Latest News
Showing posts with label Rashifal. Show all posts
Showing posts with label Rashifal. Show all posts





काठमाण्डु, १ वैशाख– २०७२ साल नेपाल र नेपालीका लागि निकै दुःखद् रह्यो । सालको सुरुमै देशको विनासकारी भूकम्प खेप्नुपर्यो । त्यसपछि हिंसात्मक आन्दोलन, नाकाबन्दी, विभिन्न प्रकोप र विपतिको सामना गर्नुपर्यो । लामो समयपछि देशले संविधान पाएता पनि त्यसको कार्यान्ययनको पाटो अझै अस्तव्यस्त छ । यी सवैका बीच ०७३ साल नजिकिदै छ । सवैमा यो वर्ष कस्तो होला भन्ने कौतुहलता छ । यही कौतुहलता मेटाउन हामीले तायनाथ पञ्चाग्ङले आफ्नो पात्रोमा समेटेको ०७३ सालको भविष्यवाणीलाई तपाईसामू राख्दै छौँ । पात्रोमा लेखिएअनुसार ०७३ सालमा भूकम्प, भूक्षय, भूस्खलन जस्ता प्राकृतिक प्रकोपको सम्भावना देखिएको छ । पात्रोमा लेखिएको छ, 'जलवायु परिवर्तननको कुप्रभावले तापक्रमको प्रतिकूलताले सबैतिर निराशा छाउला । कुनै भूभागमा अनावृष्टिले बाढी–पहिरोको समस्या निम्त्याउला । भूकम्प, भूक्षय, भूस्खलन, दैवीक विपति, स्थल तथा हवाई दुर्घटनाको प्रवलता पनि न भएको होइन ।' त्यसो त भूकम्पजस्ता प्राकृतिक प्रकोपलाई ज्योतिषशास्त्रसँग जोडेर हेर्नु हुँदैन भन्ने गरिन्छ तर २०७२ मा ज्योतिषले गरेका केही भविष्यवाणी मिलेको र ज्योतिषशास्त्रले पनि वैज्ञानिक प्रविधि तथा उपकरणको प्रयाग गर्न थालिसकेकाले मानिसमा यसप्रतिको विश्वास कायमै रहेको छ । kathmandutoday

rashhi


वर्ष २०७३ को शुरुवातसँगै यो वर्ष के होला के नहोला भन्ने अनुमान शुरु भएका छन् । नयाँ आशा र उमंग लिएर नयाँ वर्ष आएको छ २०७३ । 

वर्ष २०७३-राशि अनुसार कस्तो रहन्छ ? 

कुनै पनि ब्यक्तिको वर्ष सफल हुने कि असफल भन्ने कुरा ग्रहको स्थितिमा भर पर्ने ज्योतिष शास्त्र बताउँछ । यहाँ ज्योतिष शास्त्र अनुसार वर्ष २०७३ को वार्षिक राशिफल प्रस्तुत गरिएको छ । 

मेष राशिः 

जागिरमा बढुवाको सम्भावना बढी छ । मंगलको प्रभावले शुरुवात देखि नै मान सम्मान तथा प्रतिष्ठा र उन्नतीको अवसर आउने छ । साउन पछि भने मंगलले रगतमा विकार हुने स्वास्थ्य समस्या पैदा गर्न सक्छ । 

साथीभाइसँग मतान्तर बढ्ने देखिन्छ । जागिरमा भने बढुवा रोकिने छैन । ब्यवसायबाट पनि राम्रो आम्दानी हुन्छ । मंसिर महिना तिर भने निकट ब्यक्तिबाट घात हुन सक्छ । विद्यार्थीका लागि यो वर्ष शुभ छ । 

शुक्रका प्रभावले सवारी साधन जस्ता महंगा उपहार समेत मिल्न सक्छ । 

भाग्यशाली रंगः गाढा रातो र सिन्दुरी रंग 

भाग्यशाली धातुः तामा, पित्तल र काँस 

वृष राशिः 

शुक्र राजा भएका कारण यो वर्ष वृष राशिलाई शुभ छ । अस्थायी वा स्थायी ब्यवसायबाट कल्पना गरेको भन्दा बढी लाभ मिल्न सक्छ । 

असार साउन तिर भने शनिको दशाले निवास वा कार्यस्थलमा कुनै क्षति पुग्न सक्छ । यसमा पैसा खर्च हुने योग छ । विद्यार्थीहरुका लागि यो वर्ष उत्तम छ । मिथुन राशि भएका सहपाठी भने बाधक बनेर आउन सक्छन् । 

भाग्यशाली रंगः सेतो र हल्का पहेँलो 

भाग्यशाली धातुः चाँदी, स्टिलका बस्तु र काँसsahit 

मिथुन राशिः 

यो वर्ष स्वर्ण पाउमा प्रवेश गरेको छ । सरकारी पदमा रहेका ब्यक्तिको कृपाले ठूलो पद मिल्न सक्छ । विगतमा इमान्दारीले गरेको सेवा र परिश्रमको फल मिल्ने छ । 

गत वर्ष भन्दा आर्थिक अवस्था सुद्धृढ हुने छ । विद्यार्थीका लगि यो वर्ष केही समस्याग्रस्त हुन सक्छ । स्वास्थ्यका कारण अध्यनमा बाधा पुग्ने योग छ । 

भाग्यशाली रंग: हरियो 

भाग्यशाली धातुः चाँदी र जस्ता 

कर्कट राशिः 

शुरुको समय राम्रो छ । गाडी सम्पति जोड्ने योग छ । राशिको स्वामी चन्द्रमा र शुक्र तथा सूर्यको प्रभावले स्वास्थ्यमा समस्या हुन सक्छ । 

छाला र श्वास प्रश्वासको समस्या देखिन सक्छ । साउन महिना तिर आर्थिक अवस्था खराव हुने देखिन्छ । उत्तरार्धमा भने ब्यवसायीक जीवन सफल हुने छ । विद्यार्थीका लागि यो वर्ष मानसिक पीडाको वर्ष हुन सक्छ । 

भाग्यशाली रंग : सेतो र अल्का निलो 

भाग्यशाली धातु : चांदी, एल्यूमिनियम, स्टील 

सिंह राशिः 

यो वर्ष तपाइँका लागि चाँदीको पाउबाट प्रवेश गरेको छ । चन्द्रमा मिन राशी तथा शिंह राशिको प्रभावले मित्रहरुको संगतबाट आर्थिक लाभ मिल्न सक्छ । 

जोखिमका कामबाट बढी फाइदा मिल्ने योग छ । खान पान, कृषि, दुग्ध पदार्थ तथा चिनी वा सुनचाँदीको ब्यापारबाट बढी फाइदा मिल्ने छ । तर बाजी राख्ने काम भुलेर पनि नगर्नुस् । विद्यार्थीका लागि यो वर्ष सफल नै रहने योग छ । 

भाग्यशाली रंग: रातो, पहेँलो र गुलाबी 

भाग्यशाली धातु: सुन, चांदी, तामा, काँस 

कन्या राशिः 

यो वर्ष तपाइँको फलाम पाउबाट प्रवेश गरेको छ । राशिको स्वामि बुध आठौं स्थानमा रहेर बसेकाले बाधा ब्यवधान, चिन्ता तथा शत्रुबाट छुटकारा मिल्न सक्छ । 

साउन भदौ पछि भने स्वास्थ्यमा केही समस्या आउन सक्छ । पुस माघ भने लाभदायक महिना हुनेछन् । विद्यार्थीहरुका लागि यो वर्ष सामान्य परीश्रमबाट नै धेरै सफलता पाउने योग छ । 

भाग्यशाली रंगः गाढा हरियो, गाढा पहेंलो 

भाग्यशाली धातुः तामा, पीतल, काँस 

तुला राशिः 

यो वर्ष तपाइँका लागि ताम्रपादबाट प्रवेश गरेका कारण शुभ रहने छ । राशिको स्वामी शुक्र र सूर्यको प्रभावले अड्किएको काम बन्न सक्छ । यद्यपी शत्रु लाग्ने छन् । बैशाख जेठमा भाइ बन्धुमा रहेको विवाद अन्त्य हुनेछ । 

कार्तिक मंसिर तिर भने मुद्धा मामलाको योग छ । यद्यपी कुरा समझदारीमा टुङ्गिने छ । विद्यार्थीका लागि यो वर्ष फलदायी छ । कम मेहनतले नै ठूलो सफलता प्राप्त हुन सक्छ । 

भाग्यशाली रंगः सेतो, हल्का बैजनी 

भाग्यशाली धातु: चांदी, एल्युमीनियम, कँस, स्टील 
sahit
वृश्चिक राशिः 

यो राशिका लागि २०७३ स्वर्ण पादबाट प्रवेश गरेको छ । बैशाख जेठमा पारिवारिक समस्या समाधान हुने छ । 

कुनै उच्च वर्षकी महिलाको सहयोग पाउने योग देखिन्छ । निराशा हट्ने छ उत्साहको सञ्चार हुनेछ । विद्यार्थीका लागि यो वर्ष राम्रै देखिन्छ । अध्यनमा मन लाग्ने छ । 

भाग्यशाली रंग: गाढा रातो, पहेंलो, वैजनी 

भाग्यशाली धातु: कांस, तामा, पीतल 

धनु राशिः 
यो वर्ष रजत पाउबाट प्रवेश गरेको छ । बैशाख भरी सोंच विचार गरेर मात्र काम अघि बढाउनुस् । यात्रा सके सम्म नगर्दा नै राम्रो । साउन पछि भने जनसम्पर्कको काममा शुभ हुने योग छ ।


