Latest News
Showing posts with label Bichitra. Show all posts
Showing posts with label Bichitra. Show all posts

नेगाओ नामको एक कुकुरले संसारको सबैभन्दा महत्वपूर्ण मानिस गुमाएको छ । यद्यपी, उसलाई यसबारे जानकारी छैन ।

ब्राजिलको सान्टा क्याटारिनास्थित रुथ कार्डोसो हस्पिटलमा एक बफादार कुकुर आफ्नो मरिसकेको मालिकलाई विगत ८ महिनादेखि कुरिरहेको छ । नेगाओका मालिक एक घरबारबिहिनी व्यक्ति हुन् जसलाई गत वर्षको अन्त्यमा बिरामी भएपछि उक्त हस्पिटल पुर्याइएको थियो । बिरामी मालिकलाई बोकेको एम्बुलेन्स पछाडि कुद्दै नेगाओ हस्पिटलसम्म पुगेको थियो । उसले मालिकलाई स्ट्रेचरमा राखेर भित्र लगेको दृश्य एकटक भएर हेरिरहेको थियो ।

बफादार कुकुर भएका कारण नेगाओ हस्पिटल बाहिर बसिरहेको छ, आफ्नो मालिकसँगको पुर्नमिलनको आशामा जुन असम्भव छ ।

आफ्नो मालिक मरिसकेको भन्ने थाहा नपाएको नेगाओ अझै पनि हस्पिटल बाहिर बसिरहेको छ । दिन बित्यो, हप्ता बिते, महिना बिते तर उक्त कुकुर मालिकलाई अन्तिम पटक देखेको ठाउँबाट अलिकति पनि हल्लिदैनँ ।
नेगाओदलाई हस्पिटलका कर्मचारीहरुले याद गरेका थिए । जतिबेला एम्बुलेन्स बिरामी लिएर आउँछ, नेगाओ कतै आफ्नो मालिक हो कि भन्दै दौडिदैं बिरामीलाई हेर्न पुग्छ, जसरी उसले धेरै दिन अघिदेखि गरिरहेको थियो ।

नेगाओको यो दुःखद स्थितीमा हस्पिटलका कर्मचारीले उनलाई साथ दिएका छन् । त्यहाँका कर्मचारीहरुले नेगाओको लागि खाना, पानी र आश्रय स्थलको व्यवस्था गरिदिएका छन् । स्रोत जेरो हेराको रिपोर्टका अनुसार नेगाओलाई दुई पटक पाल्नका लागि मानिसहरुले लगे तर ऊ जहिले पनि भागेर हस्पिटलको प्राङ्गणमा हाजिर भइहाल्थ्यो ।

हस्पिटलका कर्मचारीले नेगाओको स्वास्थ्य स्थिती बारे जानकारी लिन ‘लोकल एनिमल च्यारिटी’ सँग समन्वय गरिरहेको छ ।

‘नेगाओ हामीसँग जतिसम्म बस्न चाहन्छ, त्यतिबेला सम्म हामी राख्नेछौं,’ हस्पिटलका एक कर्मचारीले बताए । ‘जबसम्म नेगाओ हामीसँग बस्छ तबसम्म हामी उसलाई चाहिने जति माया, हेरिबिचार र न्यानोपन दिनेछौं ।’


