Latest News

मधेस आन्दोलन नियन्त्रण बाहिर जाने सरकारलाई महन्त ठाकुरको कडा चेतावनी !!!

काठमाण्डु, ७ मंसिर– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई–मधेसमा जारी समस्याको राजनीतिक निकास दिन ढिलो भइरहेको बताएका छन् ।
सोमबार आफ्नै निवास सानोठिमी झपुरमा पुगेका नेपाली कांग्रेसका नेताहरुलाई अध्यक्ष ठाकुरले तराई मधेसमा सय दिनदेखि आन्दोलन जारी रहेपनि सरकारले माग सम्बोधन गर्न चासो नदेखाएकाले अवस्था आन्दोलन नियन्त्रण बाहिर जान थालेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले समस्या छिटो समाधानको पहल गर्न प्रम्ुख दलहरुले अग्रसरता लिनुपर्ने बताएका थिए ।
छलफलमा पुगेका कांग्रेस महामन्त्री प्रकाशमान सिंह र प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सरकारले इमान्दार र गम्भीर भएर वार्ताबाट छिटो समस्याको समाधान निस्कने बताएका थिए ।
भेटमा अध्यक्ष ठाकुरले मुलुकको अवस्था बिग्रिँदै गएपनि सरकारले निकास निकाल्ने वातावरण नबनाएको आरोप लगाए ।
‘मुलुकको अवस्था झन् जटिल बन्दै गएको छ ।’ यादवको भनाई उध्रित गर्दै प्रवक्ता बडुले भने, ‘सरकारले समस्याको समाधान चाहेको छैन ।’
उनले सरकारले घाइतेको उपचार गर्ने, कार्यकर्तामाथि लागेका मुद्धा फिर्ता लिने भन्ने न्यूनतम सतर्त पनि पालना नगरेको गुनासो गरे ।
सीमांकन हेरफेर आफूहरुको बटमलाइन भएको भन्दै उनले प्याकेजमै समस्या समाधानको पहल गर्नुपर्ने बताएका थिए ।
मधेसी मोर्चासँग भएको सहमति कार्यान्वयन गर्न सरकार इमान्दार नभएकाले परिस्थिति जटिल बनेको उनको भनाइ थियो ।
Loading...