Latest News

हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता

इटहरी – हिन्दुराष्ट्र सगै राजसंस्थाको पूर्नस्थापनाको लागी भन्दै पूर्वी नेपालमा पछिल्लो केही महिना यता अर्धसैनिक युवा दस्ता प्रशिक्षण शुरु गरिएको छ । देशमा बढ्दो रुपमा रहेको भ्रष्टचारको अन्तय अनि हिन्दुराष्ट्रको जनमत संकलनको लागी भन्दै अहिले बृहत राष्ट्रवादी मोर्चा नाम गरेको समुहले युवाहरुलाई अर्धसैनिक प्रशिक्षण शुरु गरेको हो ।

मोर्चाले सुनसरी, मोरङ र झापामा युवाहरुलाई अर्धसैनिक रुपको तालिम तथा राजनितिक प्रशिक्षण दिदै आएको छ । जसमा युवा तथा पूर्व सुरक्षाकर्मीहरु सहभागी छन्Rajabade  (1) । प्रशिक्षणमा खैरो रङको पोसाक पनि तयार गरिएको छ । उनिहरुलाई अहिले बृहत राष्ट्रवादी मोर्चाका सिनेट श्रेष्ठ र योगेन्द्र खनालले प्रशिक्षण दिइरहेका छन् ।

श्रेष्ठ विगत छ महिनादेखि आफ्नो पुख्र्यौली सुुनसरीको जिरायतमा रहेर प्रशिक्षण दिइरहेका छन् । सिनेट पूर्वमन्त्री दिलबहादुर श्रेष्ठका छोरा हुन् । श्रेष्ठ लामो समयसम्म काठमाडौ, थाईल्याण्ड, लण्डन र इन्डोनेसिया बसेका उनी एकाएक ६ महिना अघि मात्रै इनरुवा आएर प्रशिक्षणलाई तिब्रता दिइरहेका छन् ।

योगेन्द्र खनाल भने झापाका पूर्व राप्रपा नेपालका नेता हुन् । हिन्दुराष्ट्रको बिषयमा राप्रपा नेपालले जिम्मेबारी भुमिका खेल्न नसकेको भन्दै खनाल राप्रपा नेपालबाट बाहिरीएर मोर्चा अभियानमा लागेका व्यक्ति हुन । दुवै अहिले पूर्वबाट हिन्दुराष्ट्र पूर्नस्थापनाको अभियानको शुरुवात गरेर ७५ जिल्ला र विदेशमा रहेका राजाबादी, धर्मबादीहरुसँग सम्बन्ध स्थापित गर्दै संगठन बिस्तारमा ब्यस्त छन् ।

सिनेट श्रेष्ठ भन्छन् ‘हामीसँग नेपाली सेना, नेपाल प्रहरी र माओवादी आन्दोलनमा योगदान गरिसकेका जुझारु युवाहरु छन् । उनीहरुलाई हामी प्रशिक्षण गरिरहेका छौं ।’
हामी आन्दोलन गर्दैनौ । आन्दोलनले परिवर्तन ल्याउन सक्दैनौ किनकी हामीले दलले गरेको धेरै आन्दोलन देखिसकेका छौ । त्यसैले हामीले क्रान्ति गर्छौ श्रेष्ठ भने जनतालाई संगठित गरेर सुनसरी जिल्लाबाट क्रान्तिको विगुल फुक्छौ । क्रान्तिको अन्तिम रुप हतियार सहितको आन्दोलन हो । आवश्यक परे त्यसको लागि हामी पछि पर्दैनौ ।’

अहिले जिरायतमा बसेर युवाहरुले गरिरहेको तालिमलाई उनी प्रतिरक्षाको लागि भएको दावी गर्छन । सिटेन थप्छन,‘ हामीले राष्ट्रकोलागि मर्नु परे पनि मर्न तयार छौ भनेर उद्घोष गरिसकेका छौ । बाध्य भए सशस्त्र आन्दोलनकोलागि पनि पछि पर्दैनौ ।’

मोर्चाका अर्के अभियान्ता योगेन्द्र खनालले अभियान सिर्फ हिन्दुराज्यको पक्षमा जनलहर बटुल्न भएको बताउँछन् । ‘अब यो देश हिन्दुराज्य पक्षमा उभिनु पर्छ,’ उनले भने, ‘त्यस कारण यो क्रान्तिका लागि प्रशिक्षण आबश्यक छ ।’

Loading...