Latest News
Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

यो उथलपुथल हुँदै गरेको समाजको अटल नेपाली माया !
भाउजू सकुशल माइती पुग्नु भयो होला यहि कामाना नि गरे । खै कसरी सुरु गरौ यी पत्रको हरफ हरु…… अत्यन्त कहाली लाग्दा तपाईंको नेपाल बसाई कस्तो भयो कुन्नी ?? नेपाल जस्तो पुरुष प्रधान देशमा तपाईं जस्तो महिला लाई अधिकार सम्पन्न बनाइएको फिलिपिन्स बाट नेपालमा पाइला राख्नु भएपछि थाहा भयो होला । नेपाली महिला हरुको अवस्था के रहेछ नजर अन्दाज गर्नु नै भयो होला ? खै के भनौ भाउजू हाम्रो समाजै एस्तै छ देशको न्याय कानुन परिवर्तन हुनुपर्छ भनेर पटकपटक क्रान्ति आन्दोलन भै सके पटक पटक महिला अधिकारको लागि आन्दोलन भए रातारात च्याउ उम्रेसरी महिला मुक्तिको लागि हजारौं सस्था खडा भए ।

जसरी सस्था खडा भए त्यस्तै समस्या हरु झन खडा भए दैनिक जसो हत्या, बलात्कार, दाइजो नदेको झोकमा दैनिक जसो महिला हरु जलाइए छोरी मात्रै पाएको निहुँमा सैयौ लाई घरबार बिहिन बनाइए, बोक्सीको आरोपमा मुलमुत्र ख्वाइन्छ । एस्तै छ नेपालको महिला माथिको स्थिती यस्तो स्थितिमा तपाईंको पक्षमा बोली दिने कोहि भएनछन । हुनत तपाईं जस्तोको पक्षमा नेपालमा बोली दिने नै को हुन्छ र ?? तपाईं एउटा क्रिश्चियन देशको नागरिक क्रीस्चियन पनि पर्नु भयो होला ?? हामी पनि अधिकार यी बेथिति कुरिती अन्त्याको लडाइँमा नै छौ । अहिले हामीलाई र हाम्रो आन्दोलन लाई संसारको अगाडी बदनाम बनाउन जातिय आरोप लाईदैछ । खैर यी कुरा छोडौ तपाईंले त ससम्मान बिदा पाउदा नि अधिकार सहित बिदा पाउनुपर्ने हो । झन तपाईंलाई त इलिगल घोषणा गरेर तपाईंको देशको दुतावास खोजेर सात लाख जरिवानापो तिराईएछ । तपाईं एक महिने टुरिष्ट भिजामा आउनु भएछ तर एक महिना पछि यो मान्छे किन फर्केन के भयो भनेर सरकारले कहिले खोजी गरेन तपाईं माथी परेको अन्यायको पनि कुनै मुल्यांकन भएनछ ।

अर्काको देशको चेली ल्याएर बिजोग पार्ने कुपुत्र जिबन थापाको नि कुनै सोधिखोजी भएनछ ? नत कुनै जरुरी नै देख्यो त्यहा तपाईंको मानवीयताको कुनै कदर भएको पाइएन बरु उल्टै तपलाई बिदाई होईन देशबाट लखेटिएको छ। हाम्रो नेपालि समाजलाई अाधार मान्ने हो भने तपलाई नङ्ग्याईएको छ र सर्वस्व लुटिएको छ। यो घटनाले वास्तवमा हामी नेपालिलाई केहि हदसम्म भएपनि बेईज्जत अवस्य गरेको छ। एउटा हाम्रो नेपाली हरुको मनमा प्रश्न हरु जागिरहेको छ । एउटि महिला जो बर्षौ देखि शारीरिक मानसिक आर्थिक पीडा सहदै आएकी थिइन्

उनैलाई ओभर स्टे भए बापत ७/७ लाख जरिबाना?
त्यो पैसा उनले तिर्नु नपरे पनि मानसिक पीडा भयो कि भएन ?
समय परिस्थिति र संबेदनशीलता हेरेर त्यो पैसा छुट मिनाह दिनु पर्ने हो कि हैन ?
एक हिसाबले नेपाली नागरीक संग बिहा गरेर २/२ वटा बच्चा भए पछि उनी नेपाली नागरीक स्व सरह हो कि हैन?
तपाईं लाई जुन तरिकाले ससम्मान बिदा हुनुपर्ने नेपाली अङ्गकृत अधिकार पाउनुपर्ने, अङ्स, पासपोर्ट पाउनु पर्ने बेला तपाईं माथी जुन अपमान भएको छ ।
म र हामी भन्न चाहन्छौ

#Iam_sorry_Joya_bhauju
#we_are_sorry_Joya_bhauj…

यस्तै छ यहाको चलन यो चलनलाई तोडदै तपाईंको पक्षमा आवज हरु बुलन्द उठ्दैछन ।
आसा गरौ तपाईंले छिट्टै न्याय पाउनु हुने छ ।
उहीँ तपाईंको अपरिचित देवर

शान्ती राज राई “वाम्बुले”
नेपाल

साभारः लाइटनेपाल
काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले अघिल्लो सरकारको निर्णयहरु नउल्ट्याउन दाहाल सरकारलाई आदेश दिएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न देशका लागि सिफारिस गरेका १४ राजदूतको नाम पुष्पकमल दाहाल नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले फिर्ता लिएपछि सर्वाेच्चले बुधबार यो निर्णय कार्यान्वयन नगर्न नयाँ सरकारलाई अन्तरिम आदेश दिएको हो ।
सिफारिसमा परेर पनि सुनुवाइ हुन नपाउँदै नयाँ सरकारले सिफारिस फिर्ता लिएपछि सिफारिस गरिएका राजदूतहरुले साउन ३१ गते सर्वाेच्चमा रिट निवेदन दायर गरेका थिए ।
रिटको सुनुवाईपछि प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजालसले १४ राजदूतको नाम अस्वीकार गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको सर्वाेच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । उनका अनुसार सर्वोच्चले यो विषयमा सरकारसँग लिखित जवाफ समेत मागेको छ ।
ओली सरकारले सिफारिस गरेका २१ मध्ये परराष्ट्र सेवाका ७ जनाको संसदीय सुनुवाइ सम्पन्न भइसकेपनि राजनीतिक नियुक्तिका १४ जनाको सिफारिस प्रचण्ड सरकारले फिर्ता लिएपछि संसदीय सुनुवाइ समितिले उनीहरुको सुनुवाई नगरेरै घर पठाएको थियो ।
 -
इटहरी – हिन्दुराष्ट्र सगै राजसंस्थाको पूर्नस्थापनाको लागी भन्दै पूर्वी नेपालमा पछिल्लो केही महिना यता अर्धसैनिक युवा दस्ता प्रशिक्षण शुरु गरिएको छ । देशमा बढ्दो रुपमा रहेको भ्रष्टचारको अन्तय अनि हिन्दुराष्ट्रको जनमत संकलनको लागी भन्दै अहिले बृहत राष्ट्रवादी मोर्चा नाम गरेको समुहले युवाहरुलाई अर्धसैनिक प्रशिक्षण शुरु गरेको हो ।

मोर्चाले सुनसरी, मोरङ र झापामा युवाहरुलाई अर्धसैनिक रुपको तालिम तथा राजनितिक प्रशिक्षण दिदै आएको छ । जसमा युवा तथा पूर्व सुरक्षाकर्मीहरु सहभागी छन्Rajabade  (1) । प्रशिक्षणमा खैरो रङको पोसाक पनि तयार गरिएको छ । उनिहरुलाई अहिले बृहत राष्ट्रवादी मोर्चाका सिनेट श्रेष्ठ र योगेन्द्र खनालले प्रशिक्षण दिइरहेका छन् ।

श्रेष्ठ विगत छ महिनादेखि आफ्नो पुख्र्यौली सुुनसरीको जिरायतमा रहेर प्रशिक्षण दिइरहेका छन् । सिनेट पूर्वमन्त्री दिलबहादुर श्रेष्ठका छोरा हुन् । श्रेष्ठ लामो समयसम्म काठमाडौ, थाईल्याण्ड, लण्डन र इन्डोनेसिया बसेका उनी एकाएक ६ महिना अघि मात्रै इनरुवा आएर प्रशिक्षणलाई तिब्रता दिइरहेका छन् ।

योगेन्द्र खनाल भने झापाका पूर्व राप्रपा नेपालका नेता हुन् । हिन्दुराष्ट्रको बिषयमा राप्रपा नेपालले जिम्मेबारी भुमिका खेल्न नसकेको भन्दै खनाल राप्रपा नेपालबाट बाहिरीएर मोर्चा अभियानमा लागेका व्यक्ति हुन । दुवै अहिले पूर्वबाट हिन्दुराष्ट्र पूर्नस्थापनाको अभियानको शुरुवात गरेर ७५ जिल्ला र विदेशमा रहेका राजाबादी, धर्मबादीहरुसँग सम्बन्ध स्थापित गर्दै संगठन बिस्तारमा ब्यस्त छन् ।

