Loading...
बढिरहेको सुनको भाउ अस्ति आइतबार ५३ हजार ३ सय रुपैयाँ पुगेको भने हिजो सोमबार ३ सयले घटेर ५३ हजार रुपैयाँमा कारोबार भएको थियो।
तर आज एकैपटक १ हजार रुपैयाँ बढेर सुन प्रतितोला ५४ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ। हिजो सोमबार ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ३० रुपैयाँमा कारोबार सुरु भएको छ।
आजको भाउ १ वर्षयताकै महँगो भएको हो। यसअघि गत वर्षको माघ ७ गते सुनको भाउ ५४ हजार ४ सय रुपैयाँ रहेको थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महँगिदै गएको छ।
समग्र अन्तर्राष्ट्रिय सेयर बजार तल ओर्लिँदा सुनतिर लगानीकर्ताहरु आकर्षित भएको र त्यसले गर्दा पनि भाउ महँगिन गएको महासंघको ठहर छ।
अमेरिकी गैह्र कृषि तथा रोजगारी क्षेत्रमा अनुमानभन्दा कम प्रगति देखिनुले पनि सुनको भाउ महँगिएको विश्लेषण गरिएको छ।
त्यस्तै जापानले बचत ब्याजदर शून्यभन्दा तल झारेपछि सुनको माग बढाउन सघाएको संघले जनाएको छ। आगामी दिनमा पनि सुनको भाउ महँगिने अनुमान गरिएको छ।
Loading...
Social Buttons