Latest News

फेसबुक, ट्विटरमा बुद्धको फोटो पोष्ट गर्न आह्वान

काठमाडौं— बुद्धको तस्विर तथा उनका पञ्चशील सिद्धान्तलाई सामाजिक सञ्जालमा पोष्ट गर्न एक संस्थाले आग्रह गरेको छ।

नेपाली साझा मञ्च नामक संस्थाले २५६० औं बुद्ध जयन्तीका अवसरमा पाँच दिनसम्म बुद्धको तस्विर तथा उनले दिएका मानवहितकारी सन्देश फेसबुक, ट्विटरमा पोष्ट गर्न आग्रह गरेको हो।

जेठ ८ गते शनिबार २५ सय ६० औं बुद्धजयन्ती मनाइँदैछ। बुद्धको जन्मस्थलबारे विश्वभरि रहेको भ्रम चिर्दै बुद्ध नेपालमा जन्मिएको सन्देश दिन सरकारले ६ जेठदेखि ३ दिनसम्म बुद्ध जयन्ती मनाउँदैछ। सरकारको आयोजनामा ६ र ७ गते अन्तरार्ष्ट्रिय बौद्ध सम्मेनल समेत आयोजना गर्दैछ।

Loading...