बोलीमा नियन्त्रण गर्नु राम्रो । कार्तिक पछि ब्यवसायीक सफलता मिल्ने योग छ । यद्यपी माघ फागुनमा भने केही बाधा उत्पन्न हुन सक्छ । विद्यार्थीका लागि मध्यम वर्ष हुन सक्छ । ब्यवसायिक र प्रविधी सम्बन्धि अध्यन गर्ने विद्यार्थीलाई राम्रो योग छ । अध्यनका लागि बाहिर जाने योग आउन सक्छ ।

भाग्यशाली रंग: पहेंलो, गुलाबी, हल्का हरियो।

भाग्यशाली धातु: सुन, चाँदी, पीतल

मकर राशिः 

यो वर्ष लौह पाउबाट प्रवेश गरेको छ । राशिको स्वामी शनिले दशौं स्थानमा बसेर मंगलसँग तालमेल बनाएका कारण प्रतिष्ठा बढ्ने योग देखिन्छ । बैशाख जेठमा सुख प्राप्त हुने छ । जेठ पछि वृहस्पतिको प्रभावले आयात निर्यातको ब्यापार गर्नेहरुलाई धेरै फाइदा मिल्न सक्छ ।

कार्तिक मंसिरमा तपाइँलाई निकट ब्यक्तिबाट धोका हुन सक्छ । फागुन पछि भने जीवन उठ्ने छ । विद्यार्थीहरुका लागि यो वर्ष अनुकुल छ । शुक्रको प्रभावले आधुनिक ब्यवसायिक शिक्षा पढ्नेहरुका लागि थप अनुकुल हुने देखिन्छ ।

भाग्यशाली रंग: कालो, बैजनी र नीलो

भाग्यशाली धातु: फलाम, तामा, स्टील

कुंभ राशिः 

वर्ष २०७३ कुम्भ राशिका लागि ताम्रपादबाट प्रवेश गरेको छ । असार साउन सम्म कामहरु सहज हुनेछन् । विपक्षीहरु समेत समर्पण गर्न आउने छन् । उच्च राशिको शुक्र चंद्रमाका कारण आर्थिक अवस्था सवल रहने छ ।भदौ असोज सम्म गरेका निर्णयहरु सही सावित हुनेछन् । मिथुन राशि भएकी पारिवारिक स्त्रीबाट सतर्क रहनु राम्रो । मंसिर पुस तिर चोर र अग्निको भय हुने छ । प्रतिष्ठित ब्यक्तिले अकस्मात धन दिलाउन सक्नेछन् ।

विद्यार्थीका लागि भने यो वर्ष मध्यमकारक छ । अचानक स्वास्थ्य खराव हुँदा अध्यन क्षमता र नतिजा प्रतिकुल हुन सक्छ ।

भाग्यशाली रंग: कालो, नीलो, हरियो

भाग्यशाली धातु: फलाम, तामा, जस्ता

मीन राशिः 

सोचेको काम समयमा हुँदा मन खुसी हुने छ । रजतपादबाट प्रवेश गरेको वर्ष मंगलमय र परिवर्तनकारी हुने छ । सोंचेका काम बन्ने छन् । ब्यापारमा प्रगति हुने छ । वर्षको शुरुमै चालेका कदम बढी प्रभावकारी हुनेछन् ।


असार साउनमा भने आर्थिक नोकसानी हुने योग छ । विवाह, गृहप्रवेश तथा मुण्डन आदीको योग छ । माग फागुनमा भाइ बन्धुमा मनमुटाव हुन सक्छ । ब्यापारिक साझेदारले निहुँ खोज्नेछन् । विद्यार्थीका लागि राम्रो वर्ष छ । विशेष सुविधा र छूट मिल्ने छ । थोरै परिश्रम बाट धेरै सफलता हात लाग्ने छ ।

भाग्यशाली रंग: पहेंलो, सेतो, हल्का पहेंलो

भाग्यशाली धातु: सुन, काँस, पीतल

कुन राशिका प्रेमी प्रेमीका कस्ता

सुन्दर हुन्छन् यो राशिका स्त्री

यो राशिका मान्छेको हुन्छ सुन्दर शरीर र मिठो बोली
Rasifal-0
ज्योतिष डा. सुनील सिटौला 

आजदेखि नयाँ वर्ष सुरु भएको छ । तपाईको जीवनमा २०७३ साल कस्तो होला ? 

हेर्नुस् तपाईको भाग्य देखाउने राशीफलः 

मेष:- तपाईँको यस वर्ष २०७३ सालमा परिवारमा सुख शान्ति मिल्नेछ। तर फाल्गुन ५ सम्म अढेया शनिका प्रभावले गर्दा शारीरिक सबलतामा न्यूनता मानसिक शान्ति खलल हुनेछ। अनावश्यक यात्रा गर्नुपर्नेछ। आँटेको कामहरु, विस्तारै पूरा हुँदै जानेछन्। नोकरीबाट प्रंशसित भइनेछ। कृषिजन्य कार्यले जीवनस्तर सुधार्ने छ। राजनैतिक गतिविधिले सहयोग पुर्याउनेछ। पशु–पालनको कारोबार उच्चस्तरको रहनेछ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। 

बौद्धिकस्तरको मूल्याङ्कन सबैबाट हुनेछ। पठनपाठनमा उल्लेख्य उपलब्धी हुनेछ। भूमि वहानादिबाट सोचेभन्दा बढी आम्दानी हुनेछ। धार्मिक कार्यतिर रुचि बढ्नेछ। बोलीचालीमा सावधान अपनाउनु आवश्यक छ। 

वृष :- तपाईँको २०७३ साल मध्यम रहेको छ। धार्मिक कृत्यप्रतिको बढ्दो चाहनाले सोचे झैं सफलता प्राप्त हुनेछ। तपाईँको आर्थिक दृष्टिले यस वर्ष उत्तम रहेको छ। स्व–रोजगार लगायत विभिन्न प्रकारको व्यापारिक कार्यले लाभान्वित बनाउँदै लैजानेछ। कृषिजन्य कार्यले र पशुचौपाय व्यवसायबाट आर्थिक स्थिति मजबुत रहनेछ। इष्टमित्रहरु आफूप्रति आकर्षित हुनेछन्। मुद्धामामिलामा आफ्नै पक्ष बढी सुदृढ हुनेछ। अध्ययन अध्यापनमा विशेष प्रगति हुनेछ। 

राहु ग्रहको कारण नोकरीमा खटपट पर्न सक्छ। बेलाबेलामा घरपरिवारमा मच्चिने आन्तरिक कलहले मानसिक सन्तुलन स्थिर नहोला। राजनैतिक क्षेत्रबाट अपजस पाइनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। गुमेको धन हात लाग्नुका साथै आकस्मिक धन समेत लाभ हुनेछ। 



मिथुन:- तपाईँको वर्ष २०७३ आर्थिक दृष्टि मध्यम खालको रहेको छ। अचल सम्पत्तिको क्रयविक्रयमा बढी सक्रिवय हुने अवसरले भूमिलाभ गराउने छ। कहिलेकाहीँ घरपरिवारमा झै–झगडा पर्न सक्नेछ। स्वरोजगारले जीवन प्रबद्र्धनमा मद्दत पु¥याउनेछ। विदेश भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। नोकरीबाट अपजस खप्नु पर्नेछ। पशुपालन व्यवसायले मध्यम फल दिनेछ। राजनैतिक स्थितिले लाभान्वित बनाउला। सामाजिक क्षेत्रमा विशेष योगदान गर्न सकिने छ। 

नयाँ कार्यको सोच आए पनि पूर्णतामा असमर्थ भइनेछ। अध्ययन अध्यापनप्रति झुकाव रहे पनि सफलता कमै मात्रामा पाइनेछ। परिवारको स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ। धार्मिक क्षेत्रको बढी यात्रा हुनेछ। धार्मिक क्षेत्रको बढी यात्रा हुनेछ। घर निर्माण र वाहन प्राप्तिको योग रहेको छ। 

कर्कट:- २०७३ मिश्रित फलदायी वर्ष रहेको छ। व्यापार व्यवसायमा केही मात्रामा हानिनोक्सानी हुनेछ। पठनपाठनमा अनेकौं अवरोधहरुले गर्दा सफलता हुन गाह्रो पर्नेछ। नोकरीबाट अपजस पाइनेछ। खेतीपातीबाट मध्यम भए पनि पशुपालन व्यवसायले समुचित उपलब्धी हुनेछ। सामाजिक कार्यबाट उचित सम्मान पाइनेछ। 

वैदेशिक रोजगारको अवसरले आर्थिक उन्नतिमा टेवा पुर्याउनेछ। धार्मिक अभिरुचिले मानसिक अशान्ति हटाउनमा मद्दत गर्नेछ। फाल्गुन देखी शनि लाग्लाने कुरा काट्ने काममा तगारो हाल्नेको संख्या बढ्नेछ। नातादार सँगको लेनदेन कारोबारले मनमुटाव ल्याउनेछ। वहानादिबाट सोचेभन्दा बढी आम्दानी हुनेछ। 

सिंह:- तपाईँको २०७३ शनि ग्रहले गर्दा उत्तराद्र्ध राम्रो रहेको छ। फाल्गुन सम्म व्यापारबाट सोचेझैं सफलता पाइने छैन। सवारीसाधनबाट सावधान रहनु अत्यावश्यक छ। सामान्य चोटपटक देखि दैवीय संकट पर्ने सम्भावना देखिन्छ। मानप्रतिष्ठामा आँच आउनेछ। अध्ययन अध्यापनमा जोश जाँगर हराएर जानेछ। तर गुरुको कृपाले राजनैतिक गतिविधिले समाजमा निकै रवाफ बढाउनेछ। नोकरी र मजदुरीको कार्यले मानिसक शान्तिमा अभिवृद्धि हुनेछ। घरपरिवारको सहानुभूति प्रयाप्त पाइनेछ। धर्मकर्म प्रतिको रुचिले प्रशस्त सन्तुष्टि दिनेछ। कृषिजन्य कार्यले जीवनयापनमा सरलता ल्याउनेछ। पशु–पालन व्यवसायले उचित लाभको अनुभूति गराउनेछ। सामाजिक क्षेत्रबाट सुख सन्तोष मिल्नेछ। 

