Latest News

जनयुद्ध सिकाउनेहरुकाे सहरमा घरजग्गा, युद्धका लडाकु मलायातिर

‘विद्यालयमा साताै‌ घण्टी सकिँदा हामी आठौं घण्टीका रुपमा जनवादी शिक्षा भन्दै चिनिँया क्रान्तिका महानायक कमरेड माओत्से तुङ, स्टालिन, लेनिन, कार्लमाक्सका जीवन र नेपालको कम्युनिष्ट आन्दोलनका इतिहास बारेमा पढ्थ्यौ‌ । हामीले पढ्ने ती किताबहरु पनि माओवादीले दिने गर्दथे । गुरु चन्द्रबहादुर खत्री, कृष्ण रेग्मी लगायतले पढाउनु हुन्थ्याे । वहाँहरुले हामीलाई अव माओवादीको जनवादी शिक्षा पढ्नु पर्छ भन्दै पढाउनु हुन्थ्यो । सोही वेला सरकारी विद्यालयको शिक्षालाई माओवादीले बुजुर्वाको संज्ञा दिएका थिए ।
म कक्षा आठमा पढदै थिएँ । माओवादी जनयुद्धको प्रभाव उदयपुरमा धेरै परिसकेको थियो ।
कुरा हो २०५८ साल माघ महिनाको । मेरो विद्यालय


जिल्लाको उत्तरी पहाडी गाविस मयाँखुमा २ को ‘श्री माध्यमिक विद्यालय मयाँखु हो । याे जनयुद्धको समयमा आधार ईलाकाको रुपमा परिचित थियो । मलाई सम्झना रहेसम्म तत्कालिन शाही सेना मयाँखुमा पुगेको थाहा छैन । १० कक्षासम्म पढाई हुने हाम्रो विद्यालयमा कक्षा ८ देखि १० सम्म विभिन्न माओवादी सैद्धान्तिक कुरा र माओवादी जनयुद्धका लक्ष्य उदेश्यका बारेमा घाेकाइन्थ्याे। अनि राज्य सत्ता र श्री ५ नेपाल सरकार भनेको जनता मार्ने ठेकेदार हुन भनेर सिकाईन्थ्यो । त्यतिवेला नेपालमा भएका राजनीतिक दल पनि जनताको रगत चुस्ने किराको रुपमा चर्चापरिर्चा गरिन्थ्यो ।
सरहरु भन्दै थिए ‘अंग्रेजीमा गणतन्त्रलाई के भन्ने होला ।’ ‘अनि गणतन्त्र भनेको के हो ?’ ‘प्रतिक्रियावादी कस्लाई भन्ने ?’ ‘यथास्थितिवादी किन भनिएको ?’ ‘जनयुद्धको लक्ष्य के हो ?’ ‘संविधानसभा केलाई भनिएको हो ।’ यस्तै अगन्ति प्रश्नको घेरामा माओवादी अगुवाहरुलाई राखेका थिए ।
म सरहरु र माओवादी अगुवाहरुको नाम भन्दिन । सात घण्टीको पढाई सकिएको थियो । माघको महिनाको चिसो र पहाडी क्षेत्रमा पर्ने भएकाले चिसै हावा निकै ठूलो चल्थ्यो । त्यो दिन घाम लागेको थियो । विद्यालयको अफिस छेउमा मन्दिर छ । त्यो मन्दिर छेउमा माओवादी अगुवाहरु र सरहरुबीच छलफल भईरहेको थियो । सरहरु भन्दै थिए ‘अंग्रेजीमा गणतन्त्रलाई के भन्ने होला ।’ ‘अनि गणतन्त्र भनेको के हो ?’ ‘प्रतिक्रियावादी कस्लाई भन्ने ?’ ‘यथास्थितिवादी किन भनिएको ?’ ‘जनयुद्धको लक्ष्य के हो ?’ ‘संविधानसभा केलाई भनिएको हो ।’ यस्तै अगन्ति प्रश्नको घेरामा माओवादी अगुवाहरुलाई राखेका थिए । ती माओवादी अगुवाहरुले के के उत्तर दिए कुन्नी थाहा भएन । केही सरहरु कक्षा सुरु हुने वेला भयो भन्दै कक्षामा आए । सरसँगै म पनि आए । जनवादी शिक्षा पढने वेलामा खत्री सरले भन्नुभयो नानी हो अव ‘देशमा क्रान्ति विना शन्ति पनि आँउदैन र प्रतिक्रियावादी राज्य सत्ता ध्वस्त पार्नु पर्छ ।’
nepal-pla-massed2

