Latest News
Showing posts with label Technology. Show all posts
Showing posts with label Technology. Show all posts

काठमाडौं, ३२ जेठ । नेपाल आर्थिक विकास र समृद्धि तर्फ अघि बढिरहेको बताइएका बेला नेपालले रकेट प्रक्षेपणको तयारी गरेको जानकारी दिइएको छ ।

काठमाडौंमा आयोजिक एक कार्यक्रममा बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी संस्थाले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने तयारी गरिहरेको जानकारी दिइएको हो ।

रकेट प्रक्षेपणको तयारीका लागि भक्तपुरको नगरकोटमा वेदशाला स्थापना गरी कामहरु अघि बढाइएको बताइएको छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका सहकार्यकारी निर्देशक प्रा. सनतकुमार शर्माले सरकारले केही अर्ब लगानी गरे आफूहरुमा चन्द्रमामा रकेट पु¥याउने क्षमता रहेको बताए । यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले खगोल र अन्तरिक्ष विज्ञानको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।


नेपाल–चीनबीच जोडियो अप्टिकल फाइबर
काठमाडौं: दुरसञ्चार प्रविधिबाट भारतसँगको मात्रै परनिर्भरता अब तोडिने भएको छ । नेपाल टेलिकमले रसुवागढीस्थित नाकामा चाइना टेलिकम्युनिकेशन कर्पोरेशनसँग अप्टिकल फाइबर जोड्न सफल भएपछि भारतको विश्वजगतसँग दुरसञ्चारबाट जोडिन भारतसँगमात्रै निर्भर नेपालको विकल्प खुल्ला भएको हो । 

काठमाडौंबाट बिच्छ्याइएको अप्टिकल फाइबरलाई रसुवागढी नाकाबाट चाइना टेलिकम्युनिकेशनसँग जोड्न सफल भएपछि अब नेपालले चीनबाट तीब्रगतिको इन्टरनेट ल्याउन सक्ने भएको हो । 

यसले नेपाल र चीनबीचको साझेदारी र सम्बन्ध त मजबुत हुने नै छ अर्कातिर नेपाली उपभोक्ताले तीब्रगतिको इन्टरनेट र डाटा सेवा लिन सक्ने भएका छन् । 

‘हामीले रसुवागढीस्थित नेपाल–चीन नाकामा दुई देशबीच तीन दिनअघि अप्टिकल फाइबर कनेक्ट गर्न सफल भएका छौं’, नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘अप्टिकल फाइबर कनेक्ट भएपछि अब हामीले चीनबाट व्यवसायिकरुपमा तीब्र गतिको इन्टरनेट ल्याउन सक्नेछौं । यो अप्टिकल फाइबर काठमाडौंबाट, धादिङको गल्छी हुँदै रसुवाको धुन्चेबाट रसुवागढीसम्म पुर्याए जोड्न सफल भएका छौं ।’

रसुवागढी नाकाबाट नेपाल टेलिकम र चिनियाँ सरकारको स्वामित्यवमा रहेको चाइना टेलिकम्युनिकेसन कर्पोरेसन एकापसमा जोडिनुअघि नै दुबै मुलुका प्राविधिकले फाइबरको सफल परीक्षण गरेका थिए । 

परीक्षणका क्रममा दुबै कम्पनीका प्राविधिकरु रसुवागढी नाकाबाट काठमाडौं र चीनको राजधानी बेइजिङतर्फ ब्यान्डविथ आदानप्रदान गर्न सफल भएपछि दुई देश फाइबरबाट औपचारिकरुपमा कनेक्ट भएका हुन् । 

‘हामीले यसअघिबाटै दुई देशबीच फाइबर कनेक्ट स्थापित गर्न आवश्यक प्राविधिक सामान दुबै नाका र राजधानीमा तयार गरिसकेका छौं’, वैद्यले भनिन्, ‘नेपाल टेलिकमले यसै महिनाभित्र नेपाल–चीन र भारतबीच सिधै डाटा आदानप्रदान गर्ने पूर्वाधार तयार गरिसक्नेछ ।’

प्रवक्ता वैद्यले नेपाल–चीनबीच फाइबरबाट सम्बन्ध स्थापित भइसकेकपछि डाटा र आवाजको गुणस्तरमा धेरै सुधार हुने बताइन । ‘नेपाल टेलिकमले चीनसँग फाइबरटबा सम्बन्ध स्थापित गरी तीब्रगतिको इन्टरनेट ल्याउन सबै पूर्वाधा र प्रक्रिया पुरा गरिसकेको छ’, उनले भनिन्, ‘चीनबाट ल्याइने इन्टर नेट उच्च गतिको र सस्तो हुने भएकाले डाटा सेवा सस्तो हुनेछ भने भ्वाइस म्यासेज तथा भिडियो कलको गुणस्तर पनि बढ्नेछ ।’

चाइना टेलिकम्युनिकेसनसँग जोडिएको नेपाल टेलिकम अब फाइबरमार्फत सिधै एसियाकै दुई ठूला ग्लोबल डाटा सेन्टर रहेको हङकङसँग जोडिने छ । यसले नेपाली उपभोक्ताले अब एक महिनामै तीब्र गतिको इन्टरनेट चलाउन पाउने नेपाल टेलिकमको दाबी छ । 

‘अब नेपाल सिधै चीनमार्फत हङकङको डाटा सेन्ट र भारतमार्फत सिंगापुरको डाटा सेन्टरबाट विश्वव्यापी इन्टरनेट सञ्जालमा जोडिनेछ’, नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘यसले गर्दा यही जुन महिनापछिबाट इन्टरनेट सेवा सस्तो र तीब्र गतिको हुनेछ । चीनसँगको सम्बन्धले अब हामी गुगलदेखि अन्य इन्टरनेट सेयरिङसँग सिधा जोडिएका छौं ।’

भारतको बाटो हुँदै सिंगापुरको डाटा सेन्टरमार्फत जोडिएको नेपाल अब हङकङको डाटा सेन्टरसँग जोडिनुको अर्थ भनेको गुगलदेखि अन्य इन्टरनेट सेयरिङसँग सीधा जोडिनु हो । 

चीनसँग जोडिनका लागि नेपाल टेलिकमले धादिङको गल्छीबाट करिब ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ । 

नेपाल टेलिकमका अनुसार रसुवागढी नाका २०७२ वैशाखको भूकम्पले धेरै क्षति भएकाले त्यहाँ रहेको पूर्वाधार टिमुरेमा सार्न केही समय लाग्नेछ । रसुवागढीमा अझै पनि पहिरो खस्ने सम्भावना भएकाले त्यहाँको पूर्वाधारलाई टिमुरेमा सारिसकेपछि जुलाईबाटै टेलिकमले चीनसँग इन्टरनेटको व्यवसायिक कारोबार थाल्ने भएको छ । 

नेपाल र चीनले गत मार्च २० देखि २७ गतेसम्म नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा इन्टरनेट कनेक्टिभिटीबारे सम्झौता गरेका थिए । 
-सिबी अधिकारी

काठमाडौँ, जेठ २९ । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ ।

प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चरितार्थ गरेको छ । नास्टले जैविक प्रविधिमा चमत्कारिक फड्को मार्दै खेर गइरहेको प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ प्रविधि आविष्कार गरेको हो ।

