Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

कोइरालालाई अस्पताल लैजान अल्छि गरेको रहस्य यसरी खुल्यो !!!

काठमाडौं, २६ माघ । कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई उपचारमा लापरबाही भएको हो कि भनेर विभिन्न आशंका उब्जिन थालेका छन् । कांग्रेस र विशेष गरेर कोइरालाको निजी सचिवालयले कोइराला बिरामी भएको समाचार लुकाएका कारण यो प्रश्न हरेक कार्यकर्तामा उब्जिएको छ ।
कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा कोइरालाको पार्थिव शरीरभन्दा केही पर एक्लै उभिएका एक जना युवा नेताले भने, ‘सभापति सुशील कोइराला ज्यूको स्वास्थ्य उपचारमा कतै गम्भीर गल्ती त भएको छैन ? उहाँलाई किन अस्पताल भर्ना गरिएन । तीन दिनदेखि गम्भीर बिरामी हुँदा पनि सूचना बाहिर आएन ?’
ती युवा नेताको जिज्ञासा जायज थियो । कोइराला बिगत तीन दिनदेखि गम्भीर बिरामी हुँदा पनि एउटा प्रेस नोट प्रकाशित गर्न निजी सचिवालयले त सोँचेन नै कोइरालाको किचन क्याबिनेट भनेर मानिने केन्द्रीय सदस्य रामशरण महत, मीनेन्द्र रिजाल, दिलबहादुर घर्ती, आनन्दप्रसाद ढुङ्गाना, प्रवक्ता दिलेन्द्रप्रसाद बडूलगायत माथि गम्भीर प्रश्न पार्टी कार्यालयमा कार्याकर्ताले उठाएका छन् । कार्यकर्ताको यो जवाफ कांग्रेसले ठण्डा दिमागले दिनुपर्छ ।
कांग्रेसका एक जना केन्द्रीय सदस्य तथा युवा नेताले दैनिक नेपालसँग एउटा डरलाग्दो कुराको रहस्य खोलेका छन् । ती नेताले भने, ‘सुशील कोइरालालाई सोमबार राति नौ बजे साह्रो भएपछि आजलाई यत्तिकै भो भोलि उपचार गर्न लैजाउँला भनेर महाराजगञ्जस्थित निवासमै राखेका रहेछन् । चिकित्सक र सचिवालयका सहयोगीहरुले हेलचेक्र्याइ गरेको मैले थाहा पाएको छु ।’ ती नेताले भने, ‘आज खाना खानुभयो । भोलि लैजाउँला अस्पताल भनेर निवासमै राखिएको रहेछ ।’
सभापति कोइरालाको उपचारमा संलग्न रहेका डा.करबीरनाथ योगीले पनि कोइरालालाई समयमा उपचार गराउन अस्पताल लैजान नसकिएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिइसकेका छन् । उनले यतिसम्म भनेका छन् कि समयमा एम्बुलेन्स नआउँदा कोइरालालाई अस्पताल लैजान सकिएन ।
कोइरालालाई बेथाले च्यापेको थियो भने एम्बुलेन्स कुर्नुपर्ने अवस्था रहँदैन किन भने कोइरालालाई सरकारले उपलब्ध गराइदिएको प्राडो गाडी स्ट्यान्डमा रहन्छ । सोही गाडीमार्फत कोइरालालाई पाँच मिनटको फरकमा रहेको नजिकैको शिक्षण अस्पताल महाराजगञ्ज लैजान सकिन्थ्यो ।
यहाँनिर सोँच्नै पर्ने विषय छ । किन लगिएन त कोइरालालाई अस्पताल ? यो प्रश्नको जवाफ कांग्रेसका कार्यकर्ताले खोजेका छन् ।
हप्तादिनभित्र कोइरालालाई चाबहिलको ओम हस्पिटल र महाराजगञ्जमै रहेको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा लगेर उपचार गरिएको थियो । यी सबै विषयमा चिकित्सक र सहयोगीहरु जानकार रहेर पनि कोइरालालाई अस्पतालमा भर्ना गरेर उपचार नगरेको रहस्य खुलेको छ ।

Loading...