कन्या:- तपाईँको २०७३ मध्यम फलदायी रहेको छ। अध्ययन अध्यायपनमा जाँगर बढ्नेछ। झुटो आरोप र विवादको सामना गर्नुपर्नेछ । आँटेका कार्यहरु अधुरै नै रहनेछ। सामाजिक क्षेत्रमा लाग्दा अपजस पाइनेछ। भाग्य प्राप्तिको अवसरले व्यवहारिक बनाउनेछ । व्यापार व्यवसायले सफलता दिलाउने छ। वैदेशिककार्यबाट राम्रो आम्दानी हुनेछ। धार्मिक चाहनाले तीर्थयात्रा गर्ने अवसर मिल्नेछ। 

कृषिकार्य �
आजको पञ्चाङ्ग : सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ चैत्र महिनाको २१ गते आइतवार । श्री सूर्य उत्तरायण वसन्त ऋतु । चैत्र कृष्णपक्षको एकादशी तिथि । श्रवण नक्षत्र अहिले बिहान ०९ः४३ बजेसम्म उपरान्त धनिष्ठा नक्षत्र । साध्य योग । आनन्दादि योगमा गद योग । बव करण १४ः१४ बजेसम्म उपरान्त बालब करण । तदनुसार नेपालसंवत ११३६ चिल्लागा । योग संवत ३७ । ई.सं. २०१६ अप्रिल महिनाको ३ तारिख । 

आज आकाशमा : सूर्य मीन राशिमा । चन्द्रमा राती २१ः२९ बजेसम्म मकर राशिमा उपरान्त कुम्भराशिमा । मङ्गल बृश्चिकमा । बुध मेषमा । बृहस्पति सिंहमा । शुक्र मीनमा । शनि बृश्चिकमा । राहु सिंहमा र केतु कुम्भ राशिमा रहनेछन् । काठमाडौंमा आजको सूर्योदय अहिले बिहान ०५ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ १८ बजेर २२ मिनेटमा हुनेछ । 

आजको राशिफल २०७२ चैत्र २१ गते आइतवारको राशिफल 

मेष राशिः 

मेष राशि हुनेहरुको लागि आज उच्च वर्ग तथा पदस्थ व्यक्तित्त्वसँग संपर्कविस्तार हुने र सौहार्द वातावरणको निर्माण हुने गोचर परेको छ । पेशा एवं व्यवसायबाट आशातित लाभ गर्न सकिने हुनाले भावीकार्यमा आत्मबल बढ्ने र सन्तुष्टि मिल्ने देखिन्छ । आफन्तीहरुबाट सहयोग पनि मिल्ने तथा वरिष्ठ पद एवं जिम्मेवारी मिल्ने गोचर परेकोले राजनीति एवं समाजसेवामा पदप्रतिष्ठा थपिने छ । राम्रो तवरबाट लौकिक प्रख्याती बढ्न जाने छ । उत्तम समय रहेकोले अवसरको सदुपयोग गर्न जानेमा दीर्घकार्यको शुरुवात हुनसक्नेछ । राज्यबाट लाभ उठाउनसकिने छ भने उद्यमको विकास गर्न सकिने छ । 

वृष राशिः 

वृष राशिका व्यक्तिहरुको लागि आज ईष्र्यालु तथा कमजोरी खोज्नेहरू सक्रिय देखिने भएकाले सावधानी रहनुपर्ला । मिथ्या आरोप आइलाग्नसक्ने सम्भावना भएकोले होसियारी जरुरी हुनेछ । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सत् प्रयत्न गर्नाले परिणाम सुखद ल्याउन सकिनेछ । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि रहेको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्नेछ तथा केही धनलाभ र धर्म आर्जन गर्न सकिनेछ । गोचरमा राहु तथा केतु ग्रहको भूमिका विपरित रहेकोले आज ती ग्रहको नाममा भैरवदेवको दर्शनभक्ति गर्नु हितप्रद हुनेछ । 

मिथुन राशिः 

मिथुन राशिका व्यक्तिहरुको लागि आज सोँचेभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ, हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । विभिन्न तनाब व्यहोर्न पर्नसक्ने कुरालाई गोचरले लक्षित गरिरहेको छ । आज यहाँले सूर्यनारायणलाई अघ्र्य दिनु तथा स्तुति गर्नु उपयुक्त हुनेछ । भने मान्यजनको आर्शिवाद लिनु पनि शुभकर हुनेछ । 

कर्कट राशिः 

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृति बढ्ने ग्रहप्रभाव रहेको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट भौतिक उन्नति तथा लाभ गर्नसकिने छ । सुखसन्तोष कर सन्देश प्राप्त हुनेछ । विवाह आदि माङ्गलिक कार्यमा सरिक हुनसकिने छ । कार्यक्रम आदिमा संलग्न हुन पर्नसक्ने सम्भावना पनि देखिन्छ । भ्रमण आदिको संयोजलाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । विवाहयोग्य उम्मेदवारको लागि विवाहको प्रस्ताव आउनसक्ने छ । आज यहाँलाई सात अंक, उज्यालो रङ्ग र विपरितलिङ्गी सँगको सहकार्य फापसिद्ध हुनेछ । 

सिंह राशिः 

सिंह राशि हुनेहरुको लागि आज व्यवसायिक प्रगति हुनगइ राम्रोमात्रामा धनार्जन हुने एवम् सन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय मिल्ने छ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग परेको छ । व्यापारीलाई यथेष्ट लाभ हुनसक्ने छ भने उद्यमको विकास र प्रख्याति बढ्ने देखिन्छ । शारीरिक स्वास्थ्यमा आरोग्यता बृद्धि हुनगइ यथेष्ट आत्मबल बढ्ने छ । आ"टसाहसले कार्य संपादन गर्नसकिने छ । अनुहारमा कान्ति बढ्ने तथा मान्छेहरु आकर्षित हुनेछन् । मनोरम स्थानको यात्रा हुने र प्रेमीबाट प्रेमसुख प्राप्त हुनेछ । गौरवानुभूति हुने दिन छ । 

कन्या राशिः 

कन्या राशि हुनेहरुको लागि आजको दिन अपेक्षित विषयमा नभए पनि अर्कोतर्फ काम बन्नसक्ने छ । गम्भीरताले विद्यार्थी वर्गले विद्यार्जनमा प्रगति गर्नसकिने छ । बिटमार्न अल्लि कठिन पर्नसक्ने ग्रहगोचरको प
आजको पञ्चाङ्ग : 

सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ चैत्र महिनाको १८ गते बिहीवार । श्री सूर्य उत्तरायण वसन्त ऋतु । चैत्र कृष्णपक्षको अष्टमी तिथि । मूल नक्षत्र अहिले बिहान ९ः१८ बजेसम्म उपरान्त पूर्वाषाढा नक्षत्र । वरियान योग ०९ः१५ बजेसम्म उपरान्त परिध योग । आनन्दादि योगमा धुम्र योग । बालब करण १६ः०६ बजेसम्म उपरान्त कौलब करण । तदनुसार नेपालसंवत ११३६ चिल्लागा । योग संवत ३७ । ई.सं. २०१६ मार्च महिनाको ३१ तारिख । 

आज आकाशमा : 

सूर्य मीन राशिमा । चन्द्रमा धनु राशिमा । मङ्गल बृश्चिकमा । बुध मीनमा । बृहस्पति सिंहमा । शुक्र मीनमा । शनि बृश्चिकमा । राहु सिंहमा र केतु कुम्भ राशिमा रहनेछन् । काठमाडौंमा आजको सूर्योदय अहिले बिहान ०५ बजेर ५७ मिनेटमा र सूर्यास्त साँझ १८ बजेर २० मिनेटमा हुनेछ । 

आजको राशिफल : २०७२ चैत्र १८ गते बिहीवारको राशिफल 

मेष राशिः 

मेष राशि हुनेहरुको लागि आज बिहान उपरान्त क्रमशः केही सहज बन्ने देखिन्छ । आफूभन्दा माथिल्लो पक्षबाट केही दबाब नहोला भन्न चाही सकिँदैन तथापि धर्मकर्ममा मन जानेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्यमा संलग्न हुन पाइनेछ । तीर्थ यात्राको योजना एवम् व्यवसायिक कार्यको बारेमा सरसल्लाह हुनसक्ने छ । पेशागत क्षेत्रबाट लाभ उठाउन सकिनेछ । यहाँको लागि नौ अंक र पहेलो रंग फापकर रहला भने माँ बगलामुखीको सेवा आराधना गर्नु शुभप्रद हुनेछ । 

वृष राशिः 

वृष राशिका व्यक्तिहरुको लागि आज बिहानी समय उपयुक्त रहेपनि उपरान्त विलासिता तथा राजसी आहारले क्रमशः स्वास्थ्यमा समस्या देखिनसक्ने छ । कामकार्यमा पनि विभिन्न खालका अबरोधहरुको सामना गर्नपर्ने सम्भावनालाई गोचरले देखाइरहेको छ । आज दीर्घरोगीहरुले स्वास्थ्यमा अल्लि बढी ध्यान दिन जरुरी हुनेछ । दैनिक जिविकोपार्जन आदिको विषयमा पनि समस्या थपिनसक्ने भएको हुनाले संघर्षको सामना गर्ने मानसिकतामा बस्नु उपयुक्त हुनेछ । समय प्रतिकूल छ भनेर बुझ्न नसके अशान्ति हुनेछ र बुझेर धैर्य गर्नसकेको खण्डमा भने केही सहज हुनेछ । आज विद्यार्थीले माँ सरस्वतीको र अन्य सबैले माँ बगलामुखीको भक्ति बढाउनु हितकर हुनेछ । 

