Latest News
Showing posts with label Sports. Show all posts
Showing posts with label Sports. Show all posts
३१ साउन, काठमाडौं ।

विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसीप अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ।

५० ओभरमा ९ विकेट गुमाएर नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस्ले ४८.३ ओभर खेल्दै १० विकेटको क्षतिमा मात्र १९८ रन जोड्न सक्यो।

टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले आज लक्ष्य अनुरुपकै प्रदर्शन गर्यो । शनिबारको पहिलो खेलमा पहिलो बलमै आउट भएका कप्तान पारस खड्काले आज उत्कृष्ट प्रदर्शन गरे । लिस्ट ए म्याचमा पाचौं अर्धशतक पूरा गरेका पारस शतक बनाउन १६ रनले चुके । अर्धशतक पूरा गरेपछि आक्रामक ब्याटिङ गरेका पारस क्याच आउट हुन पुगे । ९४ बल खेलेका पारसले ७ चौका र १ छक्काको मद्दतमा ८४ रन जोडे । पारसलाई साथ दिएका सागर पुनले ४५ रन जोडे ।

ओपनर ज्ञानेन्द्र मल्ल ३९ रनमा पभेलियन फर्किए । ५२ बल सामना गरेका उनले एक छक्का र एक चौका हिर्काए । २ छक्का हानेका बिनोद भण्डारीले १४ बलमा १७ रन जोडे । शरद भेषावकर ६, ओपनर अनिल मण्डल र बसन्त रेग्मी ४/४ र सोमपाल कामीले २ रन जोडे भने राजु रिजाल बिना रन पभेलियन फर्किए ।

नेपालको लागि कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले २-२ विकेट लिए। शक्ति गौचन, सन्दिप लामिछाने र सागर पुनले १-१ विकेटको योगदान दिए।

म्याचको डिटेल हेर्नुस् (espncricinfo बाट)





काठमाडौं, साउन ३१ - आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालका कप्तान पारस खड्का सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । सोमबार नेदरल्याण्ड्ससँगको खेलमा ८४ रन बनाएका उनले जारी प्रतियोगितामा ३ सय ५२ रन बनाएका हुन् । 
नेदरल्याण्ड्ससँगको पहिलो खेलमा शनिबार खाता खोल्न नसकेका पारसले दोश्रो खेलमा ९४ बलको सामना गर्दै ८४ रन बनाएका हुन् । उनले ७ चौका र १ छक्का हाने । पारसले यो सहित गरेर जारी प्रतियोगितामा अहिलेसम्म आठ खेलमा गरेर ३ सय ५२ रन बनाएका छन् । त्यस क्रममा उनले एक शतक र ३ अर्धशतक पुरा गरेका छन् । गएको अप्रिलमा काठमाडौंमा भएको नामिबियासँगको दोश्रो खेलमा उनले शतक पुरा गरेका थिए । 
धेरै रन बनाउने खेलाडीको सूचिमा दोश्रो स्थानमा नेपालका शरद भेषावकर छन् । नेदरल्याण्ड्ससँगको दोश्रो खेलमा ६ रन बनाएको उनले अहिलेसम्म यो प्रतियोगिताको ८ खेलमा २ सय ९४ रन बनाएका छन् । शरदले जारी प्रतियोगितामा ३ अर्ध शतक हानेका छन् । तेश्रो स्थानमा युएईका शाहीमान अनवर छन् । उनले ७ खेलमा ३ अधशतकको मद्दतमा २ सय ८५ रन बनाएका छन् । प्रतियोगितामा अब नेपालले केन्या, हङकङ र युएईसँग दुई–दुई गरेर जम्मा ६ खेल खेल्न बाँकी छ । केन्यासँगको खेल सन् २०१७ को फ्रेब्रुअरी–जुलाईमा, हङकङसँगको खेल सन् २०१७ को जुलाई–नोभेम्बरमा र युएईसँगको खेल सन् २०१७ को नोभेम्बर–डिसेम्बरमा हुने छ । 
आठ टिम सहभागी यो प्रतियोगिताको शीर्ष ४ मा रहने टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउनेछन् । पुछारका चार टोली भने डिभिजन २ मा झर्ने छन् । 


काठमाडौं । नेपाली पौडीवाज किशोरी गौरिका सिंह ब्राजिलमा जारी रियो ओलिम्पिक्समा सहभागी सबैभन्दा कम उमेरकी प्रतिस्पर्धी बनेकी छिन् । १३ बर्षिया गौरिकाले महिला तर्फ १०० मिटर ब्याकस्ट्रोक पौडी प्रतियोगितामा भाग लिने कार्यक्रम छ ।यो ओलम्पिक सिजनमा सबैभन्दा चर्चा पाउने विश्वभरका खेलाडीमा गौरिका पनि शीर्ष स्थानमा छिन् । विश्वभरीका सञ्चार माध्यमले गौरिकालाई कान्छी ओलम्पियन भनेर हेडलाइन् समाचार बनाएका छन् ।

तर कतिपय भारतीय मिडियाले भने गौरिका नेपाली नभएर भारतीय भएको भन्ने ढंगले प्रस्तुत गरेका छन् । विश्व सञ्चार माध्यमले हेडलाइन बनाइरहेकी गौरिकालाई भारतीय प्रमाणित गर्न पनि कतिपय भारतीय सञ्चार माध्यम उद्दत देखिएका छन् ।भारतको एक अनलाइन सञ्चार माध्यमले गौरिका भारतीय किशोरी भएको भन्दै हेडलाइन समाचार बनाएको छ । उक्त सञ्चार माध्यमको समाचार सामग्रीमा उनी नेपाली रहेको भन्ने विश्वभरीका सञ्चार माध्यमले प्रकाशित गरेको सामग्री नै रहेपनि हेडलाइन समाचारमा भने उनलाई भारतीयकोरुपमा प्रस्तुत गरिएको छ ।

लण्डनमा बस्दै आएकी गौरिका रियो ओलम्पिकमा नेपालबाट प्रतिनिधित्व गर्दैछिन् ।गत वर्ष गएको विनाशकारी भूकम्पका बेला राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौं आएकी गौरिकाले रियो २०१६ को सञ्चार साइटसँगको कुराकानीमा उक्त भूकम्प एकदमै डरलाग्दो रहेको बताएकी छिन्। २५ जेठमा सम्पन्न २० औं राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंह (१२) ले ६ वटा स्वर्णपदक हात पारिन् । लण्डनमा आमाबाबु र भाइसँगै बस्ने गौरिका यही प्रतियोगिताका लागि पढाइ छाडेर अघिल्लो वर्ष नेपाल आएकी हुन् ।

उनले यो वर्ष १ सय तथा २ सय मिटर व्याक स्ट्रोकमा पुरुष खेलाडीको कीर्तिमानी प्रदर्शनलाई समेत उछिनिन् । सिंहले २ सय मिटर व्याक स्ट्रोक २  मिनेट ३७.८७ सेकेन्डमा पार गरिन् भने सय मिटर १ मिनेट १३.१३ सेकेन्डमा । सातामा ८ पटक २ घन्टाका दरले कडा अभ्यास गर्ने यी किशोरीले पहिलो सहभागितामै सातवटा राष्ट्रिय कीर्तिमान कायम गर्दै सातवटा स्वर्णपदक जितेकी हुन् । श्राेत – नेपाली हेडलाइन
काठमाडौं, असार २६ । युरोकप फुटबलको उपाधिका लागि आज राति फ्रान्स र पोर्चुगल भिड्दैछन् । फ्रान्सको पेरिसमा हुने खेल दुबै टोलीका लागि सहज हुनेछैन ।

घरेलु टोली फ्रान्स आफ्नै भूमिमा तेस्रो पटक उपाधि जित्ने अभियानमा छ । सन् १९८४ मा आफ्नै भूमिमा युरोकप जितेको फ्रान्सले सन् १९९८ मा घरेलु समर्थको माझ विश्वकप फुटबलको उपाधि उचालेको थियो ।