सिनेट श्रेष्ठ भन्छन् ‘हामीसँग नेपाली सेना, नेपाल प्रहरी र माओवादी आन्दोलनमा योगदान गरिसकेका जुझारु युवाहरु छन् । उनीहरुलाई हामी प्रशिक्षण गरिरहेका छौं ।’
हामी आन्दोलन गर्दैनौ । आन्दोलनले परिवर्तन ल्याउन सक्दैनौ किनकी हामीले दलले गरेको धेरै आन्दोलन देखिसकेका छौ । त्यसैले हामीले क्रान्ति गर्छौ श्रेष्ठ भने जनतालाई संगठित गरेर सुनसरी जिल्लाबाट क्रान्तिको विगुल फुक्छौ । क्रान्तिको अन्तिम रुप हतियार सहितको आन्दोलन हो । आवश्यक परे त्यसको लागि हामी पछि पर्दैनौ ।’

अहिले जिरायतमा बसेर युवाहरुले गरिरहेको तालिमलाई उनी प्रतिरक्षाको लागि भएको दावी गर्छन । सिटेन थप्छन,‘ हामीले राष्ट्रकोलागि मर्नु परे पनि मर्न तयार छौ भनेर उद्घोष गरिसकेका छौ । बाध्य भए सशस्त्र आन्दोलनकोलागि पनि पछि पर्दैनौ ।’

मोर्चाका अर्के अभियान्ता योगेन्द्र खनालले अभियान सिर्फ हिन्दुराज्यको पक्षमा जनलहर बटुल्न भएको बताउँछन् । ‘अब यो देश हिन्दुराज्य पक्षमा उभिनु पर्छ,’ उनले भने, ‘त्यस कारण यो क्रान्तिका लागि प्रशिक्षण आबश्यक छ ।’