नास्टको पछिल्लो यो सफलताले देशमा बढ्दो इन्धनको अभाव कम गर्न र प्लास्टिकजन्य फोहर व्यवस्थापन गरी वातावरणीय प्रदूषण नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । लामो समयको वैज्ञानिक अनुसन्धान र परीक्षणबाट नास्टले प्लास्टिकबाट तेल उत्पादन गर्ने नयाँ प्रविधि सुरु गर्न लागेको हो ।

प्लास्टिकबाट तेल निकाल्ने अभियानमा संलग्न नास्टका वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकालले जैविक प्रविधिमा फड्को मार्दै नास्टले नयाँ प्रविधि भित्र्याएको बताएका छन् । प्लास्टिकबाट पेट्रोल, डिजल र मट्टितेलमा परिणत गर्न सक्ने यन्त्र परीक्षणका लागि जापानबाट ल्याइएको छ ।

एक किलो प्लास्टिक, एक लि तेल

वैज्ञानिकका अनुसार एक किलोग्राम प्लास्टिकबाट एक लिटर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ । प्लास्टिकबाट निस्केको तेल ३० प्रतिशत र अन्य पेट्रोल ७० प्रतिशत मिसाएमा अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय तेलमा परिणत हुनेछ । अहिले यो प्रविधिबाट निस्केको तेल सिधै बस, ट्रक, ट्र्याक्टर जस्ता सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।

नयाँ ढाँचाका सवारी साधनका लागि भने केही मिश्रण गर्नुपर्ने हुन्छ । जापान सहित एसिया र युरोपका ४५ देशमा प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रयोगमा छन् । भारत, चीन र जापानले यस्ता प्रविधिका उपकरण बिक्री गर्दैआएका छन् ।

नास्टले सो प्रविधिबाट इन्धन उत्पादन गर्ने उद्देश्यले चीनबाट उपकरण भित्र्याएको छ । करिब रु ३६ लाख मूल्यको उक्त यन्त्र वीरगन्ज भन्सारमा आइपुगेको नास्टले जनाएको छ । यन्त्र आएपछि अनुसन्धानसँगै तेल उत्पादनको काम सुरु गरिने वैज्ञानिक ढकालले बताए ।

नास्टले तीन महिनाको अनुसन्धान र परीक्षण अवधिमा १५ लि पेट्रोलियम पदार्थ उत्पादन गरेको जानकारी दिँदै ढकालले सो प्रविधिबाट वातावरण प्रदूषण नियन्त्रण र बढ्दो इन्धनको अभावलाई पूर्ति हुने बताए ।

नास्टले भूकम्प प्रभावित जिल्लामा पाल लगायत सामग्रीमा बढी प्लास्टिकजन्य पदार्थ हुने भएकाले ती क्षेत्रलाई प्राथमिकता दिएर तेल उत्पादन गरिने जनाएको छ । पुनःनिर्माणका क्रममा प्लास्टिक त्यत्तिकै खेर जाने र फोहर बढ्ने भएकाले त्यसको सदुपयोगसँगै तेल उत्पादन गर्नका लागि भूकम्प प्रभावित जिल्ला नै रोजाइमा परेको वैज्ञानिक ढकालले बताए ।

तेत्तीस लाख बढी ग्राम प्लास्टिक खपत

एसियाली विकास बैंकको एक प्रतिवेदन अनुसार एक नेपालीाबट प्रतिव्यक्ति प्रतिदिन खेर जाने प्लास्टिकको मात्रा १२० ग्राम छ । त्यस हिसाबले दुई करोड ८० लाख नेपालीबाट ३३ लाख ६० हजार ग्राम प्लास्टिक दैनिक खपत हुने गरेको छ ।

सो प्रविधि प्रयोग गर्ने हो भने दैनिक दुई हजार तीन सय किलोलिटर पेट्रोलियम पदार्थ निस्कन्छ । यसरी हेर्दा वार्षिक आठ लाख ५८ हजार ४८० किलोलिटर उत्पादन हुन्छ ।

नेपाल आयल निगमको तथ्याङ्क अनुसार वार्षिक १३ लाख किलोलिटर पेट्रोलियम पदार्थ खपत हुन्छ । भविष्यमा सो प्रविधिलाई नागरपालिकासँग साझेदारी गरेर अघि बढ्ने नास्टको योजना छ । यसमा प्रयोग भइसकेका र खेरगइरहेका प्लास्टिकलाई प्रयोग गर्न सकिन्छ, नयाँ प्लास्टिक चाहिँदैन ।

नास्टले अहिले भित्र्याएको यन्त्रबाट एक पटकमा एक घन्टाका अवधिमा १० केजी प्लास्टिक पेलेर १० लि तेल निकाल्न सकिन्छ । सो प्रविधिको अनुसन्धान प्रवद्र्धनमा ढकाल सहित नास्टका पाँच वैज्ञानिक लागिपरेका छन् ।

प्रा. डा. जीवराज पोखरेलले खेर गएको प्लास्टिकलाई तेलमा बदल्ने प्रविधि आविष्कार गर्न नास्टले वैज्ञानिक सफलता पाउनु देश विकासको सङ्केत हो भन्दै यो प्रविधिलाई थप अनुसन्धान र प्रवद्र्धन गर्ने योजना सुनाए ।

जापानको एक गैरसरकारी संस्था इको पार्टीको सहयोगमा नास्टले जैविक प्रविधिमा आधारित प्लास्टिकबाट तेल उत्पादन सुरु गर्ने प्रविधिलाई नेपालमा प्रवद्र्धन गर्न अभियानै चलाएको थियो । पहिलो चरणमा एक महिना जापानबाट ल्याइएको यन्त्र जडानयुक्त ट्रक देशका विभिन्न स्थानमा लगेर प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रदर्शन गरिएको थियो ।

एक वर्षअघि नास्टले इको पार्टीसँग उक्त प्रविधि भित्र्याउनेबारे द्विपक्षीय सम्झौता गरेको थियो । त्यसअनुरुप जापानको प्राविधिक तथा भौतिक सहयोगमा नेपालमा यसको पहिलो चरणको प्रचारात्मक अभियान सकिएको छ । -रासस


काठमाडौ,  जेठ २३ । नेपालवाट नेपालमा नै र विश्वका अन्य विभिन्न मुलुकमा टेलिफोन गर्दा लाग्ने शुल्क विश्वकै आठौं सस्तो रहेको छ । केही बर्ष अगाडीसम्म महँगो रहेको टेलिफोन शुल्क निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रवेशसँगै बढेको प्रतिष्पर्धाले घटाएको हो ।

नेपाल दूर सञ्चार प्राधिकरणका अनुसार हाल नेपालभित्रै र वाहिर फोनगर्दा लाग्ने शुल्क विगत एक दशकको तुलनामा अत्याधिकरुपमा घटेको छ । मोवाइल सेवामा निजी क्षेत्रको कम्पनि एनसेलको प्रवेशसँगै बढेको प्रतिस्पर्धाले यसरी उल्लेख्यरुपमा शुल्क घटेको प्राधिरकणले जनाएको छ ।

नेपालवाट हुने आउट गोईङ्ग शुल्क आईटियूकै अध्ययनका अनुसार पनि विश्वकै आठौं सस्तो दरमा झरेको छ । एनसेलको प्रवेश पश्चात आउट गोईङ्ग शुल्क घट्नुकासाथै इनकमिङ्ग शुल्क र आन्तरिक रोमिङ्ग समेत पुरै हटेको आईटियूकै अध्ययनले देखाएको छ ।