यतिवेला फ्रान्स फेरी एकपटक घरेलु मैदान र समर्थकमाझ युरोकपको उपाधि उचाल्ने अभियानमा छ । तर फ्रान्सको यात्रामा पोर्चुगलले बाधा पुर्‍याउन सक्छ । पोर्चुगल कुनैपनि मूख्य फुटबल प्रतियोगिताको पहिलो उपाधि जित्ने अभियानमा छ ।

आफ्नै राष्ट्रमा सन् २००४ मा आयोजित युरोकपको फाईनलमा ग्रिससँग १-० ले हारेको पोर्चुगल यसपटक पहिलो उपाधिका लागि संघर्ष गर्दैछ । समुह चरणमा एक खेल पनि जित्न नसकेको पोर्चुगल तीन खेलबाट तीन अंक जोड्दै समुहमा तेस्रो भएर राउण्ड अफ सिक्सटिनमा पुगेको थियो ।

राउण्ड अफ सिक्सटिनमा क्रोएशियालाई अतिरिक्त समयमा हराएको पोर्चुगलले क्वाटरफाईनलमा पोल्याण्डलाई टाई ब्रेकरमा पराजित गर्‍यो ।

यसैगरी सेमिफाईनलमा वेल्सलाई २-० ले हराउदै पोर्चुगलले फाईनलमा स्थान सुरक्षित गरेको हो । उता फ्रान्सले समुह चरणमा रोमानिया र अल्बानियालाई हराएको थियो भने स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो ।

राउण्ड अफ सिक्सटिनमा आयरल्याण्डलाई हराएको फ्रान्सले क्वाटरफाईनलमा आईसल्याण्डलाई ५-२ ले पाखा लगाएको थियो । सेमिफाईनलमा जर्मनीलाई २÷० ले हराएपछि आयोजक फ्रान्सलाई उपाधिको मुख्य दावेदारको रुपमा हेरिएको छ ।

तर पोर्चुगलविरुद्धको खेल उसका लागि सहज भने पक्कै हुनेछैन । आजको खेलमा पोर्चुगलका लागि क्रिश्चियानो रोनाल्डो, नानी र रेनाटो सान्चेजको खेल महत्वपूर्ण मानिएको छ भने फ्रान्सका लागि डिमित्री पायट, पउल पोग्बा र एन्टोनियो ग्रेजम्यानको खेल हेर्न लायक मानिएको छ ।

