Latest News

भारतले औषधि रोकेपछि अमेरीकाले दिनेभो चाहेजति औपधि १५ दिनभित्र आइपुग्ने

काठमाडौं, ५ मंसिर । अमेरिकी गैरसरकारी संस्था डाइरेक्ट रिलिफले नेपालका लागि अत्यावश्यक औषधि पठाउने प्रक्रिया सुरु गरेको छ । सो संस्थाले बढीमा १५ दिनभित्र नेपाल आइपुग्ने गरी औषधिको प्याकिङ सुरु गरेको नेपाली अधिकारीलाई जानकारी दिएको छ ।
डाइरेक्ट रिलिफ गत वैशाखमा गएको भूकम्पका वेला सबैभन्दा बढी औषधि पठाई सहयोग गर्ने विदेशी संस्था ठहरिएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका अनुसार सो संस्थाले लाइफ सेभिङ तथा इमर्जेन्सी औषधि तथा बढी अभाव देखिएका औषधि र उपचारका लागि अत्यवाश्यक देखिएका औषधि पठाउने बताएको छ ।
उसले आफूले प्याकिङ सुरु गरेको र बढीमा दुई साताभित्र औषधि नेपाल पठाइसक्ने जानकारी महाशाखालाई पठाएको छ ।
डाइरेक्ट रिलिफले अत्यावश्यक औषधि र उपकरणको लिस्ट मागेपछि केही समयअघि महाशाखाले औषधिको लिस्ट पठाएको थियो ।
महाशाखा निर्देशक डा भीम टिंकरीले अत्यावश्यक औषधि पठाउने प्रक्रियामा डाइरेक्ट रिलिफ लागिसकेको जानकारी आएको भन्दै के–कति परिमाणको औषधि आउने भन्नेबारेमा भने थाहा नभएको बताए । भूकम्पका वेला पनि निकै राम्रो सहयोग गरेको हो ।
Loading...