Latest News

संसदमा तनावको संकेतः प्रधानमन्त्रीले भने–भोलि ११ बजे के हुन्छ देखाउँला

काठमाडौं– व्यवस्थापिका संसदको बिहिबार बस्ने बैठकमा तनावको संकेत देखिएको छ । कांग्रेस–माओवादीले दर्ता गरेको अविस्वास प्रस्तावमाथि बिहिबार बस्ने बैठकमा छलफल हुने कार्यक्रम छ । kp oli
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बैठकलाई सहजरुपमा चल्न नदिने संकेत गरेका हुन् ।
बुधबार राजधानीको कमलादीमा आयोजित अखिल नेपाल टे«ड युनियन महासंघको छैटौं महाधिवेशन प्रतिनिधि परिषद्को बैठक उद्घाटन गर्दै ओलीले अविस्वासको प्रस्ताव संसदमा छिर्नै नदिने बताए ।

‘भोलि हामी ११ बजे के हुन्छ देखाउँला  । बलजफ्ती गर्न नखोज्नु राम्रो हुन्छ’, उनले भने, ‘म विनम्रतापूर्वक अनुराध गर्न चाहन्छ । अविस्वासको प्रस्ताव संसदमा छिर्नै दिन्नौं ।’
उनले संविधानसभामा दर्ता भएको अविस्वासको प्रस्तावलाई कांग्रेस माओवादीको इश्र्या र चिन्ताको प्रस्ताव भन्दै सो प्रस्तावको औचित्य नभएको बताए ।
उनले आफूलाई जसरी पनि हटाउने प्रपञ्च रचिएको भन्दै अगाडि भने, ‘जसरी पनि सरकार हटाइन खोजिएको छ । यो चाहिन्छ र उ चाहिन्छ भन्ने हो भने घरबाटै ल्याउनु ।’
ओलीले आफ्नो सरकारले मजदुर, किसानलगायत सबै वर्ग र पेशाका नागरिकको पक्षमा काम गरेकाले त्यही डाहाले प्रस्ताव ल्याइएको समेत दाबी गरे ।
उनले कांग्रेस–माओवादीलाई संकेत गर्दै भने, ‘हल गोरु जसरी प्रस्ताव दर्ता गर्न जाने र पछि आएर राजीनामा माग्न यो कस्तो तरिका हो ? राजीनामा मागेको हो कि अविस्वासको प्रस्ताव दर्ता गरेको हो ?’
उनले आफ्नै सक्रियताले तराईमा आन्दोलन तथा नाकाबन्दी असफल भएको भन्दै माओवादी कांग्रेसको चर्को आलोचना गरे ।
कांग्रेस माओवादीले दुई तिहाइको दम्भ देखाएको भन्दै त्यस्तो हो भने संविधान नै संशोधन गरे भइहाल्यो नि भन्दै चेतावनी दिए ।
उनले भने, ‘उहाँहरुले दुई तिहाईको धाक लगाउनु भएको छ, दुई तिहाइमा संविधान संशोधन गरे भइहाल्यो नि ।’ उनले सभामुख जस्तो मर्यादित संस्थालाई दुरुपयोग गर्न कांग्रेस माओवादी लागेको आरोप समेत लगाए ।

आक्रोससँगै रोचक टुक्का
कांग्रेस माओवादीप्रति आक्रोशित भएका उनले कार्यक्रममा रोचक टुक्का पनि सुनाउन भ्याए ।
–टोखाबाट सुरुङ खनेर पारीपट्टी निकाल्ने हो, त्यसको पनि विरोध गरेहुन्छ ।
–काठमाडौंको भेडासिंहमा अब केको गाडी, दुई वर्षभित्र केबुलकार चलाउने हो ।
–अहिलेको मेरो सपना कसैले भत्काउन सबैले सक्दैन । दुई ओटै छिमेकीसँग सम्बन्ध विगार्यो भेनर आलोचना गरे । म आउँदा नाकाबन्दी थियो अहिले आनन्दले खुल्यो ।

Loading...