Latest News

नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लु !!!

काठमाण्डु, २६ माघ– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लु भएको छ ।
narayankaji
टेकुस्थित केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा श्रेष्ठलाई स्वाइ फ्लु भएको प्रमाणित भएको हो ।

श्रेष्ठकी सहयोगी सुशन कर्माचार्यका अनुसार चिकित्सकले प्रारम्भिक चरणको स्वाइन फ्लु भाइरस देखिएकाले आत्तिनु नपर्ने बताएका छन् । चिकित्सकले घटीमा एक साता घरबाहिर नजान सुझाव दिएका छन् ।


‘प्रारम्भिक खालको संक्रमण हो’, कमाचार्यले काठमाण्डु टुडेसँग भनिन्, ‘औषधि खाएर घरमै आराम गरिरहनुभएको छ ।’


श्रेष्ठलाई बाहिरी मानिसको संसर्गबाट टाढै रहन चिकित्सकको सुझाव छ ।

 
यसैबीच श्रेष्ठले काँग्रेस सभापति सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन आउन नपाएकामा दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले कोइरालाको निधनमा समवेदना व्यक्त गरेका छन् ।
Loading...