काठमाडौं, जेठ २८ - शुक्रबार बेलुकीदेखि युरो २०१६ सुरु हुँदै छ । फ्रान्सले आयोजना गर्न लागेको यो युरोकपमा २४ टिमका सहभागिता रहने छ । सहभागि टिमलाई हरेक समूहमा ४ टिम रहने गरी ६ वटा समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका विजेता र उपविजेता नक आउट चरणमा पुग्ने छन् । तेश्रो हुने टिमबाट उत्कृष्ट ४ टिमले पनि नकआउट स्टेजमा स्थान बनाउने छन् ।
समूह ए
फ्रान्स
सन् १९८४ र २००० को युरो कप विजेता फ्रान्स यो पटकको युरोकपको आयोजक हो ।  सन् १९६० मा सुरु भएको युरोकपको पहिलो आयोजक फ्रान्सले यसअघि सन् १९८४ मा पनि युरोकपको आयोजना गरिसकेको छ । सन् १९८४ मा स्पेनलाई २–० ले हराएर घरेलु मैदानमा उपाधि उचालेको फ्रान्सले सन् २००० को फाइनलमा भने इटालीलाई २–१ ले पाखा लगाएको थियो । 
रोमानिया
पाँचौ पल्ट युरोकप खेल्न लागेको रोमानिया अहिलेसम्म क्वाटर फाइनलभन्दा अघि बढ्न सकेको छैन । सन् २००० मा क्वाटर फाइनलसम्म पुगेको रोमानियाले सन् १९८४ मा पहिलो पल्ट युरोकप खेलेको थियो । सन् १९९६ र २००८ मा पनि उसले युरोकप खेलेको छ ।
अल्बानिया 
फिफा वरियतामा ४२ औं स्थानमा रहेको अल्बानियाले पहिलो पल्ट युरोकप खेल्न लागेको हो । छनौट चरणमा खेलेका ८ मध्ये ४ खेल जितेको अल्बानिया पोर्चुगल विजेता बनेको समूहबाट उपविजेता बन्दै पहिलो पल्ट युरोकपमा छनौट भएको हो । 
स्वीट्जरल्याण्ड 
यसअघि ३ पटक युरोकप खेलिसकेको स्वीट्जरल्याण्ड समूह चरणबाट कहिल्यै पनि अघि बढ्न सकेको छैन । इंग्ल्याण्ड विजेता बनेको समूहमा उपविजेता हुँदै स्वीट्जरल्याण्डले फ्रान्सको टिकट काटेको हो । स्वीट्जरल्याण्ड फिफा वरियतामा अहिले १५ औं स्थानमा छ ।
समूह ए : खेल तालिका 
जेठ २८ फ्रान्स रोमानिया                 १२:४५ बजे राति
जेठ २९ अल्वानिया स्वीट्जरल्याण्ड   ५:४५ बजे बेलुका
असार १ रोमानिया स्वीट्जरल्याण्ड    ९:४५ बजे राति
असार १ फ्रान्स अल्वानिया              १२:४५ बजे राति
असार ५ रोमानिया अल्वानिया         १२:४५ बजे राति
असार ५ स्वीट्जरल्याण्ड फ्रान्स        १२:४५ बजे राति
समूह बी
इंग्ल्याण्ड
यसअघि नै ८ पटक युरोकप खेलिसकेको इंग्ल्याण्ड अहिलेसम्म फाइनलमा पुगेको छैन । सन् १९९६ मा आफ्नै घरेलु मैदानमा सेमिफाइनलमा पुगेको इंग्ल्याण्ड सन् १९६८ मा तेश्रो भएको थियो । उसले सन् १९६८ मा नै पहिलो पल्ट युरोकप खेलेको हो । इंग्ल्याण्ड अहिले फिफा वरियतामा ११ औं स्थानमा छ । 
वेल्स 
फिफा वरियताको २६ औं स्थानमा रहेको वेल्स पहिलो पल्ट युरोकपमा छनौट भएको हो । यो पटक बेल्जियम विजेता बनेको समूहबाट उपविजेता भएर वेल्सले फ्रान्सको टिकट पक्का गरेको हो । छनौट चरणमा खेलेका १० मध्ये ६ खेल जितेको उसले १ खेल मात्र हारेको छ ।
स्लोभाकिया
चेकगणतन्त्र र स्लोभाकियाका रुपमा टुक्रिनु अघि चेकोस्लोभाकियाले सन् १९७६ को युरोकप जितेको थियो । तर स्लोभाकिया बनेपछि भने यो उसको पहिलो युरोकप हो । स्लोभाकिया फिफा वरियतामा अहिले २४ औं स्थानमा छ । स्पेन विजेता बनेको समूहबाट उपविजेता हुँदै स्लोभाकियाले युरोपकपमा स्थान पक्का गरेको थियो । छनौट चरणमा खेलेका १० मध्ये ७ खेल जितेको स्लोभाकियाले २ खेल हारेको थियो ।
रसिया
सन् १९९६ र २००४ पछिका सबै ३ गरी अहिलेसम्म चार वटा युरोकप खेलेको छ रसियाले । तर उसले सोभियन युनियनका तर्फबाटसन् १९६० को पहिलो युरोकप जितेको थियो । त्यतिबेला यो प्रतियोगितालाई युरोपियन नेशन्स कप भनिएको थियो । राउण्ड रोबिन लिगका आधारमा भएको यो प्रतियोगितामा १७ टमले सहभागिता जनाका थिए । छनौट चरण, नक आउट स्टेज र फाइनल गरेर ३ चरणमा भएको प्रतियोगिताको फाइनल चरणको खेल फ्रान्समा भएको थियो । जहाँ सोभियन युनियनले युगोस्लाभियालाई हराउँदै उपाधि जितेको हो । 
समूह बी : खेल तालिका 
जेठ २९ वेल्स स्लोभाकिया                ९:४५ बजे राति
जेठ २९ इंगल्याण्ड रसिया                     १२:४५ बजे राति
असार १ रसिया स्लोभाकिया                 ६:४५ बजे बेलुका
असार २ इंगल्याण्ड वेल्स                     ६:४५ बजे बेलुका
असार ६ रसिया वेल्स                          १२:४५ बजे राति
असार ६ स्लोभाकिया इंगल्याण्ड          १२:४५ बजे राति
समूह सी
जर्मनी 
बाह्रौं पटक युरोकप खेल्न लागेको जर्मनी ३ पटकको विजेता हो । सबैभन्दा धेरै ११ वटा युरोकपमा सहभागिता जनाइसकेको उसले सन् १९७२, १९८० र १९९६ मा युरोकपको उपाधि जितेको थियो । सन् १९९० मा जर्मनी एकीकरण हुनुअघि पश्चिम जर्मनीका तर्फबाट उसले दुईपटक उपाधि जितेको थियो । एकीकरणपछि जर्मनीले एकपटक मात्र सन् १९९६ मा ट्रफी उचाल्यो । एकीकरण हुनुअघि सन् १९८६ मा आफैंले आयोजना गरेको युरोकपमा भने पश्चिम जर्मनी सेमिफाइनलमा नेदरल्याण्ड्ससित पराजित भएको थियो ।
युक्रेन
स्लोभानियालाई प्लेअफमा समग्रमा ३–१ ले हराउँदै युरोकपमा छनौट भएको युक्रेनको यो दोश्रो युरोकप हो । यसअघि पोल्याण्डसँग मिलेर युरोकप आयोजना गरेको उसले सन् २०१२ मा आयोजकको नाताले युरोकप खेलेको थियो । तर त्यतिबेला युक्रेन समूह चरणबाट अघि बड्न सकेन ।
पोल्याण्ड
युक्रेनसँग मिलेर आयोजना गरेको २०१२ को युरोकप खेल्नुअघि सन् २००८ मा पनि युरोकप खेलेको पोल्याण्डको यो तेश्रो सहभागिता हो । तर दुवै पटक पोल्याण्ड समूह चरणबाट अघि बढ्न सकेको छैन । फिफा वरियतामा पोल्याण्ड अहिले २७ औं स्थानमा छ ।
नर्थन आयरल्याण्ड 
फिफा वरियताको २५ औं स्थानमा रहेको नर्थन आयरल्याण्ड पहिलो पल्ट युरोकपमा छनौट भएको हो । रोमायिना, हंगेरी र ग्रिसजस्ता फुटबल हस्तीलाई पछि पार्दै नर्थन आयरल्याण्ड समूह विजेता बनेर युरोकपमा छनौट भएको हो । छनौट चरणमा खेलेका १० मध्ये ६ खेल जितेको नर्थन आयरल्याण्डले १ खेल मात्र हारेको छ । 
समूह सी : खेल तालिका 
जेठ ३० पोल्याण्ड उत्तरी आयरल्याण्ड  ९:४५ बजे राति
जेठ ३० जर्मनी युक्रेन                          १२:४५ बजे राति
असार २ युक्रेन उत्तरी आयरल्याण्ड      ९:४५ बजे राति
असार २ जर्मनी पोल्याण्ड                    १२:४५ बजे राति
असार ७ युक्रेन पोल्याण्ड                      ९:४५ बजे राति
असार ७ उत्तरी आयरल्याण्ड जर्मनी     ९:४५ बजे राति
समूह डी
स्पेन
दशौं पल्ट युरोकप खेल्न लागेको  स्पेनले यसअघि नै ३ पल्ट उपाधि जितिसकेको छ । सन्  २००८ र २०१२ मा लगातार दुईपटक च्याम्पियनसिप उपाधि जित्ने कीर्तिमान स्पेनको नाममा छ । फिफा वरियताको छैटौं स्थानमा रहेको स्पेन लगातार तेश्रोपल्ट उपाधि जितेर अर्को इतिहास रच्ने दाउमा पनि छ । उसले सन् १९६४ मा आयोजक राष्ट्रकै रूपमा सोभियत युनियनलाई फाइनलमा २–१ ले हराउँदै पहिलोपटक युरोकप जितेको थियो ।
चेक गणतन्त्र
सन् १९९३ मा चेक गणतन्त्र र स्लोभाकियाका नाममा टुक्रिनुअघि चेकोस्लोभाकियाले सन् १९७६ को युरोकप जितेको थियो । चेक गणतन्त्र बनेपछि चेक गणतन्त्रको यो छैटौं सहभागिता हो । सन् २००४ मा चेक गणतन्त्र सेमिफाइनलसम्म पुगेको थियो । चेक गणतन्त्र अहिले फिफा वरियताको २९ औं स्थानमा छ ।
टर्की 
टर्कीले चौथो पल्ट युरोकप खेल्न लागिरहेको छ । समूह चरणको उत्कृष्ट तेश्रो टिमका रुपमा युरोकपमा छनौट भएको टर्की सन् २००८ मा सेमिफाइनलसम्म पुगेको थियो । सन् १९९६ मा पहिलो पल्ट युरोकप खेलेको टर्की फिफा वरियतामा अहिले १८ औं स्थानमा छ ।
क्रोएशिया
क्रोएशिया पाँचौ पल्ट युरोकपमा छनौट भएको हो । सन् १९९६ मा पहिलो पल्ट सहभागिता जनाएको युरोकपमा क्वाटरफाइनलमा पुगेको क्रोएशिया २००८ मा पनि क्वाटरफाइनलसम्म पुगेको थियो । इटाली विजेता बनेका समूहबाट उपविजेता बन्दै युरोकपमा छानिएको क्रोएशिया अहिले फिफा वरियताको २७ औं स्थानमा छ ।
समूह डी: खेल तालिका 
जेठ ३० टर्की क्रोएसिया                       ६:४५ बजे बेलुका
जेठ ३१ स्पेन चेक गणतन्त्र                ६:४५ बजे बेलुका
असार ३ चेक गणतन्त्र क्रोएसिया        ९:४५ बजे राति
असार ३ स्पेन टर्की                             १२:४५ बजे राति
असार ७ चेक गणतन्त्र टर्की                 १२:४५ बजे राति
असार ७ क्रोएसिया स्पेन                     १२:४५ बजे राति
समूह ई
बेल्जियम
सन् १९७२ मा पहिलो पल्ट युरोकप खेलेको बेल्जियमले पाँचौ पल्ट युरोकप खेल्न लागेको हो । बेल्जियम १६ वर्षपछि युरोकपमा छनौट भएको हो । यसअघि सन् १९८० मा इटालीमा भएको युरोकपमा बेल्जियम फाइनलमा पश्चिम जर्मनीसँग पराजित भएको थियो । बेल्जियम अहिले फिफा वरियताको दोश्रो स्थानमा छ ।
इटाली 
नवौं पटक युरोकप खेल्न लागेको इटाली सन् १९६८ मा पहिलो सहभागितामा नै उपाधि जितेको छ । आफैंले आयोजना गरेको युरोकपको फाइनलमा इटालीले त्यतिबेला युगोस्लोभाकियालाई २–० ले हराएको थियो । सन् २००० मा फ्रान्ससँग र गएको संस्करणमा स्पेनसँग फाइनलमा पराजित भएको इटाली अहिले फिफा वरियतामा १२ औं स्थानमा छ ।
रिपब्लिक अफ आयरल्याण्ड 
तेश्रो पल्ट युरोकप खेल्न लागेको रिपब्लिक अफ आयरल्याण्ड अहिलेसम्म समूह चरणबाट अघि बढ्न सकेको छैन । यो पटक बोस्निया हर्ज गोभिनलाई प्ले अफमा समग्रमा ३–१ ले हराएर रिपब्लिक अफ आयरल्याण्डले फ्रान्सको टिकट पक्का गरेको हो । रिपब्लिक अफ आयरल्याण्ड फिफा वरियतामा अहिले ३१ औं स्थानमा छ ।
स्वीडेन
छैटौं पटक युरोकप खेल्न लागेको स्वीडेन सन् १९९२ मा पहिलो सहभागितामा नै सेमिफाइनलमा पुगेको थियो । प्ले अफमा डेनमार्कलाई समग्रमा ४–३ ले हराएर स्वीडेन यो पटकको युरोकपमा छनौट भएको हो । स्वीडेन अहिले फिफा वरियताको ३५ औं स्थानमा छ ।
समूह ई : खेल तालिका 
जेठ ३१ आयरल्याण्ड स्विडेन                ९:४५ बजे राति
जेठ ३१ बेल्जियम इटली                      १२:४५ बजे राति
असार ३ इटली स्विडेन                        ६:४५ बजे बेलुका
असार ४ बेल्जियम आयरल्याण्ड           ६:४५ बजे बेलुका
असार ८ इटली आयरल्याण्ड                 १२:४५ बजे राति
असार ८ स्विडेन बेल्जियम                   १२:४५ बजे राति
समूह एफ
पोर्चुगल
सातौं पल्ट युरोकप खेल्न लागेको पोर्चुगल सन् २००४ को उपविजेता हो । त्यतिबेला आफ्नै घरेलु मैदानमा ग्रिससँग १–० ले पराजित भएको पोर्चुगल गएको संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । फिफा वरियताको आठौं स्थानमा रहेको पोर्चुगल समूह विजेता बनेर युरोकपमा छनौट भएको थिो ।
आइसल्याण्ड
चेक गणतन्त्र रहेको समूहको उपविजेता बनेर आइसल्याण्ड पहिलो पल्ट युरोकपमा छनौट भएको हो । फिफा वरियताको ३५ औं स्थानमा रहेको आइसल्याण्डले छनौट चरणमा खेलेका १० मध्ये ६ खेल जितेको थियो भने २ खेल हारेको थियो ।
अष्ट्रिया
सन् २००८ मा पहिलो पल्ट युरोकप खेलेको अष्ट्रियाको यो दोश्रो सहभागिता हो । त्यतिबेला स्वीट्जरल्याण्डसँग मिलेर उसले युरोकप आयोजना गरेको थियो । तर स्वीट्जरल्याण्ड जस्तै अष्ट्रिया पनि त्यतिबेला समूह चरणबाट अघि बढ्न सकेको थिए । अष्ट्रिया अहिले फिफा वरियताको दशौं स्थानमा छ ।
हंगेरी
हंगेरी ४२ वर्षपछि युरोकपमा छनौट भएको हो । प्लेअफमा नर्वेलाई समग्रमा ३–१ ले पाखा लगाएको हंगेरीले यसअघि सन् १९६४ र १९७२ को युरोकप खेलेको थियो । फिफा वरियतामा हंगेरी अहिले २० औं स्थानमा छ । पहिलो पल्ट युरोकप खेल्दा सन् १९६४ मा हंगेरी तेश्रो भएको थियो ।
समूह एफ : खेल तालिका 
जेठ ३२ अष्ट्रिया हंगेरी                         ९:४५ बजे राति
जेठ ३२ पोर्चुगल आइसल्याण्ड               १२:४५ बजे राति
असार ४ आइसल्याण्ड हंगेरी                  ९:४५ बजे राति
असार ४ पोर्चुगल अष्ट्रिया                     १२:४५ बजे राति
असार ८ आइसल्याण्ड अष्ट्रिया              ९:४५ बजे राति
असार ८ हंगेरी पोर्चुगल                         ९:४५ बजे राति

