्प पश्चात पुननिर्माण र पुनर्स्थापना प्रतिको उनको अनिच्छा अथावा अकर्मण्डता र तेस्रो, खुलेर भारतविरोधी राज्य बनाउनको लागि चीनद्वारा प्रत्क्षय कोसिस गराई अति राष्ट्रवादमामा उनको भुमिका रहेको पत्रिकाले लेखेको छ।

संविधानमा भएका कमी सम्वोधन नगरिए नेपालको तराई क्षेत्रमा स्थिति बिग्रने प्रति भारतको डर रहेको लेख्दै टाइम्स अफ इन्डिया लेख्छ अब सम्भावित प्रचण्ड प्रधानमन्त्री बन्ने हुँदा बिग्रेको कुटनीतिक सम्बन्धमा सुधार गर्दै भारतले नयाँ सरकारको लागि पुरा समर्थन दिनेछ।’

चीनले नेपालको राजनीतिमा अश्वभाविक प्रभाव बढाएको पत्रिकाले लेखेको छ। मेमा चीन प्रचण्डको ‘माइन्ड चेन्ज’ गर्नेमा समेत सफल रहेको टाइम्स अफ इन्डियाले लेखेको छ।
काठमाडौं, १० साउन । झण्डै नौ महिना अगाडि प्रधानमन्त्री केपी ओली प्रधानमन्त्रीमा निय’क्त भएपछि नै भारतीय पक्षको तारो बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार व्यवस्थापिका संसद्बाट राजीनामा घोषणा गरेसँगै भारतीय मिडियामा भने यो समाचारले प्राथमिकता पाएको छ । भारतीय नाकाबन्दीको समयमा कडा रूपमा प्रस्तुत भएका ओली विरूद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा समेत बढी प्राथमिकता दिएको भारतीय सञ्चारमाध्यमहरूले राजीनामालाई झनै बढी प्राथमिकता दिएका छन् ।

भारतको टाइम्स अफ इन्डियाले नेपालका प्रधानमन्त्री केपी ओलीद्वारा राजीनामा शीर्षकमा पछाडि ‘मैले राम्रो काम गरेको सजाय पाएँ’ भन्ने उनको भनाई राखेर समाचार प्रकाशित गरेको छ । संसद् भवनमा बोलेको समाचारको भिडियो समेत प्रस्तुत गरेर म’ख्य समाचारको रूपमा प्रकाशित गरेको समाचारमा उनले संसद् भवनमा भाषण गरेका उखानट’क्का य’क्त शब्दलाई बढी प्रस्तुत गरेको छ ।


त्यस्तै, हिन्दुस्तान डट कमले पनि अविश्वासको मत सामना हुन अगाडि नेपालका प्रधानमन्त्रीले राजीनामा दिए भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ । उसले पनि संसद् भवनमा उद्घोषण गर्न’प“र्व राष्ट्रपति समक्ष राजीनामा दिएको उल्लेख पनि गरेको छ ।

तर इन्डियन एक्सप्रेसले भने यसलाई खासै महत्व दिएको छैन । उसले समाचार त प्रकाशित गरेको छ तर अन्तराष्ट्रिय कोलममा समाचार राखेको छ तर उसले धेरै खोजम’लक ढङ्गले लामो समाचार प्रकाशित गरेको छ ।

त्यस्तै, जागरण समाचारले पनि समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेको छ । उसले प्रधानमन्त्री ओलीले राजीनामा दिँदै गर्दा ‘मेरो असल कर्मको सजाय मिल्यो’ भने भनेर समाचारको शीर्षक चयन गरेको छ ।

यसरी भारतीय मिडियामा पनि नेपाली समाचारको चासो बढ्ने गरेको क’रा पनि यस्ता समाचारबाट प’ष्टि ह’न्छ । तर केपीओली नेतृत्वको सरकारसँग भने भारतको अझ बढी चासो रहेको विश्लेषण गरिन्छ । हाम्राकुरा बाट

कश्मीर, साउन ७ । भारत अधिनस्थ कश्मीर क्षेत्रमा हिंसा भड्किरहेकै समयमा पाकिस्तान अधिनस्थ कश्मीर क्षेत्रमा चिनियाँ र पाकिस्तानी सेनाले संयुक्त गस्ती गरेका छन् ।

चिनियाँ सरकारी संचारमाध्यमले कश्मीर क्षेत्रमा चिनियाँ र पाकिस्तानी सेनाको संयुक्त गस्तीको तस्वीर सार्वजनिक गरेको हो । तस्वीरमा दुबै मुुलुकका सैन्य टोली आ–आफ्नो मुलुकको झण्डासहित गस्तीमा निस्किएको दृष्य देखिन्छ ।

