Latest News

यी हुन् ओलीको पक्षमा जनलहर बढ्नुका ५ कारण (पढ्नुस् के–के गरे ओलीले) !!

केपी शर्मा ओली भारतीय नाकाबन्दी भन्दा अघि जनताले खासै मन नपराउने नेता हुन् । उनलाई कुनै समयमा राजतन्त्र फर्काउन लागिपरेकोे आरोप पनि लगाइएकै हो । त्यससँगै प्रत्येक कार्यक्रमहरुमा उखान टुक्का सुनाउने, पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को विरोध गर्ने आदीका कारण उनीप्रति नजताले खासै चासो दिदैनथे । तर, समय यस्तो आयो कि उनी एकाएक एमाले अध्यक्ष हुँदै देशको प्रधानमन्त्रीसम्म बन्न पुगे । प्रधानमन्त्री बनेनन् मात्र शान्ति सम्झौता भएपछि गणतन्त्र आएपछिका अहिलेसम्म सबैभन्दा बढी लोकप्रिय प्रत्रानमन्त्री समेत उनी नै बनेका छन् । अहिले जनताले ओलीप्रति ठूलो विश्वास राखेका भएता पनि राजनीतिको ठूलो शक्ति भने उनको विपक्षमा छ । आफ्नै पार्टी एमालेका प्रमुख नेताहरु, सत्ता साझेदार माओवादी, प्रतिपक्ष कांग्रेस र मधेसी दलहरु ओलीको विरोधमा हुनुले कही कतै ओलमिा पनि खोट त छैन भन्ने प्श्न पक्कै उब्जिाएको हुनुपर्छ । तर, पनि यी सबै कुरालाई थाती राख्दै वर्तमान परिवेशमा सामाजिक संजालहरुमा ओलीप्रति जनलहर बढ्नुको कारण भने अर्कै छ । जसलाई हामी बुँदागत रुपमा यसरी प्रस्तुत गर्न सक्छौँ ।

१. भारतीय नाकाबन्दी, ओलीको भाषण र प्रचण्डको साथ
गत असोज ३ गते नेपालको संविधान जारी भएसँगै रुष्ट रहेको भारतले असोज ६ गतेदेखि नेपाल छिर्ने मालबढाक गाडीमा रोक लगाएर नेपालमाथि अघोािषत नाकाबन्दी लगाएको संकेत गर्यो । भारतले नेपालमाथि नाकाबन्दी लगाएको विषय बाहिर आएता पनि कुनै पनि नेताले भारतले नेपालमाथि नाकाबन्दी नै लगाएको हो भनेर भन्न सकेका थिएनन् ।
तर, प्रधानमन्त्री बन्नुअघि एमाले अध्यक्ष रहेका केपी शर्मा ओलीले भारतले नेपालमाथि नाकाबन्दी लगाएकै हो भनेर भाषण ठोके । तत्कालिन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि भारतले नेपालमाथि नाकाबन्दी लगाएकै हो भन्दै हिडे । यसरी भारतको अघोािषत नाकबन्दीलाई भारतीय नाकाबन्दी नै हो भन्ने ओली र प्रचण्ड शाहसी नेताका रुपमा चिनिए । जनताले दुवैलाई भावी प्रधानमन्त्रीको रुपमा देखेँ र सामाजिक संजालमा आवाजहरु गुञ्जिन थाले ।
उता कांग्रेसले तत्कालिन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार गठनका बेला एमलेसँग भएको भद्र सहमति अनुसार संविधान निर्माणपछि एमालेले प्रधानमन्त्री पाउने पक्का थियो । तर, कांग्रेसले भद्र समहतिको पालना गरेन र भारतको चाहना बमोजिम कांग्रेस ओलीको विपक्षमा उभियो ।
त्यसैबेला बाबुराम भट्टराईले पार्टी छाडेकाले प्रचण्डले पार्टीको सुदृढीकरणका लागि आफू प्रधानमन्त्री नबन्ने बताए र कुनै बेला आफ्ना कट्टर विरोधी रहेका ओलीलाई साथ दिने भए । त्यसक्रममा ओली र च्रचण्डले भारतप्रति कडा प्रहार गर्न थाले र संसदबाट तत्कालिन एमाओवादी लगायतकाको सहयोगमा ओली देशको प्रधानमन्त्री बने ।