मिथुन राशिः 

मिथुन राशिका व्यक्तिहरुको लागि आज दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने वा प्रेमप्रस्ताव आउनसक्ने सम्भावना छ । विवाहयोग्य युवायुवतीको विवाह प्रस्तावको सम्भावना छ । यात्राको पनि सम्भावना देखिएछ । व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । कार्यक्षेत्रमा सकारात्मक वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवम् मानसिक शान्ति मिल्नेछ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्गको प्रयोग र विपरित लिङ्गीलाई उपहार दिनु आदि कार्य फापसिद्ध हुनेछ । 

कर्कट राशिः 

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अर्थकर रहनेछ । शारीरिक एवम् मानसिक बलबृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउनसकिने र व्यवसायबाट मनग्य लाभ हातपार्न सकिने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । सफलता एवम् लाभको कारण कर्मक्षेत्रको लागि हिम्मत र साहस बढ्ने छ । सो"चेकै कार्यमा सफलता हातपार्नको लागि आफूभन्दा ठूलो व्यक्तिको मार्गनिर्देशन लिनु अझ हितप्रद हुनेछ । 

सिंह राशिः 

सिंह राशि हुनेहरुको लागि आज ज्ञानोन्मादको भावना देखिनसक्ने र कमजोरी उदांगिनसक्ने सम्भावना रहेकोले सो विषयमा ख्याल पुर्याउनु होला भने मानवीय व्यवहार र धैर्यता गर्नाले प्रतिष्ठा जोगाउन सकिनेछ । सन्तानबाट सुख र केही लाभ मिल्ला । परनिन्दाको वृतिलाई प्रसय दिँदा स्वकार्य पूरा गर्न बाधा हुने तथा आफ्नो गोपनीयता खुश्कनसक्ने कुरामा पनि ध्यान पुर्याउन जरुरी देखिन्छ । बढी बोलेर बाठो हुने मनोविज्ञानले अन्तमा पछुतो पार्नसक्ने भएकोले संयम गर्नु बुद्धिमानी हुनेछ । दैनिकी व्यवसायिक कर्मक्षेत्रबाट सामान्यतया लाभ मिल्नसक्ने छ । 

कन्या राशिः 

कन्या राशि हुनेहरुको लागि आजको दिन मनमा संकोचित विचार बढ्नाले सहकमीसँग विवाद हुनसक्ने कुरालाई ग्रहगोचरले लक्षित गरिरहेको हुनाले संयम रहन जरुरी हुनेछ । पारिवारिक कार्यभार बढ्नसक्ने कुरालाई नकार्न सकिन्न । अभावको विषयलाई लिएर पारिवारिक असन्तुष्टिको सामना गर्नपर्न पनि सक्नेछ । आज तपा
आजको पञ्चाङ्ग :
सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ फाल्गुणमहिनाको २२गतेशनिवार। श्री सूर्य उत्तरायणशिशिर ऋतु । फाल्गुण कृष्णपक्षको एकादशीतिथिमध्यान्ह१३ बजेर ४४ मिनेटसम्म उपरान्त द्वादशी तिथि।उत्तराषाढानक्षत्र।वरियानयोग२३ः४४ बजेसम्म उपरान्त परिध योग।आनन्दादि योगमाराक्षसयोग । बालबकरण१३बजेर ४३मिनेटसम्मउपरान्त कौलबकरण । तदनुसार नेपालसंवत ११३६ सिल्लागा।योग संवत ३७ । ई.सं.२०१६ मार्च महिनाको ५तारिख ।आज विजया एकादशी ।

आजको राशिफल :२०७२ फाल्गुण २२ गते शनिवारको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागिआजकोदिन ईज्जत एवम् प्रख्याति बढ्ने दिन रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि गर्न सकिने छ  । जागिर एवम् राजनीति तथा समाजसेवाको क्षेत्रमा थप जिम्मेवारी मिल्नसक्ने छ । उच्चतहका अधिकारीहरुसँग संपर्क विस्तार हुनसक्ने छ भने त्यसले महत्त्वाकांक्षी भावना बृद्धि गर्नपनि सक्नेछ । विद्वानजनको सङ्गत पनि मिल्नसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्गको प्रयोग गर्नु शुभ रहने भने अढैया शनिको मारमा परिरहनु भएको तपाईँले शनिको दुष्परिणाम निवारणको लागि कुनै उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।  
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजअवमूल्यन हुनसक्ने गोचर योग परेको हुनाले माथिल्लो तहबाट अपजश एवम् दबाब आउनसक्ने सम्भावनालाई ग्रहले लक्षित गरिरहेको छ । कामकुरामा आज यहाँले अल्लि सावधानी अप्नाउन जरुरी हुनेछ ।तथापि केही औपचारिक कार्यमा अल्लि व्यस्त हुनपर्ने छ । कर्मक्षेत्रमा साविकभन्दा अल्लि बढी परिश्रम गर्नुपरे पनि केही सन्देहबाबजुत पनि धार्मिक–आध्यात्मिक चिन्तन बढ्ने र धर्मकर्म सम्पादन हुनगई सदाचारले जय प्राप्त हुनेछ । ज्ञानी तथा धार्मिकजनप्रति लागेको सन्देह हट्ने तथा मार्गबोध हुनेछ । अवमूल्यनबाबजुत पनि नतिजा संतोषप्रद हातपार्न सकिनेछ ।  नआत्तिने र नमात्तिने गर्नु बुद्धिमानी हुनेछ । 
मिथुन राशिः 
मिथुन राशिकाव्यक्तिहरुको लागि आजको दिनझमेला आइलाग्नसक्ने सम्भावना देखिएको छ । धेरै हतार गर्दा उल्टो परिणाम आउनसक्ने तथा हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ । आहार विहारमा ध्यान नपुर्याए स्वास्थ्यमा पनि असर पर्ने गोचरप्रभाव देखिएको छ, ख्याल गर्नुहोला । अनिवार्य कार्यमा बढी परिश्रमको बाबजुत पनि कम उपलब्धिमा चित्तबुझाउनु पर्नसक्छ । ईज्जत–प्रतिष्ठामा पनि चुनौती थपिने र खर्च पनि बढ्नसक्ने छ । धैर्य एवम् संयमको अभ्यास गर्नुहोला । आज यहाँहरुको लागि आठ अंक, रातो रङ्गको प्रयोग र रोगीको सेवा गर्नु शुभकारक हुनेछ । 
कर्कट राशिः 
कर्कट राशिका व्यक्तिहरुकोलागिआजकोदिनदाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्ध बलियो हुनेछ । यात्राकर ग्रहयोग परेकोले देशविदेशको यात्रा हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवम् मानसिक शान्ति मिल्नेछ । जागिर नोकरी आदिमा पनि दिन अनुकूल रहेको छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्गको प्रयोग  फापसिद्ध हुनेछ भने उपहार व्यवहारले पनि यहाँले खेलेको भूमिकामा सकारात्मक अर्थ राख्नेछ । 
सिंह राशिः 
सिंह राशि हुनेहरुको लागि आजकोदिनसमय तथा अवसरको सदुपयोग गर्नसकेको खण्डमा अनुकूल एवम् सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । कसैकसैलाई अभिष्टकार्यमा केही बाधा अड्चन आउनसक्ने छ । इष्टकार्यको अन्तिममा आउनसक्ने बिघ्नताको निवारणको लागि आज यहाँले शनिश्चरलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने विपक्षिको सम्मान गर्न जानेको खण्डमा रणनीतिक रुपमा फाइदा लिन सक्नुहुने छ ।  
कन्या राशिः 
कन्या राशि हुनेहरुको लागिआजमध्यम रहेको देखिन्छ । आत्मरतीको चाहनामा बृद्धि हुने र बोलेर बाढो हुनखोज्ने मनोविज्ञान बढ्नाले परमुणबाट हुने मुल्याङ्कनमा तपाईँको कमजोरी फेला पर्नसक्ने छ । अर्काको निदिखोजीमा समय व्यतित हुने र आफ्नो महत्त्वपूर्ण कार्य अधुरो रहनसक्ने कुरालाई पनि ग्रहले देखाइरहेको छ । समयको सदुपयोग गर्न खोजेमा अध्ययन तथा सिक्ने सिकाउने विषयको पक्षमा भने उन्नति हुनेछ । दैनिक व्यवहार सामान्य नै चल्नेछ । पाँच अंक, रातो रङ्गको प्रयोग आज यहाँको लागि शुभ हुनेछ भने शनिमहाँकालको श्रद्धाभक्ति गर्नु थप हितकर हुनेछ ।
तुला राशिः
तुला राशि हुनेहरुको लागिआजको दिनबोली व्यवहारमा सावधानी अप्नाउनु पर्ने देखिएको छ । वादविवाद तथा मनमुटाव जन्य अवस्थाको सामना गर्न पर्ने सम्भावना देखिएकोले होसियारी गर्नु जरुरी हुनेछ । मानसिक संकिर्णता बढ्नसक्ने र स्वास्थ्यमा पनि केही ह्रास आउनसक्ने छ । थप पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अल्लि बढी प्रयन्त गर्नपर्ने ग्रहगोचरको लक्षण छ । आज यहाँको लागि चार अंक, सेतो रङ्ग शुभ हुनेछ । साथै आज यहाँले साढेसाती शनि शान्तिको लागि उपयुक्त उपायको अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । 
वृश्चिक राशिः 
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आजबहुआयामिक दिन रहेको छ । शक्तिको भरपुर सदुयोग गर्नु बुद्धिमानी हुनेछ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने विशेष कामको लागि सहकार्यको प्रस्ताव पनि आउनसक्नेछ । पेशागत क्षेत्रबाट यथाशक्ति आर्थिक उपार्जन गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, हरियो रङ्गको प्रयोग फाप्नेछ भनेसाढेसाती शनिको प्रभावलाई न्यून गर्न शनिदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु हितकर हुनेछ ।
धनु राशिः
धनुराशि हुनेहरुको लागिआजसामान्य अनुकूल देखिएको छ । अनायासै वाणीमा दोष पर्नसक्ने सम्भावना भएकोले बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु राम्रो हुनेछ । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्यय हुनसक्ने कुरालाई पनि नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका भने मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजगपूर्ण व्यवहारिकता निर्वाह गर्नु उपयुक्त हुनेछ । आज यहाँको लागि दुई अंक, सेतो रंगको प्रयोग उपयुक्त रहने छ भने साढेसाती शनिको उपयुक्त उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।  
मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागिआजको दिनफेरिएको छ । नया“ कार्यदिशा अवलम्बन गर्नसकिने तथा नयाँ कामको प्राप्ति हुनसक्ने छ । व्यक्तित्त्वको प्रभाव बढ्ने तथा ईज्जत र मानप्रतिष्ठा बृद्धि हुनेछ । अनुकूल एवम् सहज दिन परेकोले आज यहाँको दिनचर्यामा मनोरञ्जन एवम् सुखशान्तिको पत्याभूति हुनेछ । मनोवाञ्छित भोजन र स्वागत सत्कार प्राप्ति हुनसक्ने छ । व्यवसायिक लाभ मिल्नेछ । इष्टमित्रको आगमन हुने र सौगात आदि मिल्नसक्ने हुनाले पारिवारिक वातावरण पनि सौहार्दता पूर्ण बन्नेछ । आज यहाँलाई एक अंक, रातो रङ्गको सदुपयोग शुभकर हुनेछ भने शनिदेवको दर्शनभक्ति पनि फापकर हुनेछ ।   
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागिआजसंघर्ष गर्नपर्ने दिन देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता हात लाग्न सक्नेछ । खर्च बढ्ने ग्रहयोग रहेकोले फजुल विषयबाट बुद्धिमतापूर्वक पन्छिनु उचित हुनेछ । मानसिक चञ्चलतालाई धैर्य र संयम धारण गरी नियन्त्रण गर्न नसकेमा खतिक्षति हुने कुरालाई नकार्न सकिन्न भने मालसमान हराउनसक्ने सम्भावनालाई पनि गोचरले देखाइरहेको छ । पारिवारिक आवश्यकता बढ्ने र सञ्चित धर्नको व्यय भएपनि स्वकर्ममा लगनशील हुनाले केही पेशागत लाभ गर्नभने सकिने छ । सदाचारको व्यवहारले प्रतिकूल तथा संघर्षको परिस्थितिलाई सहज बनाउनसकिने छ । सावधानीपूर्वक मानसिक बल बढाउनु उचित हुनेछ ।
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागिआजकार्यक्षेत्रबाट राम्रो आर्थिक लाभ गर्न सकिने गोचर परेको छ । प्रतिस्पर्धामा विजय मिल्ने तथा प्रख्याति बढ्ने छ । अध्यनअध्यापन एवं लेखनजन्य कार्यमा पनि प्रगति हुने छ भने गृहस्थीहरुलाई सन्तानको पक्षबाट सन्तोषपूर्ण भूमिका निर्वाह हुनेछ । दिनको सदुपयोग गरी अधुरा रहेका कामहरुलाई पूरा गर्न आफ्नो कामलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । आज यहाँलाई दुई अंक, सेतो रङ्गको उपयोग फापकर हुनेछ भने शनिदेवलाई खुशीबनाउन शनिको नाममा गरीब एवम् दिनदुःखीलाई दानदातव्य तथा सहयोग गर्नु शुभकर हुनेछ ।
आजको पञ्चाङ्ग :
सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ फाल्गुणमहिनाको २०गतेबिहीवार। श्री सूर्य उत्तरायणशिशिर ऋतु । फाल्गुण कृष्णपक्षको नवमीतिथिमध्यान्ह१३ बजेर ५४ मिनेटसम्म उपरान्त दशमी तिथि।मूलनक्षत्र।सिद्धियोग।आनन्दादि योगमाधुम्रयोग । गरकरण१३बजेर ५४मिनेटसम्मउपरान्त वणिजकरण । तदनुसार नेपालसंवत ११३६ सिल्लागा।योग संवत ३७ । ई.सं.२०१६ मार्च महिनाको ३तारिख ।
आज आकाशमा :
सूर्य कुम्भराशिमा, चन्द्रमाधनु राशिमा।मङ्गल बृश्चिकमा, बुध कुम्भमा । बृहस्पति सिंहमा,  शुक्र मकरमा।शनि बृश्चिकमा, राहु सिंहमा र केतु कुम्भराशिमा रहनेछन् । काठमाडौंमा आजको सूर्योदय बिहान ६बजेर २८मिनेटमार सूर्यास्त साँझ १८ बजेर ०५ मिनटमा हुनेछ । 
आजमध्यान्ह१३ बजेर ४३मिनेट देखि१५बजेर ११मिनटसम्मराहुकाल रहने छ । सो समयमा शुभकार्यको थालनी नगरेको राम्रो हुनेछ ।
आज यात्राको साइत : सिधा पूर्व दिशामा बाहेक पूर्वउत्तर अर्थात ईशान रउत्तर दिशाको लागिउपयुक्त हुनेछ । 
 