केही बर्ष अगाडीसम्म मोबाइल सिम लिनु अत्यन्तै कठीन थियो । दूरसंचार क्षेत्रको उदारीकरणको शुरुवात भएपश्चातपनि  त्यसको एक दशकसम्म पनि नेपाली ग्राहकका लागि मोबाइलमा सहज पहुँच थिएन । 
एनसेलले सेवा प्रदान गर्न थालेपछि भने विगत एक दशकदेखि यो स्थितिमा नाटकीय परिवर्तन आउन थालेको छ । हाल ग्राहकले सहजै सिम कार्ड खरिद गर्न, रिचार्ज गर्न सक्ने भएका छन् । प्रतिस्पर्धासँगै मूल्यमा पनि भारी कटौति भएको छ ।

हाल एनसेलले मुलुकको विकट पहाडी जिल्ला तथा दुर्गम क्षेत्रसम्म सेवा पु¥याएको छ । ती क्षेत्रका स्थानिय वासिन्दालाई यसले उत्साहीमात्रै नवनाई विश्वभर टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ । 
नेपाल दूर सञ्चार प्राधिकरणको एक तथ्याङक अनुसार हाल मुलुकको लगभग ९५ प्रतिशत भागमा मोवाइल सेवाको पहुँच पुगेको छ । मोवाइलसेवामा एनसेलको प्रवेश पश्चात यस्तो अवस्था आएको हो । त्यसअघि मोवाइल सेवाको पहुँच शहरी क्षेत्रमा सिमित र हुनेखाने वर्गको पहुँचमा मात्रै थियो ।

मोबाईलको पहुँच विस्तार भएपश्चात अहिले मोबाईल प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकारको रुपमा स्थापित हुन थालेको छ । नागरिकले मोबाईलबाटै अद्यावधिक सूचना, समाचार, ज्ञान हासिल गर्दै अवसरहरुको पहिचान र लाभ लिन सकिरहेका छन् ।

एनसेलको नेटवर्कले आज हजारौं स्थानिय तथा विदेशी पर्यटकलाई आकस्मिक अवस्थामा मद्दत प्राप्त गर्न तथा जीवन रक्षा गर्न सघाई रहेको छ । जसका कारण आम ग्राहक अहिले एनसेलको सेवाप्रति आकर्षित भैरहेका छन् । आम ग्राहकको चाहनालाई मध्य नजर गर्दै एनसेलले आफ्नो सेवालाई अझै परिस्कृत गर्दै लैजाने प्रतिवद्धता समेत जनाएको छ ।

ऐनसेलले भ्वाईस सेवाको विस्तार ७५ वटै जिल्लामा गरिसकेको छ । शुरुका दिनमा डेटा सेवा मुख्यतः शहरकेन्द्रित रहे पनि एनसेलले ३ जी विस्तार तथा सुलभदरका प्याकहरु मर्फत त्यसको प्रबद्र्धन गरिरहेको छ । जसले गर्दा आजको दिनमा ग्रामिण तथा दुर्गम जिल्लामा समेत ग्राहकहरुले अनलाईन समाचार, ईमेल तथा फेसबुक चलाइरहेका छन् ।

हाल एनसेलले ६३ जिल्लामा थ्रिजी सेवा विस्तार गरिसकेको छ र यो विस्तारको क्रम निरन्तर चलि नै रहेको छ । इन्टरनेटको क्षेत्रमा ऐनसेलको प्रवेश अगाडि अत्यन्तै न्युन मानिसको पहुँचमा मात्रै इन्टरनेट सेवा थियो । अहिले ६३ जिल्लमा इन्टरनेट सेवा पुग्नुमा एनसेलकै प्रमूख देन रहेको पाइन्छ ।

एनसेलको प्रवेशसँगै मोवाईल सेवा सबैका लागि सुलभ भएको हो । यसले गर्दा ग्रामिण तथा दुर्गमका नागरिक पनि मोबाईलमा कनेक्टेड हुँदै मोबाईल मार्फत नै आफन्त तथा प्रियजनसँग सम्पर्क गरिरहेका छन् । 
आफ्नो सेवा विस्तारका क्रममा एनसेलले असार ३१, २०७२ सम्म नेपालमा ८१ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । कम्पनीले प्रत्येक वर्ष आर्जन गरेको आयलाई उल्लेख्यरुपमा नेपालमै पुनः लगानी गरिरहेको छ ।

एनसेलले देशको कुल ग्राहस्थ उत्पादनमा करिब २ प्रतिशत योगदान पुर्याएको छ भने सरकारको राजश्व ढुकुटीमा पनि प्रत्येक वर्ष कुल ग्रार्हस्थ उत्पादनको करिब १ प्रतिशत बराबरको योगदान पु¥र्याइरहेको छ ।

काठमाडौ,  जेठ २३ । नेपालवाट नेपालमा नै र विश्वका अन्य विभिन्न मुलुकमा टेलिफोन गर्दा लाग्ने शुल्क विश्वकै आठौं सस्तो रहेको छ । केही बर्ष अगाडीसम्म महँगो रहेको टेलिफोन शुल्क निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रवेशसँगै बढेको प्रतिष्पर्धाले घटाएको हो ।

नेपाल दूर सञ्चार प्राधिकरणका अनुसार हाल नेपालभित्रै र वाहिर फोनगर्दा लाग्ने शुल्क विगत एक दशकको तुलनामा अत्याधिकरुपमा घटेको छ । मोवाइल सेवामा निजी क्षेत्रको कम्पनि एनसेलको प्रवेशसँगै बढेको प्रतिस्पर्धाले यसरी उल्लेख्यरुपमा शुल्क घटेको प्राधिरकणले जनाएको छ ।

नेपालवाट हुने आउट गोईङ्ग शुल्क आईटियूकै अध्ययनका अनुसार पनि विश्वकै आठौं सस्तो दरमा झरेको छ । एनसेलको प्रवेश पश्चात आउट गोईङ्ग शुल्क घट्नुकासाथै इनकमिङ्ग शुल्क र आन्तरिक रोमिङ्ग समेत पुरै हटेको आईटियूकै अध्ययनले देखाएको छ ।

केही बर्ष अगाडीसम्म मोबाइल सिम लिनु अत्यन्तै कठीन थियो । दूरसंचार क्षेत्रको उदारीकरणको शुरुवात भएपश्चातपनि  त्यसको एक दशकसम्म पनि नेपाली ग्राहकका लागि मोबाइलमा सहज पहुँच थिएन । 
एनसेलले सेवा प्रदान गर्न थालेपछि भने विगत एक दशकदेखि यो स्थितिमा नाटकीय परिवर्तन आउन थालेको छ । हाल ग्राहकले सहजै सिम कार्ड खरिद गर्न, रिचार्ज गर्न सक्ने भएका छन् । प्रतिस्पर्धासँगै मूल्यमा पनि भारी कटौति भएको छ ।

