Latest News

‘विवाह अगाडि सेक्स गर्दिन’ ! कृति ओझा

काठमाडौं । मोरङ उर्लाबारीकी कृति ओझा मोडलिङ क्षेत्रमा केही गर्ने सोचका साथ यतिखेर लागि परेकी छन् । प्लस टुको अध्ययन सकेर काम गर्दै आएकी ओझा मोडलिङलाई नै भबिष्य बनाउने ध्येयका साथ यस क्षेत्रमा लागिरहेकी छन् । ओझालाई अचेल म्युजिक भिडियो र सट मुभिको निकै नै अफर आइरहेको छ ।
उनी भन्छिन्, ‘सुहाउँदो भिडियोको अफर आएमा अवश्यै स्वीकार गर्नेछु ।’ सानैदेखि मोडल बन्ने उदेश्यका साथ लागीपरेकी कृति आफ्नो सपना पूरा हुने भएपछि निकै दंग देखिन्छिन् । उनी भन्छिन्, ‘मेरो परिवारको सहयोग र प्रेरणाले नै आज यो अवस्थामा आइपुगेकी छु ।’

अहिलेसम्म कसैको पनि मायामा नफसेको दाबी गर्ने उनी पहिला आफ्नो भबिष्य बनाएर मात्र मायाप्रेमको बारेमा सोच्ने बताउँछिन् । विश्वास नै सेक्स भन्ने कृतिलाई विवाहअघिको सेक्स उत्तम होइन भन्ने धारणा छ ।
Loading...