आजको राशिफल : २०७२ फाल्गुण २० गते बिहीवारको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागिआजकोदिन अपजसबाबजुत पनि काममा सफलता र व्यवसायिक लाभ मिल्नेछ । धार्मिक क्षेत्र तथा सन्तजनप्रति मनमा जागेको सन्देह वा नकारात्मक विचार हटाउने अवसर प्राप्त हुनेछ । कामकार्यमा अवमूल्यनबाबजुत पनि नतिजा संतोषप्रद ल्याउनसकिने छ । साविकभन्दा अल्लि बढी परिश्रम एवम् संघर्षले पेशा एवम् व्यवसायको क्षेत्रमा प्रगति गर्नसकिने छ र आर्थिक लाभ पनि हुनसक्ने छ । साहित्यिक, कला संगीत कर्मीहरुको लागि पनि उपलब्धि र लाभ मिल्ने दिन रहेको छ । तीर्थादिको भ्रमणजन्य स्थितिलाई पनि गोचरले लक्षित गरिरहेको छ । यहाँले आज धार्मिक क्षेत्रलाई सहयोग गर्नु शुभकर हुनेछ । 
 
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजसोँचेभन्दा बढी संघर्ष गर्नपर्ने खालको दिन देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । हतार नगर्नु तथा सोँचविचार गरेर चल्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । आज ध्यानाभ्यास गर्नु यहाँको लागि उपयुक्त हुनेछ भने आठ अंक, रातो रङ्ग र बाधाबिघ्न निवारणको लागि सर्वसाधारणले माँ वगलामुखी र विद्यार्थीले सरस्वतीको साधना गर्नु शुभ हुनेछ । 
 
मिथुन राशिः 
मिथुन राशिकाव्यक्तिहरुको लागि आजको दिनजीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवा आदि क्षेत्रमा पनि अनुकूलता देखिएको छ । यहाँले आज विपरित लिङ्गीलाई उपहार दिनाले विशेष अर्थ राख्नेछ । 
 
कर्कट राशिः 
कर्कट राशिका व्यक्तिहरुकोलागिआजकोदिनअनुकूल एवम् सफल रहनेछ । अवसर तथा समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा सफलता हात लाग्नेछ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । अभिष्टकार्यमा सफलता मिल्ने तथा विशेष कार्य सम्पादन हुनजानाले मानसिक महत्त्वकांक्षा पनि बढ्नेछ । विरोधीपक्षलाई पनि सम्झौतामा ल्याउन सकिने छ । आज यहाँलाई हरियो रंग, छ अंकको प्रयोग शुभ हुनेछ भने विपक्षिलाई रणनीतिक सम्मान गर्न जानेमाआफ्नो हितमा फाइदा लिन सकिने छ ।  
 
सिंह राशिः 
सिंह राशि हुनेहरुको लागि आजकोदिनपूर्णरुपमा सकारात्मक मानिहाल्न अल्लि नमिल्ने देखिए पनि बुद्धि पुर्याउनसके ज्ञानार्जनको क्षेत्रमा प्रगति गर्नसकिने छ । तथापि विद्याबलको उन्माद बढ्सक्ने डर भने देखिएको छ । कसैकसैलाई परिश्रमविनाको धन प्राप्ति गर्ने आकांक्षा पलाउनसक्ने र त्यसको परिणाम विपरित आउनसक्ने सम्भावना देखिन्छ । सदाचार एवम् सत्कर्मले भने केही लाभ नै दिनेछ । समयको सदुपयोग गरे विद्यार्थीवर्गले आजको दिनको फाइदा उठाउन सकिनेछ । वस्तुपरिस्थिति बुझेर अघिबढ्नु र घमण्डललाई संयम गर्नु सबैको लागि बुद्धिमानी हुनेछ । आज यहाँलाई बगलामुखीको दर्शनभक्ति शुभप्रद हुनेछ । 
 