विभादेवी यहि साउन महिनामा छैटौँ बच्चा जन्माउन तयार भएकी छिन । उनको उमेर भने २५ वर्ष मात्रै हो । । उनका श्रीमान चाँहि ७२ वर्षका भए । अहिले उनका साथमा चारजना छोराछोरी छन । सबैभन्दा ठूली छोरी प्रिती साढे छ वर्ष पुगिन । त्यसपछि उनका भाई पुरुषोत्तम ५ वर्ष, विवेक ४ वर्षका र गणेश १४ महिनाका छन् । विभाले पुरुषोत्तमसँगै छोरी पनि जन्माएकी थिइन् । जुम्ल्याहा छोरी भने मृत जन्मिइन्  । नभए उनका अहिले पाँचजना  सन्तान हुन्थे । अब जन्मिनेले छ जना पुग्ने निश्चित थियो । थापाथलीस्थित राम मन्दिर गुठीभित्रको एउटा जीर्ण आश्रमको  साह्रै साँघुरो  कोठामा बस्दै आएकी पच्चीस वर्षीया विभाको अवस्थाले  राजधानी शहर काठमाडौंको खिल्ली उडाइरहेका भान हुन्छ ।  उक्त आश्रमको एउटा कोठामा चार सन्तान ७२ वर्षीय उनका श्रीमान जगरनाथ तिवारी  र उनी गरी छ जनाको परिवार बस्छ । कोठाको भित्ता ईटाले मात्र अडिएको जस्तो, सानो झ्याल, बाँदर छिर्छ भनेर बन्द गरिएको । मास्तिर हेर्दा टिनको छानाबाट देखिने आकास । पानी पर्दा चुहिएको पानी नलागोस भनेर तेर्साएको काठमा प्लाप्टिकको बाटा राखिएको । भुईमा धुजा भईसकेको चाउचाउ र विस्कुटको कार्टुन । एउटा काठको पिर्का । कुनामा पुरानो साईकल, खाना पकाउने स्टोभ र माटोको चुलो । दुईचार वटा स्टीलका थाल । एउटा अरुले नै दिएको प्रेसर कुकर । एउटा कराई । विभादेवी र उनको श्रीमानको सम्पत्ति । सवैभन्दा शिक्षितहरू बस्ने भनिएको राजधानी, राज्यको शक्तिमा रहेका  मन्त्री प्रधानमन्त्रीदेखि हजारौं कर्मचारी दैनिक त्यो बाटो भएर ओहोरदोहोर गर्छन् ।  नजिकै ट्राफिक प्रहरी चौकी छ । तर, त्यही बाटोमुनि आश्रममा बस्ने विभा र उनको परिवारको  दयनीय अवस्थाले उनीहरूलाई गिज्याइरहेको छ । 
अधिकारको क्षेत्रमा काम गर्ने ठुलठुला अन्तर्रा्ष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको खानी हो काठमाडौं । ठुलठुला विद्यालय, विश्वविद्यालय, अस्पताल यी सवै विभा र उन परिवारको  पहुँचबाट निकै टाढा छन् ।  उनी राजधानीमा त बस्छिन् तर राजधानीले उनलाई देखेको छैन, उनको अवस्थाबाट बेखवर छ । उनले १७ वर्षकै उमेरमा ६४ वर्षको पुरुषसँग विहे गरिन् ।  विहे गरेपछि उनका  वर्षेनी बच्चा जन्मिए ।  चिसो भुईमा बसिरहेकी विभाले आठ वर्षअघि आफूभन्दा  ४७ वर्ष जेठो जगरनाथ तिवारीसँग विवाह गरेकी हुन् । अहिले उनका श्रीमान जगरनाथ ७२ वर्षका भए । कबाडी संकलन गर्ने जगरनाथसँग विवाह गरेपछि विभाले बर्षेनी बच्चा जन्माईरहिन् । बच्चा सानो भएकाले उनी काम गर्न जान सकिनन् । बच्चा नजन्माउन  निलोकन व्हाईट नामक गर्भ निरोधक औषधी पनि खाईन् । त्यसलाई उनको शरीरले सहेन । शरिरभरि फोका आउन थालेपछि खान छोडिन् । 
अनि वर्षेनी जन्माईरहेकी छिन् बच्चा । उनले चारजना  बच्चा माईत जनकपुरमा जन्माईन् । अहिले माईत जाने गाडी भाडा भएन । यही छिन् । पहिलोपटक थापाथली प्रसूति गृहमा गएर गर्भ जाँच गरेको उनले बताईन् । उनले जाँच गरेको कागज हामीलाई देखाउँदै भनिन् ‘यही पेटमा आएपछि अस्पताल धेरै पटक गयो ।’ तीनै बच्चा लिएर  त्रिपुरेश्वरस्थित मन्दिरमा माग्न थालिन् । जगरनाथले पुराना कागज, शिशा बोत्तल बेचेर ल्याएको र विभाले मागेर जोडेको पैसाले उनीहरूको छाक मुस्किलले टर्छ । विद्यालय जानेबेलाका बालबच्चा लिएर उनी मन्दिरमा माग्न बस्छिन् ।  छोरी पढाउन भर्नाका लागि जाँदा जन्मदर्ता मागेकाले  पढ्न नपाएको उनका श्रीमान जगरनाथले बताए । भने ‘जनमदर्ता ल्या भन्छ , रौतहट गएर ल्याउनुपर्छ भ्याको छैन ।’ उनीहरू बसेको कोठा भाडा मासिक पन्ध्रसय  रुपैयाँ महन्त रामेश्वर दासलाई बुझाउनुपर्छ । तर  महन्त रामेश्वर दासले भने भाडा नलिने दावी गरे  । महन्तकी आमाले रुखो स्वरमा पानी र विजुलीको पैसा तिर्न सबैसँग उठाउने गरेको बताईन् । त्यहीँ अर्को कोठामा बस्ने एकजना बाबाजीले पनि मासिक पन्ध्रसय तिर्ने गरेको बताए । महन्तसँग थप बुझ्न खोज्दा उनले यो विषयमा दख्खल नदिन भनेका छन् । महन्तले कोठा भाडा तिरेको अरुलाई सुनाएकाले कोठा छोड्न दबाब दिन थालेको विभाले बताईन् । महन्तकी आमाले अपशब्द प्रयोग गर्ने गरेको उनी बताउँछिन् । महन्तकी आमाले वर्षौँदेखि बस्दै आएकोले आफूलाई जे मन लाग्छ त्यही गर्ने प्रतिकृया दिइन् ।  महन्तले तत्काल गुठीको कोठा छोड्न भनेपछि विभा मानसिक तनावमा परेकी छन् । उनले ‘भनिन् अब यस्तो बेला काँ जाने । निस्केर जा भन्छ । स्रोत महिला खबर
काठमाडौं 
राजधानीमा यौनधन्दा हुने इलाकाहरूमा बग्रेल्ती दलाल हुन्छन् । ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो । आफूलाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक लुटिन्छन्, यौनकर्मी ठगिन्छन् ।कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बीच कुरा मिलाई नाफा खाने व्यक्ति’ दलाल हो भन्छ, नेपाली बृहत् शब्दकोश । महिलाको शरीरलाई वस्तु ठान्ने तिनै दलालहरूको बिगबिगी छ, काठमाडौँका यौनधन्दा हुने इलाकाहरूमा ।

दलालहरू यौनकर्मीलाई ग्राहक जुटाइदिने र ग्राहकलाई यौनकर्मीसम्म पु¥याइदिने काम मात्रै गर्दैनन्, दुवै पक्षलाई लुट्ने काम पनि गर्छन् । प्रहरीका अनुसार आफूलाई ‘गाइड’ बताउने यस्ता दलाल विभिन्न आवरणमा छ्यापछ्यापती भेटिन्छन् । रात्रिकालीन व्यवसाय सञ्चालन भइरहेका स्थान वरपर दलालहरूको राज नै चल्छ । ‘उनीहरू यौनकर्मी र व्यवसायीले भन्दा कैयौँ गुणा नाफा कुम्ल्याउँछन्,’ डीएसपी सोमेन्द्रसिंह राठौर भन्छन् ।


‘हिरोइन मिलाइदिन्छु’ भन्दै ठग्ने ‘गाइड’
क्यानडाबाट आएका मनोज गौतम एक साँझ ठमेलको डान्सबारमा रमाइलो गरेर बाहिर निस्केका थिए । उनलाई दलाल सञ्जीव बोहोराले ‘नाम चलेको हिरोइन मिलाइदिने’ कुरा गरे । आफूलाई गाइड बताउने उनले मनोजलाई ठमेलबाट दरबारमार्ग पुर्याए । जहाँ हिरोइनसम्म पुयाइदिने दाबी गर्ने दलालहरू चाहेजति भेटिन्छन् । सञ्जीवको सम्पर्क ट्याक्सी चालक अनिल तामाङसँग थियो ।
अनिलसँग मनोजको बार्गेनिङ चल्यो । फलानो नाम गरेको हिरोइनसँग रात बिताउने व्यवस्था मिलाइदिने र त्यसबापत ३५ हजार रुपैयाँ खर्च लाग्ने अनिलले बताए । गौतम हौसिएर ‘३५ किन ? ४० दिन्छु’ भन्दै ट्याक्सी चढिहाले । अनिल र सञ्जीवले उनलाई ट्याक्सी चढाएर गौशाला र एयरपोर्टतिर घुमाए ।

हिरोइनलाई होटलमै ल्याइदिन्छु’ भन्ने आश्वासन दिएर मनोजलाई सिनामंगलको एउटा होटलको कोठामा पुर्‍याए । अनिलले आफ्नो सम्पर्कमा भएका दुईजना केटी बोलाए, जो आकर्षक चालढालका थिए र आफूलाई मोडल बताउँथे । अनिलले ‘हिरोइन आउने बेलासम्म यिनै मोडलसँग रमाइलो गरौँ’ भने । कथित मोडलहरूसँग रमाइलो गर्दागर्दै गौतम बेहोस भए । बेहोसी उत्रिँदा मात्र उनले आफू लुटिएको पत्तो पाए । हिरोइनलाई खर्च गर्न भनेर साटेको सात सय यूएस डलर, महँगो मोबाइललगायत चिजबिज स्वाहा भइसकेका थिए ।

