Loading...
काठमाडौं, ५ मंसिर । नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकट र अभावबारे काठमाडौंस्थित प्रमुख आवासीय कूटनीतिज्ञहरूले भारतसँग स्पष्टीकरण मागेका छन् ।
भारतीय राजदूत निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा खासगरी जापान, जर्मनी, अन्य युरोपेली र अमेरिकी राजदूतले आपूर्ति व्यवधानपछि नेपालमा पुनर्निर्माण तथा मानवीय मिसनमा समेत अवरोध उत्पन्न भएको भन्दै त्यसको निकासबारे भारतको धारणा जान्न खोजेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
प्राप्त जानकारीअनुसार एक युरोपेली राजदूतले नेपालका नागरिक समाज, सञ्चार र महत्वपूर्ण राजनीतिक व्यक्तित्वहरूले नाकाबन्दी भारतीय कार्य भएको भन्दै त्यसबारे भारतको धारणा पनि जान्न खोजेका थिए ।
स्रोतका अनुसार युरोपेली संघमा आबद्ध देशका राजदूतले नेपालका मिडिया, प्रमुख राजनीतिक दलका नेता र बुद्धिजीवी ‘नेपालमा राष्ट्रिय संकट उत्पन्न हुनुका पछाडि भारत नै जिम्मेवार छ भन्छन् नि’ भनेर भारतीय राजदूत रन्जित रेलाई सोधेका थिए ।
रेले रक्सौलबाहेक अरू नाकाबाट आपूर्ति भइरहेको र सात सय ट्रक नेपाल भित्रिरहेको जानकारी दिँदै मुख्य नाका रक्सौल नाकामा मधेसी मोर्चाले आन्दोलन गरेकाले त्यहाँबाट आपूर्ति हुन नसकेको स्पष्टीकरण दिएका थिए ।
Loading...
Social Buttons