२. नाकाबन्दीको निरन्तर विरोध
सरकार गठन भएको केही समयपछि नै खुलामञ्चमा भारतीय नेता नै सहभागी भएको एक कार्यक्रममा ओलीले प्रधानमन्त्रीको हैसियतले भारतले नेपालमाथि नाकाबन्दी लगाएको बताए । जसका कारण उनको शाहस र हिममत देखेर जनताले केपी ओली हाईहाईको नारा लगाउन थाले ।
त्यसपछिका दिनमा पनि संविधान संशोधन, मधेसी मार्चाले मधेसका विषयमा उठाएका माग लगाएका सन्दर्भमा भारतले ओलीलाई निरन्तर दबाब दिइरह्यो तर, उनले भारतीय दबाबलाई व्यवास्था गर्दै त्यसको विरोध गरिरहे र भारतसँग नेपाललाई हित नहुने कुनै पनि सक्झौता गर्न तयार भएनन् ।
जसका कारण जनमानसमा ओलीप्रति सकारात्मक छाप पर्यो । त्यसपछिका दिनमा पनि ओली सरकारमा सहभागी सबै दलले नाकाबन्दीको खुलेरै विरोध गरे । उपप्रधानमन्त्री कमल थापाले राष्ट्रसंघमा भारतीय नाकाबन्दीका विषयमा कुरा उठाउदै त्यसलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याए जुन काम त्यसअघिको कांग्रेस सरकारका तर्फबाट राष्ट्रसंघ बैठकमा गएका मन्त्रीले राख्न सकेका थिएनन् । त्यसबाहेक देशभित्र पनि सरकारले भारतसँग नझुक्ने तर नाकाबन्दीको विरोध गरिरहने रणनीति अपनायो जसका कारण जनताले ओली सरकारप्रति केही आशा र विश्वास राखे ।

३. ओलीको भारत भ्रमण
सरकारले भारतीय नाकाबन्दीको विरोध नरेता पनि वैशाख १२ गते गएको भूकम्पको पुनःनिर्माणका लागि कुनै कदम चाल्न सकेन । यसै क्रममा ओली आफ्नो पहिलो विदेश भ्रमणका लागि भारत जाने तय भयो । यसले ओलीप्रति केही नकाराात्मक टिप्पणीहरु आउन थाले । सरकार गठन भएपछि प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने (प्रचण्डबाहेक) उही पुरानै परम्परालाई निरन्तरता दिदै ओलीले फागुन ७ गते गरेको भारत भ्रमणले उनी पनि भारतसँग झुकेको र त्यहाँ थुप्रै राष्ट्रघाती सम्झौताहरु गर्ने आँकल धेरैले काटे । तर, त्यस्तो केही भएन ।

भारत भ्रमणमा गएता पनि ओलीले भारतसँग कुनै पनि राष्ट्रघाती सम्झौता गरेनन् । त्यतिमात्र त्रनभएर भ्रमणको अन्तिम दिन जारी गरिने दुई देशको संयुक्त विज्ञप्तिसमेत आएन । भारतले संयुक्त विज्ञप्तिमा नेपालको संविधानलाई पूर्ढारुपमा स्वीकार्नका लागि समिांकनको विषय भारत भनेजस्तो हुनुपर्ने शर्त अघि सार्यो । तर, ओली भारतसँग नझुकी समिांकनको विषयमा भारतको शर्त मान्न तयार भएनन् । बरु भारतले नेपालको संविधानलाई स्वीकार नगर्ने हो भने संयुक्त विज्ञप्ति नै नआउने टिप्पणी दिए । जसका कारण ओलीको उचाइ झनै बढेर गयो ।
त्यसैगरी भारत भ्रमणकै क्रममा ओलीले भारतीय संचार माध्यमसँग कुरा गर्दै निकै कडा टिप्पणी दिए । भारतीय पत्रकारको मुख बन्द गर्ने टिप्पणीहरु दिएपछि एसएलसी पास नगरेका ओलीको अंग्रेजीको त्यतिबेला निकै तारिफ भएको थियो ।
यसबीचमा भूकम्पपीडितको पुनःस्थापना, पुनःनिर्माण लगाएतका विषयमा आलोचना भएता पनि अन्य रुपमा ओली सकरारको खासै आलोचना भएन ।


४. ओली र चीनसँगको सम्बन्ध
भारतीय नाकाबन्दी पछि नेपालको चीनसँगको सम्बन्ध निकै सुद्रिढ भयो । चीनले विभिन्न रुपमा नेपाललाई सहयोग गर्यो । त्यसबेला चीनसँग स्थापना भएको नेपालको सम्बन्धले दीर्घकालीन फाइदा हुने देखियो ।
जसको फलस्वरुप चैत ७ गते ओली चीन भ्रमणमा गए । ओलीको चीन भ्रमण सोधेभन्दा निकै महत्वपूर्ण र फलदायी रह्यो । भारतीय नाकाबन्दीका कारण देशले विभिन्न समस्या झेलिरहेका बेला पहिलोपटक चीनसँग भएको पारवहन सम्झौतालाई निकै महत्वका साथ हेरियो । यसले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध स्थापिग गर्नका लागि भारतसँगको निर्भरता हटाउने भयो ।

