Loading...
काठमाण्डु, ५ मंसिर– भारतको अघोषित नाकाबन्दीले नेपाली अर्थतन्त्रमा गत वैशाखको भूकम्पको भन्दा डेढ गुणा बढीको नकारात्मक असर परेको छ । भूकम्पका कारण ७ खर्ब ७ अर्ब रुपैयाँबराबरको क्षति भएको थियो । अघोषित नाकाबन्दीले १० खर्ब ६० अर्ब रुपैयाँबराबरको नकारात्मक असर परेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले सार्वजनिक गरेको भारतको अघोषित नाकाबन्दीले नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक असरबारेको संक्षिप्त विवरणले यस्तो देखाएको हो । विवरणमा गत ३ असोजदेखिको भारतको अघोषित नाकाबन्दी र २८ साउनदेखिको तराई क्षेत्रमा जारी आमहडतालले कुल र्गाहस्थ्य उत्पादनमा ५३ अर्ब रुपैयाँबराबरको वास्तविक क्षति भएको उल्लेख गरिएको छ ।
गत १२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछिका निरन्तर पराकम्पनले कुल र्गाहस्थ्य उत्पादनमा ३६ अर्ब रुपैयाँबराबरको वास्तविक क्षति भएको राष्ट्रिय योजना आयोगले तयार पारेको भूकम्पपछिको आवश्यकता पहिचान (पीडीएनए) प्रतिवेदनमा उल्लेख गरिएको छ ।
–राजधानी दैनिकबाट
–राजधानी दैनिकबाट
Loading...
Social Buttons