देशभरिका शैक्षिक संस्थामा दुईदिने हड्ताल गर्न 'आदेश' दिएको माओवादी क्रान्तिकारीको विद्यार्थी संगठनका कार्यकर्ताले सोमबार काठमाडौँस्थित मोडेल नर्सिङ कलेज, एसएमएस कलेज र शंकरापुर एकेडेमीमा तोडफोड गरे।
आफ्नो 'आदेश' नटेरेको भन्दै कर्यकर्ताले तोडफोड गरेपछि विद्यार्थीको सुरक्षा जोखिममा पर्ने डरले मंगलबार लगभग देशभरिका सबै स्कुल-कलेज ठप्प छन्।
निजी स्कुलदेखि विश्वविद्यालयसम्मले हचुवा भरमा वृद्धि गरेको शुल्क फिर्ता गर्नुपर्ने, गरिब विद्यार्थीले मेडिकल शिक्षा नि:शुल्क पाउनुपर्ने लगायत माग राख्दै उक्त संगठनले देशभरका शैक्षिक संस्थामा हड्ताल गरेको हो।
विद्यार्थीको सुरक्षा प्रभावित गर्ने गरी बन्द हड्ताल गराउने दलका प्रमुख नेताका छोराछोरीले कहाँ पढिरहेका होलान्?
माओवादी क्रान्तिकारीका अध्यक्ष नेत्रविक्रम चन्द 'विप्लव' ले आफ्ना छोरालाई महंगो शुल्क तिर्नुपर्ने चितवन मेडिकल कलेजमा एमबिबिएस पढाइरहेका छन्। चन्दपुत्र प्रकाशले आफू शुल्क तिरेरै निजी मेडिकल कलेजमा पढिरहेको सेतोपाटीलाई बताए।
'तपाईं आफैं त्यत्रो महँगो शुल्क लाग्ने क्याम्पसमा पढिरहनुभएको रहेछ नि?' भन्ने प्रश्नमा प्रकाशले जवाफ दिए, 'पढ्न पाउनु त मेरो अधिकार हो नि हैन र?'
उनले थपे, 'मैले युद्धकालभरि रुकुमको सरकारी स्कुल पढेँ, आइएस्सी अस्कलमा पढेँ। एमबिबिएस पढ्न यहाँ आएको हुँ। मलाई हरि (कलेजका सञ्चालक) सरले केही सहुलियत दिनुभएको छ। सुरुमा दस लाख बुझाएको हो, त्यसपछि वर्षैपिच्छे एक-दुईलाख तिरेर पढिरहेको छु,' उनले भने।
उनी आफ्ना बाबुको पार्टीको विद्यार्थी संगठनमा पनि आबद्ध छन्।
'तपाईंहरुको बन्द हड्तालले सर्वसाधारणका छोराछोरीको पढ्न पाउने अधिकार खोसियो भन्ने लाग्दैन?'
'बन्द हड्ताल राम्रो विकल्प त होइन तर विद्यार्थीकै हकहितका माग राखेर हामीले बेलाबेला सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनेन। त्यसैले सरकारलाई नै दबाब दिन हामीले हड्ताल र बल प्रयोग गर्नुपरेको हो,' प्रकाशले भने।
चिकित्सा शिक्षामा कायम बेथितिविरुद्ध डाक्टर गोविन्द केसीले शृंखलाबद्ध आमरण अनसन बस्दा चन्दले मुखसम्म खोलेका छैनन्। स्कुल तोडफोडमा उनकै नेतृत्वको भ्रातृसंगठनले प्रेस विज्ञप्ति जारी गर्दै जिम्मेवारीसमेत लिएपछि सेतोपाटीले उनीसँग फोन सम्पर्क गरेको थियो। उनले फोन उठाएनन्।
निजी स्कुल सञ्चालकहरु भने चन्दको पार्टीले चन्दाका लागि आफूलाई दु:ख दिन बन्द हड्ताल गरेको आरोप लगाउँदै आएका छन्। विगतमा पनि बन्द गर्ने र 'कुरा मिलेपछि' फिर्ता लिने गरेको उनीहरुको भनाइ छ।
प्रिय जोया
हुन त म साइनोमा तिम्रो कोही पर्दिनँ । तिमी र ममा देशको भिन्नता छ । भाषाको भिन्नता छ । लवाइ–खवाइको भिन्नता छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा, हामीमा एउटा महान् साइनो छ, त्यो हो मानवीयता र नारीको साइनो । मजस्तै तिमी पनि नारी अनि कसैकी आमा, कसैकी छोरी, कसैकी चेली हौ । सबैभन्दा उच्च कुरो तिमी एक बहादुर आमा हौ ।
यही कारण हो, जसले मलाई तिम्रानिम्ति दुई शब्द कोर्न बाध्य बनायो । यही कारण हो, तिम्रा हरेक पीडाले मेरो मन छोयो । केही दिनअगाडि देखि सामाजिक सञ्जालमा एउटा अपुष्ट खबर छापियो कि एक फिलिपिनी महिला छोराछोरी लिएर रूँदै सडकमा अलपत्र परेकी छिन् भनेर । बिस्तारै–बिस्तारै दिन बित्दै जाँदा त्यो समाचार आगो फैलिएसरी फैलँदैै भाइरल भयो ।
तिमी फिलिपिन्सबाट दुबईमा ती नेपाली युवकजस्तै श्रम गर्न आएकी थियौ । अझ तिम्रोबारे लेखिएको थियो कि तिमी तीन÷चार वर्षपहिले पैसा कमाउन गएको एक नेपाली युवकसँग प्रेममा पर्यौ, जो आफैँ कुलतमा फसेका थिए रे । र, तिमीले उसलाई सक्दो सहयोग गर्यौ । यहाँसम्म कि तिमीले आफूले दिन–रात नभनी जोडेको पैसाले तिम्रो प्रेमी भनाउँदो त्यो युवकलाई नेपाल ल्याउन सफल भएकी थियौ ।
र, ती युवकको प्रेममा परेकी तिमीलाई तिम्रो भनाइ र समाचारमा आएका लिखित भनाइअनुसार त्यो प्रेमीले विभिन्न प्रताडना दिइरह्यो । कस्तो अनौठो लाग्ने हगि ? जसको प्रेममा परेर तिमीले आफ्नो देश छाड्यौ, जिन्दगी नै धराशयी बनाएयौ । उसैले तिमीलाई यत्तिका पीरव्यथा आँसु र पीडा कसरी दिन सक्यो ? कि ऊ साँच्चिकै मानव थियो ? या उसले तिमीलाई खेलौना ठान्यो ? कि तिमी विदेशी केटी भएकाले जे–जस्तो व्यवहार गरे पनि मिल्छ भन्ने सोच्यो उसले ? के यही प्रेम थियो ? तिम्रो बलिदान र त्यागको बदलामा तिमीलाई उसले दिएको प्रेम यस्तै थियो ?
उफ्, आज यी शब्दहरु केलाउँदाकेलाउँदै मेरो औँला काँपेका छन् । मन आन्दोलित भएको छ । असह्य पीडाको अनभूति भएको छ । किनकि तिम्रो प्रेम र त्यागलाई आज नाजायज प्रेमको एउटा स्वरुप बनाइएको छ । तिम्रो प्रेमको बलिदानलाई अवैधानिकताको ल्याप्छे लगाइएको छ । तिमीले बिताएका हरेक दिनको हर्जना तिराइएको छ । तिमीले पाएका पीडाको तिरस्कारको उल्टो तिम्रो देशले हर्जना तिर्नुपरेको छ ।
यो कस्तो विडम्बना हो, यो कस्तो अन्याय हो ? आजको अत्याधुनिक युगमा के सही, के गलत, के अन्याय, के न्याय सबैले छुट्याउन सक्ने भएका छौँ जोया । हो, तिमी विदेशी केटी थियौ र तिम्रो पीडा पनि विदेशीको पीडाजस्तो लाग्यो होला कसैकसैलाई । कसैलाई यी फिलीहरुलाई यस्तै व्यवहार गरिनुपर्छ किनकि यिनीहरु चरित्रहीन हुन्छन् । हो, आम रुपमा यस्तै–यस्तै मान्यता छ– आममान्छेमा फिलिपिनी महिलाप्रति । तर, म सत्य मान्दिनँ यस्ता आमगलत हल्लाहरुलाई ।
किनकि सबै फिली केटी चरित्रहीन हुँदैनन् । र, कुनै पनि कुरा सबै नराम्रा र सबै नराम्रा हुँदैण्हुँदैनन । हरेक ठाउँमा हरेक देशमा हरेक समाजमा राम्रा कुरा सँगसँगै नराम्रा विकृति नराम्रो परिवेश हुन्छन् । अनि अर्काे महथ्वपूर्ण कुरो तिमीले जसलाई प्रेम गर्यौ, आफ्नो प्राणभन्दा बढी प्रेम गर्यौ । नत्र त्यही नेपालीसँगै बिहे गर्नु र उसैका लागि आफ्नो जिन्दगी नै दाउमा किन लगाउने थियौ र ? यति ठूलो संसारमा तिमीजस्ती रुपवान् केटीले अरु पनि केटा भेट्न सक्थ्यौ ।
तर, प्रेमको लीला अपरम्पार छ । यही प्रेमका लागि ठुल्ठूला युद्ध भएका छन् । कैयौँ प्रेमी यही प्रेममा डुबेर आफूलाई विलीन बनाएका छन् । कतिले आफ्नो ज्यान दिए कतिले प्रेमकै नाममा अरुको ज्यान लिए ।
त्यसैले जोया, कसैलाई प्रेम गरेकै कारण तिमीले परदेशी भूमिमा पाउनु दुःख पायौ । भाषा, बोलिचाली रहन–सहन बेग्लै भएको बिरानो ठाउँमा तिमीले आफ्नो कल्कलाउँदो जीवन सिँचाइ गर्दै आफूलाई जीवनको सबैभन्दा महत्वपूर्ण कुरा आफूलाई आमा बनायौ । भनिन्छ, ‘एक साधारण व्यक्तिले जस्तातस्ता परिस्थिति सामना गर्न सक्दैनन् तर एउटी आमाले हरेक परीक्षा र परिस्थितिको सामना गर्न सक्छन् ।
यसैले त तिमीले यत्तिका दुःख पायौ । तिम्रा दुई छोरालाई छाड्न सकेनौँ । उनीहरुको बाबुले निर्वाह गर्न नसकेको कर्तव्य तिमीले सहर्ष स्वीकार्दै आफ्ना दुई संन्तान लिएर हाँसीखुसी आफ्नो देश (फिलिपिन्स) फर्कन सक्यौ । साँच्चिकै भन्नुपर्दा तिमीले तिम्रो प्रेमीबाट कानुनतः रुपमा वैधानिकता पाउन सक्छौ र तिम्रा छोराहरुले बाबुको नाममा सम्पूर्ण अधिकार पाउन सक्छन् । त्यो उनीहरुको जन्मसिद्ध अधिकार हो । हो, हाम्रो कानुनले तिमीलाई र तिम्रा छोराहरुको जन्मसिद्ध अधिकार दिनैपर्छ । । त्यसैले यसपालि तिमी गए पनि जुनै पनि दिन तिमी तिम्रो इच्छा भएको खण्डमा फर्केर आफ्नो गुमेको हक–अधिकार प्राप्त गर्न सक्नेछौ । र, तिमीलाई साथ दिने हामीजस्ता हजारौँ नेपाली हुनेछौ ।
यो लेख प्रकाशित हुँदा तिमी तिम्रो देश पुगिसकेकी हुन्छ्यौ होला । जोया, तिमी यात्रामै छौ कि । तर, तिम्रो पीडादायी कथाले हामी सम्पूर्ण नेपालीको मन पोलेको छ । छटपटी भएको छ । किनकि देशले सिमाना छुट्याउँछ, भाषा छुट्याउँछ तर मानवीय संवेदना र भावना छुट्याउन सक्दैन । किनकि मानवीय व्यवहार र मानवीय धर्मको कुनै सिमाना हँुदैन जोया ।
त्येसैले तिमीलाई तिम्रो अवस्थाका लागि हामी सम्पूर्ण नेपालीको तर्फबाट माफी माग्न चाहन्छु । किनकि तिमीसँग जे–जे गलत कुरा बित्यो, त्यो हाम्रा लागि समेत असह्य र गलत नै हो । कुनै पनि स्वाभिमानी नेपालीले आफ्नो देशमा आएका चाहे जुनै विदेशी हुन् चाहे जुनै सम्बन्ध जोडेर आएका हुन्, तिनीहरुप्रति अन्याय र नराम्रो व्यवहार गरेको सहदैनौँ । अझ त्यसमाथि तिमी त विदेशमा आपतमा परेको नेपालीलाई सहयोग गरेर हाम्रो देशमा भित्रिएकी थियौ ।
हो, तिम्रोजस्तै पीडाले पीडित नारी हाम्रा देशमा हजारौँ छन् । तर, ती स्वदेशी हुन् । जसले आफ्नै देशमा घरेलु हिंसाको सिकार भएका छन् । सयौँको संख्यामा नारी बलात्कार, दाइजो र असीमित रुपमा पीडित भइरहेका छन् । र, यस्ता घटना पक्कै राम्रो हुँदै होइनन् । त्यसैले हामीले गलत कुरालाई गलत नै भन्न सक्नुपर्छ । जुनै पनि घरमा आमाछोरी, दिदिबहिनी हुन्छन् । र, तिमीलाई जस्तै पीडा हाम्रा छोरीचेलीलाई नपर्ला भनेर कसैले ग्यारेन्टी दिन सक्दैनौ । त्यसैले हामीले नै हाम्रा छोरीचेलीलाई सजग हुन र सकेसम्म आफ्नो सुरक्षा आफँै गर्न सिकाउनुपर्छ । यो आजको युगको माग पनि हो ।
अन्त्यमा नेपाल बस्दा तिमीले जे–जस्तो व्यवहार भोग्न पर्यो, ती सबै नराम्रा कुरा तीता यथार्थ भनेर सधैंका लागि भुलिदिनू । जोया तिम्रा दुई छोरा हाम्रो छोरा हुन् । नेपाली रगत हुन् । हामीबीच हाम्रो देशको नाता छ । ती दुई छोरालाई उसको बाबाजस्तो नबनून् भनेर सक्दो सचेत बनाउनू । नत्र भोलि अर्की जोया बन्न के भर भो र ? तयसैले आउँदा दिनमा तिमी योभन्दा अझ बलियो कर्मनिष्ठ भएर अगाडि बढ्नू । तिम्रोजस्तै पीडा भएका अन्य नारीका लागि प्रेरणा स्रोत बन्न सक्नू, तिमीलाई यही शुभकामना म-हामी नेपालीको तर्फबाट ।

उही तिम्री नेपाली दिदी
जुनु राना 
बागलुङ, नेपाल 
हाल : हङकङ
काठमाडौं, ३२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काभ्रे बस दुर्घटनाका घाइते र मृतक परिवारसँग भेट गरेका छन् ।
घाइते भेट्न भनेर मंगलबार दिउँसो काभ्रेको बनेपा पुगेका ओलीले बनेपा तिर मेमेरियल हस्पिटलमा मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरी राहत उपलब्ध गराउन आफूले पहल गर्ने भन्दै पीडित परिवारलाई सान्तवना दिए ।
मृतक परिवारलाई सान्तवना दिइसकेपछि धुलिखेल हस्पिटलमा उपचाररत घाइतेहरुलाई भेट्न पुगेका ओलीले उपचार खर्च र राहतका लागि आफू र आफ्नो पहल गर्ने आश्वासन दिए ।

