Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

चरम उदण्डता मच्चाउने हालका यी मन्त्री को हुन् ?सबैले चिनिराखौ

काठमाडौं, २ कात्तिक । सप्तरी जिल्लाबाट क्षेत्र नं. ३ बाट निर्वाचित एकीकृत माओवादीका सांसद उमेश यादव केपी ओली नेतृत्वको वर्तमान सरकारका मन्त्री बनेका छन् ।
यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिए । जिम्मेवारीअनुसार यादवले आइतबार नै सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
संविधानसभा बैठकमा माघ ८ गते कांग्रेस र एमालेसहितका दलहरूले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने तयारी गरेपछि उदण्डता मच्चाइ अराजकता देखाउनै सांसद अरु कोही नभएर अहिलेका मन्त्री यादव नै हुन् ।
यतिसम्मकी यादवले सांसदहरू बस्ने कुर्सी तोडफोड गरेर नपुगेपछि सभामुख सुवासचन्द्र नेम्वाङ बसेको कुर्सीसम्म पुगेका थिए ।
यादवले सभामुख नेम्वाङलाई आक्रमणको प्रयाससमेत गरेका थिए । मर्यादापालकहरूले नरोकेको भए लडाकु शैलीमा सभामुखको कुर्सीसम्मै पुगेका यादवले आक्रमण गर्ने स्वयं उनले आफ्ना पार्टीका नेताहरूलाई भन्ने गरेका थिए ।
सभामुखलाई आक्रमण गर्न पुगेका यादवलाई मर्यादापालकहरूले च्याप्प पक्रेर धकेल्दै लगेर रोष्टमबाट बाहिर हुत्याइदिएका थिए ।
अहिले ओली नेतृत्वको सरकारमा एकीकृत माओवादीाबट तिनै यादव सिँचाइ मन्त्री बनेका छन् ।
संसदमा कुर्सी तोडफोड र अराजकता मच्चाएको भन्दै यादवसहितका एमाओवादीका सांसदहरूलाई तत्कालीन अवस्थामा कारबाहीको सिफारिस गरिएको थियो ।
यादवकै कारण संसदमा लाखौँको क्षती भएको थियो । यादवलाई क्षतिपूर्ति भराउने निर्णय भए पनि अहिलेसम्म उनले क्षतिपूर्ति संसद सचिवालयमा तिरेका छैनन् ।
राज्यको सम्पत्ति नोक्सानी गर्ने र आफ्नो मर्यादा भुल्ने यादवको कार्यका चौतर्फी आलोचना भएको थियो ।
बरु यादवलाई कारबाही गर्नुको साटो एकीकृत माओवादीले पुरस्कृत गरेको छ, मन्त्री बनाएर । त्यो पनि विकासे मन्त्रालय दिएर । संसदमा उदण्डता देखाउने मन्त्री यादवमा सुधार आएको छ वा छैन त्यो भने समयले बताउनेछ ।
Loading...