समाचार एजेन्सीहरुका अनुसार शिनजाङ्ग सीमा क्षेत्रमा संयुक्त गस्ती गरिएको हो ।

भारतका गृहमन्त्री राजनाथ सिंहले यसबारे प्रतिक्रिया दिदैं ‘अर्काको घरमा आगो लगाउने कार्य आफ्नो लागि पनि खतरापूर्ण हुने’ बताएका छन् ।

सो क्षेत्रमा सन् २०१४ मा पनि चिनियाँ सेना देखिएको थियो । तर त्यतिबेला चिनियाँ सेनाले मात्र आफ्नो उपस्थिति जनाएको भए पनि पछिल्लो पटक चीन र पाकिस्तानका सेनाले संयुक्त गस्ती गरेपछि भारत तनावमा रहेको हो ।

भारत अधिनस्थ कश्मीर क्षेत्र हिंसाको चपेटामा परिरहेको समयमा पाकिस्तानतर्फको कश्मीरमा भारतका दुई प्रतिद्वन्द्वी मुलुकको सहकार्य प्रकाशमा आएको हो । (एजेन्सी)

५ साउन, एजेन्सी ।
इन्टरनेट सर्च इन्जिन गुगलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर विश्वका टप टेन अपराधीको सूचीमा समावेस गरेपछि भारतमा खैलाबैला भएको छ ।यस अघि पनि मोदीको तस्विर अपराधीको सूचीमा परेपछि विवाद आएको थियो ।+
मोदीलाई अपराधीकोरुपमा चित्रित गरिएकोप्रति आपत्ति जनाउँदै इलाहाबादको जिल्ला अदालतले गुगललाई लिगल नोटिस पठाएको छ ।यो मुद्धाको सुनुवाइ आगामी ३१ अगष्टमा हुने छ । भारतीय जनता पार्टीका नेता तथा अधिवक्ता सुशील मिश्रले मोदीको बदनाम गरिएको भन्दै अदालतमा मुद्धा हालेका हुन् ।
गत वर्ष पनि ट्वीटरमा ह्याशट्याग सहित विश्वका १० कुख्यात अपराधीको सर्च ट्रेण्डिङ बनेको थियो । जुन लिष्टमा विश्वका खंखार अपराधीसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम पनि देखिपछि भारतमा खैला बैला भएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीमाथि उनी गुजरातको मुख्यमन्त्री हुँदा जातीय दंगालाई उक्साएको आरोप लागेको थियो । सन् २००२ मा गुजरातमा भएको दंगामा मोदीको भूमिका समेत रहेको भन्दै उनलाई कतिपयले उनलाई दोषी मान्ने गरेका छन् ।
टोकियो (जापान), २ साउन । जापानको राजधानी टोकियोलगायत पूर्वी जापानको ठूलो क्षेत्रफलमा आइतबार ५.० म्याग्निच्यूटको भूकम्प धक्का महसुस गरिएको अमेरिकी भूगर्व विभागले जनाएको छ ।


मानवीय तथा अन्य भौतिक संरचनामा भूकम्पबाट क्षति भएनभएको बारे कुनै तथ्याङ्क उपलब्ध भइनसेको जापानको मौसम विज्ञान केन्द«ले बताएको छ ।

स्थानीय समय अनुसार आइतबार दिउसो १ः२४ मा गएको भूकम्प ४० किलोमिटर गहिराइबाट इवाराकी इलाकालाई केन्द्रबिन्दु बनाएर गएको छ ।

टोकियोका भवनहरुमा भूकम्पका कारण कुनै क्षति भएको नपाइएको भएपनि “सिनकानसेन” रेल सेवा भने केही समयका लागि अवरुद्ध भएको जापानी सञ्चारमाध्यम तथा सरकारी अधिकारीले जनाएका छन् ।

भूकम्पका कारण सुनामी आउन सक्ने सम्भावना नदेखिएको केन्द्रले बताएको छ ।

जापान चारवटा ‘तेक्नोटिक प्लेट’ मा अवस्थित रहेकाले प्रत्येक वर्ष जापानमा तुलनात्मक रुपमा केही ठूलो तथा कैयौँ साना भूकम्पको महसुुस हुने गर्छ । मापदण्ड अनुसार बनेका मजबुत घर तथा ठूलो भवन र अन्य भौतिक संरचनामा भूकम्पका कारण ठूलो क्षति भने कमै हुने गर्छ ।

