Loading...
काठमाडौं । भारतले नेपालको तराईलाई राज्यबाट अलग गराउने सोचलाई प्रवर्द्धन गरिरहेको भेटिएको छ।
भारतीय विदेश मन्त्रालयले आफ्नै युट्यूब अकाउन्टबाट तराई विखण्डनलाई प्रोत्साहित गर्ने आपत्तिजनक पोष्ट गरेको छ। तराईमा जारी आन्दोलनका विषयमा बनाइएको भिडियोलाई ‘नेपालका मधेसी समुदायको छुट्टै राज्यका आन्दोलन गर्ने चेतावनी’ शिर्षक दिइएको छ। जबकी मधेसी आन्दोलनकारीले अहिलेसम्म छुट्टै राज्यको चर्चा वा माग गरेका छैनन्।
भारतीय समाचारसंस्था एएनआईले तयार पारेको रिर्पोटलाई भारतीय विदेशमन्त्रालयले आफ्नो आधिकारीक यूट्यूव च्यानलमा राखेको छ। भारतीय समाचारसंस्था एएनआईले तयार पारेको रिर्पोटलाई भारतीय विदेशमन्त्रालयले आफ्नो आधिकारीक यूट्यूव च्यानलमा राखेको छ।
भिडियोमा दुई मधेसी समुदाय जस्ता देखिने व्यक्तिहरुको भनाई समावेश गरिएको छ। तीमध्ये एक जनाले भन्छन्-‘हामी आफ्नो अधिकारका लागि ७१ दिनदेखि मधेस बन्द गरिरहेका छौं। माग पूरा भएन भने ७१ महिनासम्म बन्द गर्न सक्छौं। त्यति गर्दा पनि सरकारले सुनेन भने अलग देशको माग गर्नेछौं।’
विदेश मन्त्रालयले हालेको भिडियोलाई साभार गरेर भारतीय न्यूज एजेन्सी एएनआईले रिपोर्ट बनाएको छ। उक्त रिपोर्टको न्यारेसनमा मधेसी जनता अलग राज्यको पक्षमा रहेको दावी गरिएको छ। भारतीय बिदेश मन्त्रालयले नै नेपाल बिखण्डन गर्न प्रोत्साहित गर्ने सामाग्री प्रचार प्रसार गरेपछि तराइमा भइरहेको आन्दोलन र झन्डै डेढ महिनायता लगाइएको नाकाबन्दीको उदेश्य तराइ बिखण्डन त हैन भन्ने भन्ने आशंकालार्इ बल पुराएको छ।
onlinekhabar
Loading...
Social Buttons