     २०५५ सालदेखिनै बाक्लै रुपमा माओवादीहरु देखिन थालेका थिए । जिल्लाको हर्देनी, मायँखुबाट हाम्रै विद्यालयमा पढ्ने दाई तथा दिदीहरु पनि माओवादी युद्धका हस्ती भईसकेका थिए । ग्रमिण क्षेत्र पर्ने भएकाले तत्कालिन शाही सेना पुग्ने कमै मौका हुन्थ्यो । २०५७ तिर माओवादी जनमुक्तिसेनाहरु पनि हातमा कुकरबम, राईफल, भरुवा बन्दुक तथा विभिन्न प्रकारका पेस्तोल बोकेर आउथ्ये । केही पछिका दिनमा एसएलआर, थ्रिनट थ्रि लगायतका विभिन्न नयाँ नाम गरेका आधुनिक हतियार बोकेर आउन थाले । माओवादीहरु विस्तारै मजबुद बन्दै गएकाे देखिन्थ्यो 

गाँउ गाँउमा आमा, बाबा, दाई, भाउजु वा दिदीसँग भोक लाग्यो, हामी पनि काममा सघाउँछौ भन्दै गाईबस्तुका मलका भकारो सोहोर्ने र मौमस अनुसारको काम गर्ने गर्दथ्ये । टोलैपिच्छे जनसरकार गठन भएको थियो । गाँउघरमा भएका सानातिना झगडा जनसकारले मिलाउँथ्यो । समाजमा अलिक ठूला मानिएका झगडाका मुद्धा माओवादी जनअदालतले पैmसाल गर्दथ्यो । हर्देनी १ मा स्थायी घर भएका कटुवाल परिवारले हर्देनी १ कै एक राउत परिवारले मायङखु खोलामा भएको खेत बेच्दा त्यहाँ स्थानीय सार्की परिवारले पानी लगाउत दिएका थिएनन । तर, पछि माओवादीको जनअदालतले त्यो झगडालाई मिलाएको मैले देखेको थिएँ । पानी लगाउन नदिएको राउत परिवारको उजुरीमा माओवादीले एक पटक कारवाही गरेपछि गाँउभरी र आसपासका क्षेत्रमा समेत चर्चा पाएको थियो । माओवादीको भाटे कारवाही देशमै चर्चाको शिखर थियो ।
कुनै दिन नटुट्ने माओवादीका कार्यकर्ता, जनमिलिसिय, जनमुक्ति सेना कति आए, कति आए कुनै लेखाजोखा हुँदैन थियो । हर्देनी, मायँखुको ३० किलोमिटर सिद्धचरण राजमार्गको दुरीमा पर्ने कटारी बजारमा छेउमै ताराघारीमा शाहीसेनाको क्यम्प थियो, तर, त्यसको कुनै प्रभाव पर्न सकेको थिएन । राज्य पक्षको पहुँच बाहिर माओवादीको राजमा रहेका पहाडी क्षेत्रमा माओवादीकै शासन सत्ता चलेको थियो । गाँउघर पखेरीमा माओवादीकै क्रान्तिकारी गीत गुन्जदै थिए । गीत गाउने गायक, रचनाकारको नाम थाहा छैन, एउटा मार्मिक गीत थियो त्यो हो–
‘ए.. साईला दाजु, साईली भाउजु
माओवादी युद्ध हारेको कहाँ छ र ?
 ‘बगेको खोला रोकिएको कहाँ छ र ?
जनताले लडाई हारेको कहाँ छ र ?


यी हरफ गुनगुनाउँदै मलेसियामा रोजगारीका लागी उड्न हिडेको एक पुर्व जनमुक्ति सेनाका मित्रले आँखाभरी आँशु झार्दै लहान, बन्दिपुर, भेडेटार तथा पुर्वी क्षेत्रका लडाँईका 
pla_8th_anniversary09983833
काहानी पनि सुनाए ।

