Latest News

तराईका पाँच सय उद्योगसँग हजारौं असुलेर मोर्चाले निर्बाध सञ्चालन गर्न दिएको सनसनी खुलासा

काठमाण्डु, ५ पुस– विगत चार महिनादेखि तराईमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले करिब पाँचसय उद्योगसँग दैनिक हजारौ रुपैयाँ असुलेर उद्योग सञ्चालन गर्न अनुमति दिएको खुलासा भएको छ । उनीहरुले उद्योगको प्रकृति र क्षमता हेरेर प्रतिउद्योग दैनिक ५० हजारसम्म असुलेका छन् ।
उनीहरुले उद्योगको कम्पाउण्डबाट मालबाहक गाडी निकाल्दा प्रतिगाडी तीन हजार रुपैयाँ लिने गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । मुरारकाका अनुसार देशभर करिब पाँच सय उद्योग दैनिक रुपमा मोर्चालाई कर तिरेर सञ्चालन गर्न बाध्य छन् । ‘हामीसित अरु कुनै विकल्प नै छैन,’ मुरारकाले भने, ‘अहिले देशमा समानान्तर अर्थतन्त्र सञ्चालन भइरहेको यो देशका लागि घातक हो ।’
अन्नपूर्ण पोस्टबाट
Loading...