मृतकका परिवार र घाइते भेटिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले काभ्रे बस दुर्घटनाका घाइते र मृतकलाई राहत उपलब्ध गराउन पार्टी र आफूले पहल गर्ने तथा सरकारलाई दबाब दिने बताए ।
उनले आवश्यकताअनुसार सडकको अवस्था सुधार हुनुपर्ने तथा फराकिलो बनाउनुपर्ने भन्दै यातायात क्षेत्रमा देखिएको सिण्डिकेट तत्काल अन्त्य हुनुपर्ने बताए । सिण्डिकेड अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराउँदै ओलीले सडकमा गाडी गुडाउँदा सवारी साधनको अवस्था र सवारी चालक सक्षम हुनुपर्ने बताए ।

उनले भने– ‘सडक दुर्घटना रोक्न यातायातको क्षेत्रको सिण्डिकेड अन्त्य हुनुपर्छ, सडक राम्रो हुनुपर्यो, चालक सक्षम हुनुपर्यो, सवारी पनि कन्डिसनमा हुनुपर्यो । यी कुरामा सरकारले विशेष ध्यान दिनुपर्यो ।’
ओलीका साथमा पत्नी राधिका, एमाले नेता गोकुल बास्कोटा लगायको सहभागिता थियो ।
नेपाली बुहारी को हक दिलाउ, हामी नेपाली यति घटिया र निर्दयी छौ भन्ने संदेश विश्व लाई नदेउ, नेपाल हाम्रो घर हो, र जोया हाम्रो घर को इज्जत हो, आफुलाई एउटा नामर्द, हुतुयारा, नेपाली सरकार भनेर नचिनाउ। नेपाली युवाले ले गरेको गल्तिको सजाय तेति सोजि नारी लाई नदेउ, बिचारा त्यो दुई बालकको के गल्ती अबोध नेपाली बालक माथी किन यति धेरै अन्याय गर्छौ। घरको अविभावक ले कस्तो संस्कार दिएछन् आफ्नो छोरालाई भन्ने कुरा हो, गल्ती जोया नेपाल आएर भएको हैन, गल्ती त जीवन थापाले गरेका हुन, उ बाटै भएको हो।


उस्ले जोयाको पासपोर्ट च्यातेर फालेका थिए, यसो गर्न हुदैन थियो।कानुनी रूपमा यो सरासर गलत कदम भएको हो। यो घट्ना बाट यति पनि बुझ्न सकिन्छ कि सायद जीवन ले पनि जोया आफू सङै बसोस् भन्ने चाहन्थे कि ! यदि हैन भने जीवन थापा लाई जोयाको माग अनुसारको सजाय मिलनै पर्छ। जीवन थापा जोयाको पत्ती हुन भन्ने हामिले भुल्न हुदैन। जोया नेपाल फर्किनै पर्छ यदि आफुलाई दयालु नेपाली सरकार सम्झिन्छौ भने। ती नारी मा मानवता छ भन्ने कुरा जीवन थपालाई यु ए ई को जेल बाट निकालेर ल्याएको भन्ने घट्ना बाट बुझिन्छ।


जोया ले आफ्नो आफ्नो मानव्ता देखाएकी थिईन। तर किन सरकारले मानव ता देखाउन सकेन,? यो विषयमा प्रश्न माथी प्रश्न खडा गरेर हुनेवाला केही छैन। गोर्खाली हरु साहसी अनि निडर हुन्छन् भन्ने विश्व लाई थाहा छ, तर फेरि यति बुहारीनै पाल्न नसक्ने हुतिहारा ससुरा किन बन्दैछौ सरकार ? हरेक नारी सङ्ग साहस हुन्छ, क्षमता हुन्छ तर तेहि जीवन थापा जस्ता कुबुद्धि भएका लोग्ने मान्छेहरुले दिएको पिडाकोे कारणके गर्दा कयौ नारीहरु आफुमा लच्किन पुग्छन्,लच्केका हुन्छन् जुन आज निर्दोष जोयालाई भएको छ।


यदि नेपाल सगरमाथा को देश, अनि बुद्ध जन्मेको देश भनेर विश्वसामु अरु चिनाउनु छ भने जोया लाई नेपाल बोलाउनै पर्छ, फर्काउनै पर्छ। नेपाल हाम्रो घर हो, हामी जनता नेपाली सद्स्य हौँ, र सरकार भनेको घर को मुल माछे हो, गल्ती त हरेक बुहारी हरु बाट हुन्छ, किनकी गर्दा गर्दै कुनै वेला दिमाग ले काम गर्दैन, र गर्न खोज्नेहरु बाट नै गल्ती पैदा हुन्छ, तर घर को मुल मान्छेले त गल्ती गर्न भएननी। यदि यसरिनै नेपाल सरकार बाट गल्ती हुँदै जाने हो भने हामिले कसरी नेपाली भनेर गर्व गरौ?, कसरी सगरमाथा को देश भनेर शिर ठाडो पारौं?, अनि कसरी बुद्ध जन्मेको देश नेपाल भनी आफू मानव भएको महसुस गरौ? अझै पनि केही बिग्रेको छैन सरकार।


आफ्नो घर सुधार्न सकिन्छ, जोया लाई नेपाल फर्काइयोस् चाहे दस औला जोडि हजुर हाम्रो बुहारी फर्काइ दिनुस् भनेर फिलिपिन्स सरकार सङग आफ्नो घर को इज्जत को लागि झुकन किन नपरोस्  अनि यहाँ मानवता झल्किन्छ। विश्वको इतिहासमा लेखिने छ, फेरि हामिले नेपाली हौ भनेर गर्व गर्ने ठाउँ रहन्छ, सदा सदा सगरमाथा जस्तै शिर ठाडो हुनेछ, गौतम  बुद्ध जन्मेको देश बास्तवमा नेपाल नै हो रहेछ भनेर विश्ले बुझ्ने छ।


म मेरो तर्फ बाट यति भन्न चाहान्छु। र यो कुरा माथी सम्म पुगोस् भन्न चाहान्छु, मेरो नाम दिनेश परियार भरौल सुनसरी पुर्व नेपाल, सम्पुर्ण भरौल बासी बुद्धिजीवी, विद्यार्थी महिला, युवा पत्रकार, हरुमा अनुरोध गर्न गर्न चाहान्छु।यो कुरालाई उठाईयोस् , सरकार सामु पुर्याईयोस्। जोया यानिकी नेपाली बुहारीलाई नेपाल फर्काइयोस्। ती दुई बालक हरुको भविस्य सुनिस्चित नेपाल सरकार बाट गरियोस्। शेयर र कमेन्ट गर्दै जानू होला, यति सम्मकी बहिरो र अन्धो सरकारको दिमाग् र कान सम्म पुगोस् , धन्यवाद जय नेपाल।

खोटाङ, साउन ३२ । ‘श्रीमती त मरेर गइन् नै,’ एक युवाले भने, ‘हामी दुई बीचको नाता सम्बन्ध राख्ने नौमहिने बालकको बिचल्ली हुने भयो ।’

ब्लड क्यान्सरबाट पीडित श्रीमतीको उपचारका क्रममा मृत्यु भएपछि खोटाङ खार्मी–८ का अशोक तामाङले यस्तो दुखेसो पोखेका हुन् ।

क्यान्सरबाट पीडित बनेकी १८ वर्षीया कविता तामाङको उपचारका क्रममा साउन ३० गते मृत्युु भएको हो ।

काठमाडौंको सिभिल अस्पतालमा उपचार गराउने क्रममा कविताको मृत्यु भएपछि उनको नौमहिने बालकको बिचल्ली भएको छ । कविताले आफू नबाँच्ने थाहा पाएपछि छोरा बचाइदिन आग्रह गर्दै सहयोगको याचना गरेकी थिइन् । काखमा दूधेबालक च्यापेर उपचार गराइरहेकी कविताले आफू मर्नुअघि भनेकी थिइन्, ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस् ।’

क्यान्सरपीडित कविताले आफू र आफ्नो छोरा बचाइदिन आग्रह गरेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएपछि सहयोग रकमसमेत जुट्न थालेको थियो । ऋणपान गरेर काठमाडौँको भैँसेपाटीमा कोठा लिएर उपचार गराइरहेकी कवितालाई अस्पतालले २० लाख रुपैयाँ लाग्ने बताएपछि सहयोगको याचना गरेकी थिइन् ।

कविताको मृत्यु भएपछि उनको उपचारमा सहयोग गर्न विभिन्न देशबाट सङ्कलन भएको करिब ६ लाख रुपैयाँ रकम हस्तान्तरण गर्न नपाइएको खोटाङ बास्पानीका राजन राईले बताए । ‘सहयोग रकम लिएर हामी अस्पताल गएका थियौँ,’ एमाले वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका राईले भने, ‘उनको विहानै मृत्यु भइसकेको खबर सुन्नासाथ हामी मर्माहत भयौँ ।’

देश तथा विदेशबाट सङ्कलित सहयोग रकम नाबालकको नाममा बैंक खाता खोलेर जम्मा गरिदिने तयारी गरिएको राईले जानकारी दिए ।

