Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश

काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले अघिल्लो सरकारको निर्णयहरु नउल्ट्याउन दाहाल सरकारलाई आदेश दिएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न देशका लागि सिफारिस गरेका १४ राजदूतको नाम पुष्पकमल दाहाल नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले फिर्ता लिएपछि सर्वाेच्चले बुधबार यो निर्णय कार्यान्वयन नगर्न नयाँ सरकारलाई अन्तरिम आदेश दिएको हो ।
सिफारिसमा परेर पनि सुनुवाइ हुन नपाउँदै नयाँ सरकारले सिफारिस फिर्ता लिएपछि सिफारिस गरिएका राजदूतहरुले साउन ३१ गते सर्वाेच्चमा रिट निवेदन दायर गरेका थिए ।
रिटको सुनुवाईपछि प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजालसले १४ राजदूतको नाम अस्वीकार गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको सर्वाेच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । उनका अनुसार सर्वोच्चले यो विषयमा सरकारसँग लिखित जवाफ समेत मागेको छ ।
ओली सरकारले सिफारिस गरेका २१ मध्ये परराष्ट्र सेवाका ७ जनाको संसदीय सुनुवाइ सम्पन्न भइसकेपनि राजनीतिक नियुक्तिका १४ जनाको सिफारिस प्रचण्ड सरकारले फिर्ता लिएपछि संसदीय सुनुवाइ समितिले उनीहरुको सुनुवाई नगरेरै घर पठाएको थियो ।
 -
Loading...