प्रतिस्पर्धा भइरहेको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता नभइरहेको अवस्थामा खेलाडीलाई अभ्यस्त बनाउन नेपालले लाओससँग मैत्रीपूर्ण खेल खेलेको हो ।

पहिलो हाफको खेल भइरहँदा दुबै टोली गोलरहति बराबरीमा छन् । लाओसले गरेको एउटा गतिलो प्रयासलाई नेपाली रक्षक किरण चेम्जोङले बिफल बनाइदिए ।

नेपाली टोलीका प्रशिक्षकले कप्तान अनिल गुरुङलाई बेन्चमा राखेका छन् । नेपालका लागि किरण चेम्जोङ र सुजल श्रेष्ठ शुरुवाती ११ मा पर्दै खेलिरहेका छन् ।

नेपालबाट गोल रक्षकमा किरण छन् भने रक्षकहरुमा बिराज महर्जन, आदित्य तामाङ, अनन्त तामाङ र रबिन श्रेष्ठ रहेका छन् ।

त्यसैगरी मिडफिल्डरमा अन्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा र विशाल राई रहेका छन् । फर्वार्डको जिम्मेवारीमा नेपाली सेनाका नवयुग श्रेष्ठ र भरत खवास रहेका छन् ।

नेपाली टोलीका प्रशिक्षक ग्योतुकी कोजीले लाओससँग नेपालले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका थिए। 'घरेलु टोलीसँग उसकै मैदानमा खेल्दा हामीलाई दबाब पक्कै हुन्छ तर हामी लाओसलाई कडा टक्कर दिनेछौं', शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कोजीले भनेका थिए ।

स्ट्राइकर अनिल गुरुङको कप्तानीमा रहेको २० सदस्यीय टोलीको गोलरक्षकमा किरण चेम्जोङ र विकेश कुथू रहेका छन् । रक्षकमा रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र विराज महर्जन छन् ।

टोलीको मिडफिल्डरमा प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, राजेन्द्र रवाल, अञ्जन विष्ट र जगजित श्रेष्ठ छन् । टोलीको स्ट्राइकरमा भरत खवास, नवयुग श्रेष्ठ र सुनील बल छन् ।

बंगबन्धु गोल्ड कप र भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जितेपछि मलेसियासँग पहिलो मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल १–१ गोलको बराबरीमा रोकिएको थियो ।

नेपालले लाओस फुटबल संघको आग्रहमा अहिले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरीयतामा नेपालभन्दा चार स्थान माथि (एक सय ७६औं) स्थानमा रहेको लाओस अहिले भारतसँग एसियन कप छनोट खेल खेल्ने तयारीमा छ ।

जेठ १० – बार्सिलोनाले कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।  सेभिल्लालाई २-० गोल अन्तरले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । यो बार्सिलोनाको कोपा डेल रे को २८ औँ उपाधि हो । यसअघि ला लिगाको उपाधि जितेको बार्सिलोनाले कोपा डेल रे को उपाधि पनि जित्दै लगातार दोस्रो पटक दोहोरो उपाधि जितेको छ । जोर्डी अल्बा र नेमारको गोलले बार्सिलोना दोहोरो उपाधि जित्न सफल भयो । बार्सिलोनाका हाभिएर मर्चेरानोले खेलको ३६ औँ मिनेटमा रातो कार्ड पाएका थिए । केविन गेमिरोलाई जर्सी तानेर लडाएपछि उनले रातो कार्ड पाएका हुन् । सेभिल्लाका बानेगाले पनि अन्तिम समयतिर नेमारलाई लडाउँदा रातो कार्ड पाएका थिए । गोलरहित बराबरीमा ९० मिनेटको खेल सकिएपछि दुबै टिममा १० जनामा सिमित खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको छैठौँ मिनेटमा गोल गर्दै अल्बाले बार्सालाई अग्रता दिलाएका थिए । नेमारको अर्को उत्कृष्ट गोलले बार्सिलोना २-० ले विजयी भयो । 

काठमाण्डु, ९ जेठ– मुख्य प्रशिक्षक ग्योतोकु कोजीले लाओससँग मैत्रीपूर्ण खेल खेल्ने २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् ।

यसअघि, प्रारम्भिक चरणमा परेका ३३ खेलाडीमध्येबाट छनोट गरेर आज राष्ट्रिय टोलीको अन्तिम नामावली घोषणा गरिएको हो । छनोट प्रक्रिया पूरा गर्न ती खेलाडीबीच करिब चार दिनको क्षमता परीक्षण गरिएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

छनोट भएका खेलाडीमा दुई गोलकिपर, छ डिफेन्डर, आठ मिडफिल्डर र चार फरवार्ड छन् । गोलकिपरमा किरण चेम्जोङ र विकेश कुथू तथा डिफेन्डरमा रवीन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र विराज महर्जन छन् ।