‘धोती न टोपी’ भएर मनोज सोह्रखुट्टे प्रहरीचोकी पुगे । उनको उजुरीका आधारमा अनिल र सञ्जीवलाई प्रहरीले पक्राउ गर्‍यो । कैयौँपटक प्रहरीको फेला परिसकेका सञ्जीव आफ्नो पेशा नै ‘सेक्स ब्रोकर’ भएको बताउँथे । ‘मेरो काम ग्राहक र गाइडको भेट गराइदिने हो,’ प्रहरी नियन्त्रणमा रहेका उनले शुक्रवारसँग भने, ‘म आफैँले मिलाइदिने होइन । हिरोइन, मोडल, राम्रा, नराम्रा सबै ट्याक्सीवाला गाइडले मिलाइदिन्छन् ।’

प्रहरीका अनुसार ‘गाइड’को काम गरेर ट्याक्सी चालक अनिल मासिक तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी गर्छन् । ट्याक्सी ड्राइभिङ त उनको आवरणमात्र हो । सञ्जीवजस्ता कैयौँ ‘जुनियर गाइड’ उनले ठाउँठाउँमा परिचालन गरेका थिए ।

हिरोइन मिलाइदिने आश्वासनमा विदेशी लुट्ने अर्का गाइड सुमन कार्की पनि अहिले थुनामै छन् । धेरैजसो भारतीय टुरिस्टहरू उनका ‘टार्गेट’ हुन्थे, जो हिरोइन, मोडल र ‘स्ट्यान्डर्ड’ युवतीहरूसँग सम्बन्ध रहेको गफ दिएकै र फोटो देखाएकै भरमा जति पनि पैसा छरिदिन तयार हुन्थे ।

अनलाइनबाट बार्गेनिङ
प्रहरीका अनुसार फेसबुक, भाइबर, वी–च्याटजस्ता सञ्जालमा पहुँच भएका गाइडहरूले अनलाइनबाटै ग्राहक जुटाउँछन् । मोलसमेत उल्लेख भएका फोटोहरू ग्राहकलाई देखाउँछन् । ग्राहकलाई चित्त बुझे भेट्ने स्थान पक्का हुन्छ । गाइडका साथमा युवती पनि आउँछन्, जो आफूलाई मोडल भन्छन् र उनीहरूको लवाइ पत्याउने खालको हुन्छ ।

त्यसपछि ग्राहकलाई होटलमा लिएर जान्छन् । र, सुरु हुन्छ– ग्राहक लुटिइने क्रम । ‘कति केटी त पैसा बुझेर ग्राहकलाई होटलकै कोठामा चुकुल लाइदिएर भाग्ने गरेका पनि छन्,’ सोह्रखुट्टे प्रहरीका सई राजेन्द्र कटुवाल भन्छन्, ‘गाइडसँगको भेटदेखि नै ग्राहकको सपना चकनाचुर हुन थालिसकेको हुन्छ ।’ उनका अनुसार यस्ता गाइड र केटीहरूको पहिलो टार्गेट नशाले मातेका ग्राहकहरू हुन्छन् । ‘भारतीय ग्राहक पनि टार्गेटमा पर्छन् । तर, उनीहरूले प्रहरीमा कम्प्लेन गरिहाल्ने डर हुन्छ । नेपाली ग्राहक जति लुटिए पनि इज्जतको सवाल भन्दै चुपचाप हुन्छन्,’ सई कटुवालले भने, ‘यसरी ठगिएर प्रहरीमा खबर गर्न आउने ग्राहक औँलामा गन्न मिल्ने हुन्छन् । धेरै त इज्जतको सवाल भन्दै जति लुटिए पनि प्रहरीसम्म आइपुग्दैनन् ।’

‘ट्याक्सी चालक धेरै’
सोह्रखुट्टे प्रहरीको अनुसन्धानले भन्छ– ठमेलका गाइडहरूले ग्राहकलाई दरबारमार्गका ट्याक्सी चालकसम्म पुर्‍याउँछन् । दरबारमार्ग वृतका प्रहरीको अनुभवमा पनि ट्याक्सी चालकहरू नै दलालीमा संलग्न छन् । ‘हामीले पछिल्लो छ महिनाको अवधिमा पक्राउ गरेका ५० दलालमध्ये ९० प्रतिशत ट्याक्सी चालक नै छन्,’ सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘ट्याक्सी चालकहरूको गिरोह नै छ । ग्राहकका जस्तासुकै माग पूरा गरिदिन्छु भन्छन् ।’

प्रहरीका अनुसार केही ट्याक्सी चालकको पहुँच मोडलहरूसम्म पनि छ । त्यसलाई उनीहरू भजाउँछन् । फोटो देखाउँछन् । मनलाग्दी पैसा उठाएर अर्को ठग गिरोहसम्म पुर्‍याइदिन्छन् ।
पछिल्लो पटक दलाली गरेर ठगेको केसमा दुई जना ट्याक्सी चालकलाई सार्वजनिक अपराध मुद्दा चलाएको दरबारमार्ग वृत्तका डीएसपी कृष्णबहादुर पल्लिमगरले बताए । ‘त्यस्तो दलाली गर्नेमा ट्याक्सी चालक धेरै रहेको सूचना छ,’ उनले भने, ‘तर, ठगिएको भनेर कसैले खबर गर्दैनन् ।’ उनका अनुसार तेस्रोलिंगीबाट ठगिएको उजुरी भने परिरहन्छन् । ‘दरबारमार्ग क्षेत्रमा हाई–प्रोफाइल मान्छेको ज्यादा चहलपहल हुने भएकाले दलालहरू पनि चानचुने पहुँचका हुँदैनन्,’ पल्लिमगरले भने ।

‘दलालको अपरिहार्य आवश्यकता’
प्रहरीको आरोप छ– ‘व्यवसायीहरूले नै दलाल संरक्षण गरिरहेका छन् । ग्राहकलाई गाइड गरेर आफूसम्म ल्याइपु¥याउन दलाल नै गुहार्छन् ।’ प्रहरीका अनुसार होटल, रेस्टुरेन्ट, दोहोरी, क्याबिन, बार, डान्स, क्लबका सञ्चालकहरू निश्चित कमिसन दिएर दलाल खटाउँछन् । दुईतीन ‘स्टेप’ दलाल पार गर्दा ग्राहकले कैयौँ रकम गुमाइसक्छ । यौनकार्यकै लागि मात्र नभएर रेस्टुरेन्टमा खानपानका लागि पनि ग्राहक जुटाउन दलालकै भरपर्ने व्यवसायी पनि रहेको प्रहरी बताउँछ ।
यता, व्यवसायीहरू भने प्रहरीले दलाल नियन्त्रण गर्न नसक्दा पर्यटन व्यवसाय नै लज्जित हुन पुगेको बताउँछन् । ‘ग्राहकलाई सजिलो पार्न खोज्ने दलाल मात्र छैनन् यहाँ,’ लज सञ्चालक हेमराज शर्मा भन्छन्, ‘यौनकार्यदेखि विभिन्न गलत कामका नाममा ग्राहकलाई लुटपाट गर्ने दलाललाई सबै मिलेर लखेट्न सक्नुपथ्र्यो । प्रहरीले पनि यस्तालाई तह लाउने गरी कारबाही गर्न खोज्दैन ।’