हाल एनसेलले मुलुकको विकट पहाडी जिल्ला तथा दुर्गम क्षेत्रसम्म सेवा पु¥याएको छ । ती क्षेत्रका स्थानिय वासिन्दालाई यसले उत्साहीमात्रै नवनाई विश्वभर टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ । 
नेपाल दूर सञ्चार प्राधिकरणको एक तथ्याङक अनुसार हाल मुलुकको लगभग ९५ प्रतिशत भागमा मोवाइल सेवाको पहुँच पुगेको छ । मोवाइलसेवामा एनसेलको प्रवेश पश्चात यस्तो अवस्था आएको हो । त्यसअघि मोवाइल सेवाको पहुँच शहरी क्षेत्रमा सिमित र हुनेखाने वर्गको पहुँचमा मात्रै थियो ।

मोबाईलको पहुँच विस्तार भएपश्चात अहिले मोबाईल प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकारको रुपमा स्थापित हुन थालेको छ । नागरिकले मोबाईलबाटै अद्यावधिक सूचना, समाचार, ज्ञान हासिल गर्दै अवसरहरुको पहिचान र लाभ लिन सकिरहेका छन् ।

एनसेलको नेटवर्कले आज हजारौं स्थानिय तथा विदेशी पर्यटकलाई आकस्मिक अवस्थामा मद्दत प्राप्त गर्न तथा जीवन रक्षा गर्न सघाई रहेको छ । जसका कारण आम ग्राहक अहिले एनसेलको सेवाप्रति आकर्षित भैरहेका छन् । आम ग्राहकको चाहनालाई मध्य नजर गर्दै एनसेलले आफ्नो सेवालाई अझै परिस्कृत गर्दै लैजाने प्रतिवद्धता समेत जनाएको छ ।

ऐनसेलले भ्वाईस सेवाको विस्तार ७५ वटै जिल्लामा गरिसकेको छ । शुरुका दिनमा डेटा सेवा मुख्यतः शहरकेन्द्रित रहे पनि एनसेलले ३ जी विस्तार तथा सुलभदरका प्याकहरु मर्फत त्यसको प्रबद्र्धन गरिरहेको छ । जसले गर्दा आजको दिनमा ग्रामिण तथा दुर्गम जिल्लामा समेत ग्राहकहरुले अनलाईन समाचार, ईमेल तथा फेसबुक चलाइरहेका छन् ।

हाल एनसेलले ६३ जिल्लामा थ्रिजी सेवा विस्तार गरिसकेको छ र यो विस्तारको क्रम निरन्तर चलि नै रहेको छ । इन्टरनेटको क्षेत्रमा ऐनसेलको प्रवेश अगाडि अत्यन्तै न्युन मानिसको पहुँचमा मात्रै इन्टरनेट सेवा थियो । अहिले ६३ जिल्लमा इन्टरनेट सेवा पुग्नुमा एनसेलकै प्रमूख देन रहेको पाइन्छ ।

एनसेलको प्रवेशसँगै मोवाईल सेवा सबैका लागि सुलभ भएको हो । यसले गर्दा ग्रामिण तथा दुर्गमका नागरिक पनि मोबाईलमा कनेक्टेड हुँदै मोबाईल मार्फत नै आफन्त तथा प्रियजनसँग सम्पर्क गरिरहेका छन् । 
आफ्नो सेवा विस्तारका क्रममा एनसेलले असार ३१, २०७२ सम्म नेपालमा ८१ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । कम्पनीले प्रत्येक वर्ष आर्जन गरेको आयलाई उल्लेख्यरुपमा नेपालमै पुनः लगानी गरिरहेको छ ।

एनसेलले देशको कुल ग्राहस्थ उत्पादनमा करिब २ प्रतिशत योगदान पुर्याएको छ भने सरकारको राजश्व ढुकुटीमा पनि प्रत्येक वर्ष कुल ग्रार्हस्थ उत्पादनको करिब १ प्रतिशत बराबरको योगदान पु¥र्याइरहेको छ ।


तपाइँको फेसबुक कसले हेरिरहेको छ र सबैभन्दा बढी भिजिट गर्ने को हुन सक्छ भन्ने बारेमा थाहा पाउन गुगल क्रोममा Facebook Flat एक्स्टेन्सन राखिएको छ ।

फेसबुकमा फोटो अपलोड गर्नु अघि जान्नै पर्ने ६ कुरा

तपाइँले आफ्नो क्रोममा यो एक्स्टेन्सन एड गरेपछि तपाइँको फेसबुकमा नयाँ लुक आउँछ । यसले तपाइँको फेसबुक कसले हेरिरहेको छ भन्ने जानकारी दिएसंगै कतिपटक हेरे भन्ने जानकारी दिन्छ ।

के गर्ने









पहिलो स्टेप
सबैभन्दा शुरुमा गुगल क्रोममा यो एक्स्टेन्सन राख्नुस् । यसका लागि क्रोममा गएर Facebook Flat टाइप गर्नुस् । गुगलको वेबस्टोरमा गइ Facebook Flat लाइ क्रोममा एड गर्न “Add to chrome” अप्सनमा क्लिक गर्नुस् । केही बेरमा “Added to Chrome” म्यासेज देखिन्छ ।


दोश्रो स्टेप
ब्राउजरमा यो एक्स्टेन्सन एड भएपछि फेसबुकको प्रोफाइलमा गएर रिफ्रेस गर्नुस् । त्यहाँ बायाँ पट्टी सबै आइकन देखिन्छ । त्यहाँ फिडको लागि पनि हरियो बटन हुन्छ ।

तेश्रो स्टेप
बायाँ पट्टीको प्यानलमा दुरविन आकारको आइकन देख्नु भो भने यहाँ क्लिक गर्नुस् । यो आइकनले तपाइँको फेसबुक कस कसले हेरिरहेका छन् भन्ने विवरण दिन्छ ।
काठमाडौं–जापानी प्रविधिमा निर्मित टेरा मोटर्स, विद्युतिय २ पांग्रे र ३ पांग्रे सवारी साधनको लागि आधिकारिक बिक्रेता फेयर अटो प्रालिले आफ्नो नयाँ ई—स्कुटर ए–२००० नेपाली बजारमा ल्याएको छ ।

आकर्षक डिजाईन र स्टाइलमा निर्मित यस स्कुटर, ग्राहकहरुका लागि रातो, नीलो, सेतो रंगहरुमा उपलब्ध छ ।

सिटी राइडिंगको लागि उपयुक्त रहेको यस ई—स्कुटरको मूल्य रु ८०,००० रहेको जानकारी कम्पनीले दिएको छ ।


काठमाडौं–ललितपुरको लगनखेलस्थित कमृचारी संचय कोष भवनमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले न्यू इयर मेला २०७३ मा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने भएको छ । मेला अवधिभर कुनै पनि नयाँ मोबाइल खरिद गर्दा अर्को मोबाइल निःशुल्क उपहारमा दिने योजना ल्याएको मोबाइल कम्प्लेक्सले जनाएको छ । योजनाअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको ३५ हजार रुपैयाँभन्दा बढी मूल्यको मोबाइल खरिद गर्दा अर्को मोबाइल उपहार प्राप्त गर्ने भन्दै आयोजकले ३५ हजारभन्दा बढी मूल्यको मोबाइल खरिदमा ग्राहकले सिंगापुरको ब्रान्ड डिटिसिको एक हजार मूल्य पर्ने फोन उपहारमा निःशुल्क प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । ratopati
Mobile Phone Nepal
काठमाडौं, २ वैशाख । अवैध रुपमा भित्रिएका मोवाइल सेट नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रे मार्केटबाट भित्रिरहेका मोवाइल सेटको प्रयोगलाई निरुत्साहित गर्ने योजनाअनुसार यो नियम लागू गर्न लागेको हो ।