त्यस्तै, टोलीको मिडफिल्डरमा प्रकाश बुुढाथोकी, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, राजेन्द्र रावल, अन्जन विष्ट, जगजित श्रेष्ठ अटाएका छन् । त्यसैगरी, फरवार्डको जिम्मेवारी भरत खवास, नवयुग श्रेष्ठ, अनिल गुरुङ र सुनील बलले लिनेछन् ।

नेपालले यही जेठ १६ गते लाओससँग उसकै घरेलु मैदानमा खेल खेल्नेछ ।
३ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आन्तरिक विवादमा फसेको नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको छ ।

यूएईमा सम्पन्न आईसीसीको बोर्ड र ककिटी मिटिङले क्यानलाई निलम्बन गर्ने निर्णय लिएको हो । आधिकारिता विवाद अदालतमा रहेको र क्यानको नेतृत्वविहीन भएको भन्दै आईसीसीले आर्टिकल २.९ अनुसार नेपाल क्रिकेट संघलाई निलम्बन गरेको हो ।

उसले सरकारले हस्तक्षेप गरेका कारण क्यानमा स्वतन्त्र र निश्पक्ष चुनाव हुन नसकेको समेत बताएको छ ।

क्रिकेट संघको एक समूहले साधारणसभा गर्दा राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको थिएन । त्यसको केही समयपछि परिषद्ले अर्को तदर्थ समिति बनायो । र, निर्वाचित समूह अदालतमा गएपछि आधाकारिकता विवाद सर्वोच्चमा विचाराधिन छ ।

क्यानको विवाद समाधान नभएपछि आईसीसीले आफ्नै पहलमा हालै मात्र विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाको खेल कीर्तिपुरमा गएकमो थियो । तर, खेलका लागि नेपाल आएका आईसीसीका ग्लोबल डेभिलोपमेन्ट म्यानेजर जेम्स एण्डरसनले दुबै पक्षसँग छलफल गरेर मिलेर अघि बढ्न सुझाव दिएका थिए ।

साथै उनले क्रिकेट संघ लामो समय नेतृत्वविहीन रहन नसक्ने र आईसीसीको धर्यता टुट्दै गएको बताएका थिए ।

निलम्बनले के हुन्छ ?

आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गर्नुको अर्थ उसले पाउँदै आएको सबै सहयोग रोक्का हुनेछ । आधिकारिकता विवादका कारण आईसीसीले नेपाललाई दिनु पर्ने ९ लाख डलर यसअघिकै आएको छैन ।

आईसीसीले क्रिकेट संघमा सरकारी हस्तक्षेप स्वीकार्य नहुने बताएको छ । क्रिकेट संघले नै क्रिकेट विकासको काम गर्नु पर्ने भन्दै उसले यसमा सरकारी हस्तक्षेप मान्य नहुने बताएको छ ।

साथै उसले क्यान स्वतन्त्र निकायका रुपमा स्थापित नहुँदासम्म निलम्बन कायमै रहने संकेत दिएको छ ।

नेपाली टोलीले अन्तर्राष्ट्रिय म्याच खेल्न पाउने

निलम्बनले खेलाडीहरु प्रत्यक्ष मारमा नपर्ने भएको छ । क्यान निलम्बन भएपनि नेपाली टोलीले आईसीसीको अन्तर्राष्ट्रिय म्याचहरु भने खेल्न नपाने आईसीसी बोर्ड मिटिङको निर्णय छ ।

नेपाल क्रिकेटको दिगो विकास र तत्कालीन प्रशासनीक कामका लागि नेपालका क्रिकेट समूदाय र अन्य स्केट होल्डरहरुसँग सहकार्य उसले बताएको छ ।
विश्वकप लिग क्रिकेट च्याम्पियनसिप प्रतियोगीताको घरेलु मैदानमा भएकमो दोस्रँे खेलमा नेपालले जित हात पारेको छ ।

टियु मैदानमा आज भएको खेलमा नेपालले नामिवियालाई तिन विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नामिवियाले जिर्धारीत ५० ओभरमा नौ विकेटको क्षतिको खुई सय ३९ रनकने योगफल पाएको थियो । नामिवियाका लागी स्टेफेन बार्डले ५१ रन तथा जेन ग्रिनले ४७ रन बनाएको थियो ।


यता बलिङ तर्फ भने शत्ति गौचन, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान दुई विकेट लिएका थिए । दुई सय ४० रनको लक्ष्य सहित मैदानमा आएको नेपालले सात विकेटको क्षतिमा मात्र एक बल बाकि छदा पाएको लक्ष्य पुरा गर्दै रोमाञ्चक जित हात पारेको हो । विकेटको क्षतिमा पाएको लक्ष्य पुरा ग¥यो । नेपालका लागी कप्तान पारस खड्काले सर्र्पािधक रन बनाउदै शतक प्रहार गरे ।

उनले ९४ बलमा सात छक्का र पाच चौकाको मद्धतमा एक सय तिन रन बननएका छन् । आजको खेलमा कप्तान खड्काले उत्कुष्ट ब्याटिङ गरी नेपालको जितलाई सुनिश्तिच बनाए । बलिङ तर्फ नामिवियाका सारेल वर्गले तिन विेृकट लिएका थिए । त्यस्तै विभानो र्गोभेनले दुई विकेट लिइ ।

त्यस्तै ग्यारी ग्यामिले र जेजे स्मितले समान एक विकेट लिइका थिए । आजको खेलमा नामिबियालाई पुन पराजित गर्दै नेपालको शीर्ष चारभित्र पर्ने सम्भावना बलियो बनेनाएकोे छ । च्याम्पिपयनसिपमा सहभागी आठ राष्ट्र टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप छनोटमा खेल्न पाउने छ ।

काठमाडौं, ४ बैशाख । आइसीसी वल्ड लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नामिबियालाई हराउँदै नेपाल विजयी भएको छ । विनोद भण्डारी र शरद भेषवाकरको ८४ रनको साझेदारीले नेपाललाई जित दिलाएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको नामिवियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । जवाफी ब्याटिङको उत्रेको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै १९७ रन बनाएको छ । अन्तिम बलमा चौका हान्दै भेषवाकरले नेपाली टोलीलाई बिजयी मात्र गराएनन् आफुले पनि अर्ध सतक बनाए । 

नेपालको जितमा विनोद भण्डारी शरद भेषवाकर र बसन्त रेग्मी नायक बने । भेषवाकरले ९९ बलको सामना गर्दै ५० रन बनाए भने भण्डारीले ४० रनको योगदान दिए । उनको बल्लाबाट ३ छक्का २ चौका पनि निस्केका थिए । नेपालका लागि ज्ञानेन्द्र मल्ल २१, नरेश बुढाऐर १६, पारस खड्काले २१ रन बनाएका थिए । 

पहिले ब्याटिङ गरेको नामिवियाका लागि एसफी वरगरले ७७ वलको सामना गर्दै सर्वाेधिक ३८ रन बनाएका थिए । उनलाई बसन्त रेग्मीले आउट गरेका थिए । त्यसैगरी फ्रान्से र स्मिटले समान २६/२६ रनको योगदा दिएका थिए । 

नामिवियाको टोलीलाई १९६ रनमा रोक्न सर्वाधिक योगदान बसन्त रेग्मीले गरेका थिए । उनले १० ओभर खेल्दै ४० रन दिएर एक मेडनसहित तीन विकेट लिएका थिए । त्यसैगरी सोमपाल कामीले २ कप्तान पारस खड्काले १ विकेट लिएका थिए । 

विश्वकप क्रिकेट अन्तर्गत भारत र वेस्टइण्डिजबीचको सेमिफाइनल खेलमा घरेलु मैदानमै भारतमाथि वेस्टइण्डिज हावि भएको छ। रोमाञ्चक बनेको सेमिफाइनल खेलमा भारतलाई वेस्टइण्डिजले ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको छ। 