सन् २०११ मा जापानको सामुद्रिक इलाकामा गएको भूकम्पका कारण सुनामी आउदा भने १५ हजार मानिसको ज्यान गएको थियो ।

त्यस्तै उक्त भूकम्पका कारण फुुकुसिमामा रहेका तीन वटा परमाणु भट्टी पनि भत्किएका थिए ।
मुम्बई, १ साउन । केपी ओली सरकारले प्रवासी नेपालीका पक्षमा काम गरेको भन्दै आज मुम्बईमा केही युवाहरुले प्रदर्शन गरेका छन् ।
मलाड पश्चिमस्थित ओर्लेममा उनीहरुले सो प्रदर्शन गरेका हुन । उक्त प्रदर्शनका नेतृत्वकर्ता बलबहादुर थापा र कमल आचार्यले केपी ओली सरकारले विदेश बाटै मतदान गर्न पाउने लगायत युवाहरुलाई प्रमाणपत्र धितोमा राखेर ऋण दिने लगायतका लोकप्रिय कार्यक्रमहरु बजेटमा समावेश गरेका हुँदा यहि सरकारको निरन्तरता कायम गर्नुपर्ने माग आफूहरुको रहेको बताए ।
इतिहासमै आत्मनिर्भर देश बनाउन पहल गरेको भन्दै तत्काल सरकारबाट नहटन अर्का गोकुलसिंह महताराले बताए ।
कार्यक्रममा सहभागीहरुले ओली सरकारका पक्षमा नारावाजी समेत गरेका थिए । त्यो देखेर वरिपरि स्थानीयहरुको समेत घुइँचो लागेको तिलक आचार्यले बताएका छन् ।
-




काठमाडौं, १ साउन । संयुक्त राज्य अमेरिकाले ५४ जना भारतीयलाई देशनिकाला गरेको छ ।
अमेरिकाका सहायक विदेशमन्त्री माइकल थरेन बण्डले गएको अप्रिल महिनामा ५४ जना भारतीयलाई देश निकाला गरेको बताएका छन् । यो समाचार भारतीय पत्रिका नवभारत टाइम्सले पनि प्रकाशित गरेको छ ।
अमेरिका सहायक विदेशमन्त्री बण्डले यो महिनापनि धेरै भारतीयलाई देशनिकाला गर्ने तयारी भइरहेको बताए ।
उनले भनेका छन्- ‘अमेरिकाको कानूनविरुद्ध र अपराधमा संलग्न विदेशीलाई देश निकाला गरी स्वदेश फिर्ता पठाएका छौं । यसमा गत महिना ५४ भारतीय परेका छन् । यो महिनामा पनि धेरै भारतीय छन् ।’
अमेरिकाको यो निर्णयपछि अमेरिकी राष्ट्रपति बराक ओबामाका नजिक मानिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना सुरु भएको छ ।

१ साउन, काठमाडौं । टर्कीमा सेनाको एक समूहले सैन्य कूको प्रयास गर्‍यो । तर, यो असफल भएको देखिएको छ ।

जनता सडकमा उत्रिएपछि विद्रोही सैनिकको एक दलले आत्मसमर्पण गरेको छ । राष्ट्रपति अर्दोआनाले लोकतन्त्र बताउन सडकमा आउन आहृवान गरेका थिए ।

उनका समर्थक अहिले सडकमा आएका छन् र सत्ता कब्जाको प्रयास असफल भएको छ । तर, मानिसको आक्रोस थामिएको छैन । उनीहरुले आत्मसमर्पण गर्नेहरुमाथि आक्रमणको प्रयास गरेका छन् । विद्रोही सैनिकलाई मुस्किलले जोगाएर पुलिसको सवारी साधानमा राखेर लगिएको छ ।









सिंगो विश्व आर्थिक विकास र प्रविधिमा प्रतिस्पर्धा गरिरहेको छ । आर्थिक रुपमा सबल राष्ट्रसंग प्रतिस्पर्धा गर्न नसक्नेहरु पनि लोकतन्त्र र विकासकै बाटोतर्फ अग्रसर छन् ।तर, विश्वमा अझै पनि एउटा यस्तो देश छ, जसको हरेक कुरा रहस्यको घेरामा हुन्छन् ।


