Latest News

प्रचण्डकै कारण चीनको ५० खर्ब नआउने, राष्ट्रपति सि जिन पिङ नेपाल नआउने निश्चित


११,साउन,काठमाण्डौं । नयाँ सरकार गठनको चर्चासंगै नेपालमा  चीनिया राष्ट्रपति सि जिन पिङ नेपाल नआउने सम्भावना वढेर गएको छ । नेपालको आन्तरीक राजनीतिमा भारतको हस्तक्षेप वढ्दै गएपछि चीनले समेत सक्रियता देखाएको थियो । नेपालमा केपी ओली नेतृत्वको सरकार गठन भएसंगै भारतसंग तिक्तता वढेको थियो ।  भारतले नाकाबन्दी गरेपछि नेपाल चीनसंग यसअघिको तुलनामा वढी नजिकीएको थियो ।  तर ओली सरकारले राजीनामा दिएसंगै नेपाल आउने भनेका चीनिया राष्ट्रपति नआउने सम्भावना वढेर गएको हो ।  विश्लेषकहरुको अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारतको डिजाइनमा चल्नुले ओली सरकार गिर्नु र अब बन्ने सरकार भारतको निगाहमा चल्ने भएपछि चीन नेपालप्रति नकारात्मक हुने सम्भावना वढेको छ ।  चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण क्रममा निकै ठूला प्रोजेक्टहरुका बारेमा सम्झौता हुने योजना रहेको एमाले नेताहरु बताउछन् ।  खासगरी चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन–चारवटा दुरगामी तथा महत्वपूर्ण योजनाहरु सम्झौता हुने योजना थिए । त्यसमा खासगरी काठमाडौं – पोखरा मेट्रो परियोजना, नेपालकै सबैभन्दा ठूलो औद्योगिक करिडोर निर्माण परियोजना र अहिलेसम्म चीनले गर्दै आएको वार्षिक आर्थिक अनुदानमा दश गुणा बढी अनुदान सहयोग गर्नेलगायत परियोजनाहरु थिए । सबै परियोजनाहरु कार्यान्वयन गर्न कम्तिमा पनि चीनले नेपालका लागि ५० खर्ब रकम बिनियोजन गर्ने योजना बनाएको थियो । तर, अब रचीनले त्यो रकम रोक्नेछ । त्यसमा ओली सरकार ढलाएर भारत नेपालमा चीनिया लगानी आउन रोक्न चाहन्थ्यो ।  चीनको सहयोगबाट बन्ने ती परियोजनाहरु कार्यान्वयन भएको भए भारतीय बजार कमजोर हुने र नेपालमा चीन एकछत्र रुपमा हाबी हुने आंकलनका साथ भारतले ओली ढलाउने योजना बनाएको थियो । त्यसमाथी प्रचण्ड सरकार बन्ने भएपछि भारतीय मिडियाले प्रचण्ड भारतनिकट भएको दाबी गर्दै आएका छन् । 
Loading...