अब फाइनल खेल इंग्ल्याण्ड र वेस्टइण्डिजबीच हुनेछ। होम ग्राउण्डमा उपाधिकालागि हुने फाइनल खेलमा घरेलु टिमको अनुपस्थितिले भारतीय दर्शक निरास हुनेछन्। पहिले ब्याटिङ गरेको भारतले वेस्टइण्डिजलाई १९३ रनको लक्ष्य दिएको थियो। १९.४ अोभर खेल्दै ३ विकेट गुमाएर वेस्टइण्डिजले लक्ष्य भेट्टाएको हो। वेस्टइण्डिजकालागि सिमोन्सले ८३ रन, कार्लेसले ५२ रन, रसेलले ४३ र गेलले ५ रनको योगदान गरे। भारतकालागि विराट कोहोलीले उत्कृष्ट ब्याटिङ गर्दै नट अाउट रहेर ४७ बलमा ८९ रनको योगदान गरेका थिए। तर कोहोलिको उत्कृष्ट ब्याटिङ भारतको जितका लागि प्रयाप्त बनेन। २० अोभरमा २ विकेट गुमाएर भारतले वेस्टइण्डिजका सामु उक्त लक्ष्य पेस गरेको थियो। 

जसमा रोहित शर्माले ४३ रनको योगदान गरे भने अजिन्का राहानेले ४० रन जोडेका थिए। क्याप्टेन महेन्द्र सिं धोनीले नट अाउट १५ रन जोडेका थिए। वेस्टइण्डिजले टस जितेर फिल्डिङ रोजेको थियो। वेष्टइण्डिजका लागि आन्द्रे रूसेल र सामुल बाड्रेले १-१ विकेट लिएका थिए। वेस्टइण्डिज अब फाइनल खेलमा इंग्ल्याण्डसँग उपाधिकालागि भिड्ने छ। इंग्ल्याण्डले सेमिफाइनलमा न्युजिल्याण्डलाइ हराएर फाइनलको यात्रा तय गरिसकेको छ।
काठमाडौं, ६ चैत । आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज ‘जन्मैदेखिका दुश्मन’ भारत र पाकिस्तान भिड्दैछन् ।
भारतको कोलकत्तास्थित इडन गार्डेनमा हुने बहुप्रतिक्षित खेल बेलुकी पौने आठ बजे सुरु हुनेछ । यो मैदानमा भारतसँग चारपटक खेलेको पाकिस्तान चारै पटक विजयी भएको छ ।
आजको महाभिडन्तमा भारतलाई चर्काे दबाब छ । किनकि पहिलो खेलमा भारत न्युजिल्याण्डसँग पराजित भइसकेको छ । आजको खेल जितेर सेमिफाइनल यात्राको ढोका खोल्नुपर्ने दबाब भारतमाथि छ ।
उता पाकिस्तान भने उत्साहित छ । उत्साहित यसकारण छ कि पहिलो खेलमा उसले बंगलादेशलाई हराइसकेको छ । आजको खेलमा भारतलाई हराउँदै जित हात पारे पाकिस्तान सेमिफाइनल यात्रामा होमिनेछ ।
भारतबिरुद्ध खेलिएका विश्वकपका सबै खेल गुमाएको पाकिस्तानले कोलकत्तामा भने सधै जित्दै आएको छ । यसअघि भारतबिरुद्ध इडन गार्डेनमा खेलिएका चार एकदिवसीय खेलमा पाकिस्तान बिजयी भएको थियो ।
आजको खेलमा भारतमाथि पाकिस्तानले जितोस भन्ने मनोभाव नेपाली क्रिकेट फ्यानहरुले पनि व्यक्त गरेका छन् ।
बाँदरले गर्यो भविष्यवाणी
Inter-view-with-Monkey_144204742
खेलको पूर्वसन्ध्यामा कसले जित्ला भनेर सबैले अनुमान लगाइरहेका छन् । यसैक्रममा पाकिस्तानमा एक जना टेलिभिजन मालिकले बाँदरबाट भविष्यवाणी गराएका छन् ।
पाकिस्तानको जियो न्यूजले पनि पाकिस्तानी खेलाडीको मनोबल उच्च बनाउँदै पाकिस्तानी क्रिकेटरलाई एकजुट भएको देखाउँदा पाश्वमा ‘सेल्फी ले ले रे’ बोलको हिन्दी गीत प्रशारस गरेको थियो । त्यसपछि टीभीका कार्यक्रम सञ्चालकले बाँदर नजिकै बसेर आजको खेल पाकिस्तानले जित्ने बताए । भविष्यबाणी गर्ने बाँदरको नाम शेरा बताईएको छ ।
बाँदरले खेल पाकिस्तानले जित्ने संकेत गरेपछि खुसी हुँदै कार्यक्रम सञ्चालकले भने–‘अब तनाव लिने कुनै काम छैन् ।’
Nepali-Football1
१० फागुन, काठमाडाैं । नेपाली फुटबलका लागि यो वर्ष निकै सुखद रहृयो । लामो समयसम्मको अन्तराष्ट्रिय गोलको खडेरी तोड्दै मात्र साग र बङबन्धुको उपाधि समेत जित्यो ।
अहिलेसम्मको तालिका अनुसार सन् २०१७ को अन्तिममा बंगलादेशमा हुने तय भएको साफ च्याम्पियनसीप नै नेपालको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
गत भदौमा सम्पन्न यू-१९ साफको उपाधि जितेर सुरु भएको यात्राका क्रममा माघको पहिलो साता सम्पन्न बंगबन्धु गोल्डकप तथा १२ औं सागमा फुटवलमा स्वर्ण जित्यो । यसैवर्ष भएको साफ च्याम्पियनसिपमा देखाएको फितलो प्रर्दशनलाई बङबन्धु र सागको प्रर्दशनले बिसाईदियो ।
नेपाली फुटबलमा नयाँ अनुहारको कमालसँगै यतिबेला अब फुटबलको नवयुग आउने आश नेपाली दर्शकमा देखिएको छ । तर, दुःखको कुरा, लगालग तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा कमालको प्रर्दशन गरेका नेपाली फुटबलरहरु आगामी दुई वर्षसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छैनन् ।
यो कुनै प्रतिबन्धका कारण भने होइन । यसबीचमा नेपाल आफैले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दैछैन भने एएफसी वा फिफाको आयोजनामा हुने ठुला प्रतियोगितामा नेपाल सहभागी छैन ।
अहिलेसम्मको तालिकाअनुसार सन् २०१७ को अन्तिममा बंगलादेशमा हुने साफ च्याम्पियनसीप नै नेपालको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छ । यद्यपी अर्को बर्ष हुने बंगबन्धु गोल्डकपमा भने साविक विजेताको हैसियतमा नेपाललाई बोलाउन सक्छ ।
त्यसयता नेपाली फुटवल टीम प्रतियोगिताबिहीन अबस्थामा घरेलु खेलमा चित्त बुझाएर बस्नुपर्ने छ ।
यसबीचमा नेपाली टोलीलाई चुस्त दुरुस्त राख्नको लागि चुनौती त छ नै खेलाडीलाई म्याच एक्स्पोजर दिलाउनु अखिल नेपाल फुटबल संघ एन्फाको अर्को चुनौति बनेको छ ।
त्यसमाथि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक पद नै रिक्त छ । गत डिसेम्बरमा प्याटि्रक ओसम्सले सम्झौता सकिन दुई महिनाअघि नै जिम्मेवारी छोडेर हिडेपछि नेपाली राष्ट्रिय टोली प्रमुख प्रशिक्षकबिहीन छ ।
नेपालको प्रमुख प्रशिक्षक नियुक्तिका लागि एन्फा गृहकार्यमा छ । नेपालले गत महिना जापानी नागरिक तेकेदा चियाकीलाई फुटबलको टेक्निकल डाइरेक्टरमा नियुक्त गरेको थियो ।
त्यसैले उनैसँग छलफल गरेर नेपालले जापानी प्रशिक्षकसँग अवुबन्धको लागि पहल सुरु गरेको छ । जापानी फुटवल संघको सहयोगमा चियाकी टेक्निकल डाइरेक्टरको रुपमा नेपाल आएका थिए । एन्फाको पहलले सकारात्मक नतिजा ल्याएमा ग्यातुकी कोजी नेपाली फुटवलको नयाँ प्रशिक्षक हुनेछन् ।
अन्तराष्ट्रिय प्रतियोगिता नभएपनि राष्ट्रिय टोलीलाई अभ्यस्त बनाइराख्न अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटवलको आयोजना गर्ने एन्फाले बताएको छ ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बर्षभरी नै मैत्रिपूर्ण फुटबलबाट राष्ट्रिय टोलीलाई व्यस्त बनाइराख्ने तयारी भइरहेको बताए । उनले भने-‘मार्चमा मैत्रिपूर्ण फुटबलका लागि मलेसियासँग कुरा गरिरहेका छौं ।’
फुटबल बिश्लेषक सञ्जीव मिश्र हरेक तीन महिनामा राष्ट्रिय टोलीले कम्तिमा एउटा मैत्रिपूर्ण फुटबल खेल्नुपर्ने बताउँछन् । ‘पछिल्ला दुई-तीनवटा प्रतियोगितामा उल्लेख्य प्रदर्शन गरेर नेपालले जीतको सुरु गरेको छ’ मिश्रले भने, ‘त्यसलाई निरन्तरता दिन धेरैभन्दा धेरै म्याच एस्पोजरको खाँचो छ ।’
घरेलु प्रतियोगिता पनि अपुग
खेलाडीलाई फिट राखिराख्न घरेलु प्रतियोगितामा पनि व्यस्त बनाइरहनुपर्ने फुटबल बिश्लेषकहरु बताउँछन् । तर, वैशाख १२ को विनाशकारी भूकम्पका कारण अघिल्लो बर्षको लिग पछि सर्दा यसबर्ष लिग नहुने निश्चित छ । त्यस्तै नकआउट प्रतियोगिताहरुमा खेलाडीहरु बर्षभरी व्यस्त रहने अवस्था पनि छैन् । बिश्लेषक मिश्र भन्छन्, ‘लिग हुन नसकेका कारण एन्फाले नकआउट प्रतियोगिता गराउनुपर्छ ।’
राष्ट्रिय खेलकुद परिषदका फुटबलका प्रमुख प्रशिक्षक ध्रुब केसी भने मैत्रिपूर्ण फुटबलले मात्र नपुग्ने बताउँछन् ।
नेपाल आफैंले अन्तर्राष्ट्रिय नकआउट प्रतियोगिता आयोजना गर्नुपर्ने भन्दै उनले भने-‘बंगबन्धुजस्तै प्रतियोगिता नेपालमा पनि गर्न सकिन्छ । पुरस्कार राशी धेरै राखेमा उत्कृष्ट टोलीहरुले सहभागिता जनाउँछन् । त्यसका लागि एन्फाले सरकारसँग गृहकार्य गर्नुपर्छ ।’ 
मंगलबार, ४ फागुन
काठमाडौं। साग खेल्न भारतको गुवाहटी गएको नेपाली राष्ट्रिय फुटवल टिम बुधबार स्वदेश फर्कने भएका छन्।  अखिल नेपाल फुटबल संघ एन्फाले जनाए अनुसार बुधबार अपरान्ह ३ बजे टोलि नेपाल आइपुग्नेछ ।
winner -nepal
गुवाहटीबाट बागडोरासम्म जहाजमा र बागडोराबाट भद्रपुर विमानस्थलसम्म  बसमा खेलाडीहरु आउने जनाईएको छ  ।भद्रपुर विमानस्थलबाट  २ बजे खेलाडीहरु काठमाडौंका लागि उड्ने छन्।