प्राधिकरणले दूर सञ्चार उपकरणको अवैध कारोबार रोक्न राष्ट्रिय उपकरण पहिचान दर्ताको कार्यान्वयन सम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै त्यस्ता मोबाइल सेटको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

अवैध रुपमा भित्रने मोबाइल सेटबाट सरकारले ठूलो परिमाणमा राजश्व गुम्दै आएको तथा अपराधिक क्रियाकलापसमेत बढ्दै गएको ठहर गर्दै प्राधिकरणले उपकरण दर्ता कार्यान्वयनमा ल्याएको हो ।

dainiknepal




काठमाण्डु, चैत– नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा आफ्ना ग्राहकलाई विभिन्न सेसामा विशेष छुट उपलब्ध गराउने भएको छ ।

टेलिकमले जिएसएम तथा सिडएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुल दरमा यही चैत ३० देखि २०७३ वैशाख १ गतेसम्म दुई दिनका लागि विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराउने छ ।

जिएसएम प्रिपेड र पोस्टपेड सेवाका ग्राहकलाई ति प्याकेज तीन दिनका लागि चैत ३० देखि २०७३ वैशाख २ गतेसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतीभा वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डाटा सेवाअन्तर्गत १०० एमबी साइजको डाटा ५० मा खरिद गरी ७ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
काठमाडौँ, २८ चैत । नेपाल टेलिकमले यस वर्षको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीलाई सोमबारदेखि डाटासहितको सिमकार्ड बिक्री वितरण गर्ने भएको छ । 

सिमकार्ड खरिद गर्न विद्यार्थीले रु ९० भुक्तानी गर्नुपर्नेछ भने त्यसमा रु ५० बराबरको टक भ्याल्यु तथा ३०० एमबी डाटा निःशुल्क उपलब्ध हुनेछ । उक्त सिम सक्रिय गरिएको मितिदेखि ६ महिनासम्म प्रत्येक महिना ५० एमबी डाटा भोल्युमका दरले निःशुल्क प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । 

मोबाइल सेवामा युवा तथा विद्यार्थी वर्गको आकर्षण दिनानुदिन बढ्नुका साथै सो सेवामार्फत इन्टरनेट सेवाको प्रयोगमा समेत वृद्धि भएकाले उनीहरुलाई लक्षित गरी सेवा उपलब्ध गराइएको हो । 

उक्त योजनाअन्तर्गत सिम कार्ड खरिद गर्ने विद्यार्थीले एसएलसी परीक्षाको प्रवेशपत्रको प्रतिलिपि, विद्यार्थी स्वयम् वा निजको अभिभावकको नागरिकताको प्रतिलिपि तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्रमध्ये कुनै एकको प्रतिलिपि पेस गर्नुपर्नेछ । उक्त योजना २०७३ साल असार मसान्तसम्म कायम रहने बताइएको छ । रासस 
काठमाडौँ । राजधानीको मुटुमा रहेको रत्नपार्कमा सार्वसाधारणले आजदेखि निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन् । 

रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गर्न लागिएको हो । 

एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्दछन् । इन्टरनेटको सुविधापछि पार्क अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइको अपेक्षा गरिएको छ । 

इन्टरनेटसँगै अवलोकनकर्ताले खाजा घर र व्यवस्थित किसिमको शौचालयको समेत माग गरेका छन् । यस पार्कको पुनःनिर्माणपछि सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ । रासस 

ntproचैत २१ । नेपाल टेलिकमले एनटीप्रो सेवा उपलब्ध गराउने भएको छ । एनटीप्रो प्रयोग गरी नेपाल वा विदेशबाट समेत जीएसएम नेटवर्क बाहिर भएको तर कुनै इन्टरनेट जोन भित्र रहेको अवस्थामा आफ्नै पोस्टपेड मोबाइलमार्फत विश्वभर कल गर्न वा कल प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । यो सुविधा उपभोग गर्नका लागि पहिले इन्टरनेटको प्रयोग गरी आफ्नो जीएसएम पोस्टपेड मोबाइल मार्फत एनटीप्रो एकाउन्ट खोल्नु पर्छ । यसका लागि एप्पल एप स्टोर र गुगल प्ले स्टोरबाट एनटीप्रो एप डाउनलोड गर्नुपर्छ । सव एनटीप्रो टाईप गरी १४२८ मा एसएमएस गरेपछि प्राप्त युजर नेम र पासवर्ड प्रयोग गरी यो सेवा उपयोग गर्न सकिने टेलिकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विदेशमा जाँदा रोमिङ सुविधा नलिइकन नै नेपालमा कल गर्नका लागि समेत यसको प्रयोग गर्न सकिन्छ । यो सेवा रोमिङ सेवाको सजिलो बिकल्पको रुपमा रहेको छ । एनटीप्रोबाट एनटीप्रोमा निःशुल्क कल गर्न सकिन्छ भने एनटीप्रो बाट कल गर्दा वा रिसिभ गर्दा नेपाल टेलिकमको जीएसएम पोष्टपेड नम्बर नै कायम रहने छ । यसबाट कम्पनीको नेटवर्कमा कल गर्दा र कम्पनीको नेटवर्कबाट एनटीप्रोमा कल प्राप्त गर्दा प्रतिमिनेट रु. ६– शुल्क लाग्छ । त्यसैगरी यसबाट अन्तर्राष्ट्रिय कल गर्दा कम्पनीको विद्यमान अन्तर्राष्ट्रिय महसुल दर भन्दा रु. ६ बढी शुल्क लाग्छ । 

एजेन्सी । हरेक प्राणीको मृत्यु निश्चित छ । कुनै पनि मानिस जन्म लिन्छ र जन्मसँगै उसको मृत्यु पनि निश्चित हुन्छ ।

भनिन्छ मृत्युको मिति कसैले बताउन सक्दैन्, तर बेलायतमा शोधकर्ताले यस्तो एउटा महत्वाकांक्षी परियोजनामा काम गरिरहेका छन् जो विशाल आकडाहरुको आधारमा तपाईलाई बताउँनेछ कि कहिले तपाईको जीवनको दिन पुरा हुनेछ ।

मिडिया रिपोर्टअनुसार यसमा एउटा साधारण कम्प्युटर टेस्ट हुनेछ जो कुनै पनि व्यक्तिको बारेमा यो बताउनेछ कि अब उ कति समयसम्म जिवित रहनेछ । यो कम्प्युटर टेस्टले आफ्नो विशाल आकडाका आधारमा आफ्नो मृत्युको दिन जान्ने व्यक्तिलाई बताउनेछ कि कहिले उसको जीवनको दिन पुरा हुदैछ । बेलायतको इस्ट ऐंगलिया यूनिवर्सिटीको टीमले स्वास्थ्यसँग जोडिएका आँकडाहरुको आधारमा यस्तो तरिका विकसित गर्नका लागि काम गरिरहेको छ जसमा कति बाच्छ भनेर मानिसको उमेरका बारेमा अन्दाज लगाउन सकिनेछ । जसले मानिस आफ्नो समय र पैसा बढी सम्झेर खर्च गर्न सकोस् ।