कन्या राशिः 
कन्या राशि हुनेहरुको लागिआजअनुकूल मान्न अल्लि नसकिने खालको दिन छ । तपाईबाट जनव्यवहारमा खेलिएको भूमिका अल्लि नमिल्न तथा तालमेल नखान सक्ने देखिएकोले सावधानी अप्नाउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि संघर्षको अनुभूति हुनसक्ने छ । हतारमा भन्दा धैर्यताको अभ्यासपूर्वक कर्मक्षेत्रमा खट्नु भएमा केही लाभ प्राप्त हुनेछ । सोँचेभन्दा विपरित फल प्राप्त हुनसक्ने भएकोले अत्यावश्यकभन्दा बढी सरोकार नराखेकै उचित हुनेछ । वादविवादको समेत सम्भावना रहेकोले सम्भावित द्वन्दबाट बच्न यत्न गर्नुहोला । आज यहाँको लागि चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ रहनेछ भने नगरी नहुने कार्य सम्पादन गर्दा आमाबाट आज्ञा लिएर गर्नु उपयुक्त हुनेछ ।   
 
तुला राशिः
तुला राशि हुनेहरुको लागिआजको दिनआँटिलो एवम् साहसिलो रहने छ । पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने मौका मिल्नसक्ने छ । विशेष काम बन्नाले अन्य कामकार्यमा पनि प्रचुरमात्रामा रुचि बढ्ने छ । शुभचिन्तकबाट सहयोग मिल्ने र प्रतिस्पर्धा आदिमा पनि सफलता हात लाग्ने छ । राजनीतिजन्य सांगठानिक क्षेत्रमा वचस्व कायम गर्न सकिनेछ भने खेलकुद आदिमा पनि राम्रो पौरख देखाउन सकिनेछ । दाजुभाईसँगको सहकार्यबाट उपयुक्त परिणाम निकाल्न सकिनेछ । प्रफुल्लता एवम् सन्तोष बृद्धि हुनेछ । आज यहाँलाई माँ बगलामुखीको आरधनाको साथमा तीन अंक र हरियो रङ्गको प्रयोग शुभकर हुनेछ । 
 
वृश्चिक राशिः 
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आजसामान्य अनुकूल देखिएको छ । तथापि बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तरपनि धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तार हुनजाने र केही रणनीतिक खेल हुनसक्ने पनि सम्भावना पनि देखिएको छ, व्यवहारिक सावधनीको जरुरी हुनेछ । सम्भावित प्रतिकूलतालाई न्यूनिकरण गर्न आज यहाँले माँ बगलामुखी तथा सरस्वतीको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।
 
धनु राशिः
धनुराशि हुनेहरुको लागिआजसकारात्मक एवं उमङ्गिलो तथा राहतपूर्ण दिन रहने छ । नया“ पेशा–व्यवसायको विचार मन्थन हुनसक्ने छ । औपचारिक विचार गोष्ठी–कार्यक्रम आदिमा संलग्न हुनपाइने अवसर मिल्नसक्ने छ । येश–कृति र शान्ति एवं कान्ति बढ्नेछ । अनुहारमा हसिलो पन तथा आकर्षण बढ्नाले मान्छेहरुलाई प्रभाव पार्नसकिने छ । मानसम्मान, पदप्रतिष्ठामा बढोत्तरी हुनेछ । स्वादिष्ट परिकार आदिद्वारा स्वागत सत्कार मिल्नेछ । घरपरिवार तथा कार्यक्षेत्रमा सौहार्दता र प्रसन्नता छाउने छ । मनोकूल वातावरण बन्ने र व्यवसाय एवम् कर्मक्षेत्रबाट लाभ तथा सफलता मिल्नेछ ।
 
मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागिआजको दिनकेही संघर्षको सामना गर्नपर्ने देखिएको छ । कामकार्यमा बढी नै कोसिसले मात्रै थोरै सफलता मिल्नसक्ने छ । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ भने बुद्धिमततापूर्वक फजुलका विषयबाट तर्किनु आज तपाईँको लागि उपयुक्त हुनेछ, अन्यथा खतिक्षति हुनसक्ने र पश्चाताप पनि पर्नसक्ने सम्भावना रहेको गोचरले देखाएको छ । गोचरले अनावश्यक यात्रा हुनसक्ने कुरालाई पनि लक्षित गरिरहेको छ । यहाँको लागि आज ३ अंक र पहेंलो रंगको प्रयोग एवम् कूलदेवताको भक्तिभाव शुभप्रद हुनेछ । 
 
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागिआजसदुपयोग गर्नजाने लाभकर दिन परेको छ । पेशागत कार्यमा उपयुक्त सफलता मिल्नेछ । अनुकूल गोचरप्रभावको सदुपयोग गरी व्यवसायबाट प्रचुर लाभ गर्नसकिने छ । पुरुषार्थ बृद्धि हुने रसोवापत मान्छेहरुबाट प्रसंशा मिल्ने तथा सहयोग पनि प्राप्ति हुने गोचर लक्षण छ । आफन्तजनबाट सहयोग प्राप्त गर्नसकिने तथा व्यवहारिक प्रगति एवम् स्याबासी मिल्ने र यश कृति पनि बढ्ने छ । प्रगतिकारक दिनको सदुपयोग गरी वैयक्तिक प्रगति एवं व्यवसायिक उन्नयन तर्फ चेष्टा दिनु बुद्धिमानी हुनेछ । गुमेको प्रतिष्ठा फर्काउन र बैंकब्यालेन्स बढाउनसकिने साथै विद्यामा पनि प्रगति हुनेछ ।
 