दलालको गिरोह
दलालहरू गिरोह नै परिचालन गरेर ग्राहक ठग्न सक्रिय रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । ग्राहक खोज्ने एउटा तहको दलाल हुन्छ । उसले ग्राहकलाई सोचेजसरी यौनप्यास मेटाउने ठाउँसम्म पुर्‍याउनेलगायत आश्वासन दिन्छ । उसले ट्याक्सी चालक वा अर्को कोही उपल्लो दलालसम्म पु¥याउँछ । त्यहाँबाट यौनकर्मीसम्म सम्पर्क हुन्छ । निश्चित ठाउँमा पुर्‍याएर केटीहरूले नै ग्राहकबाट मोटो रकम असुलेर भाग्ने पनि गरेका घटना छन् ।

यस्तै गिरोहबाट बिल्लीबाठ भएका पीडित हुन्, काभ्रेका रेशम पौडेल । पाँच वर्षपछि कुवेतबाट स्वदेश फर्केका उनी ठमेलमा रमाइलो गर्न पुगे । डान्सबारमा चिनजान भएका एक जनाले रेशमको प्यास मेटाइदिने वचन दियो । ‘उसले दुइटा फिल्म खेलिसकेकी मोडल मिलाइदिन्छु भन्दै अर्को एक जना दलालसँग परिचय गरायो,’ रेशमले भने, ‘उसले केटी भएको ठाउँमा पुर्‍यायो ।’ दुईजना केटी र दलालसहित रेशम नशाको तालमा होटल छिरे । बेहोस हुने औषधी खुवाएर उनलाई लठ्याइयो । विदेशबाट मजदुरी गरेर ल्याएको दुई लाख रुपैयाँ, सुनको सिक्री, लगेज सबै लुटेर यो समूह फरार भयो । भोलिपल्ट रुँदै प्रहरीमा हारगुहार गर्न पुगेका थिए, रेशम ।

प्यास मेट्न नपाई ठगिनेहरू
शनिवार साँझ काठमाडौँ, कलंकी बस्ने सुजित राई यौनप्यास मेट्न पाइन्छ भन्ने ध्येयले रत्नपार्क पुगे । त्यहाँ यौनकर्मी र ग्राहकहरूबीच बार्गेनिङ चलिरहेको थियो । आफ्ना एक साथीसँग पुगेका उनी त्यहाँ यौनकर्मी खोजिरहेका थिए । त्यत्तिकैमा एक अपरिचित युवाले उनलाई सोधे– ‘केटी चाहिएको हो ? चाहिएको भए दामीदामी छन् । एक जनाको दुई हजारमा ‘होल नाइट’ ।’ सुजितलाई लाग्यो– ‘ढुंगा खोज्दा देउतै मिल्यो ।’ चार हजारमा दुईजना जाने ‘ओके’ भएछ । त्यसपछि ती युवाले सुजितलाई ठमेलभित्र कुनामा रहेको डान्सबार पुर्‍याए । ‘म त यहाँ बस्दिनँ, केटी लिएर गइहाल्ने हो,’ सुजितले ती दलाललाई तत्काल भने । ‘आत्तिनुपर्दैन, त्यही पैसामा हल्का ड्रिंक्स गर्ने हो, अनि मात्र जान दिन्छन् क्या केटीहरूलाई,’ दलालले सम्झाए । डान्सबारमा नाच्ने दुई युवतीलाई छेउमै बसाइदिए । सुजित र उनको अर्को साथीले केही खाएनन् । उनीहरूका छेउमा रहेका युवतीले आफैँ टेबलमा ल्याउँदै वाइन तनातन तन्काइदिए । केही समयपछि टेबलमा बिल पेश भयो– १० हजार रुपैयाँको । सुजित छाँगाबाट खसेझैँ भए । डान्सबार ल्याउने दलाललाई खोजे । उनी त कुलेलम ठोकिसकेछन् । काउन्टरमा बस्नेलाई सोध्दा ‘हामी चिन्दैनौँ’ भन्ने जवाफ आयो । ‘खल्तीमा चार हजार मात्र थियो,’ ठमेलको सडकमा भेटिएका उनले पछुताउँदै भने, ‘बर्बादै भइयो । भएको मोबाइल दिएर फुत्केको नि । अरू कसैलाई सुनाऊँ भने आफ्नै बेइज्जत । अब त भुलेर पनि यसरी केटी खोज्दै हिँडिँदैन ।’

सडकैभरि दलाल
साँझसाँझतिर नयाँ बसपार्क क्षेत्रमा सडकैभरि दलाल भेटिन्छन् । बाटोमा हिँडिरहेको बटुवालाई उनीहरू ‘दाइ, गेस्टहाउस चाहियो ?’ भनिरहेका हुन्छन् । उनीहरू गेस्टहाउसमात्र मिलाइदिँदैनन्, यौनकर्मी पनि मिलाउँछन् । ‘ग्राहकको अनुहार पढेरै हामी उनीहरूको आवश्यकता बुझ्छौँ,’ आइतवार नयाँ बसपार्कमा भेटिएका एक दलालले भने । शुक्रवारकर्मी गफिइरहेकै बेला एक ग्राहक उनीकहाँ आइपुगे । सुरुमा ती दलालले गेस्टहाउसबारे सोधे । ‘पर्दैन’ भन्ने जवाफ आएपछि उनले फेरि लोभ देखाए, ‘मोडल केटीहरू पनि छन् है दाइ, चाहिन्छ भने भन्नुस् । यस्तो अवसर सँधै आउँदैन ।’ त्यसपछि उनीहरूबीच बार्गेनिङ चल्यो । तीन हजारमा ‘होल नाइट’को कुरा मिल्यो । र, उनीहरू लागे ।

महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी विश्वमणि पोखरेल दलालले ग्राहक ठग्ने समस्या धेरै छ भन्छन् । विशेष गरी, नयाँ बसपार्क क्षेत्रमा त्यस्ता दलाल धेरै हुने गरेको बताउँदै उनले भने, ‘पछिल्लो केही महिनामा १५ जना आफूलाई गाइड बताउने दलाललाई मुद्दा चलाइसक्यौँ । उनीहरू तीनतिरबाट फाइदा लिन्छन् । महिला, ग्राहक र व्यवसायीसँग ।’ ग्राहकहरूले आफू ठगिएको सूचना प्रहरीलाई नदिने प्रवृत्तिले दलाली थप मौलाएको उनको भनाइ छ । प्रहरी प्रभाग, गोंगबुकी प्रमुख प्रहरी निरीक्षक पूर्णिमा चन्दका अनुसार नयाँ बसपार्क क्षेत्रमा विदेशबाट आएकालाई त्यस्ता दलालले टार्गेट गर्छन् । ‘त्यस्तो गतिविधि गर्ने महिलाको हातमा १० प्रतिशत मात्र पर्ने गरेको र अरू दलालले नै खाने गरेको जस्ता खबर महिलाहरूबाटै सुनिन्छन्,’ उनले भनिन्, ‘प्रहरीमा उजुरी र जानकारी नदिने चलनले त्यस्ताविरुद्ध प्रभावकारी कारबाहीमा उत्रन सकिएको छैन ।’