‘दुई/तीनजना संरक्षक बसेर बालकको नाममा खाता खोल्ने तयारी गरेका छौँ,’ उनले भने, ‘बैंकमा जम्मा हुने रकम उनै दूधेबालकको लालनपालन तथा शिक्षादीक्षामा खर्च हुनेछ ।’

दुई वर्षअघि अशोकसँग विवाह भएकी कवितालाई कक्षा १० पढ्दादेखि नै क्यान्सर देखिएको पारिवारिक स्रोतले जनाएको छ । निम्न आर्थिक अवस्था भएका अशोक कवितासँग वैवाहिक बन्धनमा बाँधिएपछि रोजगारीको सिलसिलामा साउदी अरब गएका थिए । घरमा रहेकी श्रीमती बिरामी भएपछि उनको उपचारका लागि साउदीबाट छुट्टीमा आएका अशोक श्रीमतीको मृत्यु भएपछि पुनः साउदी जानबाट वञ्चित बनेका छन् ।

वैदेशिक रोजगारीकै माध्यमबाट घरपरिवार धान्दै आएका अशोकलाई श्रीमतीको मृत्यु भएपछि पुनः विदेश जान नपाएपछि समस्या भएको हो । खार्मी–५ मा १८ वर्षअघि जन्मिएकी कविताकी आमाको समेत यही महिनामा मृत्यु भएको थियो । आमाको अन्तिम संस्कारको दिन छोरी कविताको समेत क्यान्सरका कारण मृत्यु भएपछि दुवै परिवार शोकमा डुबेका छन् । (रासस)


काठमाडौं, साउन ३२ । मधेस केन्द्रित दलले मधेस आन्दोलन अवधिमा दुर्घटना र कालगतिले निधन भएकालाई पनि सहिद सूचीमा पार्न सिफारिस गरेको पाइएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले आइतबार गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको मागसूचीमा सवारी दुर्घटनामा परेका, आत्महत्या गरेकादेखि करेन्ट लागेर ज्यान गुमाएकासम्मको नाम छ ।

मोर्चा र गठबन्धनले मधेस र आदिवासी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकर्मी गरी ६८ जनाको निधन भएको भन्दै सहिद प्रस्ताव गरेका छन् ।

संविधानप्रति असन्तुष्ट दललाई जसरी पनि मनाउने तयारीमा रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले मन्त्रालयबाट सूची मन्त्रिपरिषद पुगेपछि सोझै पास गर्ने सम्भावना तीव्र छ ।

सत्तारुढ गठबन्धन र मधेसकेन्द्रीत दलले आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गरी मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति यसअघि जुटाइसकेका छन् ।

सरकारले यसअघि नै मधेस–आदिवासी आन्दोलनमा ज्यान गुमाएका ४२ जनालाई सहिद घोषणा गरिसकेकोमा मोर्चा र गठबन्धनले धमाधम नाम थपिरहेका हुन् ।

गृहमन्त्रालयको पछिल्लो सूचीले ६२ जना मृतक उल्लेख गरे पनि मोर्चा र गठबन्धनले आइतबार छुट भएको भन्दै थप ६ नाम पठाएका छन् ।

पछिल्लो सूचीमा सप्तरीका बालकृष्ण राय र शिवशंकर दासको नाम पारिएको छ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं मोर्चाका सप्तरी नेता शैलेन्द्रकुमार साहका अनुसार दासको करेन्ट लागेर र रायको सवारी दुर्घटनामा मृत्यु भएको हो । ‘उनीहरु आन्दोलनमा कार्यकर्ता ओसार्ने क्रममा दुर्घटनामा परेका हुन्,’ उनले भने, ‘त्यसैले सहिद सूचीमा राखिएको हो । –नागरिक दैनिकबाट


काठमाडौं : नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले कांग्रेस नेता एंव गृहमन्त्री विमलेन्द्र निधिको तस्बिर कांग्रेस मुख्यालयमै जलाएका छन् । उनीहरुले गृह मन्त्रालयको दुरुपयोग गरेर नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ता विरुद्ध प्रहरी परिचालन गरेर आक्रमण गर्न लगाएको भन्दै निधि विरुद्ध चर्को नाराबाजी गरेका हुन् । उनीहरुले निधिलाई भारतीय दलाल समेत भनेका छन् ।


सोमबार कडा सुरक्षा घेराबीच निर्वाचन समितिले नेपाली काँग्रेसको मुख्यालयमा उम्मेद्वारी मनोनयन गराइरहँदा नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थीहरुले निधिको तस्बिर चलाएका हुन् । उनीहरुले निधिलाई देश छोड्न चेतावनी समेत दिएका थिए । आइतबार प्रहरीले नेविसंघका पौडल निकट कार्यकर्ताहरुमाथि हस्तक्षेप गरेपछि विद्यार्थीहरु आक्रोशित भएका हुन् । आइतबार भएको झडपमा पौडेल निकट विद्यार्थीहरु घाइते भएका थिए ।

अन्तत सहमित
यसैबिच  नेविसंघको विवाद मिलेको छ । प्रतिनिधि विवादलाई लिएर सभापति शेरवहादुर देउवाको संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद चर्कदै आएको थियो । सभापति देउवा र पौडेलबीच सोमबार छलफलपछि सहमति बनेको बताइएको छ ।  दुई नेताबीच भएको छलफलका आधारमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेविसंघका पूर्व अध्यक्ष महेन्द्र शर्माले भागबण्डाका आधारमा पाएका प्रतिनिधिलाई उपत्यका बाहिरबाट समेत प्रतिनिधित्व गराउने गरी समझदारी बनेको हो ।

विधिव्त महाधिवेशन गराउनुपर्ने माग राख्दै आमरण अनशन बसेका सिटौला पक्षीय विद्यार्थी समूहले २ सय १५ र महेन्द्र शर्मा पक्षले १ सय १० प्रतिनिधि पाएको थियो ।  त्यसरी पाएका प्रतिनिधि गैर विद्यार्थी रहेका र सवैजसो उपत्यकाबाट प्रतिनिधित्व भएको भन्दै पौडेल पक्षीय विद्यार्थी समूहले आपत्ति जनाउँदै आएको थियो ।

सभापति देउवाले सहमतिमा नआएपनि निर्वाचनबाटै नेतृत्व चयन गर्ने प्रकृया अघि बढाएपछि पौडेल पक्ष लचिलो बन्दै सहमतिमा आएको हो । पौडेल पक्षले आफ्नो टिमको प्यानल बनाउन समय लाग्ने भएकाले मंगलबारसम्म मनोनयनको समय माग गरेको छ । दुवै पक्षलाई निर्वाचनमा सहभागि गराउन मंगलबारसम्मको समय थप गर्ने तयारी भएको निर्वाचन समितिका एक सदस्यले बताए ।

विहान ११ बजेसम्मका लागि तोकिएको मनोनयनको समय पटक(पटक थप गर्दै सांझ ६ बजेसम्म पुर्‍याईएकोमा पछि देउवा र पौडेलबीचको सहमतिले त्यसलाई मंगलबार बिहान ८ सम्मलाई तोकिएको छ ।

डडेल्धुरा–बसको एउटै सिटमा बसेको काखे छोरालाई बचाए पनि श्रीमतीलाई हरिश खड्काले बचाउन सकेनन् ।
जब बस सडकबाट तल खस्यो, दुई वर्षे दुधे बालक राजिव खड्का र उनको जीवनसंगिनी नारु खड्का बससँगै खोलामा खसे ।

उनले भने, ‘छोरा १०० मिटरमाथि खसेको थियो, श्रीमती १०० मिटर तल खसेकी थिइन् । म त्यहाँ पुग्दा उनले यो संसारबाट बिदा लिइसकेकी थिइनु ।’

नारुको अन्तिम बोली राजिव रुँदा यता आउ भन्दै छट्पटाइरहेकी हरिशले बताए ।

उनको मृत्यु भएपछि हरिश छोरालाई काँखमा च्यापी उप–क्षेत्रीय अस्पतला डडेल्धुरमा उपचार गराउन आए । अब उनीहरुको भेट कहिल्यै हुँदैन् ।

धनगढीबाट बझाङ सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको सुदुरपश्चिम यातायातको ना५ख २८३२ नम्बरको बस बैतडीको सिद्धेश्वर गाविस–३ ज्याफुमा आज दिउँसो दुर्घटना हुँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको हो ।


श्रावण ३१, २०७३- फिल्म निर्माता रोज राणामाथि सोमबार साँझ काठमाडौंमा खुकुरी प्रहार भएको छ ।

मध्यबानेश्वरस्थित रत्न राज्य स्कुल अगाडि अपरिचित समूहले खुकुरी हानेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । उनका अनुसार दुई जना दुई जनाले राणामाथि हात ताकेर हानेका थिए । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।

खुकुरी प्रहारबाट दाहिने हातमा चोट लागेका राणाको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ ।

आपराधिक पृष्ठभूमिका राणा कांग्रेस प्युठानका क्षेत्रीय सभापति हुन् ।


काभ्रेको बिर्तादेउराली-९ खहरेमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइएको छ।