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागिआजमानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुने दिन रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि गर्नसकिने छ । सामाजिक प्रतिष्ठा बृद्धि हुनेछ भने यहाँमा भएको कलाकौशलताजन्य प्रतिभाले स्थान पाउनेछ । जागिर एवम् राजनीति तथा समाजसेवाको क्षेत्रमा थप जिम्मेवारी मिल्नसक्ने छ । आज यहाँलाई उच्चवर्ग तथा पदस्थ व्यक्तित्त्वहरुसँगको भेटघाटले महत्त्वाकांक्षी पनि बनाउने छ । विशेष विषयको योजनाको बारेमा विचारविमर्श हुनसक्नेछ । यहाँको लागि आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने कूलदेवताको नाममा कुनै उपयुक्त वस्तु अर्पण गर्नु वा अनुष्ठान गर्नु विशेष पूण्यकर हुनेछ । 
आजको पञ्चाङ्ग :
सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ फाल्गुणमहिनाको १८ गतेमङ्गलवार। श्री सूर्य उत्तरायणशिशिर ऋतु । फाल्गुण कृष्णपक्षको सप्तमीतिथिमध्यान्ह१२ बजेर ०२ मिनेटसम्म उपरान्त अष्टमी तिथि।अनुराधानक्षत्र२३बजेर १०मिनेटसम्म उपरान्त ज्येष्ठा नक्षत्र ।हर्षणयोग।आनन्दादि योगमावज्रयोग । बवकरण१२बजेर ०२मिनेटसम्मउपरान्त बालवकरण । तदनुसार नेपालसंवत ११३६ सिल्लागा।योग संवत ३७ । ई.सं.२०१६ मार्च महिनाको १तारिख ।
आजको राशिफल : २०७२ फाल्गुण १८ गतेमङ्गलवारको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागिआजकोदिन त्यति सहज देखिएको छैन । स्वास्थ्यमा गडबढी हुनसक्ने र गरिरहेको कामकार्यमा पनि झमेला आइलाग्नसक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझि कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउनसक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । दैनिक कार्यमा बढी परिश्रमको बाबजुत कम उपलब्धिले चित्तबुझाउनु पर्ला, संयम र धैर्य गरी प्रतिकूल समयलाई टर्न दिनु बुद्धिमानी हुनेछ । बलजबर्जस्तिले पश्चाताप पार्नसक्ने छ । कसैकसैलाई चोटपटकको पनि भए दखिएको छ होसियारी अप्नाउनु होला । आज आठ अंक, रातो रङ्ग शुभ हुनेछ भने रोगीको सेवाले पूण्य दिनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजआमोद–प्रमोद चाहनामा बृद्धि हुने तथा विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने छ । व्यवसायिक उन्नति हुनाले केहीहद्सम्म आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । चोटपटक आदिको भय देखिएकोले यात्राको हकमा भने अल्लि विचारपुर्याउन पर्ने देखिएको छ ।  विवाहको प्रस्तावलाई पनि सजिलै स्वीकार नगरिहाल्नु बुद्धिमानी हुनेछ ।  आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने माङ्गलिक दोष हुनेहरुले उपयुक्त उपाय अवलम्बन गर्नु राम्रो हुनेछ । साथै गुरु गणेशको दर्शन गर्नु हितकर हुनेछ ।   
मिथुन राशिः 
मिथुन राशिकाव्यक्तिहरुको लागि आजको दिनसकारात्मक देखिएको छ । स्वास्थ्यमा आरोग्यता प्राप्ति हुने र शारीरिक सुन्दरता बढ्ने छ । शत्रु तथा विरोधीपक्षसँग प्रभावकारी तरिकाबाट मुकाविला गर्न सकिनेछ । र प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । व्यवसायिक पेशाबाट पनि राम्रो उपलब्धि गर्नसकिने छ । दिन अनुकूल रहेकोले आज रोकिएर रहेका कामलाई पूरा गर्न प्रयत्न गर्नु तथा स्वकर्मलाई बढी जोड्गर्नु मनासिव हुनेछ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने विपक्षीहरुसँग रणनीतिक ढङ्गले सहमती गर्नु उपयुक्त एवम् बुद्धिमानी हुनेछ । 
कर्कट राशिः 
कर्कट राशिका व्यक्तिहरुकोलागिआजदिनअल्लि होसविचार पुर्याएर चल्नपर्ने दिन रहेको छ । ज्ञानोन्मादको भावना देखिनसक्ने र कमजोरी उदांगिनसक्ने सम्भावना रहेकोले सो विषयमा ख्याल पुर्याउनु होला । मानवीय व्यवहार र धैर्यता गर्नाले प्रतिष्ठा जोगाउन सकिनेछ । सन्तानबाट सुख र केही लाभ मिल्ने देखिन्छ । परनिन्दाको वृतिलाई प्रसय दिँदा स्वकार्य पूरा गर्न समय गुज्रनसक्ने छ भने आफ्नो गोपनीयता खुश्कनसक्ने पनि डर देखिएको छ । अल्लि ध्यान पुर्याउन जरुरी देखिन्छ । बढी बोलेर बाठो हुने मनोविज्ञानले अन्तमा पछुतो पार्नसक्ने भएकोले संयम गर्नु बुद्धिमानी हुनेछ । लगनशीलतापूर्वक स्वकर्ममा खट्नाले भने केही लाभ हातपार्न सकिनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजदिनहोसियारी रहनुपर्ने दिन देखिएको छ । विनाकारण कसैसँग वादविवाद तथा मनमुटाव हुनसक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरीसम्बन्ध मात्रै राख्नु उपयुक्त हुनेछ । आज केही पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ । अगाडि सारिएको  काममा विलम्ब हुने तथा अबरोध आइपर्नसक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवम् अभ्यास अवलम्बन गर्नुपर्ला । मानसिक संकिर्णतालाई प्रवेश नदिई आफ्नो कर्मक्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्नसकिने छ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमाको आर्शिवादले यहाँलाई ठूलो हित गर्नेछ । 
कन्या राशिः 
कन्या राशि हुनेहरुको लागिआजबहुआयामिक दिन रहेको छ । त्यसैले शक्तिको भरपुर सदुयोग गर्नु बुद्धिमानी हुनेछ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने पार्टनसिप तथा सहकार्यको प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट औकात अनुसारको  आर्थिक उपार्जन गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, हरियो रङ्ग फाप्नेछ भने हनुमानवीरलाई खुशी बनाउनु थप हितकर हुनेछ । 
तुला राशिः
तुला राशि हुनेहरुको लागिआजको दिनकेही अदृष्य रोकावटको बाबजुतपनि सकारात्मक नै देखिएको छ । सावधानीपूर्वक वाणी व्यवहार गर्नाले बोलीवचनले मान्छेहरुलाई प्रभाव पार्नसकिने छ । सञ्चित धनको व्यय हुनसक्ने र व्यवसाय आदिबाट आर्थिक आम्दानी हुने, दुबैको सम्भावना रहेको छ । परोपकार एवम् सामाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ भने थोरै प्रयत्नले नाता–कुटुम्ब सम्बन्धमा सुधार ल्याउन सकिने छ । आज यहाँहरुको लागि दुई अंक, सेतो रंग शुभ रहने छ भने अदृष्य रोकावट निवारणको लागि गणेश आराधना हितप्रद हुनेछ । 
वृश्चिक राशिः 
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आजराहत मिल्ने दिन परेको छ । व्यवसायिक लगानीको अबसर तथा प्रस्ताब आउनसक्ने छ । पार्टनर्शिपको कामबाट भने बच्नु बुद्धिमानी हुनेछ । संस्थागत कार्यकर्ताको लागि भने औपचारिक कार्य आदिमा व्यस्त रहनपर्ने देखिएको छ । विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्यक्रम आदिमा सरिक हुनपर्ने तथा स्वादिष्ट भोजनको अवसर मिल्ने र उपहार व्यवहार गर्नुपर्ने हुनसक्ने छ । पेशा तथा व्यवसायिक कामबाट अर्थलाभ हुनेछ । शुभेच्छुकजनहरु भेटिने तथा सहयोग जुट्ने छ । समाज सेवा, जागिर एवम् राजनीतिकको क्षेत्रमा पनि ग्रहले अनुकूल प्रभाव दिएको छ । 
धनु राशिः
धनुराशि हुनेहरुको लागिआजको दिनसंघर्षप्रद छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता हात लाग्नेछ । खर्च बढ्ने ग्रहयोग रहेकोले फजुल विषय मन आकर्षित हुनेछ । पारिवारिक आवश्यकताहरु पनि बृद्धि हुने र आर्थिक भार थेग्न हम्मेहम्मे पर्नेछ । आज मानसिक चञ्चलतालाई रोक्न धैर्य र संयम धारण गर्नु उपयुक्त हुनेछ । प्रतिकूलता हटाउन कुमारीदेवीको भक्तिभावले मद्दत दिनेछ । यहाँको लागि आज तीन अङ्क र पहेंलो रङ्ग हितकर हुनेछ भने असहाय क्षेत्रमा दानदिनाले खर्चयोगको दोषलाई न्यूनिकरण गर्न सकिनेछ ।  
मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागिआजको दिनपुरुषार्थ बृद्धि हुने खालको रहेको देखिन्छ । मान्छेहरुबाट प्रसंशा मिल्नेछ भने सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता बढ्ने र आर्थिक लाभ गर्न सकिने छ । तथापि परिश्रमविनाको धर्नाजर्न तर्फपनि मन आकर्षित हुनसक्ने छ, जसले नैतिकतामा प्रश्न चिह्न लगाउनसक्ने छ ख्याल गर्नुहोला । विद्यार्थीहरु अध्ययनमा सफल भइने र हौसला मिल्ने छ । यात्रा हुनसक्ने सम्भावना पनि छ । नयाँ व्यक्तिसँग सुमधुरसम्बन्ध स्थापित हुनेछ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग तथा दीनदुखीको सेवा फापकर हुनेछ ।  
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागिआजमानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुने दिन रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि एवम् लाभ गर्नसकिने छ  । जागिर एवम् राजनीति तथा समाजसेवाको क्षेत्रमा थप जिम्मेवारी मिल्नसक्ने छ । उच्चवर्ग तथा पदस्थ व्यक्तित्त्वहरुसँगको भेटघाटले महत्त्वाकांक्षी पनि बनाउने छ । विशेष विषयको योजनाको बारेमा विचारविमर्श हुनसक्ने छ । महत्त्वपूर्ण नयाँ कार्यको थालनी हुनसक्ने सम्भावना पनि रहेको छ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल रहने छ, अपेक्षित उपलब्धिको लागि हृदयदेखि नै हनुमानदेवकोश्रद्धाभक्ति गर्नु अझ प्रभावकारी हुनेछ । 
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागिआजको दिनले कोल्टे फेरेको छ तथापि कमजोरी खोज्नेहरू सक्रिय हुने देखिन्छ । यद्यपि विचारमा स्वच्छता आउने तथा आस्था र धार्मिक विचार बढ्नसक्ने छ तथापि कान्तिमा मलिनता देखिने र मानसिक भय पर्नसक्ने सम्भावना पनि छ । कार्यक्षेत्रमा माथिल्लो निकायबाट अपजश तथा दुःखकष्ट आइपर्ने सम्भावनालाई पनि नकार्न सकिन्न तरपनि हिम्मत बढाउन उपयुक्त हुनेछ । सत्प्रयत्नले कार्यक्षेत्रमा लाभ हातपार्न र अवरोध हटाउनसकिने छ । निष्ठा एवम् सिद्धान्तमा नचुक्नु नै तपाईको लागि आज परीक्षाको विषय बन्नसक्ने छ ।
आजको पञ्चाङ्ग : 
सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ फाल्गुण महिनाको ४ गते मङ्गलवार । श्री सूर्य उत्तरायण शिशिर ऋतु । माघशुक्ल पक्षको नवमी तिथी, रोहिणी नक्षत्र, ऐन्द्र योग १३ बजेर ०७ मिनेटसम्म उपरान्त वैधृति योग । आनन्दादि योगमा मातंग योग, बालब करण १४ बजेर ५९ मिनेटसम्म उपरान्त कौलब करण । तदनुसार नेपालसंवत ११३६ सिल्लाथ्व । योग संवत ३७ । ई.सं. २०१६ फेब्रुवरी महिनाको १६ तारिख । 
 
आजको राशिफल : वि.सं.२०७२ साल फाल्गुण ४ गते मङ्गलवार
मेष राशिः 
मेष राशि हुनेहरुको लागि आजको दिन ग्रहगोचर अनुकूल एवम् सकारात्मक प्रभावशाली देखिएको छ । वाणीमा मिठास आउने हुनाले बोलीवचनको भूमिकाले मान्छेहरुको मन जित्न सकिनेछ । प्रवचन, भाषण तथा अध्यापन एवम् तर्कजन्य विषयमा यहाँको प्रस्तुति सकारात्मक र प्रभावशाली हुनेछ । व्यवसायिक कार्यमा प्रगति हुनगई आर्थिक सुधार एवम् लाभ हुनेछ । परोपकार एवम् समाजिक सेवाका कार्यमा सरिक हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तार हुनेछ तथा परिवारमा नयाँ सदस्यको आगमन हुनसक्ने छ । आज यहाँको लागि दोस्रोक्रमसँख्या, उज्यालो रंगको प्रयोग फापसिद्ध रहनेछ भने गुरु गणपतिको श्रद्धाभक्ति हितप्रद हुनेछ । 
 
वृष राशिः 
वृष राशिका व्यक्तिहरुको लागि आज सौहार्दपूर्ण उत्साह एवम् उमङ्गको वातावरणमा बित्ने देखिन्छ । इष्टजनहरुको आगमनले शोभायमान वातावरण बन्नेछ भने औपचारिकता निर्वाहको लागि व्यस्ततापूर्ण दिनचर्या रहनेछ । कसैकसैको लागि निमन्त्रणा तथा मिष्ठान्न आदिले स्वागत सत्कारको अवसर प्राप्त हुनेछ । व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा उठाउन सक्नु हुनेछ । राजकाज तथा नोकरी आदिमा पनि ग्रहले उपयुक्त भूमिका निर्वाह गरेको हुनाले सन्तोष प्राप्ति हुनेछ । अन्य पेशाकर्मीको लागि पनि लाभ मिल्नेछ । सारांसमा आज यहाँहरुलाई व्यस्तताको बाबजुत पनि सफलताको कारण मानसिक शान्ति र सन्तोष प्राप्त हुनेछ । आज एक अंक, पहेंलो रङ्ग र गणेश आराधना उपयुक्त रहनेछ ।
 
