Loading...
काठमाडौं, २८ भदौ । पहिलो संविधानसभादेखि नै चल्दै आएको धर्म निरपेक्षता सम्बन्धी बहस नयाँ परिभाषासहित सोमबारबाट टुङगिएको छ । संविधानको मस्यौदामा सुझाव दिँदा २ तिहाई नागरिकले हिन्दु राष्ट्रको माग गरेपनि संविधानसभाले नयाँ परिभाषा सहित धर्म निरपेक्ष राष्ट्र बनाउने प्रस्ताव पास गरेको छ ।
नेपाललाई हिन्दु राष्ट्र बनाउन राप्रपा नेपालका अध्यक्ष कमल थापाले संशोधन प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई बिद्ययेकको अंग बनाउन ६१ सभासद् आवश्यक थियो । तर थापाका पक्षमा २१ सभासद् मात्र उभिएका थिए । थापाको मत विभाजनमा १० प्रतिसत सभासद् नउभिएपछि संविधानसभाले हिन्दु राष्ट्रको प्रस्तावलाई अस्वीकृत गरेको छ ।धारा ४ मा तीन मुख्य दलले संयुक्तरुपमा राखेको संशोधन प्रस्ताव पास भएको छ । तीन दलको संशोधनमा धर्मनिरपेक्ष राष्ट्र थियो । त्यसमा धर्म निरपेक्षताको परिभाषा ‘सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता’ लगाइएको छ ।
Loading...
Social Buttons