हेलिकोप्टरले घाइतेहरुलाई काठमाडौं विमानस्थल ल्याइ पुर्याउनासाथ अस्पताल लैजानका लागि विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी गृहमन्त्रालयले गराएको छ । 

गृह मन्त्रालयका अनुसार बस दुर्घटनामा ३१ जनाको ज्यान गएको छ  र करिव तीन दर्जन बढी घाइते भएका छन् ।  घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको सवैभन्दा ठूलो एमआइ १७ हेलिकोप्टर घटनास्थल पठाइएको छ। 


दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ। गृह प्रवक्ता यादवप्रसाद कोइरालाले घाइते सबैलाई हेलिकोप्टर ल्याण्ड हुन सक्ने स्थानमा राख्न निर्देशन दिइएको बताए।
काठमाडौं, ३१ साउन । सत्यनिरुपण तथा मेलमिलाप आयोगले गम्भिर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा आममाफी दिन नसकिने स्पष्ट पारेको छ ।
सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्दै आयोगका पदाधिकारीले नियन्त्रणमा लिएर गरिएका हत्या, बलात्कार लगायतका गम्भिर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा आममाफी दिन नसकिने बताए ।
आयोगका अध्यक्ष सुर्यकिरण गुरुङले भने- ‘गम्भीर घटनामा माफी दिन सकिदैन् । हामीले अनुसन्धान गरिरहेका छौं । दोषी जो हो उ जेल जानैपर्छ ।’
आयोगका पदाधिकारीको यस्तो निर्णय सुनेपछि प्रधानमन्त्री दाहालले पनि आफू द्वन्द्वकालका सबै घटनामा आममाफी दिनुपर्ने पक्षमा नरहेको बताए ।


काठमाडौं ।काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त हुदाँ २४ को मुत्यु भएको छ । ४२ जना यात्रु बोकेको सो बस सडकबाट करिब ३ सय मिटर तल खसेको स्थास्थानियवासी पुस्कर राज पन्तले छन्।

ओभरलोड बोकेर गुडिरहेको बस सडकभन्दा ३ सय मिटर तल खसेको छ। २७ जनाको मृत्यु भएको स्थानियवासी पुस्कर राज पन्तले बताए । पन्तका अनुसार ओभरलोड बोकेर गुडिरहेको बस सडकभन्दा ३ सय मिटर तल खसेको छ।

बसभित्र धेरै मान्छे च्यापिएको र उनीहरुको उद्धार गर्न स्थानीयलाई गाह्रो परिरहेको पन्तले बताए। ओभरलोड दुर्घटनास्थलमा नेपाली सेना , प्रहरीको उद्धार कार्य जारी छन् ।

काठमाडौं, ३१ साउन । नेकपा माओवादीका केन्द्रीय सदस्य एव एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष गणेश भण्डारी यौन काण्डमा फसेका छन् । उनीसँगै महासंघका केन्द्रीय सदस्य एवं चल्तीका संगीतकार चेतन सापकोटा समेत सो काण्डमा फसेपछि माओवादी केन्द्रमा ठूलो खैलाबैला मच्चिएको छ ।


केही दिनअघि गणेश भण्डारी र सापकोटा काठमाडौंस्थित देसार थरका राप्रपाका नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउन पार्टीको अनुमति बिना छलफल चलाइरहेका थिए । छलफलकै क्रममा देसार माओवादी केन्द्रमा प्रवेश गर्न राजी भए । र, उक्त खुशीयालीमा काठमाडौंको एक रेष्टुरेन्टमा भव्य जाँडपाटी पनि भयो ।

जाँडपाटी राती अबेरसम्म चलेपछि गणेश र चेतन देसारसँगै उनको घरमा गए । मध्यरातमा देसारको घरमा पुगेका भण्डारी र सापकोटालाई अतिथिकै रुपमा घरमा सम्मानपूर्वक राखे । जाँडले मात्तिएका भण्डारी र सापकोटा आफ्नो राजनीतिक संस्कार र मुल्यमान्यतालाई तिलाञ्जली दिदै देसारकै श्रीमती र छोरी–बुहारीमाथि जर्बजस्ती करणी गर्न प्रयास गरे । उक्त घटनापछि देसारकै श्रीमतीले ‘गुहार’ भनेपछि देसार के भो भन्दै श्रीमतीभएतिर आइपुग्छन् । उनी नजिक पुग्दा भण्डारी र सापकोटाले श्रीमती र बुहारीमाथि जर्बजस्ती गर्न खोजेको देख्छन् ।

त्यसपछि रिसले चुर भएका देसारले भण्डारी र सापकोटालाई निर्घात कुटेर प्रहरीसामु बुझाउन खोज्दा त्यहाँबाट उनीहरु भाग्न सफल हुन्छन् । यसरी पाउना पर्न गएका भण्डारी र सापकोटाले पाउना घरकै नारीहरुमाथि गिद्दे नगर लगाउनु पुग्नुको परिणाम उनीहरु अहिले अर्ध भूमिगत बस्न बाध्य भएका छन् ।
अहिले पीडित पक्ष देसार परिवारले गणेश भण्डारी र चेतन सापकोटालाई हदैसम्मको कार्वाहीको माग गर्दै माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा उजुरी दर्ता गराएका छन् ।

सोही उजुरीलाई आधार मानी प्रचण्डको ठाडो आदेशमा पार्टीका नेता विश्वभक्त दुलाल आहुती र बलराम तिमिल्सिना रहेको दुई सदस्यीय छानबिन समिति गठन गरिएको छ । अहिले छानबिन प्रक्रिया अगाडि बढिरहेको छ । तर, आरोपित भण्डारी र सापकोटा भागिरहेको पार्टीका नेताहरु बताउछन् ।
यसै सिलसिलामा छानबिन समितिका संयोजक आहुतिलाई फोन हान्दा फोन सम्पर्क हुन सकेन । यता पीडित पक्षले भने पार्टी कार्यालयको अलावा प्रहरी कार्यालयमा पनि उजुरी दर्ता गरेको सूचना प्राप्त भएको छ ।

यसै काण्डलाई लिएर सोही संगठनका उपाध्यक्ष केपी पाठकले सामाजिक संजाल फेसबुकबाट भण्डारी र सापकोटालाई लक्षित गर्दै विरोध गरेका छन् ।

उनी लेख्छन् –

‘हैट, अब त जिम्मेबार साथी भनेर घरमा लान पनि डर भो । भनौ लाजमर्दो कुरा ‘‘ सहकार्य पनि कसरी गर्नु खै ‘??’

केपी पाठकको उक्त स्टाटसमाथि सोही जनसांस्कृतिक महासंघका पूर्व संयोजक तथा पार्टी केन्द्रीय सदस्य मातृका पोखरेल यस्तो प्रतिक्रिया दिन्छन् –

‘खै पेरिसडाँडामा सांस्कृतिक मोर्चा गनायो भन्दारैछन् । कुरो चाहिँ के हो, पटक्कै थाहा छैन । मैले सोधेपछि कुरा सुनाउनु होला । पेरिसडाँडामा हाकिमहरुले बोलाका छन् । जान पनि राम्ररी खुटट लागेका छैनन् । बोलाएपछि यही पार्टीमा बसुन्जेल जानै परो ।’

त्यही घटनामा माओवादी केन्द्रका नेता बलराम तिमिल्सिना लेख्छन् –

‘छोरी र बुहारीलाई कोठामा थुनेर राखे पनि भो कि त पाइन्टको बेल्ट र चेनमा ताल्चा लाउने नियम बनाए पनि भयो पाहुनाको । जे होस थैली मुख कस्ने चोरबाट जोगिने ।’ जनपाटीबाट

उद्दारको नाउँमा अन्याय गरिदैछ नेपाल सरकार अनि उद्दार को ढोल पिट्ने प्रहरी देखि समाजसेवीहरुले ।

छोरी बुहारी भनेको स्वदेशी होस् या बिदेशी होस् घरका गहना हुन,लक्ष्मी हुन् भन्ने हिन्दु परम्पराको धज्जी उडाउदै आज बर्शौ देखि उत्पीडनमा परेकी श्रम शोषण सहितको शारीरिक यौन शोषण मात्रै नभई मानसिक यातनासम्म भोग्नुपरेकी ती बिदेशी फिलिपिनी महिला जोया र उनको कोखिलाका मसिना नाबालक बच्चाहरु आफ्नै भुमिमा संघर्ष गर्न नपाइ आज ति बिरुवाहरुलाई आमा सङ्गै उद्दारको नाउँमा देश निकाला गरिरहेको यो दु:खद समाचारले मेरो मात्रै नभइ हामी सम्पुर्ण आम नेपालीहरुको शिर झुकेको छ दुखेको छ मन- मुटु । ती अन्यायमा पारिएको परेकी फिलिपिनी महिलाको दु:खद घटना देखेर मेरो चीत्कार सहित निक्लेको आवाजले आज नेपालको कानुन अनि नेपाल सरकारलाई सोध्न मन लाग्यो कि तिमीले बुहारी पाल्न नसकेकै हो त ?
Joya-sarin

आज बिदेशी महिलाको यो हालत रहेछ,गर्छ हाम्रो देश अनि हाम्रै नेपाली समाजले भने आफ्नै देश भित्र आफ्नै छोरी बुहारी माथी भैरहेको,गरिएको अपराधमा बलात्कारको शिकार किन नबनोस ?? किन दाइजोको कारण नजलाईयोस र छोरी जन्माएको निहुंमा घरका श्रीमान् सासू ससुराले किन महिला हिंसा नगरोस र घरबाट अशक्त मानसिक रोगी भएर निक्लन नपरोस ?अनि किन बोक्सीको निहुमा दिशा पिसाब मात्रै होइन जिउदै जलाइन्छ गाडिन्छ जमिनमा तिनका चीत्कार सुन्ने कसले ?