प्रहरीका अनुसार दोहोरी रेस्टुरेन्टका कलाकार मिलाइदिन्छु भनेर ठग्नेहरू पनि नयाँ बसपार्क क्षेत्रमा हुन्छन् । दलालहरू विभिन्न आवरणमा हुने र पीडितले उजुरी नगरिदिने समस्याले दलाल पहिचान गर्न गाह्रो पर्ने गरेको प्रहरीको अनुभव छ ।

उजुरी नै गर्दैनन्
डीएसपी राठौरको कार्यकक्षमा एकजना सरकारी इन्जिनियर हस्याङफस्याङ गर्दै पुगे । यौनप्यास मेट्ने आकांक्षामा दलालमार्फत यौनकर्मीसम्म पुगेको बताउने ती इन्जिनियरले आफू लुटिएको सुनाए । उनको मोबाइलसमेत लुटिएको हुँदा श्रीमतीले गरेको फोन ती यौनकर्मीले उठाउने भय उनमा थियो । ‘ती इन्जिनियर उजुरी नै गर्न चाहन्थेनन्,’ राठौरले भने, ‘उनको एउटा मात्र माग थियो– मोबाइल बन्द गराइदिनुपर्‍यो ।’

विभिन्न प्रहरी इकाईका अधिकृतहरूका अनुसार यस्ता केही ‘इज्जतदार’ मान्छेहरू समस्या लिएर आउँछन् । तर, उजुरी भने गर्न मान्दैनन् । यौनकर्मी वा दलालबाट लुटिएको खबर अरूलाई सुनाउन धेरैले नचाहने गरेको प्रहरी बताउँछ ।
शुक्रबार साप्ताहिकबाट साभार

महोत्तरी, साउन २८ । श्रीमान् र श्रीमतीबिच ठूलो कुराले मात्रै होइन सानो कुराले पनि फाटो ल्याईदिन्छ भन्ने कुराको उदाहरण हो श्रीमानले यौन सन्तुष्टी दिन नसकेको भन्दै घर छोडेर छोराको उमेर समानका युवकसँग भाग्ने एक महिला ।

उनीहरु महोत्तरीको होटलबाट पक्राउ परेका हुन् । १८ वर्षका युवक कक्षा ११ मा पर्ने विद्यार्थी हुन् । पक्राउ परेकी महिलाका साथमा दुई छोराछोरी समेत छन् ।

महिलाका पतिले प्रहरीमा बयान दिएपछि प्रहरीले लामो खोज र अनुसन्धानबाट उनलाई पत्ता लगाएको हो ।

बयानका क्रममा ति महिलाले आफ्ना पतिले यौन सन्तुष्टी दिन नसकेपछि यस्तो कदम चालेको बताइन् ।

प्रहरीका अनुसार ति दुवैको घर रुपन्देहीको भैरहवा हो । उनीहरु राति बास बस्ने उद्देश्यले होटलमा पुगेका प्रहरीले जनाएको छ ।
यस्तै अचम्मको एक परम्परा भारतको हिमांचल प्रदेशको मणिकर्ण घाटीको पीणी नामक एक गाउँमा छ । एक हिन्दी वेबसाइटका अनुसार यो गाउँमा पाँच दिनसम्म श्रीमती निर्वस्त्र बस्ने गर्दछिन् ।

यो पाँच दिनमा श्रीमान श्रीमती एक अर्कासँग कुरा र ठट्टासमेत गर्न पाउँदैनन् । ५ दिनको समयमा गाउँका कुनै पनि पुरुष रक्सी पिउन सक्दैनन् । वर्षौंदेखि चलिआएको यो परम्परालाई मानिसहरुले आज पनि इमान्दारीतापूर्वक पालना गर्दछन् । साउन महिनाको यी पाँच दिनमा श्रीमान्–श्रीमती एक अर्काबाट टाढा रहनुपर्ने हुन्छ । यदि कसैले यो संस्कारलाई उल्लंघन गरेमा केही अनिष्ट हुनेसमेत बताइन्छ ।

यी पाँच दिनमा महिला लुगाको सट्टा ऊनले बनाइएको एक कपडा ओढ्ने गर्दछन् ।
टालीमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । सय वर्ष कटेकी एक वृद्धाले बच्चालाई जन्म दिएकी छिन् ।

इटालीकी १०१ वर्षीया एनाटोलिया भर्टाडेलाले ९ पाउन्ड अर्थात ४ केजीको बच्चा जन्माएकी छिन् । विवादास्पद डिम्बाशय प्रत्यारोपणपश्चात उनले सो बच्चालाई जन्म दिएकी हुन् । उनको उमेरका कारण चिकित्सकहरु यसको विरुद्धमा थिए ।

यो प्रक्रिया अवैध भएपनि उनले टर्कीको एक नीजि क्लिनिकमा डिम्बाशय प्रत्यारोपण गरेकी हुन् । बेलायती कानुनले यस्ता प्रकारको प्रत्यारोपणलाई मान्यता नदिने भएकाले उनी यसका लागि टर्की गएको स्रोतले बतायो । यद्यपी, ती महिलाले उक्त क्लिनिकबारे बताउन चाहिनन् ।

डाक्टरले एक समूहले उनको शल्यक्रिया गर्न निश्चित गरेपछि आफू निकै खुसी भएको उनले बताइन् । १७ औं बच्चालाई जन्म दिन सकेकोमा आफू निकै खुसी भएको उनी भन्छिन् । एन्टोनियाले यो सबै भगवानको कृपाले सम्भव हुन सकेको बताइन् ।

डिम्बाशयको क्यान्सर पछि आफू काम लाग्ने नभएको भन्दै उनी भन्छिन्, ‘४८ वर्षको उमेरमा डिम्बासयको क्यान्सर पछि म काम नलाग्ने भएको थिएँ । त्यतिबेला म सोच्थें कि भगवानले मलाई १६ वटा बच्चा जन्माएकोमा सजायँ दिए । तर अहिले फेरी मैले बच्चा जन्माएको छु, उनैको कृपाले ।’

बच्चाको जन्म शल्यक्रियामार्फत गराइएको थियो । डाक्टरका अनुसार ती वृद्धा निकै राम्रो अवस्थामा छिन्, उनी स्वस्थ र राम्रो सोचमा रहेकी छिन् । ती वृद्धासँग आफ्नो बच्चालाई दिनका लागि अझ केही वर्षहरु बाँकी रहेको डाक्टरहरुले बताएका छन् ।

