Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली

काठमाडौं, ३२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काभ्रे बस दुर्घटनाका घाइते र मृतक परिवारसँग भेट गरेका छन् ।
घाइते भेट्न भनेर मंगलबार दिउँसो काभ्रेको बनेपा पुगेका ओलीले बनेपा तिर मेमेरियल हस्पिटलमा मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरी राहत उपलब्ध गराउन आफूले पहल गर्ने भन्दै पीडित परिवारलाई सान्तवना दिए ।
मृतक परिवारलाई सान्तवना दिइसकेपछि धुलिखेल हस्पिटलमा उपचाररत घाइतेहरुलाई भेट्न पुगेका ओलीले उपचार खर्च र राहतका लागि आफू र आफ्नो पहल गर्ने आश्वासन दिए ।

मृतकका परिवार र घाइते भेटिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले काभ्रे बस दुर्घटनाका घाइते र मृतकलाई राहत उपलब्ध गराउन पार्टी र आफूले पहल गर्ने तथा सरकारलाई दबाब दिने बताए ।
उनले आवश्यकताअनुसार सडकको अवस्था सुधार हुनुपर्ने तथा फराकिलो बनाउनुपर्ने भन्दै यातायात क्षेत्रमा देखिएको सिण्डिकेट तत्काल अन्त्य हुनुपर्ने बताए । सिण्डिकेड अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराउँदै ओलीले सडकमा गाडी गुडाउँदा सवारी साधनको अवस्था र सवारी चालक सक्षम हुनुपर्ने बताए ।

उनले भने– ‘सडक दुर्घटना रोक्न यातायातको क्षेत्रको सिण्डिकेड अन्त्य हुनुपर्छ, सडक राम्रो हुनुपर्यो, चालक सक्षम हुनुपर्यो, सवारी पनि कन्डिसनमा हुनुपर्यो । यी कुरामा सरकारले विशेष ध्यान दिनुपर्यो ।’
ओलीका साथमा पत्नी राधिका, एमाले नेता गोकुल बास्कोटा लगायको सहभागिता थियो ।
Loading...