Latest News

भागवण्डा मिल्यो !!! "राष्ट्रपतिमा विद्या भण्डारी उराष्ट्रपतिमा पासाङ"

विधान जारी गर्ने बेलासम्म एउटै ङुंगामा सयर गरेका कांग्रेस एमाले र एमाओवादी सरकार गठनको क्रममा दुई डुंगामा विभाजित भएका छन् । कांग्रेस बिना नै एमाले र एमाओवादीले एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन सफल भए । कांग्रेसले भद्र सहमति तोडदै प्रतिपक्षको भूमिकामा बसेको छ ।
चार दलबीच भएको भद्र सहमति अनुसार कांग्रेसका सभापति सुशील कोइरालाई राष्ट्रपति बनाउने सहमति भएको थियो । तर ओलीलाई समर्थन नगरी पुनः कोइराला नै प्रधानमन्त्रीको उम्मेदवारी दिएपछि कांग्रेस एमालेबीच सम्बन्ध चिसिएको छ । संविधान कार्यान्वयन गर्नको लागि एकताबद्ध भएर लाग्नु पर्ने दलहरु आपसमा विभाजित भएका छन् । कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारीलाई लोकतन्त्रमा प्रतिस्पर्धा सुन्दर पक्ष भएको दावी गर्दै आएको छ ।
व्यवस्थापिका संसदमा रहेका कुल ५ सय ९७ जना सासंद मध्ये काग्रेसका २०७ जना सांसद रहेका छन् । आफ्नो पार्टी बिनाको सरकार कमजोर हुने दावी कांग्रेसले गरेको छ । प्रधानमन्त्रीको निर्वाचनमा सहमति जुटन नसकेपछि कांग्रेसलाई सहमतिमा ल्याउनको लागि एमाले र एमाओवादीले प्रयास गरेपनि सफल हुन सकेनन । प्रधानमन्त्री निर्वाचनबाट विभाजित भएपछि प्रमुख दल कांग्रेसले सभामुख उपसभामुखको निर्वाचनमा उम्मेदवारी दिएन । तर राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवारी दिने निर्णय गरेको छ । भारतले नाकाबन्दी जारी राखेको बेला दलहरु भने छिन्नभिन्न भएका छन् । राष्ट्रपति चयनमा सहमति हुने आशा गरिएपछि अन्ततः बहुमतीय प्रक्रियाबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने निश्चित भएको छ ।
सर्वदलिय बैठकमा कांग्रेस–एमाले भनाभन
राष्ट्रपति र उपराष्ट्रपति चयनमा सहमति जुटाउन प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलिय बैठकमा कांग्रेसका नेताहरुले राष्ट्रपतिको लागि एमालेले सहयोग गर्नुपर्ने प्रस्ताव गरेको छ । जवाफमा एमालेका नेताहरुले आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गरेका थिए । त्यसपछि कांग्रेस र एमालेको नेताहरुबीच भनाभन भएको थियो । सबै पद एकलौटी गर्न मिल्दैन सहमति नै खाजेको हो भने राष्ट्रपतिमा कांग्रेसलाई एमालेले सहयोग गर्नुपर्छ भनेर कांग्रेसका नेताहरुले उठाएपछि एमालेका नेताहरुले सहमति जुटन नसके बहुमतिय प्रक्रियाबाट छिनोफानो हुने चेतावनी दिएका छन् ।
बैठकमा एमालेका नेताहरु १६ बुँदे सहमति अनुसार कांग्रेसका सभापति सुशील कोइरालाई राष्ट्रपति बनाउने सहमति भएकै थियो, सहमति तोडेर कोइरालाले पुनः प्रधानमन्त्रीमै उम्मेदवारी दिएपछि अहिले केका आधारमा सहमति हुन्छ ? भन्ने प्रश्न गरेका थिए । त्यसपछि कांग्रेसका नेताहरुले आफ्नो पार्टीले राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने भन्दै बानेश्वरबाट बाहिरिएका थिए । प्रधानमन्त्री चयन प्रक्रियादेखि कांग्रेस र एमालेबीचको सम्बन्ध निकै चिसिएको छ ।
राष्ट्रपतिमा विद्या भण्डारी उराष्ट्रपतिमा पासाङ
राष्ट्रपतिमा दलहरुको बीचमा सहमति जुटन नसकेपछि सत्तारुढ दल एमालेकी उपाध्यक्ष विद्या भण्डारी र एमाओवादीले नेता नन्दकिशोर पुन पासाङलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निश्चित भएको छ । एमालेभित्र राष्ट्रपतिको लागि वरिष्ठ नेता झलनाथ खनाल र भण्डारी प्रतिस्पर्धी थिए । तर नेता खनालले पहिलो पटक महिला राष्ट्रपति बन्ने भएकाले त्यसको बाधक आफू नहुने बताएपछि भण्डारी पार्टीबाट सर्वसम्मत उम्मेदवार बन्ने निश्चित देखिएको छ ।
सहमतिको रेसबाट काँग्रेस बाहिरिएपछि पहिलो पटक राष्ट्रपति पदको लागि भण्डारीको उम्मेदवार बन्न लागेकी हुन् । सत्ता साझेदार दल एमाओवादीले आठ मन्त्रालय सहित सभामुख पद पाएपछि राष्ट्रपतिमा दावी नगर्ने भएको छ । गृह मन्त्रालय लिएपछि एमाओवादीले राष्ट्रपतिको पदको लागि दावी नगरेको हो ।
एमाओवादीले आफ्नो पार्टीको तर्फबाट नेता नन्दकिशोर पुनः पासाङ र अमिक शेरचनलाई उम्मेदवार बनाउने तयारी गरेको छ । पासाङले उपराष्ट्रपति बन्न अस्वीकार गरेको अवस्थामा शेरचनलाई उपराष्ट्रपति बनाउने तयारी प्रचण्डले गरेका छन् । एमालेको स्थायी समितिको बैठकले पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिने निर्णय समेत गरिसकेको छ ।
काग्रेसबाट यादव, रेग्मी र गुरुङको चर्चा
सहमतीय प्रक्रियाबाट राष्ट्रपति चयन हुन नसकेपछि कांग्रेसले पनि दुवै पदमा उम्मेदवारी दिने भएको छ । कांग्रेसको पदाधिकारी बैठकले नामको टुंगो लगाउने जिम्मेवारी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलाई दिएको छ । सभापति कोइरालाले हालका राष्ट्रपति डा. रामवरण यादवलाई पनि निरन्तरता दिनुपर्ने प्रस्ताव गरेका छन भने नेता देउवाले आठ बर्षसम्म एउटै व्यक्तिलाई पदमा राख्न नहुने भएकाले पूर्व मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बनाउने पर्ने प्रस्ताव गरेका छन् ।