नेपालमा इतिहास रच्ने अनि रचाउने धेरै भए,जसमा रास्ट्रपति देखि प्रधानन्यायाधीश लगायत मै हु भन्ने महिला नेत्रीहरु धेरै छन तर सिर्फ गान्धारी भएर बसेका छन् देख तमासा भनेर भने आज तिनै आँखा कान मुख बन्द गरि बसेको हाम्रो देशको कानुनले एउटि बिचरी ती लाचार पीडित बिदेशी महिलालाई बुहारी स्विकार्नु को साटो अधिकार बिहिन पारी उनको माइती पठाइनुमा गर्व गर्दैछ र भन्दैछ उद्दार गर्यौ हामीले भनेर ढोल पिट्दैछन समाजसेवीहरु .. यो खवर सुनेर हरेक ती फिलिपिनिहरुको अगाडि मेरो मात्रै होइन आम सारा नेपाली जनताहरुको नजर झुक्ने भयो लाजसरमले.. जिबन थापा भन्ने अपराधीको कारण शिर माथी उठाउन नसक्ने भयौ हामीले .. यो अवस्थालाई बुझ्नुको साटो नेपाल सरकारले कागजको हवाईजहाज उडाइ रहेकोछ बुहारी पाल्न नसक्ने म हुतीहारा ससुराली हु भनेर ।

एउटा बुहारी पाल्न नसकी बुहारीलाई अधिकार दिनुको साटो घरबार बिहिन पारी माइत पठाउने यो नेपालको कानुनले बिश्वभर के सन्देश दिदैछ दिन खोजेको हो भन्ने कुरालाई बुझ्नुपर्ने उल्टै सुन्दैछु फिलिपिन्सको राजदुतावासबाट जरिवाना स्वरुप ७ लाख लिएको छ । वा गर्ब छ नेपाल सरकारले भनेपछि अलिकति इमानदारीता राखेनौ है तिमीहरुले.. त्यो जरिवानालाई उल्टै फिलिपिन्सले उनको चेलीको यतिका बर्ष देखि उनले भोग्दै आएकी श्रमदान शारीरिक यौन शोषण अनि उनले पाएकी मानसिक यातनाको हिसाब किताब मागेको भए तिमिले तिर्न सक्थ्यै त्यो जरिवाना रकम हँ नेपाल सरकार ??

आज उद्दारको नाउँ गरेर ती बिदेशी फिलिपिनि महिलाको कोखबाट जन्मेका ती मसिना लालाबाला लाई तिनको जन्मभुमी नेपालबाट देश निकाला गरि फिलिपिन पठाउदा ती मसिना २ बच्चाहरुको अधिकार नेपाल को कानुनले खोस्ने अधिकार कसले दियो ?? त्यो बच्चाहरु भोलि युवा भएर नेपाल फर्किन चाहेको खण्डमा नेपाल सरकारले के जवाफ दिन्छु भनेर घरदेखी बेघर गर्दैछ ती निर्दोष बच्चाहरुलाई ?? बुहारी पाल्न नसक्ने सरकार !

यदि अलिकति पनि लाजसरम बाकी रहेको छ भने त्यो जीवन थापा भन्ने अपराधी र तिनका परिवारलाई तुरुन्तै कारबाही गरि ती फिलिपिनि महिलालाई उनको देश पठाएर नेपाल को बद्नाम गर्नु भन्दा उनले पाउने क्षतिपुर्ती दिलाएर नेपाल मै बस्ने अधिकार नेपाल को कानुनले दिनुपर्ने हुन्छ होइन भने भोलि नेपाली भनेर अनुहार देखाउन लाज होला.. यो कुरा नेपाल सरकारले तुरुन्तै बुझ्नुपर्छ..उद्दारको नाउँ मा समस्या देखि भाग्न खोज्ने समाजका बिज्ञ भनाउदा हरुले भोलि एक एक सवाल को जवाफ दिनुपर्ने हुन्छ…. उद्दन्डकारी लाई सजाय दिलायर बुहारी स्विकार्नु नसक्ने त्यो समाजले ले उद्दार को ढोङ नपिट्दा हुन्छ भोलि तिम्रा छोरी चेलीबेटी लाई यिनै बिदेशी ले अन्याय गरि तिम्रो घर माइती गलहत्याएर पठाइ मान्ने हुन्छौ समाजसेवी भनाउंदाहरु ।



नयाँ सरकारको गठनका क्रममा दौरा सुरूवाल लगाएर सपथ लिने एक मात्र माओवादी मन्त्री बनेका राम कार्कीले कुनै पनि पहिरनलाई सामन्ती वा सर्वहारा भनेर वर्गीकरण गर्नू गलत हुने बताएका छन्।

माओवादीका तर्फबाट दौरा सुरूवाल लगाएर सपथ लिने एक मात्र मन्त्री भएपछि उनको सामाजिक सञ्जालमा चर्चा भएको छ।

‘नेपालको ठूलो भू-भागमा बस्ने जनसंख्याले दौरा सुरूवाल लगाउँछ। दौरा शुरुवाल नेपालको विशिष्ट पोशाक हो,’ सेतोपाटीसँग कुरा गर्दै कार्कीले भने, ‘त्यसैकारण मैले दौरा सुरूवाल लगाएर सपथ लिएको हुँ। कुनै पनि पोशाक सामन्ती वा सर्वहारा हुँदैन।’

विशिष्ट भएकै कारण अन्य विदेशी फोरममा जाँदा पनि आफूले दौरा सुरूवाल लागाउने गरेको कार्कीले बताए। ‘अझ म नेपालमै बनेको खाँडी, अल्लो र पाल्पाली ढाका टोपी लगाएर विशेष मानिएका कार्यक्रममा उपस्थित हुनेगरेको छु। मन्त्री पदको सपथ ग्रहणमा जाँदा मात्र होइन, यस्ता विशिष्ट कार्यक्रममा दौरा सुरूवालमा म सहज महसुस गर्छु।’

तर माओवादी पार्टीका नेताहरूले दौरा सुरूवाल नलगाई सपथ खाने चलन सुरू भएको छ नि भन्ने सेतोपाटीको प्रश्नमा कार्कीले भने, ‘पार्टीले कुनै निश्चित पोशाक तोकेको छैन। जसलाई जे सहज हुन्छ उसले त्यस्तै पोशाक लागाएर सपथ लिनसक्छ। कतिपयले धोती कुर्ता लगाएर जानुहोला र कतिपयले अन्य पोशाक लगाएर जानुहोला। म भने दौरा सुरूवाल लगाएर गएँ।’

उनका अनुसार नेपालमा नेवारी र मैथली खानेकुरा विशिष्ट छन्, त्यस्तै यहाँको दौरा सुरूवाल विशिष्ट किसिमको छ। ‘त्यसैका आधारमा मैले दौरा सुरूवाल लगाएको हुँ, त्यो मेरो धारणा हो। कसैले पोशाकलाई सामन्ती वा सर्वहारा भन्छ भने त्यो गलत हो।’
काठमाडौं, ३० साउन– आफ्नो भागमा परेका बाँकी ५ मध्ये ४ मन्त्रालयमा मन्त्री नियुक्त गरेपछि माओवादी केन्द्र भित्र विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै जनार्दन शर्मालाई ऊर्जा, राम कार्कीलाई सञ्चार, हितराज पाण्डेलाई स्थानीय विकास र धनीराम पौडेललाई शिक्षा मन्त्रीमा नियुक्त गरेका छन् । 

कानुन मन्त्रीमा पार्टीले सिफारिस गरेका अजयशंकर नायकलाई विवादकै कारण दाहालले सपथ ग्रहण गराउन सकेनन् । चक्रपथसँग कुरा गर्दै माओवादी नेतृ रेखा शर्माले आधा आकाशलाई उपेक्षा गरेको वताइन् । ‘पार्टीले जे गर्यो एकदमै गल्ती गर्यो । यसका विरुद्ध हामी पार्टी भित्र बाहिर लड्छौं’ शर्माले भनिन्, ‘तर, बहिस्कारै गरिसकेको स्थिति चाहीँ होइन ।’ 