यो रिसर्च प्रोजेक्ट चार वर्षसम्म चल्नेछ तथा यसैका आधारमा सोधकर्ताहरुको टीमले जीवनशैली र विरामीहरुसँग जोडिएका आँकडा खोजेर जुटाउनेछ । शोधकर्ताहरुको लक्ष्य भनेको यो कम्प्युटरले जो सुकै उमेरको बारेमा पनि बताउन सक्नेछ । 
crying-baby
बच्चा किन रोइरहेको छ भने थाहा नपाउदा निकै हैरान हुनुहुन्छ ? यदि हुनुहुन्छ भने चिन्ता नगर्नुहोस । 

crying-infant 

अब नयाँ एपले तपाईलाई सहयोग गर्नेछ । बच्चा लामो समयसम्म रोइरहँदा र यसको कारण नबुझ्दा आम आमाहरुलाई निकै निराश पारेको हुन सक्छ । बच्चा रोएकै देख्दा केही आमाको अभिभावकत्व र सीपमाथि नै प्रश्नचिन्ह समेत उठेको छ । 

हो बालबालिकाको आँशु चुहाइको कारण नबुझने आमाहरुका लागि हातमै सहयोग आउन थालेको छ । अनुसन्धानकर्ताहरुको एउटा समूहले एउटा स्मार्ट फोन एपको विकास गरेका छन् जसले बच्चा रुनुको कारण पत्ता लगाइदिन्छ । 

ताइवानको नेसनल ताइवान युनिर्भसिटी हस्पिटल युनलिनमा विकसित गरिएको इन्फेन्ट क्राइज ट्रान्सलेटरले बच्चाहरुको आबाहरुलाई रेकर्ड गरेर चारओटा भिन्न रोएको आबाज पहिचान गर्ने र त्यसलाई ठूलो डाटाबेसँग तुलना गर्छ । 

एपको विकास गर्न अनुसन्धानकर्ताहरुले १ सय शिशुहरुको २ लाख रोएको आवाजहरुलाई संग्रह गरेका थिए । जब बच्चा रुन्छ प्रयोगकर्ताले करिब १० सेकेन्ड रेकडिङ बटन थिच्नुपर्छ र आबाज क्लाउड ड्राइभमा अपलोड हुन्छ । पक्रियालाई पृथक गरेपछि एपले १० सेकेकन्डमा नै आवालाई विश्लेषण गर्छ र यसको परिणाम (रुवाईकोकारण) प्रयोगकर्ताको मोबाईलमा पठाउछ ।

देशको दुई ठुला दुरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलबीच चर्को प्रतिष्पर्धा छ। मोबाइल फोनमा ग्राहक आकर्षण गर्ने हानथाप गरिरहेका दुवै कम्पनी प्रतिदिन नयाँ अफर लिएर आउने गरेका छन्। 

एनसेलको प्रयोगकर्ता हुनु हुन्छ भने तपाईलाई एनसेलको एउटा चर्चित सुविधा पक्का थाहा हुन पर्छ। त्यो हो सापटी सुविधा। यति तपाईसंग पैसा सकियो भने पनि एनसेलबाट रु २० सापटी लिन मिल्छ। 

हो त्यस्तै सुविधा नेपाल टेलिकमका प्रयोगकर्ताले पनि माग गरिरहेका थिए। अब नेपाल टेलिकमले यो सुविधा दिन लागेको बजारमा चर्चा छ। टेलिमकले यसका बारेमा आधिकारिक धारणा सार्वजनिक त गरेको छैन् तर अनौपचारिक रुपमा कुरा बुझ्दा यस्तो अफर आउन सक्ने बताइएको छ। 

नेपाल टेलिकमले सापटीको व्यवस्था गरेको खण्डमा रु ५० सम्म सापटी लिन पाउने र सापटी लिएकर रकम अर्को पल्ट रिचार्ज गरेको रकमबाट काटिने संभावना रहेको बताइन्छ। यो सुविधापछि हाल भएका प्रयोगकर्ता कायम रहने र केही एनसेलका प्रयोगकर्ता समेत तान्न सक्ने आँकलनमा नेपाल टेलिकमले यस्तो गर्न लागेको चर्चा छ। हाल सापटीको सुविधा दिइहेको एनसेलबाट सापटी लिने तरिका भने यस्तो छ.. 

एनसेलको प्रिपेड सिममा ब्यालेन्स रु २ वा २ भन्दा कम हुदाँ एनसेलको सापटी सुविधा लिन सकिन्छ। *9988# नम्बर डायल गरेपछि एनसेलले २० रुपैँया सापटी दिन्छ। जब फेरि ब्यालेन्स रिचार्ज गिरन्छ तब यो सापटीको रकम नयाँ ब्यालेन्सबाट काटिने गरेको छ। यो सापटीको रकमको संगै २ रुपैया (कर बाहेक) पनि सर्भिस चार्ज अन्तर्गत नयाँ ब्यालेन्सबाट काटिन्छ।
फेसबुक सबैभन्दा लोकप्रिय सोसल नेटवर्किंग साइटको रुपमा रहेको छ । दुनियामा डेढ अर्ब भन्दा बढि मानिसले फेसबुक चलाउँदछन् । फेसबुकमा धेरै भन्दा धेरै साथीहरु हुनु व्यक्तिको सामाजिक दायरा विस्तारको द्योतक पनि मान्न सकिन्छ । तर कहिलेकाहीँ अचानक हाम्रो फेसबुक फ्रेण्ड लिष्टमा भएका साथीहरुको संख्या बढ्नुको साटो घटेको हुन्छ । यसको मतलब कसैले तपाइँलाई अनफ्रेण्ड गरिदिएको हुन्छ ।

Facebook_featuredतपाइँलाई कसले फेसबुकबाट हटाइदियो भनेर थाहा पाउन फेसबुकले कुनै नोटिफिकेसन उपलब्ध गराउँदैन र यो कुरा जान्नका लागि फेसबुकले कुनै फिचर उपलब्ध गराएको पनि छैन । तर यदि तपाइँले सानो जुक्ति लगाउनुभयो भने तपाइँलाई फेसबुकमा कसले अनफ्रेण्ड गर्यो भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ।

हालै एउटा यस्तो एप लञ्च भएको छ, जसको प्रयोग गरेर तपाइँले आफुलाई फेसबुकबाट अनफ्रेण्ड गर्ने मानिस चिन्न सक्नुहुन्छ । हु डिलिटेड मी नामक यो एपद्धारा तपाइँले फेसबुकमा तपाइँलाई कसले ब्लक गर्यो भन्ने कुरा पनि जान्न सक्नुहुन्छ ।

साथै यो एपले हालै तपाइँको अनफ्रेण्ड लिष्टमा को मानिस थपियो भन्ने कुराको सूचि पनि देखाइदिन्छ अनि तपाइँको कुन साथीले आफ्नो अकाउण्ट निस्कृय पार्यो वा पुनः सक्रिय तुल्यायो भन्ने कुरा पनि थाहा पाउन सकिन्छ ।