उसका देशमा भएका ठूलै उथल-पुथल पनि महिनौंसम्म विश्वले थाहा पाउँदैन । देशका नागरिकहरु पनि बाहिरी देशमा के हुँदैछ पत्तो पाउँदैनन् । उनीहरुको संसार नै केबल आफ्नै देश हो । हजुर हामी कुरा गर्दैछौं उत्तर कोरियाको । विभिन्न अन्तराष्ट्रिय न्यूज साईटहरुको सहयोगमा हामीले उत्तर कोरियाबारे २५ वटा अनौठा तथ्य प्रस्तुत गर्दैछौं । जुन पढेर वा सुनेर तपाईं अचम्ममा पर्नु हुनेछ ।

१. उत्तर कोरियामा हप्तामा ६ दिनमात्रै होइन सातौं दिन पनि काम गर्नुपर्छ । ६ दिन जागिर गर्नेहरुले सातौं दिन अनिवार्य रुपमा स्वयम् सेवा गर्नुपर्छ । यस्तो अवस्थामा नागरिकहरु हप्ताको सातै दिन काममा व्यस्त हुन्छन् ।

२. आफ्नो शासनकालमा किम जोंगले बायोग्राफी सार्वजनिक गरे । त्यसमा लेखिएको केही कुरा निकै भ्रम फैलाउने खालका छन् । उनले बायोग्राफीमा लेखेका छन्, ‘मेरो जन्म दुईवटा इन्द्रेणीको बीचमा भएको थियो । म जन्मिएपछि त्यो दुई इन्द्रेणीको बीचमा आकाशमा एक नयाँ तारा चम्किएको थियो रे !’ यसमा उनको नियत भनेको आमजनतामा भ्रम भैलाउनु नै हो । ता कि नागरिकहरुले आफूलाई साक्षात ईश्वर मानुन् र सदियौंसम्म आफ्ना पुस्ताले एकलौटी राज गर्न पाओस् ।

३. उत्तर कोरियामा अहिले विश्वमा जस्तो सन २०१५ चलिरहेको छैन । त्यहाँ त बल्ल १०४ साल भयो । उत्तर कोरियाले जूश क्यालेण्डर प्रयोग गर्छ ।  किम सुंगको जन्मपछि नै सालको गणना सुरु भएको थियो ।

४. उत्तरकोरियाको हरेक घरमा सरकारद्वारा नियन्त्रित रेडियो अनिवार्य जडान गरिएको छ । नागरिकहरुलाई यो रेडियो नबजाउने वा नसुन्ने अधिकार छैन ।

५. जस्तोसुकै अपराध होस्, माफी भन्ने कुरा उत्तर कोरियाको शब्दकोशमा नै भेटिन्न । कि त आजीवन जेल, कि मृत्युदण्ड । यदि कसैको साथमा बाईबल भेटियो वा कसैले पोर्न फिल्म हेर्दै गरेको भेटियो भने पनि फाँसीमा चढाइन्छ ।

६. उत्तर कोरियामा कसैले पनि गरीबको तस्वीर खिच्न पाउँदैन । पर्यटकहरूले पनि कुनै गरीब उत्तर कोरियनको तस्वीर खिचेर लाने अधिकार छैन । गरीबको तस्वीरले देशको इमेज खराब गर्छ भन्ने मान्यता त्यहाँ छ । तर, प्राय उत्तर कोरियन गरीबीको चपेटामा छन्

७. उत्तर कोरियामा ८ र १७ जुलाईको दिन कुनै खालको उत्सव मनाउने छुट छैन । जन्म दिन नै यही दिनमा पर्यो भने पनि उसले जिन्दगीभर सेलिब्रेसन गर्न पाउँदैन । किनकी पूर्व शासक किम सुङ र किम जोंग  को मृत्यु क्रमश: यही दुई तारिखमा भएको थियो ।

८. टूरिस्टहरु मोबाइल बोकेर उत्तर कोरियामा छिर्न पाउँदैनन् । मोबाइल एयरपोर्ट मै कब्जा गरिन्छ । फर्कने बेला उनीहरुले मोबाइल फिर्ता पाउँछन् ।

९. उत्तर कोरिया पुग्ने कुनै पनि टुरिष्टले स्थानीयसँग बोल्न पाउँदैन । ऊ एयर पोर्टबाट निस्किएपछि सरकारद्वारा प्रशिक्षित गाईडहरुकै नियन्त्रणमा हुन्छ । आफ्नो स्वेच्छाले केही गर्न पाउँदैन ।

१०. यहाँका टिभीहरुमा जम्मा ३ वटा च्यानलमात्रै आउँछ । यी च्यानलहरुले किम जोंग उनको भक्तिगाथामात्रै गाउँछन् ।