खेलाडीहरुलाई एन्फाले विमानस्थलको डोमेस्टिक टर्मिनलमा भव्य स्वागत गर्ने तयारी भईरहेको र खेलाडीहरुलाई  नगर परिक्रमा गराएर सम्मान गरिने एन्फाले बताएको छ ।
https://scontent-mad1-1.xx.fbcdn.net/hphotos-xlt1/v/t1.0-9/
काठमाडौं। ओलम्पिक होस वा साग गेम जहाँ पनि देशको प्रतिनिधित्व गर्दै खेल जीतेपछि त्यस देश र देशका खेलाडीको सम्मानमा राष्ट्रिय गान बजाउने चलन छ।
नेपालले भारतको गुवाहटीमा भारतलाई नै फुटवलको फाइनलमा हराएपछिको पुरस्कार वितरण समारोहमा पनि नेपालको राष्ट्रिय गान पुरा बजाउनुपर्ने थियो। बजाउन शुरु पनि गरेको थियो। तर पुरै बजाएन। बीचमा एक्कासी रोकियो।

भारतको भुमिमा उसैलाई फाइनलमा हराएका नेपाली खेलाडीहरु र अफिसियलहरु अनि उनीहरुलाई हौस्याउन त्यहाँ जम्मा भएका सबै नेपालीहरुले भारतीयले राष्ट्रिय गान बन्द गरेपनि गाउन छोडेनन। झन ठूलो स्वरमा गाइरहे। उनीहरुले राष्ट्रिय गान पुरा गरेरै छाडे।

टीभी हेरिरहेका नेपालीहरु भने भारतीयको यो हेपाहा प्रवृती भन्दै आक्रोशित भए। नेपालीहरुले सो दृश्यलाई दुरदर्शन टीभीमार्फत हेरिरहेका थिए। कतिपयले सो दृश्यलाई मोवाइलमा पनि कैद गरेका छन्। भारतीयले राष्ट्रिय गान रोक्नुको कारण बताएको छैन।
प्राविधिक वा अन्य कुनै पनि कारणबाट रोकिएको भएपनि लामोसमय नाकावन्दी बेहोरेका नेपालीहरुले आफूहरुलाई हेरपेको होकी भन्दै आक्रोशित भएका छन्।
काठमाडौं। ओलम्पिक होस वा साग गेम जहाँ पनि देशको प्रतिनिधित्व गर्दै खेल जीतेपछि त्यस देश र देशका खेलाडीको सम्मानमा राष्ट्रिय गान बजाउने चलन छ।
नेपालले भारतको गुवाहटीमा भारतलाई नै फुटवलको फाइनलमा हराएपछिको पुरस्कार वितरण समारोहमा पनि नेपालको राष्ट्रिय गान पुरा बजाउनुपर्ने थियो। बजाउन शुरु पनि गरेको थियो। तर पुरै बजाएन। बीचमा एक्कासी रोकियो।

भारतको भुमिमा उसैलाई फाइनलमा हराएका नेपाली खेलाडीहरु र अफिसियलहरु अनि उनीहरुलाई हौस्याउन त्यहाँ जम्मा भएका सबै नेपालीहरुले भारतीयले राष्ट्रिय गान बन्द गरेपनि गाउन छोडेनन। झन ठूलो स्वरमा गाइरहे। उनीहरुले राष्ट्रिय गान पुरा गरेरै छाडे।