भारत र चीन सन्तुलन राख्न खोज्दै प्रचण्डः छायाँमा पर्दै ओली

दलहरुको बीचमा सहमति नजुटने अवस्था सृजना भएपछि कार्तिक ११ गते बहुमतिय प्रक्रियाबाट राष्ट्रपति चयन हुने भएको छ । कांग्रेसभित्र कुल बहादुर गुरुङलाई पनि राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा चलेको छ ।
मधेसवादी मोर्चाले निर्वाचनमा भाग नलिने
दुई महिनादेखिको जारी आन्दोलको बीचबाटै कांग्रेसका सभापति कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि मधेसवादी दलहरु मतदान गर्न व्यवस्थापिका संसदमा प्रवेश गरेका थिए । सभामुख र उपसभामुको निर्वाचन सर्वसम्मत भएपछि मधेसवादी दलहरुले कुनै प्रतिक्रिया दिएनन । राष्ट्रपतिमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले उम्मेदवारी दिने चर्चा चलेपनि उनले उम्मेदवारी नदिने बताइसकेका छन् । आन्दोलनलाई शसक्त बनाउने घोषणा गरेको संयु्क्त मधेसी मोर्चाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने बताइसकेको छ ।
संसदमा मोर्चामा आवद्ध दलका झण्डै चालिस भन्दा बढी सांसद रहेका छन् । कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदको लागि उम्मेदवारी दिएपछि यस पटक मधेसी मोर्चामा आबद्ध दलहरु भने सहभागी नहुने लगभग निश्चितजस्तै भएको छ ।
Loading...