अज्ञात बुवाः
ती वृद्धाको श्रीमान सन् १९९८ मा बितेका हुन् । यसका लागि उनीहरुले स्पर्म डोनर पाए जसका कारण बच्चाको जन्म सम्भव भएको हो ।

एन्टोलियाले अनलाइनमार्फत आफ्नो बच्चाको बुवा भेटेकी हुन् । उनका अनुसार बच्चाको बुवा २७ वर्षका क्याथोलिक हुन् ।

ती बच्चाको बुवाको उनीसँग केही पनि सम्बन्ध नरहने बताइएको छ ।

एन्टोलियाले आफू आफ्नो मृतक श्रीमानप्रति शत प्रतिशत इमान्दार भएको बताएकी छिन् । उनी भन्छिन्, ‘मैले भगवानको मर्जी अनुरुप ती वयस्क क्याथोलिकको बिउमात्र प्रयोग गरेकी हुँ । ’

पाको उमेरमा बच्चालाई जन्म दिने उनी एक्ली भने होइनन् । उनीभन्दा पहिले ९२ वर्षीया मालेग्वाले रामोक्गोपाले स्न १९३१ अक्टोबर ३ मा जुम्ल्याहालाई जन्म दिएकी थिइन् ।
काठमाडौं, ६ साउन । क्यानडाबाट फर्किएका मनोज गौतम रमाइलो गर्न ठमेलको इबिजा रेस्टुरेन्ट पुगे । रेस्टुरेन्टको माहौलमा ५ पेग ह्विस्की पिएपछि ‘सेक्स पार्टनर’ खोज्न ठमेलका चोक चहार्न थाले ।
ग्राहक खोज्न ठमेल चोकमा बसेका सञ्जीव बोहोराको नजर उनीमाथि पर्‍यो । ‘सर जाने हो ?’ बोहोराको प्रस्तावमा उत्साहित हुँदै गौतमले भने, ‘जान त जाने तर झारेझुरे हुन्न मलाई ।’ ‘अलि महँगो पर्छ नि’ भन्दै उनले चल्तीका नायिका र मोडल गरी १० जनाजतिको नाम लिए । तीमध्ये गौतमले एक नाम चयन गरे । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘५० हजार पर्छ सर यसको त !’
रमझमका लागि भन्दै एक हजार अमेरिकी डलर साटेर बसेका गौतमले राजी हुँदै ‘५० हैन ५५ दिन्छु’ भनेपछि बोहाराले ट्याक्सी बोलाए ।
ट्याक्सी चालक अनिल तामाङले दरबारमार्गतिर बस्दा प्रहरीको छापामा पर्न सकिन्छ भन्दै उनलाई गौशालाको एक होटलमा जान प्रस्ताव गरे । गौतम राजी भए ।
गौशाला पुगेपछि बोहोरा र तामाङले नायिका हिँडिसकेको बताउँदै ह्विस्की थप्न प्रस्ताव गरे । सेलिब्रेटीसँग रात बिताउन पाइने भइयो भनेर मक्ख हुँदै गौतम राजी भए ।
बिहान आँखा खुल्दा कोठामा गौतम एक्लै थिए । हत्तपत्त उनले पर्स चेक गरे । ५५ हजार रुपैयाँ पर्समा थिएन ।
होटलका कर्मचारीसँग सोध्दा बोहोरा र तामाङ दुवै बेलुकै हिँडेको खुल्यो । यी दुई जना हिँडेपछि उनको कोठामा अरू कोही आएका थिएनन् ।
बल्ल चाल पाए, पैसाको बलमा ‘सेलिब्रेटी सेक्स पार्टनर’ खोज्दा उनी लुटेराको फन्दामा परेका थिए ।
केही दिन त्यसै बसेका उनले घटनाबारे महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा उजुरी गरेको करिब ३० दिनपछि प्रहरीले सेलिब्रेटीको नाम लिँदै लुटपाटमा संलग्न बोहोरा र तामाङलाई बुधबार पक्राउ गर्‍यो ।
‘पीडित पैसा लुटिएको भन्दा पनि दलालले प्रस्ताव गरेको नायिकासँग भेट्न नपाएकोमा बढी थकथक मानिरहेका थिए’, सोह्रखुट्टेका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘तामाङ र बोहोराले होटलमा पुर्‍याएर ह्विस्कीमा नशालु दबाई मिलाएर बेहोस बनाएर पैसा लुटेको देखिन्छ ।’
प्रहरीका अनुसार पक्राउ परेका बोहोरा युवती मिलाउन ठमेल क्षेत्रमा कहलिएका दलाल हुन् भने तामाङ उनका साथी ।
बोहोराले ग्राहक खोज्ने र तामाङले आफ्नो ट्याक्सीमा राखेर सम्पर्कमा रहेको होटलमा लैजाने गर्दै आएका थिए ।
गौतमको जानकारीका आधारमा प्रहरीले बोहोरा र तामाङको मोबाइलमा रहेको सम्पर्क नम्बरको सूची हेर्दा दर्जनौं ‘‘नायिका र मोडल’को नाम देखियो ।
तामाङको भाइबरमा केही चल्तीका मोडलसँग मोलतोलको दोहोरो संवादका विवरण प्रहरीले फेला पारेको छ ।
तामाङले बयानमा बेलुका ८ देखि १२ बजेसम्म यौन मनोरञ्जन खोज्ने ग्राहकको माग पूरा गराएरै यही धन्दाबाट मासिक ४ लाखसम्म कमाउने गरेको बताएको डीएसपी राठौरले बताए ।
‘कुन कुन सेलिब्रेटी बोहोरा र तामाङको सम्पर्कमा थिए भन्ने पुष्टि भइसकेको छैन’, डीएसपी राठौरले भने, ‘भाइबरको संवादका आधारमा केही नाम शंकाको सूचीमा राखेका छौं, विस्तृत अनुसन्धानपछि मात्रै हो या हैन भन्न सकिन्छ ।’
४२ दलाल फन्दामा
सोह्रखुट्टे वृत्तले ३ महिनाको बीचमा ठमेल क्षेत्रमा ग्राहक खोज्ने ४२ जना दलाललाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार पक्राउ परेका दलालमध्ये कोही ठमेलको चोकमा उभिएर ग्राहक बोलाएर नजिकैको गेस्ट हाउसमा पुर्‍याइदिनेदेखि ‘‘काठमाडौंका चल्तीका होटलमा लगेर महँगा होटल र व्यक्तिगत अपार्टमेन्ट’मा पुर्‍याइदिनेसम्म रहेका डीएसपी राठौरले जानकारी दिए ।
पक्राउ परेका दलालमाथि प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत अनुसन्धान गर्ने गरेको छ ।
सार्वजनिक अपराधको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर उनीहरू सहजै मुक्त भइहाल्छन् । ‘पक्राउ परेकामध्ये तीन जना पटके नै हुन्’, राठौरले भने, ‘केही दलाल पक्राउ परेपछि अन्यत्र गएका छन् ।’


