Latest News

आन्दोलन अब झन् कठोर हुने राजेन्द्र महतोको चेतावनी

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चाको नयाँ स्वरुपसंगै  संघर्ष र लडाईँको स्वरुप कठोर हुने बताएका छन्। अध्यक्ष महतोले जारी हुने संविधानको परिर्वतन र संशोधनको लागि हदैसम्मको बल लगाउन नयाँ मोर्चा गठन गरी सघर्षको कार्यक्रम ल्याउने बताए। 
 
सद्भावना पार्टी पर्साले वीरगन्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले परिर्वतनको एजेन्डा, विगतमा भएको सम्झौता, आदिवासी, जनजाति, मधेशी र मुस्लिमसंग भएको सम्झौतालाई थाती राखेर खसवादीले ल्याउन लागेको संविधान आफुहरुलाइ मान्य नहुने बताए।
 
जबरजस्ती ल्याउन लागिएको संविधान नेपालको दुई तिहाई जनताले अस्वीकार गर्ने उनले दावी गरे। 
 
उनले मधेस विरोधी संविधान बनाउने कांग्रेस ,एमाले र एमाओवादीका मधेसका सभासद्हरुलाइ जनताले  तहलगाउने दावी समेत गरे। 
 
‘मधेसको नाममा राजनितिक गर्ने एमाले र कांग्रेसका सभासद्हरु कुर्सी र मन्त्रीको लोभका कारण विरोध गर्न नसकेकोले यस्तो समस्या उत्पन्न भएको हो। जनताले अब उनीहरुलाइ देखाउने छन्, धोखा भनेको के हो,’महतोले भने।
 
उनले मधेसी दलहरुले संविधानसभा नत्यागेको कारण पनि आन्दोलन उत्र्सगमा नपुगेको बताए। राजिनामा दिएका आफना सभासदहरुको राजिनामा सभामुखले पास नगरेर ठुलो षडयन्त्र गरेको उनको आरोप छ। 
Loading...