यसका लागि तपाइँले आफ्नो स्मार्टफोनमा यो एप डाउनलोड गर्नुपर्ने हुन्छ । एप डाउनलोड गर्नुभन्दा पहिले कसैले तपाइँलाई अनफ्रेण्ड गरिसकेको छ भने चाहीँ त्यो थाहा पाउन सक्नुहुनेछैन तर एप डाउनलोड गरिसकेपछि तपाइँलाई अनफ्रेण्ड गर्नेको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ । यो एप हाल एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । एप डाउनलोड गर्न प्लेस्टोरमा गएर whodeletedme एप सर्च गरेर इन्स्टल गर्नुपर्नेछ । अनलाइनखबर बाट ।

पृथ्वी ध्वस्त हुने बारेको वैज्ञानिक भविष्यवाणी र्सार्वजनिक भएको छ । अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार सन् २८८० को मार्च १६ का दिन पृथ्वीमा ठूलो प्रलय हुने खतरा छ । उसका अनुसार उक्त दिन १९५० डीए नामको क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने खतरा छ । झण्डै एक माइल ब्यास भएको उक्त क्षुद्रग्रह १५ किलोमिटर प्रति सेकेण्डको बेगमा पृथ्वीतर्फआइरहेको छ । सोही गति तथा दिशा कायम रहेमा यो क्षुद्रग्रह उक्त मितिमा पृथ्वीसँग ठोक्किनेछ र त्यस क्रममा ४४ हजार ८ सय मेगाटन टिएनटी नामक विस्फोटक पदार्थ विस्फोटन हुँदा जत्तिकै उर्जा उत्पन्न हुनेछ । नासका अनुसार यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने र क्षति पूराउने खतरा ०।३ प्रतिशत मात्र छ । तथापि यसको यो खतराको अनुपात यसअघिका क्षुद्रग्रहको खतरा भन्दा ५० प्रतिशत बढि हो । स्मरण रहोस् यस्तै खाले क्षुद्रग्रह पृथ्वीसँग ठोक्किँदा ६ करोड ५० लाख वर्षपहिले पृथ्वीबाट डाइनोसर लोप भएको थियो । पृथ्वीमा भविष्यमा ठोक्किने खतरा रहेको भनिएको १९५० डिए क्षुद्रग्रह सन् १९५० मा पहिलोपल्ट देखा परेको थियो । त्यसबेला १७ दिन देखा परेर क्षुद्रग्रह हराएको थियो र आधा शताब्दीपछि सन् २००० को डिसेम्बर ३१ मा फेरि देखा परेको थियो । यो क्षुद्रग्रहको परिक्रमण दर २।१ घण्टा रहेको छ जुन क्षुद्रग्रहमा दोश्रो उच्च गति हो । वैज्ञानिकहरुका अनुसार अहिले ब्रम्हाण्डमा १४ सय वटा यस्ता जोखिमपर्ूण क्षुद्रग्रह छन् जसले पृथ्वीमा असर पूराउने खतरा छ ।

काठमाडौं, ११ चैत । तपाईले विदेशबाट ल्याउनु भएको वा अबैध रुपमा आयात भएको मोबाइल सेट बोक्नु भएको त छैन ? यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईको मोबाइल फोन ब्लक नै हुनसक्छ । तपाईले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक (आइएमइआई नम्बर) नहुन पनि सक्छ । आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ ।   प्राधिकरणले तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’को आन्तरिक कार्यबिधिमा आधिकारिक आइएमइआई नम्बर नभएका मोबाइललाई ब्लक गरिने उल्लेख छ। तर हाल नेपालभर प्रयोगमा रहेका सेटले भने ६ महिनाको म्याद पाउनेछन्। अर्थात, हालसम्म नेपाल भित्रिएका सेटमा आधिकारिक आइएमइआई नम्बर लिन सक्नेछन् ।    सेवाप्रदायकले जानकारी दिएको ६ महिनाभित्र पनि आइएमइआई नलिने प्रयोगकर्ताको मोबाइल भने स्वतः ब्लक हुनेछ। कर्यविधिमा आगामी १ वैशाखपछि नेपाल भित्रिने मोबाइलमा अनिवार्य रुपमा आइएमइआई नम्बर हुनु पर्ने व्यवस्था छ। यदि आधिकारिक आइएमइएआई  नम्बर नभए जुनसुकै मोबाइल सेट पनि ब्लक गरिने प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्यालले बताए।   उनले भने,‘यसर्थ अब वैधानिक बाटोबाट आयात भएका मोबाइलमा आइएमइआई नम्बर हुनेछ तर अवैधरुपमा भित्रिएका मोबाइलमा भने नहुन पनि सक्छ।’    प्राधिकरणले अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान र उपकरण पहिचान दर्ता प्रणालीलाई अनिवार्य बनाउने गरी कार्यविधि तयार पारेको हो। कार्यविधि १ वैशाखदेखि लागू हुनेछ।