११. देशमा सरकारी अधिकारी र सेनाका अधिकृतहरुबाहेक कसैलाई पनि निजी गाडी किन्ने छुट छैन ।

१२. उत्तर कोरियामा कुनै इन्टरनेट सेवा छैन | इन्टरनेटमा सफर गर्ने अधिकार भीआईपीहरुलाई मात्रै छ । उत्तर कोरियाको आफ्नै इन्टरनेट अपरेशन सिस्टम छ । जसको नाम ‘रेड स्टार’ हो ।

१३. उत्तर कोरियाको बाहिरी विश्वसँगको सम्बन्ध पूरै डिस्कनेक्ट छ । न्यूजपेपर्स, म्यागेजिन र न्यूज च्यानलहरुले बाहिरी विश्वको समाचारलाई कुनै स्थान नै दिँदैनन् । मात्रै उत्तर कोरियाबारे प्रपोगाण्डा गरिन्छ । त्यसैले हरेक उत्तर कोरियन नागरिक झुठको घेरामा बाँचिरहेका छन् ।

१४. सडकमा ठाउँ-ठाउँमा पब्लिक स्पीकर लगाईएको छ । प्रपोगाण्डा जुनसुकै बेला सुरु हुनसक्छ । नागरिकहरु त्यसलाई विश्वास गर्न र पालना गर्न बाध्य हुन्छन् ।

१५. करिब २.५ लाख उत्तर कोरियन जेलमा छन् । यस्ता जेलहरुलाई विध्युतिय तारबारले घेरिएको छ ।

१६. कुनै पनि व्यक्तिले आफू खुसी पहिरन लगाउन पाउँदैन । सरकारले नै यसलाई कन्ट्रोल गर्छ । उत्तर कोरियामा जिन्सका कपडा प्रतिबन्धित छ ।

१७. किम जोन उ‌ङ्गले आफ्ना अंकललाई मारेर निर्वस्त्र पारी १२० वटा भोका कुकुरको हुलमा फालिदिएका थिए । ताकि कुकुरले लुछेरै सकाओस् ।

१८. उत्तर कोरिया वर्तमान विश्वमा एकमात्रै तानाशाही र रुढीग्रस्त शासन व्यवस्था भएको मुलुक हो । वर्षौं पहिले मरिसकेका शासकको अधिनमा अझै पनि नागरिक छन् ।

१९. उतर कोरियामा २ हजार महिलाको ‘Pleasure Squad’ बनाईएको छ । यसको मतलब त्यही हो जुन तपाईं तस्वीर हेरेर सोच्दै हुनुहुन्छ ।

२०. उत्तर कोरियाली विद्यार्थीहरु इतिहासको नाममा आफ्नै देशको बारेमामात्रै पढ्छन् । पाठ्यक्रमहरु किम जोंग  र किम जोंगको बहादुरीका गाथाले भरिएका हुन्छन् ।

२१. उत्तर कोरियामा हरेक घर खैरो रंगले रंग्याउनु अनिवार्य छ । त्यसको माथि शासकहरुको तस्वीरसमेत राख्नै पर्छ ।

२२. उत्तर कोरियामा हरेक ५ वर्षमा चुनाव हुन्छ । तर, उम्मेद्वार एकमात्रै । अरु कसैलाई पनि किम परिवारसँग प्रतिस्पर्धा गर्ने अधिकार छैन ।

२३. उत्तर कोरियाली पुरुषहरुले हेयर स्टाइलसमेत आफूखुसी राख्न पाउँदैनन् । किम जोंग उनकोजस्तै |सापो| हेयर स्टाईल राख्न अनिवार्य छ । कलाकारबाहेक महिलाहरुलाईसमेत आफूखुसी कपाल राख्नमा बन्देज लगाईएको छ ।

२४. उत्‍तर कोरियाले दक्षिण कोरियालाई लोभ्याउनका लागि किजोंग डोंग सिटी बनाएको छ । यो डमी सिटी हो । यहाँ कोही रहँदैनन् । तर उत्तर कोरियाले यसमा खुबै लगानी गरेको छ ।

२५. उत्तर कोरियामा ठूला अपराधमा तीन पुस्ते सजाय पनि तोकिन सक्छ । यसको मतलब हजुरबाले गल्ती गरेको भए नातीसम्मले पनि त्यसको सजाय भोग्नुपर्छ । यदि तीन पुस्ते आजिवन काराबास भयो भने हजुबाबुदेखि नातीसम्म सबै जेलमै सड्छन् । बिभिन्न अनलाइनहरूबाट साभार