त्यससँगै नेपाल चीनबीच १० बुँदे सम्झौतामा हस्ताक्षर भयो । जुन नेपालकै पक्षमा थिए । भारतसँग भएको सम्झौताले नेपाललाई दक्षिण एसियाका अन्य मुलुकसँग समेत समबन्ध जोड्न सजिलो हुने भयो । १० बुँदे सम्झौतामा राखिएकका अन्य विषय नेपाल र चीनबीचको व्यापारीक सम्बन्ध सुदृढ गर्ने, नेपालमा ग्यास तथा तेलको अन्वेषणमा चीनले सघाउने, चीनले पोखरामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणमा सघाउने, ट्रेडमार्ग निर्माण लगाएतका सम्झौतामा चीनले काम सुरु गरिसकेको छ ।
चीनले ९० प्रतिशत भन्दा बढी जनप्रतिनिधिले बनाएको नेपालको संविधानलाई स्वीकारेकाले जनताले चीनप्रति झुकाव राखेका बेला सरकारले गरेको सम्झौता र नयाँ सिराबाट सुरु गरेको सम्बन्धले जनता झनै हौसिएका हुन् ।

५. ओलीले ल्याएका विभिन्न कार्यक्रम तथा योजना
ओली सरकारले आफ्नो कार्यकालमा विभिन्न नीति तथा कार्यक्रम र बजेट भाषणमार्फत विभिन्न कार्यक्रम तथा योजनाहरु अघि सारेको छ । यसको श्रय ओलीलाई मात्र नभएर सरकारमा सहभागी सबै दल र तिनका मन्त्रीलाई पनि जाला तर, ओली सरकार प्रमुख भएकाले त्यसको मुख्य पात्रका रुपमा ओली नै उदायका छन् ।

नेपालको झन्डा गाडेका पानीजहाज बन्दरगाहामा चलाउने निर्णय र त्यसका लागि बजेटमार्फत रुकम विनियोजन गरिनु, नेपालमा रेलसेवा विस्तारका लागि पहल गरिनु, देशभर विभिन्न विकास निर्माणका कार्यक्रम तथा योजनाहरु ल्याइनु, बृद्ध भत्ता बढाइनु लगायतका विषयले ओली सरकारप्रति जनताको सकारात्मक भावना पलाएको छ ।
त्यसैगरी उनले थालेको तुइन विस्थापनको योजना प्रभावकारी रुपमा सम्पन्न हुँदै जानु र सरकार देशमा हुने विभिन्न गतिबिधिमा कडा रुपमा प्रस्तुत हुनु, भारतसँग भन्दा चीनसँग बढी झुकाव राख्नु आदीले पनि ओलीलाई लोकप्रिय बनाएको पाइन्छ ।

ओलीले घरघरमा ग्यासको पाइपलाइन जोडिदिने लगायतका केही हावादारी भाषण समेत गरेका छन् । पानीको धारामा पानी नआइरहेका बेला ग्यास पुर्याउछु भन्नुलाई हावादारी करार दिइनु पक्कै पनि स्वभाविक होला । अर्कोतर्फ भूकम्प भएको एक वर्ष बितिसक्दासमेत भूकम्पपीडितको तर्फबाट सरकारले एउटा घर बनाउन नसक्नु दुःखद् कुरा हो । तर, यी थाती राख्ने हो भने ओलीप्रति जनताले विश्वास निकै बढेको देखिन्छ ।

पछिल्लो समय ओलीले आफ्नो सत्ता बचाउन या राजनीतिक बदलाभाव राखेर अघि बढेको, भद्र सहमति गरेर त्यसलाई तोडेको र पार्टीभित्रैबाट उनको विरोध भएको जस्ता विषय पनि बाहिर आएका छन् । जनताको साथ पाइरहेका बेला उनले जनताको विश्वास नतोडि आफ्नो योजनाहरु सफल पार्नतिर र दशेको विकास गर्नतिर कदम चाल्नुपर्ने देखिन्छ । वर्तमान परिस्थितिले विदेशी हस्तक्षेप हुने कुनै पनि त्यस्तो मोड लिनुभन्दा पहिले ओली चनाखो हुनुपर्ने देखिन्छ । त्यसका लागि सबै राजनीतिक दललाई मिलाएर लानुपर्ने उनको पनि दायित्व हो । त्यसैले कोही कुनै राजनीतिक दल आपसी झगडा र कलहमा भन्दा मिलेर देशको विकासमा लागे नेपाल छिट्टै आफ्नो छुट्टै पहिचान बनाउन सफल हुने कुरामा दोमत छैन ।
Loading...