Loading...
एजेन्सी । भूपरिवेष्टित दक्षिण अमेरिकी राष्ट्र बोलिभियालाई उसको समूद्री छिमेकी पेरुले समूद्रसम्म निर्वाध पारबाहन सुविधाका लागि आफ्नो केही भूभाग दिएको छ । यससँगै पेरुको ILO स्थित समूद्री तटमा आफ्नै बन्दरगाह निर्माण गरी बोलिभियाले निर्वाध पारबाहन सुविधा पाउन सक्ने छ ।
यससँगै आफ्नै समूद्री तटबाट विश्वसँग जोडिने र निर्वाध रुपमा पारबाहन सुविधा तथा व्यापार बढाउने बोलिभियाको सपना विपनामा बदलिएको छ ।यससम्बन्धी सम्झौतामा बोलिभियाका राष्ट्रपति इभो मोरालेस र उनका पेरुभियन समकक्षी एलन ग्रासियाले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बोलिभियाले अब आफू भूपरिवेष्टित राष्ट्र हुनुको पीडा भोग्नुपर्ने छैन ।
Alan-Garcia-Evo-Moralesसम्झौतापछि पेरुका राष्ट्रपति गार्सियाले भने, ‘यसले बोलिभियाका लागि एउटा इन्टरनेशनल पोर्ट बनाउने र समूद्री विश्वसँग सिधा ब्यापार साथै आफ्नै उत्पादनहरुलाई सहजै विश्व बजारसम्म पुर्याउनका लागि ढोका खुलेको छ । बोलिभिया अब फेरि समूद्रमा फर्किनेछ ।’
‘बोलिभियाका लागि कुनै समूद्री पोर्ट नहुनु अन्यायपूर्ण थियो,’ छिमेकीबाट समूद्री भूभाग पाएपछि बोलियभियन राष्ट्रपति मोरालेसले भने, ‘यो एउटा बोलिभियन समूद्र पनि हो ।’
उनले अघि भने, ‘यदि मैले विवाह गरेँ भने म आफ्नो हनिमुन यही पोर्टमा मनाउने छु ।’ त्यहाँ १.४ वर्गमाईल क्षेत्रमा होलिडे रिसोर्ट बन्दैछ । जसका लागि समूद्री तटलाई ला पाजले लिमासँग ९९ वर्षका लागि लिजमा लिइसकेको छ । दि गार्जियनमा खबर छ ।
यो भूपरिवेष्टित राष्ट्रलाई उसको समूद्री छिमेकीले गर्ने व्यवहारको एउटा गतिलो उदाहरण बनेको छ । नेपालले भारतबाट अघोषित नाकाबन्दी भोगिरहेको छ । भूपरिवेष्टित भएकाले समूद्री विश्वसँग जोडिन नपाउनु हाम्रालागि दुर्भाग्य नै बन्दै आएको छ । सोही कारण भारतले अनावश्यक हस्तक्षेप र दु:ख दिँदै आएको छ । साझा पोस्ट बाट ।
पूर्वेली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।पेरुले भूपरिवेष्टित छिमेकी बोलिभियालाई समूद्रसँग जोडिन आफ्नो भूभाग नै दियो
Loading...
Social Buttons