जकार्ता – पुरुष बनेर महिलासँग विवाह गर्ने एक इन्डोनेसियाली महिला प्रहरी खोरमा पुगेकी छिन् । उनीमाथि जालसाजीको आरोप लगाइएको छ । ४० वार्षीया शुरवातीले आफूले पुरुष बनेर धोका दिएको स्वीकार गरेकी छिन् ।

उनले मोहमद एफेन्डी सापुत्राक बनेर झुक्याउने गरेकी थिइन् । उनी आफू प्रहरी अधिकारीसमेत बताउने गरेकी थिइन् ।
पुरुषको रुप धारण गर्न र त्यस्तै हाउभाउ गर्न उनी यति खप्पिस थिइन्, उनले एक युवतीलाई प्रेमको जालमा फसाउन सफल भए । केही महिनाको रोमान्सपछि दुवैले विवाह गरे । यसरी फँस्नेमा २५ वर्षीया हेनियाती रहेकी छिन् ।

विवाह समारोहमा शंका नहोस् भनेर शुरवातीले केही पुरषहरुलाई साथीको रुपमा भाडामा समेत बोलाएकी थिइन् ।

हेनियातीलाई उनी पुरुष भएको पत्ता लगाउन केही महिना लागेको थियो । विवाह भएको लामो समय पनि यौनसम्बन्ध राख्न आनाकानी गरेपछि उनलाई आफ्नो पतिमाथि शंका लाग्न थाल्यो । पछि उनले घरमा शुरवातीको वास्तविक परिचय पत्र हात पारिन् । त्यसपछि प्रहरीलाई खबर गरेपछि शुरवातीलाई प्रहरीले पक्राउ गर्यो ।

उनी किन पुरुष बनिन् भन्ने हालसम्म नखुलेपनि उनी आफ्नो पहिलो विवाहबाट दुःखी रहेको बताइएको छ । उनको १७ वर्षको छोरा पनि रहेको बताइएको छ ।

इन्डोनेसियामा समलंगी विवाहलाई घृणाको रुपमा हेर्ने हुँदा उनले यस्तो कदम उठाएको हुन सक्ने बताइएको छ ।

उनलाई ७ वर्षसम्म कैद हुनसक्छ ।

केही समयअघि चीनमा एक पुरुषले महिलाबनेर यसरी नै झुक्याएको समाचार आएको थियो ।

स्रोतः द सन डेली


काठमाडौं–राजधानीकै एक दम्पती । बिहे भएको लामै समय बितिसकेको थियो । एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन् । पत्नी सुरुमा त आनाकानी गर्छिन् ।

तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन् ।

त्यो भिडियो आफूसँग सुरक्षित रहेकोमा उनीहरु ढुक्क थिए । तर, एक दिन यस्तो आयो, उनीहरु छाँगाबाट खसेझै भए । दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो । ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो । लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे ।

कुनै चलचित्रको कथाजस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटना अनुसन्धान अघि बढाएको छ । महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ ।

‘पतिपत्नी डराएको, लजाएको र हताश मानसिकतामा आएका थिए, धम्क्याउने व्यक्तिलाई पक्राउ गरिएपछि उनीहरु केही ढुक्क त भए तर अझै पुरै निश्चिन्त हुन सकेका छैनन्,’ महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले भने, ‘हामीले अनुसन्धान अघि बढाएका छौं ।’