सोमबार, १ चैत
Androidकाठमाडौं । मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि थोरैबेर मात्रै आँखाबाट टाढा भयो भने पनि ठूलै समस्या झेल्नुपर्छ । मोबाइल कतिपय समयमा राखेको ठाउँ भूल्न सकिन्छ भने कतिपय समयमा हराउन पनि सक्छ ।
यदि तपाईंको मोबाइल फोन हरायो भने त्यो अहिले कहाँ छ भन्ने तुरुन्तै आफैँ पत्ता लगाउन सकिन्छ । त्यतिमात्रै होइन र तपाईंले त्यसलाई लक गरिदिन र त्यहाँ भएका डाटाहरु मेटाउन पनि सक्नुहुन्छ । तरिका निकै सजिलो छ ।
यस्तो सुविधा तपाईंलाई गुगलले दिएको छ ।
यसरी गर्नुहोस्
– सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस् । त्यहाँ जिमेल आईडी लगइन गर्नुहोस, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी होस् ।
– त्यसपछि गुगल सर्च बक्समा गएर ‘Where’s my phone ?’ सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ ।
– यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ ।
यद्यपी आईफोन युजरले भने यो ट्रिकबाट फाइदा लिन सक्दैनन् । तपाईंको फोन अनिवार्य एण्ड्रोइड हुनु जरुरी छ । iPhone का प्रयोगकर्ताले iCloud को मद्दतमा हराएको डिभाइस खोज्न सक्दछन् ।
nepalsandesh
GOOGLE
इन्टरनेट बादशाहका रुपमा स्थापित गुगल केवल सर्च इन्जिनमात्र हैन । गुगलसँग यस्ता रोचक र चाखलाग्दा पुरक सुविधाहरु छन जसबारे तपाइँलाई अहिलेसम्म थाहा नहुनसक्छ ।
गुगललाई तपाइँले टाइमरका रुपमा, बिभिन्न हिसावकिताव राख्न, उल्था गर्न, ठूला जर्नल तथा पेन्टिङ सर्च गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ । प्रयोगकर्तालाई सित्तैमा उपलब्ध गराइएका यस्तो केही सुपर कुल फिचरहरुबारे आज हामी यहाँ जानकारी दिँदै छौं ।
१. केही कुरा सम्झिन वा तुरुन्त नोट गर्न तपाइँले मोबाइल तथा डेस्कटपमा बिभिन्न नोट एपहरु प्रयोग गर्नुभएको होला । तर, गुगलले ल्याएको ‘गुगल किप’ एप यति गजबको छ कि तपाइँले सवै नोट एपलाई बिर्सनुहुने छ । डेक्सटप र मोवाइलका लागि उपयुक्त यो एपमा तपाइँले आफ्ना कामहरुबारे सुन्दर ढंगले क्रमबद्ध राख्न सक्नुहुन्छ ।
Google-Keep
यसका साथै रिमाइन्ड गराउन, नोटको कलर चेन्ज गर्न र नोट आफ्ना साथीलाई सेयर गर्न पनि यो निकै उपयोगी छ ।
हेर्नुहोस् भिडियो
गुगल किप ट्राइ गर्ने ? यहाँ क्लिक गर्नुहोस्
२. जीमेल केवल इमेल सेवामात्र रहेन इमेल एकीकृत गर्ने एप पनि हो । अर्थात् तपाइँले अब याहु, आउटलुक वा मेल डटकमको अकाउन्ट पनि जिमेल एपमा खोल्न सक्नुहुन्छ । यसअघि आउटलुकले ल्याएको यस्तै एप निकै लोकपि्रय भएको थियो । जहाँ तपाइँले जीमेल, याहु र अन्य इमेल सेवाको इमेल लिंक गरेर चलाउन सक्नुहुन्थ्यो ।
Google-outlook
अब तपाइँले याहु वा आउटलुक इमेल ठेगाना पनि जिमेलबाट चलाउन सक्नुहुन्छ । र, सवैभन्दा महत्वपूर्ण कुरा तपाइँले जीमेल अकाउन्ट चलाउँदा जे-जे सुविधा पाउनुहुन्थ्यो, ती अधिकांश सुविधा यो एपमा पनि पाइन्छ ।
३. आफ्ना प्रयोगकर्तालाई सौर्य प्रबिधिको प्रयोगमा प्रोत्साहित गर्न गुगलले ‘गुगल सनप्रुफ’ नाम परियोजना सुरु गरेको छ । गुगलको यो वेब टुल प्रयोग गरेर तपाइँले आफ्नो घरमा कति खर्चमा सोलार जोडन सकिन्छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।
google-sunproof
४. गुगललाई केवल सर्च इन्जिनमात्र मान्नु सर्वथा गल्ती हुनेछ । तपाइँले गुगलको प्रयोग टाइमरका रुपमा पनि गर्न सक्नुहुन्छ । गुगल सर्चमा गएर टाइम टाइप गरेर त्यसपछि टाइमर लेख्नुभयो भने निर्धारित समयपछि यसले तपाइँलाई समय सकिएको सूचना दिने छ ।
Google-Timer
५. गुगलको प्रयोगबाट तपाईले ब्रहृमाण्डको निक्कै पर परसम्म अवलोकन गर्न सक्नुहुन्छ । त्यसका लागि गुगल डट कम/स्कई  खोलेर नासाको भु उपग्रहमार्फत खिचिएका तस्वीरहरुको तपाइँले अबलोकन गर्न सक्नुहुन्छ ।
Google-Sky
६. तपाईलाई ठुलो सङख्या उच्चरणमा समस्या छ ? यदि छ भने गुगल खोल्नुस र १२ अंकभन्दा माथिका सङख्यालाई अंग्रेजीमा कसरी उच्चारण गर्ने थाहा पाउनुस । त्यसका लागि तपाइँले यहाँ तस्वीरमा देखाएजसरी अंकको अन्तिममा इङलिस शब्द राख्नुपर्छ ।
Google-Numbetrत्यसबाहेक तपाइँले गुगललाई धेरै कुराको हिसाव निकाल्न र कन्भर्ट गर्न सक्नुहून्छ । त्यसबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
७. आर्कषक डिजाइनका लागि तपाइँलाई नयाँ-नयाँ फन्टको जरुरी छ भने पनि गुगल तपाइँको सेवामा हाजिर छ । गुगलमा गुगल डट कम/फन्टस् मार्फत् तपाईले हजारौं फन्ट भेट्नुहुन्छ र यसलाई डाउनलोड गरी निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ ।
Google-Font
८. यदि तपाइँ स्कलर हुनुुहन्छ र ठूला बिश्वबिद्यालय र चर्चित जर्नलले प्रकाशन गरेका लेखहरुको खोजीमा हुनुहुन्छ भने गुगल स्कलर सर्च सेवा तपाइँका लागि उपयुक्त हुनसक्छ । यसले अविश्वसनीय तरिकाबाट व्यवसायिक पत्रिका तथा अखवारबाट सूचना तथा जानकारी दिन सजिलो बनाइदिएको छ ।
Google-Scolar
९. गुगलले सुरु गरेको गुगल कल्चरमा तपाइँले संसारभरीका महान कलाकारले बनाएका पेन्टिङ र ठूला म्यूजियममा राखिएका कलाहरु पाउन सक्नुहुन्छ । र, यस्ता तस्वीर हाइ रेजुलेसनमा पाइन्छ ।
Google-culture
१०. यदि तपाइँ डिजिटल मार्केटिङ पेशा वा ब्यबसायमा हुनुहुन्छ भने डिजिटल दुनियाँ छिचोल्न र यसभित्रका प्राबिधिक बिषय बुझ्नु निकै महत्वपूर्ण हुन्छ । यसलाई समाधान गर्न गुगलले सुरु गरेको ‘थिंकवीथ गुगल’ सेवा । यो यस्तो डिजिटल चिट सिट हो जसले तपाइँलाई डिजिटल दुनियाँका धेरै ज्ञान सित्तैमा बाँड्ने छ ।
Google-Think
११. सर्च इन्जिन गुगलमा हरेक पल मानिसहरु नयाँ नयाँ कुरा खोज्न भौतारिइरहेका हुन्छन् । सेलिबि्रटी, खाना, घुम्ने ठाउँ, समाधानका उपाय आदि बिषय गुगलमा खोजिन्छन् । तपाइँले दिनभर बिश्वबाट केके कुरा खोजियो भन्ने रोचक जानकारी गुगलमै पाउनुहुन्छ । गुगल ट्रेन्डले हरेक दिन सबैभन्दा खोजी गरिएका कुराहरु देखाउँछ ।
Google-Trends
१२. गुगल साउण्ड सर्च विजेटको सुविधाले तपाईले सुनिरहनुभएको गीतहरुबारे जानकारी पाउन सकिन्छ । साथै गुगल प्ले स्टोरमा रहेका गीत संगीत खरिद गर्न तपाईलाई सहायता पुर्‍याउँछ ।
Google-sound
१३. यात्रामा निस्कदा जहिले पनि भाषाको समस्या पर्छ नै । बिभिन्न संकेत वा ठाउँको नाम नबुझ्ना अलमल पनि परिन्छ । यो समस्याको समाधान पनि गुगलले गरिदिन्छ । गुगल ट्रान्सलेट एपमा जानुहोस र बास्तविक समय र आवाजमा अनुवादको सुविधा लिनुहोस् । देश र स्थानअनुसारको भाषामा अनुवादसहित यो सुविधा उपलब्ध छ ।
Google-Translet
१४. तपाइँले भेटेका कुनै तस्वीर सवैभन्दा पहिले कहाँ अपलोड भएका थिए वा त्यस्तै आकृति भएका अरु तस्वीर कहाँ छन भन्ने पनि गुगलबाटै थाहा पाउन सक्नुहुन्छ ।
Google-Photo
यसका लागि तपाइँले गुगलमा गएर सर्च बाइ इमेज अप्सनमार्फत तस्वीर वा तस्वीरको लिंक अपलोड गर्न सक्नुहुन्छ ।