Latest News

केरुङ नाका खुल्यो, अब चीनबाट तेल ल्याउन कसैले रोक्न नसक्ने

काठमाण्डु, ८ कात्तिक– चीनबाट इन्धन भित्रर्याउने रसुवागढी नाका आइतबारदेखि पूर्णरुपमा संचालनमा आएको छ । वैशाख १२ को भूकम्पका कारण अवरुद्ध भएको सो नाका लामो समयको प्रयासपछि पूर्णरुपमा संचालनमा आएको हो ।
फाइल फोटो
फाइल फोटो
यसअघि नाका खुलेको भएता पनि पहिरोका कारण पुनः अवरुद्ध भएको थियो । अहिले भने सो मार्गबाट काठमाण्डु जोड्ने सडकसम्म रहेको सबै अवरोध हटेको छ ।
खम्बाटारदेखि केरुङसम्म रहेको रसुवागढी नाकाको अवरोध हटेसँगै चीनबाट तेल ल्याउन नेपालले गरेको तयारीले पूर्णता पाउने भएको छ । सरकारको सम्भवतः मंगलबार नभए यसै साताभित्र केरुङ हुँन्दै एक हजार मेट्रिक टन इन्धन नेपाल भित्राउने योजना रहेको छ ।
Loading...