मिथुन राशिः 
मिथुन राशिका व्यक्तिहरुको लागि आज कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने र खर्च बढ्नसक्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत अन्त्यमा परिणाम केही आफ्नो पक्षमा ल्याउनसकिएला र अल्प सुख होला । मान्यजनप्रतिको व्यवहारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदिको लागि याात्रा गर्नु, उपयुक्त स्थानमा दानदातव्य आदि गरी सहयोग गर्नु जस्ता कार्यमा खर्चको सदुपयोग गर्नु उचित हुनेछ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने कसैको परोपकार गर्नाले पनि अनिष्टकर ग्रहदोषमा राहत मिल्नेछ । 
 
कर्कट राशिः 
कर्कट राशिका व्यक्तिहरुको लागि आज यद्यपि आम्दानीकर ग्रहयोग परेको छ तरपनि विशेष अपेक्षा गरिएको महत्त्वपूर्ण कार्यमा ग्रहको अबरोध स्थिति देखिएको हुनाले आशा गरिएको आर्थिक लाभ हुनलाई अल्लि कठिनाई पर्नसक्ने छ । सामान्य कामकार्यमा ग्रहस्थिति स्वभाविकै रहने देखिन्छ । पेशा एवम् व्यवसायमा ठिकै सफलता मिल्नेछ । स्वजनहरुसँग भेट्घाट हुनपाइने तथा शुभसन्देश प्राप्त हुने दिन रहेको छ । आज यहाँको लागि २ अंक, सेतो रङ्ग अनुकूल रहनेछ । मुख्य कार्यमा आउने बाधाब्याबधानको निवारणको लागि भगवान सूर्यनारायणको भक्तिभाव गर्नु उपयुक्त हुनेछ भने मान्यजनको आर्शिवाद पनि शुभकर हुनेछ । 
 
सिंह राशिः 
सिंह राशि हुनेहरुको लागि आजको दिन मानसम्मान र उच्च संपर्क विस्तार हुनसक्ने सम्भावना भएको दिन भएपनि अढैया शनिको अबरोधको कारण यहाँलाई पर्याप्त उपलब्धि लिन अल्लि कठिनाई देखिएको छ । तथापि केही उपलब्धि भने हुनेछ । केही हद्सम्म मानप्रतिष्ठा बढ्नेछ र व्यवसायिक उन्नति एवम् आर्थिक लाभ हुनेछ । औकात अनुसारको जिम्मेवारी लिनु ठिकै पनि हुनेछ । भावी कार्ययोजनाको बारेमा छलफल पनि हुनसक्ने छ । आज यहाँलाई रातो रङ्ग, एक अंकको छनौट र शनिको अबरोधलाई हटाउन हनुमानवीरको दर्शन भक्ति उपयुक्त  हुनेछ ।
 
कन्या राशिः 
कन्या राशि हुनेहरुको लागि आज पूण्यार्जन गर्ने अवसर मिल्ने ग्रहगोचर परेको दिन रहेको छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्नसकिने छ । व्यवसायिक उन्नति पनि हुन गइ आर्थिक लाभ पनि गर्नसकिने छ । सांसारिक पुरुषार्थ गर्न पनि सक्नुहुने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको देखिन्छ । आँटेको काममा थप आत्मबलको साथमा अघि बढ्दा हुनेछ । नौ अंक पहेलो रंग र धार्मिक जनको सेवा अझ विशेष हितकर हुने देखिन्छ । 
 
तुला राशिः 
तुला राशि हुनेहरुको लागि आजको दिन स्वास्थ्यमा प्रतिकूलता आउन सक्ने र काममा पनि अल्लि दिग्दारी हुने सम्भावना देखिएको छ ।  आज दीर्घरोगीले स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी हुनेछ । कामको शुरुमा ढिलाई हुनाले मानसिक अशान्ति बढ्नसक्ने गोचर परेको छ । धैर्यपूर्वक स्वकर्ममा लगनशीलतालाई कायम राख्नाले अन्तिममा भने केही सफलता प्राप्त गर्नसकिने छ । सामान्यतया साविकको भन्दा अल्लि बढी खर्चको भार बढेर जाने देखिएको छ । हतार र उन्माद गर्दा खतिक्षति बढ्नसक्ने भएकोले नहतारिएकै राम्रो हुनेछ । प्रतिकूल तथा अफ्ठ्यारो परिस्थितिलाई बुझेर सावधानी रहनसके परिश्रम र लगानी खेरा जानबाट बचाउन सकिनेछ । 
 
वृश्चिक राशिः 
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज भौतिक एवम् सांसारिक सुखकर दिन रहनेछ । जीवन साथीको सहयोग मिल्ने तथा प्रेमसम्बन्ध प्रगाढ बन्नेछ । कसैकसैलाई मान्यजन कष्ट वा चोटपटक जन्य घटनाको खतरा पनि देखिन्छ, जन्मसमयमा शनि आदि ग्रह प्रतिकूल हुनेहरुले ख्याल पुर्याउनु होला । भ्रमण आदिको अवसर मिल्ने सम्भावना छ भने व्यापार व्यवसायबाट लाभ गर्नसकिने छ ।  आफन्तजनको सहयोग पाइने देखिन्छ । सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने उपहार व्यवहार गर्नाले आज यहाँलाई कसैले सम्झना गरिरहने बाटो बन्नेछ ।  
 
धनु राशिः 
धनुराशि हुनेहरुको लागि आज अनुकूल एवम् सकारात्मक रहेकोले कार्यक्षेत्रमा सफलता मिल्नेछ । अवसर तथा समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा विजयी भइनेछ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिनेछ । जागिर आदि पेशाको क्षेत्रमा पनि अनुकूल एवम् सहज वातावरण बन्ने र स्याबासी मिल्नेछ । स्वास्थ्यमा आरोग्यता बढ्न गई कान्तिमा बृद्धि हुनेछ भने शारीरिक स्फुर्ति बढ्नाले कामकार्यमा पनि मनग्य रुचि लाग्नेछ । विरोधीसँग प्रतिवादमा आज यहाँको प्रस्तुति खरो हुनसक्ने छ । उद्यम व्यवसायबाट आर्थिक लाभ हुनगई सन्तुष्टि मिल्नेछ । आज यहाँलाई कुट्नीतिक कार्यमा विशेष सफलता मिल्ने दिन छ । 
 
मकर राशिः 
मकर राशि हुने व्यक्तिहरुको लागि आज वैचारिक शक्ति प्रदर्शन गर्ने संयोग पर्नसक्ने छ । बुद्धिको चतुर्याँईले केही हद्सम्म मान्छेहरुको मन जित्न सकिने छ । स्वकार्यमा पनि आज यहाँको विवेकले राम्रै साथ दिने देखिन्छ । समयको सदुपयोग गर्नसके अध्ययन तथा लेखन पक्षबाट बढी फाइदा लिनसकिने छ । व्यवसायिक क्षेत्रबाट पनि यथोचित प्रगति गर्नसकिने छ । गृहस्थीहरुलाई सन्तानपक्षबाट सन्तोष मिल्नेछ । आज पाँच अंक, रातो रङ्ग यहाँलाई फाप सिद्ध हुनेछ भने अनाथ बालबालिकालाई सहयोग गर्नु पूण्यप्रद हुनेछ । 
 
कुम्भ राशिः 
कुम्भ राशिका व्यक्तिहरुको लागि आज दिन मनग्य अनुकूल देखिँदैन बरु केही प्रतिकूल महसूस हुनसक्ने छ ।  मनमा संकोचित विचारले प्रसय पाउने र छरछिमेक–साथीभाई कसैसँग मनमुटाव हुनसक्ने सम्भावना छ, सावधानी आवश्यकता पर्नेछ ।  मिथ्या आरोप एवम् आलोचना आदिको अपयश खेप्नपर्न सक्नेछ भने कामकार्यमा पनि केही अड्चनको सामना गर्नुपर्ने हुनसक्ने छ । सकारात्मक ढङ्गबाट प्रतिकार गर्ने मानसिक क्षमता बढाउनु होला । सत्नियतबाट संघर्षको सामना गर्ने तथा दृढ रहनाले अल्मल्याहट् र अबरोध बाबजुतपनि केही सफलता एवम् व्यवसायबाट लाभ हातपार्न सकिने छ । 
 
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागि आज यद्यपि विशेष विशेष कामकार्यमा ग्रहको केही बाधाअबरोध देखिन्छ नै तथापि दिन उद्यमिलो छ । आज प्रसस्त शारीरिक जोशजाँगर बढेर आउने हुनाले निकै पुरुषार्थ गर्नसकिने र कामकार्यमा पनि मनग्य मनलाग्ने छ । नयाँ कामकार्यको योजना निर्माण गर्ने तथा घनिभूत छलफल हुनसक्ने छ । आफन्तीजनसँग भेटघाट हुनाले नातासम्बन्ध नविकरण गर्ने मौका मिल्नेछ । विशेष एवम् महत्त्वपूर्ण काममा आउने बाधाब्याबधान निवारणको लागि हनुमान भगवानलाई खुशी बनाउने तथा शनिश्चरको प्रभाव न्यूनिकरण गर्ने कुनै उपाय अवलम्बन गर्नु शुभ हुनेछ ।