टीभी हेरिरहेका नेपालीहरु भने भारतीयको यो हेपाहा प्रवृती भन्दै आक्रोशित भए। नेपालीहरुले सो दृश्यलाई दुरदर्शन टीभीमार्फत हेरिरहेका थिए। कतिपयले सो दृश्यलाई मोवाइलमा पनि कैद गरेका छन्। भारतीयले राष्ट्रिय गान रोक्नुको कारण बताएको छैन।
प्राविधिक वा अन्य कुनै पनि कारणबाट रोकिएको भएपनि लामोसमय नाकावन्दी बेहोरेका नेपालीहरुले आफूहरुलाई हेरपेको होकी भन्दै आक्रोशित भएका छन्।
काठमाडौं, ३ फागुन । साग फुटबल अन्तर्गत आजको भएको रोमाञ्चक खेलामा नेपाललाई भारतविरुद्ध २ गोलसहित विजयी हासिल गरेको छ । भारतको गुहाटीमा भएको खेलमा नेपालले भारतविरुद्ध दुई गोलको सानदार जित दर्ता गराएको हो । खेलको सुरुवातमा भारतले नेपालविरुद्ध एक गोल प्रहार गरेको थियो । तर दोस्रो हाफमा नेपालले दश मिनटको फरकमा दुई गोल गरेपछि जित सहज भएको हो । नेपालको दोस्रो गोल भएपछि भारतीय खेलाडी नेपाली खेलाडीविरुद्ध मैदानमा उत्रिएका थिए । उनीहरुले नेपाली खेलाडीमाथि जथाभावी प्रहार गरेका थिए । football
काठमाडौं, १ फागुन । नेपाल १७ वर्षपछि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को फाइनलमा प्रवेश गरेको छ ।Football
भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार राति गुवाहाटीस्थित इन्दिरा गान्धी रङ्गशालामा भएको पुरुष फुटबलको सेमिफाइनलमा माल्दिभ्स ४-३ गोलले लाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
काठमाडौंस्थित दशरथ रङ्गशालामा सन् १९९९ मा भएको आठौँं साफमा नेपाल फाइनलमा पुगेको थियो । त्यसयता फाइनल यात्रा तय गर्न नसकेको नेपालले यसअघि १९८४ र १९९३ मा फुटबलमा स्वर्ण पदक हात पारेको थियो ।
Football-nepal-2
माल्दिभ्सलाई हराएसँगै नेपालले अब स्वर्ण पदकका फाइनलमा भारतसँग भिड्नेछ । जितपछि नेपाली प्रशिक्षक राजुकाजी शाक्यले भारतलाई हराउन सम्पूर्ण अस्त्र प्रयोग गरिने बताए । नेपालले २३ वर्षअघि स्वर्ण जित्दा शाक्य टोलीका कप्तान थिए ।

समूह चरणको पहिलो खेलमा भुटानलाई नेपालले ५-० ले हराएको थियो भने बङ्गलादेशसँग २-१ को हार व्यहोरेको थियो । प्रतियोगिता अन्तर्गत आज भएको अर्को सेमिफाइनलमा आयोजक भारतले बङ्गलादेशलाई पराजित गरेर फाइनलमा पुगेको छ ।
u-19काठमाडौँ, २२ माघ । उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।
बंगलादेशको मिरपुरस्थित शेर बङ्गला राष्ट्रिय रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा नेपाल जित्दा जित्दै पनि अन्तिममा आएर बंगलादेशसँग ६ विकेटले पराजित हुनपुग्यो । यो हारसँगै नेपालको सेमिफाइनलमा पुग्ने सपना भने चकनाचुर भएको छ ।
१६ वर्षको लामो समयपछि क्वाटरफाइनलमा पुगेको नेपालको अघिल्लो चरणमा पुग्ने सपना यसपटक पनि तुहिएको हो । यसअघि सन् २००० मा भएको विश्वकपमा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यतिबेला क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।
यद्यपी खेलमा नेपाली खेलाडीले प्रशंसनीय योग्य प्रदर्शन गरेका थिए । व्याटिङ र बलिङमा नेपालले निकै मेहनतका साथ गरेको प्रदर्शनले १६ वर्षपछि विश्वको ध्यान तानेको छ । र धेरै नेपालको प्रशंसा गरेका छन् ।
नेपाल हार्नुका पाँच कारणः
१) चार खेलाडी रनआउट विकेट बन्नु
प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरेको नेपालका लागि पराजय सबैभन्दा ठूलो कारण बन्यो दयनीय ‘रनिङ बिट्विन द विकेट’ अर्थात विकेटबीचको तालमेल कमजोर हुनु । विकेटमा दौडिने क्रममा दुई ब्याट्सम्यानबीच तालमेल नमिल्दा नेपालका चार महत्वपूर्ण विकेट गुमे ।

२) चुस्त फिल्डिङ नहुनु
हालसम्मका रेकर्डअनुसार नेपाली खेलाडीहरु व्याटिङमा भन्दा पनि बलिङ र फिल्डङमा चुस्त हुने देखिएको छ । तर, बंगलादेशसँगको खेलमा नेपालको फिल्डिङ कमजोर बन्यो । थुप्रै मिसफिल्डिङ र ड्रप क्याच देखियो ।

३) फास्ट बलिङ नहुनु
बंगलादेशविरुद्ध उत्रेको नेपालको ११ सदस्यीय टोलीमा एकजना पनि विशेषज्ञ फास्ट बलर थिएनन् । नेपालसँग स्तरीय फास्ट बलर नहुँदा पनि आजको बलिङ निकै कमजोर बन्यो । जसका कारण स्कोर बंगलादेशको पोल्टामा पर्यो ।

४) बंगलादेशको घरेलु मैदान
खेल होस अथवा व्यापार, सम्मेलन जुनसुकै कार्यक्रममा सफल हुनका लागि घरेलु मैदान को ठूलो असर हुन्छ । आफूले लगातार खेल्दै आएको पिचमा खेलाडी पहिल्यैदेखि अभ्यस्त हुन्छन् । गृह मैदानमा आफूभन्दा कमजोर टोलीविरुद्धको खेलका लागि बंगलादेशको मनोबल उच्च थियो । त्यही मनोबलले गर्दा बलिङ र ब्याटिङ दुवैमा उनीहरूले कठिन अवस्थाबाट ‘कम ब्याक’ गर्न सफल भए ।

५) खेलाडी परिचालनमा कप्तानको कमजोरीः
बंगलादेशविरुद्धको खेलमा हार्नुको अर्काे मुख्य कारण खेलाडी परिचालन पनि हो । खासगरी बलिङमा कप्तान राजु रिजालको छनोट र परिचालन महंगो सावित भयो । नेपालले जित्न सक्ने वातावरण बनिसकेको बेला बलर परिचालनमा गम्भीर त्रुटी गरेपछि नेपालले अप्रत्यासित हार व्यहोर्नुपर्यो । नेपाले बलिङ गरेका ४८ ओभरमध्ये ३६ ओभर स्पिनरले फ्याँकेका थिए । लगातार स्पिनरले गरेको बलिङ एकतमासको हुन गयो र बंगलादेशी ब्याट्सम्यान अभ्यस्त भए । मध्यम गतिका बलर आरिफ सेखले किफायती बलिङ गरेका थिए । तर, उनलाई पाँच ओभर मात्र बलिङ गराएर अर्का मिडियम पेसर दीपेन्द्र ऐरीलाई कप्तानले सात ओभर दिए । दीपेन्द्र महँगा साबित भए ।
कति थियो नेपाल र बंगलादेशको स्कोर ?
प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ् गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २११ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको बङ्गलादेशले नेपालको चुनौतीलाई १० बल बाँकी छँदै पूरा ग¥यो । बङ्गलादेशले खेलको ४८ दशमलव २ ओभरमा चार विकेट गुमाउँदैँ नेपालको चुनौतीलाई पूरा गरेको हो । जितसँगै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

बङ्गलादेशको ब्याट्सम्यान जाकिर हसनले सर्वा्धिक ७५ रनको योगदान दिए । ७७ बल खेलेका जाकिरले पाँच चौका र एक छक्काको सहयोगमा ७५ रन जोडेका हुन् । त्यस्तै, मेहेदिय हसन मिराजले ५५, जोयराज शेक ३८, पिनक घोष ३२, नजमल हुसेन सान्टो ८ तथा सैफ सहनले ५ रन जोडे ।
सुरुवाती ब्याट्स्म्यानलाई गुमाएर दबाबमा आएको नेपालको इनिङ्सलाई कप्तान राजु रिजाल र आरिफ शेखले केही उकासेतापनि त्यसले प्रतियोगितामा सुखद सुरुवात भने गर्न सकेन । प्रतियोगितामा रिजाल र शेख दुबै मिलेर चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए ।
प्रतियोगितामा कप्तान रिजालले ७२ रनको योगदान दिएका थिए । ८० बल खेलेका उनले आठ चौका र एक छक्काको मद्दतमा ७२ रन जोडे । त्यस्तै, सुनिल धमला २५, शेखले २१, कुशल भुर्तेल १४, सन्दिप सुनार ७ तथा योगेन्द्र सिंह कार्कीले १ रन जोडेका थिए ।
त्यसैगरी, बलिङ तर्फ भने नेपालका सुनिल धमलाले दुई विकेट तथा सन्दिप लामिछानेले एक विकेट लिए । अर्को विकेट भने सुशील कँडेलले रन आउट गरेका थिए ।