यस विस्तारमा पार्टीबाट क्षेत्रीय, लैंगिक, जातीय लगायत सन्तुलन नमिलेको, कर्णालीको प्रतिनिधित्व नभएको आवाज उठेको छ । यसैबीच पार्टी भित्र महिला सांसदलाई राज्यमन्त्री मात्र सिफारिस गरिएको भनी महिला नेतृहरुमा चर्काे असन्तुष्टि बढेको छ । पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माको नेतृत्वमा पार्टीका महिला सांसदहरुको छुट्टै भेला बसी राज्यमन्त्री अस्वीकार गर्ने र मन्त्रिपरिषद विस्तार पुनरावलोकन गर्नु पर्ने माग अघि सारेका छन् । 

उता पार्टीका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुमा क्याविनेट मन्त्री नपाएकोमा असन्तोष चुलिएको छ । पूर्वमन्त्री तथा पार्टी नेता प्रभु साहले प्रधानमन्त्री दाहाल कर्तब्यच्युत भएको दाबी गर्दै उनीबाट देशका समस्या समाधान नहुने वताइसकेका छन् । साहले स्थानीय विकास मन्त्री दाबी गरेका थिए । उनलाई कानुन मन्त्री अफर गरिएपछि नखाने भएकाले अजयशंकर नायकलाई उनको स्थानमा सिफारिस गरिएको थियो । गुटकै झगडाले नायकको सपथग्रहण पनि हुन सकेन । 


चितवन, ३० साउन । अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो ।
उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले । मञ्चका अतिथि र उपस्थित दर्शकको मन थामिएन । सबै भक्कानिए । आँखाबाट बगेका आँसु पुछ्न थाले ।

जुनीजुनीलाई माया गाँस्ने कसम खाएर चितवन रत्ननगरका जीवन थापासँग बिहे गरेकी थिइन् फिलिपिनो नागरिक जोयालिन ग्रेस टेलेरमो माइजारेसले । उनको छोटकरी नाम जोया हो । चार वर्षको अन्तरालमै फाटो आउँछ भन्ने उनको मनले कति पनि चिताएको थिएन । भैदियो उल्टो !

जोयाले श्रीमान्को यातनाबीच कष्ट गरी दुई छोरा जन्माइन् । श्रीमान्बाट हेला भएपछि गाउँमा पछ्यौरामा चामल सापटी थापेर अनि दाउरा मागेर फाटेको कटेरोमा कष्टले रात गुजार्थिन् । अति हुन थालेपछि सहन सकिनन् । “पहिले धेरै माया गर्छु भन्यो, पछि जाँड, रक्सी, लागुपदार्थमा फस्यो, धेरै कष्ट सहेँ,” शुक्रबारको बिदाइका क्रममा मन कुँड्याउँदै जोयाले भनिन् ।

पाँच महिनाअघि नाबालक दुई छोरा काखी च्यापेर उनी भौँतारिँदै बालकुमारी कलेज अगाडिको सडकमा आइपुगिन् । नारायणगढको एक कन्सल्टेन्सीमा श्रीमान्ले काम गरेको छ भन्ने थाहा पाएर पैसा दिन्छ कि भन्ने आशमा आएकी थिइन् उनी । गाउँलेले उनको पीडा थाहा पाएर आदर्श गृहमा खबर गरेका थिए । त्यसपछि उनमा आशा पलायो ।

साढे ३ वर्षअघि चितवनका जीवनलाई उनले दुबईमा कामको सिलसिलामा भेटेकी थिइन् । सात छोराछोरीका एक्ला कमाई गर्ने अभिभावक जोयाका बुबा रेन्याई थिए । मेकानिकल टेक्निसियन बुबाको कमाईले परिवार धान्न मुस्किल भएपछि जोया पैसा कमाएर परिवारको गर्जाे टार्ने धोको बोकेर दुबई पुगिन् । केएफसी अमेरिकन भन्ने रेस्टुराँमा काम पाइन् । काम गर्दा नेपाली केटा जीवनसँग भेट भयो । अनि माया गाँसियो । त्यसको केही महिनामै गल्ती गरेकाले जीवनलाई प्रशासनले समात्यो । “आफ्नै दुई–तीन महिना जम्मा गरेको पैसाले उनलाई निकालेर नेपाल आउने सबै खर्च हालेकी हुँ” – जोयाले भनिन् ।

तीन वर्षअघि नेपालमा एकमहिने पर्यटक भिसामा सँगसँगै आइन् । एकमहिने भिसा सकिएपछि जीवनले च्यातेर फ्याँँकिदिए । बाँकी रहेको पहिलो र अन्तिम पाना राखिन् उनले । कुनै कानुनी प्रक्रिया बिना नै श्रीमान् श्रीमती भएर बसे । बीचमा रत्ननगरको बकुलहर, पर्साैनी, सौराहाचोकलगायत क्षेत्रमा रेस्टुराँ नै खोलेर बसे । श्रीमान्का कारण सम्बन्धमा दरार आएपछि उनलाई फर्कन कानुनी व्यवधान खडा भयो ।

भिसा नभएपछि फर्कंदा प्रहरीले समात्ने डर । श्रीमान्को धाकधम्की, कुटपिट, यातनासमेत सहिन् । श्रीमान् जीवन बिस्तारै कुलतमा लागेका केही युवाको सङ्गतमा वीरगन्ज पुगे । दुव्र्यसनमा फसेपछि उनको जीवन थप पीडामा बित्न थाल्यो । भाँैतारिँदै हिँड्दा आदर्श गृह चितवनको सम्पर्कमा आइन् । गृहकै पहलमा स्थानीय प्रशासनको समन्वयमा उनलाई घर फर्काउन सफल भएको हो । छोरा अस्पतालमा जन्मेको आधारमा स्थानीय प्रशासनले कागजसम्म मिलाइदिएर उनी छोरा बोकेर घर फर्कन लागेकी हुन् ।

यता, प्रमाण जुटाउन आदर्श गृहलाई अहिलेसम्मकै ठूलो समस्या परेको सञ्चालिका मीना खरेल बताउँछिन् । तर बिहे दर्ता नभएको र प्रमाण जुटाउन नसकिएकाले श्रीमान्माथि मुद्दा चलेको छैन । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह त्यस्ता मान्छेलाइ कानुनी दायरामा ल्याउने प्रयास अघि बढाउनुपर्ने बताउँछन् ।

आदर्श गृहकी सञ्चालिका खरेलले वैधानिक हैसियत बनाएर फिलिपिन्स फर्काउन सफल भएकामा खुसी व्यक्त गरिन् । “नेपालकै नमुना घटना हो,” खरेलले भनिन् – “यसबाट नेपाल र नेपालीले जस पाएको छ ।” उनीसँग अहिले तीन वर्षका छोरा मिगेल र ११ महिनाका छोरा एरिक छन् । फिलिपिन्समा पैसा कमाएर नेपाल घुम्न आउने वाचा गरेकी उनले भनिन्, “आफू जस्तै पीडामा परेकालाई सहयोग गर्छु ।” उनको यही साउन ३१ गते काठमाडौँबाट उडान छ ।

नेपाल सरकारलाई तिर्नुपर्ने रु सात लाख फिलिपिनो सरकारले तिरेपछि उनी आफ्नो देश जान पाएकी हुन् । उनलाई उद्धार गरेर आफ्नै देश फिर्ता पठाइएकामा गाउँले समेत खुसी छन् । गाउँलेले जोयाबाट लिनुपर्ने सापटीसमेत लिन मानेनन् । उता फिलिपिन्समा रहेका उनका परिवार छोरी जिउँदो रहेकामा खुसी मनाइरहेका छन् । “दुई वर्ष भो परिवारसँग टुटेको, नेपाली राम्ररी बोल्न सिकेकी जोयाले भनिन् – “भिडियो कल गर्दा आमा कराजनले साह्रै खुसी हुनुभयो ।” अब फिलिपिन्स गएर पैसा कमाउने, अनि बच्चालाई पढाएर राम्रो बनाउने उनले सपना छ । पैसा कमाएपछि नेपाल घुम्न आउने वाचा समेत उनले गरिन् ।

नेपाली श्रीमान्ले पीडा दिए पनि नेपाल र नेपालीको मन साह्रै ठूलो रहेको भन्दै उनले आफ्नो उद्धार भएकामा खुसी व्यक्त गरिन् । आदर्श गृहले गरेको पहललाई कहिल्यै नभुल्ने बताइन् । प्रहरी प्रमुख बसन्त कँुवर, महिला तथा बालबालिका कार्यालयकै प्रमुख शान्ता पौडेल, महिला नेत्री पार्वती रावल र सरिता केसी, जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने लगायतले विदेशी चेलीलाई घर फर्काउन सफल भएकामा खुसी व्यक्त गर्दै आदर्श गृहको प्रशंसा गरेका थिए ।