उनका अनुसार प्रविधिमा पहुँच सजिला हुँदै गएका बेला पतिपत्नीले आपसी सहमतिमा खिचेको गोप्य दृश्य तेस्रो व्यक्तिसम्म पुग्न सक्ने सम्भावना नकार्न सकिँदैन । महाशाखाका अनुसार पछिल्ला दिन यस्ता घटनाका उजुरी दिनहुँजसो आउन थालेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं । काठमाडौको ठमेल स्थित संचयकोष भवनमा व्यक्तिगत कामले पुगेको थिए । दाहिने तर्फको पार्किङमा मोटरसाईकल अड्याएर हतारिदै संचयकोष भवनमा चड्ने सिडि तिरै मेरा आँखा सोझ्याए । त्यत्तिकैमा कहि देखेजस्तो लाग्ने अधवैसे युवतीले एकटकले मलाई हेरिरहेकी थिइन् । हतारिदै म सिडिमा चड्न खोज्दै गर्दा युवतीले आवाज निकालिन् “हजुर पत्रकार हैन ।”
कही दोहोरो चिनजान नभएका कारण मैले हो मात्र भने, उनले थपिन् “हतारमा हुनुहुन्छ जस्तो छ, देख्ने वित्तिकै तपाईलाई चिनेर बोलौ भनेरै यही सिडि नजिकै आइपुगेकी,” कोही पत्रकारलाई कहानी सुनौँ जस्तो लागेको थियो तपाईलाई नै भेटे, मैले तपाईलाई ” काठमाडौ प्रहरीले पक्राउ गरेका केटी मिडियालाई सार्वजानीक गर्दै गरेका बेला देखेको थिए ।” मैले नियाले तर तपाईहरु त्यस्ता कति कार्यक्रममा जानुहुन्छ के याद हुन्थ्यो होला र । उनी फटाफट बोलिरहेकी थिइन् ।
धामी बर्बराए बरावर बोलिएका शब्द मैले त्यतिधेरै लिन सकिन । मैले मलाई अलिक हतार छ माथी काम सकेर फर्किदा सम्म पर्खिने हो भने सुन्ने छु । भन्दै माथी गइहाले । फर्किदा सम्मपनि उनी त्यही थिइन् । तल झरेपछि उनले सुनाएका कुरा मेरा लागि चासोको विषय बन्यो । हिमालय जाभामा पुगेर कफि पिउँदै सुन्ने निधो गरे । किनकी मेरो लेखनका लागि उनले ओकलेका केही कुरा मसला बन्ने एकिन भइसकेको थियो । अर्डर गरेको कफि नआउँदै उनले कुरा फेरी सुरु गरिन् ।
तपाई पत्रकारहरु अवैध यौन व्यपार गरेको आरोपमा रंगेहात यति जना युवती प्रहरीले पक्राउ गरेर सार्वजानीक गरेको छ भन्दै हाम्रा अनुहार देखाउनुहुन्छ । तर तपाईहरुलाई थाहा छ ? तीनै प्रहरी जो काठमाडौमा जागिर सरुवा भएर आउने जो कोही हामिसँग यौन सम्पर्क नगरि अरुतिर सरुवा भएको रेकर्ड छैन । काठमाडौमा कुन सिपाही, हवल्दार, असई देखि इन्सपेक्टर सम्म सरुवा भएर काठमाडौ गल्लिमा छिर्यो भन्ने हामिलाई पहिले नै थाहा हुन्छ । किनकी उनीहरु हामिसँग नि:शुल्क भोग्न गल्लि चाहादै हिँडेका हुन्छन् ।
उनी बोलिरहिन् म सुनिरहे, उनको काहानीका कारण सुन्ने सिवाय मसँग अरु विकल्प पनि थिएन । उनले थपिन् “इन्सपेक्टर भन्दा माथीका अधिकृतहरु हाम्रै अखडामा आएर हामिलाई भोग्ने चै कम हुन्छन् तर इन्सपेक्टर भन्दा तलका प्रहरी कार्ड नै झुण्ड्याएर हामिलाई भोग्छन् त्यसको केही समयमै पक्राउ गरेर प्रहरी खोरमा पुर्याउछन् । समाएर लान्छ अनि कुरो मिलेपछि त्यही प्रहरीले छाडिदिन्छ,’ हामी धेरै प्रहरीबाटै शोषणमा परेका छौं।’
कफि आयो, कपि ल्याउने वेटर भाई टेलमा आउदापनि उनले कुरा रोकिनन् । हामिलाई यी भाईहरुले पनि चिन्छन् । सायद तपाईलाई पनि हाम्रै ग्राहक ठान्यो होला उनले मप्रति अलिक सम्मान देखाएर वेटरलाई ग्राहक हैन भन्ने संकेत दिएकी रहिछन् ।
त्यसपछि अनि… भन्दै फेरी कहानी सुरु गरिन् ।
जब हामि प्रहरी खोरबाट कुरा मिलेर छुट्छौ । केही समयपछि त्यही पक्राउ गर्ने प्रहरीकै हुल हाम्रो अड्डामा आइपुग्छ । आफुले कुरा मिलाएको भन्दै समुहले नै नि:शुल्क भोगेर जान्छ । त्यसपछि सरुवा नभएसम्म उसले चिनेजानेका साथी देखि प्रहरी कर्मचारीसम्म नै निशुल्कका लागि ल्याइदिन्छ । गलेका हुन्छौं तर प्रहरीले चाहेको बेलामा उनीहरुको ओछ्यान तताएनौ भने पक्राउ गर्छन् । यति भन्दै गर्दा उनी भावुक पनि भइन् । कहिलेकाही बेरामी भएपनि काम नगर्ने गरी साथीका लागि आएर बसेका हुन्छौ । ग्राहकलाई त जान्न भन्दा हुन्छ । प्रहरी आयो भने त लुछेरै जान्छ । अलिक छुद्र भाषामा बोलीन यी पुलिसको जात सारै घामट, लाग्छ मानवता नै छैन ।
’हामी हाम्रो इज्जत बेचेरै पैसा कमाउँदै छौं, हामीलाई प्रहरीले हरेक दिनजसो धम्काएर शारीरिक सम्पर्क गर्न त मिल्दैन नि ?’ अलिक हिम्मतिलो बन्न खोजिन् ।
तर दुख लाग्छ क्या भन्दै फेरी थपिन् “त्यो ६ महिना पहिले त्यही प्रहरीले मसँग पुरै रात वितायो । रात बिताए लगत्तै भोलीपल्ट दिउँसो उनीसहित एक टोली हाम्रो अड्डामा छापा मार्न आयो, म सहित केहीलार्इ समातेर थुन्यो, केही घन्टापछि छोडिदिएको थियो, ‘उनले भनिनन्, ‘लगत्तै त्यही प्रहरीले हाकिमलार्इ भनुसुन गरेर छुटाएको भन्दै फेरि हामीसँग आएर चाहेको बेला सुत्न थाले।’
उनले पटक-पटक प्रहरीले चाहेको बेला यौन सम्पर्क गर्न दिनुपर्ने पीडामा आफुहरु रहेको गुनासो गरिन्।
उनले थपिन् दावीका साथ भन्छु जस्तै सोझो पुलिसपनि काठमाडौ सरुवा भएर छिर्यो भने साथीकै बलमा भएपनि हामिकहाँ आइनपुग्ने कोही हुन्न् । फेरी नि:शुल्क भनेपछि जस्तै लल्लुपनि आइपुग्छ उनले मेरो हतारो देखिर कुरा विट मार्ने शैलीमा यस्तो शब्द ओकलिन् ।
मैले केही भन्नै सकिन, निशब्द म त्यहाँबाट विदा मागेर बाहिरीए । हिड्नै खोज्दा प्रहरी क्यामेरा अगाडी छाति फुलाएर बोल्छन् । तपाईहरुका टप समाचार बन्छन् । हामिलाई लाज हुन्छ अनुहार नदेखाउनु है भन्दै बोल्नु पर्छ त्यसैलेपनि मेरो समाचार त बन्दैन होला । ब्याङ्ग्य गर्न खुब सिपालु रहिछन् । मैले अनलाईन मा चै लेखौला न है की, मोबाईले एउटा तस्विर लिइहालौँ त भने, उनले धेरै बुझेको जस्तो गर्दै मेरो कहानी सुनाई शैलीमा सत्यता पाउनुभएन र फेरी ढुक्क हुन म कहि जान्न तपाईलाई प्रमाणको अप्ठ्यारै परे तिनै पुलिसलाई मेरो अड्डामा ल्याएर देखाइदिनुनी सबै मानिसले नचिनेपनि काठमाडौका पुलिसले त चिनिहाल्छन् नी अन्त्यमा पनि फेरी ब्यवाङ्ग्यको झटारो हानिन् । म फिस्स हाँदै फर्किए ।
श्रोत – ओंएस नेपाल बाट
एजेन्सी ।
भारतमा एक साप्ताहिक पत्रिकाको कभर फोटोमा छापिएको योग गुरु रामदेवको तस्वीर अहिले सामाजिक सञ्जालमा मजाक बनिरहेको छ ।

इण्डिया टुडे म्यागजिनमा रामदेव टाउको झुकाएर आफ्नो हातले खुट्टा समाएको योगााशनको तस्वीर छापिएको छ । यो तस्विरलाई मानिसहरुले सम्पादन गरेर आफू अनुकुल प्रयोग गर्दै रामदेवलाई मजाक बनाएका छन् ।

केहीले रामदेवको उक्त तस्वीरलाई उल्टो पारेर ‘सही’ भएको प्रतिक्रिया दिएका छन् । केहीले भने सामाजिक संजालमा फोटोको गलत प्रयोग गरिएको भन्दै आलोचना गरेका छन् ।



Baba Ramdev Leading Indian Airforce... Now Indian Fighter Plane are More Reliable.


Yog Guru Baba Ramdev advertising for his newly launched Patanjali Langot to Compete with Jockey inner-wear.(2016)


Baba Ramdev was at Olympics in 2012. Sickular media won't show. No Gymnastic medal because of racism :(