उही मयाँखुकै विद्यालयमा पढ्दा उनका  गुरु खत्री र रेग्मीले माओवादी शिक्षा वा जनवादी शिक्षा पढाएकाले मलेसिया उड्न लागेको पनि फिस्स हाँस्दै जोक बनाएर हसाए ।  संविधान घोषणा भएको पाँच दिनपछि मध्यपहाडी लोकमार्ग हुँदै मलेसियाको उड्नको लागी काठमाण्डौं हिडेका उनले बाबुराम भट्टराईको पार्टी परित्यागलाई कडा रुपमा आलोचना पनि गरे ।
मलाई मातृक, विपल्वको विश्वास छैन बैद्य बा र बाबुरामले पुर्व लडाकु र जनयुद्धका घाईते, सहिद परिवारलाई धोका दिएको ठोकुवा गरे । मोहन बैद्येले दोस्रो संविधानसभाको चुनावमा एमाओवादीलाई हराउन लगाएर धोका दिए भने बाबुरामले आफुले बनाएको संविधान कार्यन्वयन गर्ने वेला लत्याएर हिडे
उनले भने ‘हामीले युद्ध लडेको संविधानसभाको चुनावबाट संविधान कै लागी हो भन्दा फरक पर्दैन’ मलाई मातृक, विपल्वको विश्वास छैन बैद्य बा र बाबुरामले पुर्व लडाकु र जनयुद्धका घाईते, सहिद परिवारलाई धोका दिएको ठोकुवा गरे । मोहन बैद्येले दोस्रो संविधानसभाको चुनावमा एमाओवादीलाई हराउन लगाएर धोका दिए भने बाबुरामले आफुले बनाएको संविधान कार्यन्वयन गर्ने वेला लत्याएर हिडेको कथन उनको  छ ।
आफु युद्धको समयमा ईमान्दार बनेकै कारण आज मलेसिया जान लागेको तितो काहानी भन्दै युद्धको वेला थुप्रै कामरेडहरुले ब्रमलुट गरेको आरोप पनि उनको छ ।
मैले पहिलो संविधानसभाको निर्वाचनमा माओवादीलाई जिताउँन भोक भोकै पनि जनताको घरक डुलि हिडेँ, रातभारी पनि जागै बसे, युद्धको समयमा गोलीसँग लुकामारी खेले तर, आजसवै मैले गरेको ती कामहरु व्यर्थै छ । आफु युद्धको समयमा ईमान्दार बनेकै कारण आज मलेसिया जान लागेको तितो काहानी भन्दै युद्धको वेला थुप्रै कामरेडहरुले ब्रमलुट गरेको आरोप पनि उनको छ । दुईघण्टासम्मको छोटो यात्रामा आश्चर्य लाग्दो कुरा गर्ने ति व्यक्तिले न नाम बताए, न स्प्रष्ट खुल्ने ठेगाना दिए । उनले वसको दौडाईसँगै बिन्ति गर्दै भने– पत्रिकामा लगाउने हो भने मेरो नाम नलगाईदिनु होला । हामी सामान्य मान्छे हो । भोली मैले भनेका कुराले कसैको चित्त दुख्ला । म त काम गरी खाने मजदुर हुँ । कसैको चित्त दुखाउने मन छैन ।
बसमा बजेको गायक बद्रि प
pla_8th_anniversary0993833
गेनीको ‘खै हाम्रो दिलमा त घाँम नै लागेन, जस्को शासन आए पनि जनताको शासन आएन, ‘जस्को सरकार आए पनि जनताको सरकार आएन’ भन्ने गितका सुरिला धुनले ति लडाकुलाई सायद जनयुद्धको झल्को दिईरहेको थियो ।

घाम डुब्नै लाग्दा उनको यात्रा हिजो युद्धमा हुँदा सेल्टर लिएर बसेको सुनकोसी किनारै किनार काठमाण्डौ थियो । उनले भनेका शब्द हुबहु उतार्न सकेको भए धेरै राम्रो हुने थियो । ती अधवै‌से अनि खाईलाग्दो ज्यान भएका फौजीको व्यवाहार देखाउने उनि जस्ता हजारौं पुर्व लडाकुहरु आज के गरिरहेका होलान ? उनिहरुले युद्ध लडेको पार्टीलाई कसरी नियल्दा हुन ? सायद उनको जनयुद्धको कथा भोली नालीकोलागी एकादेशको कथा नै भएको छ । गणतन्त्रलाई अंग्रजीमा भन्न पनि सरहरुले जाने होलान । माओवादी जनयुद्धको उदेश्य पनि थाहा पाए होलान । यथास्थितिवादी, प्रतिक्रियावादी पनि चिने होला ।
जनयुद्ध लडेकाहरु भन्नेहरुको आज सदरमुकाम र सहरमा घरजग्गा छ । तर साँच्चिकै युद्ध लडेकाहरु मलेसिया, दुवै, कतार, साउदी अरवीया पुगेका छन् । उनी पुगेकी पुगेनन् केही खबर भएको छैन । उनको परिवार के गरिरहेको होला । उनलाई कटारीबाट घुर्मीसम्म दुईघण्टाको यात्रामा भेट्दा धेरै कुराको कौतुहता जागेर आएको छ । सायद आज हिजोका जनयुद्धका योद्धाका कथा एकादेशकै भएको छ ।
(तस्विरहरु सांकेतिक)
Loading...