Latest News

माओवादीले छोडे पनि प्रधानमन्त्री ओलीलाई जनताको साथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपनि जनताको समर्थन ओलीलाई रहेको पछिल्ला राजनीतिक घटनाक्रमले देखाएको छ । मंगलबार अविस्वासको प्रस्ताव दर्ता गराएसंगै आम जनताले ओली नेतृत्वको सरकारको प्रशंसा गर्न थालेका छन ।
प्रधानमन्त्री ओलीले देशलाई निकाश दिन लागेको अवस्थामा माओवादी केन्द्रले खुट्टा तान्ने खेल खेल्दै ओली सरकारलाई असफल बनाउने काम भएको कपनका चावहिलका भरत काफले बताउछन । सामान्य व्यापार गरेर बसेका काफले ओली सरकारले देशमा केही गर्ने उद्देश्य सहित नया योजनाकासाथ अघि बढेपछि प्रगती गरेको देख्न नचाहने शक्तिहरु सरकार परिवर्तनको खेलमा लागेको उनको ठम्म्याइ छ ।
प्रधानमन्त्री ओलीले दीर्घकालीन योजनाहरु मुलुकलाई समृद्धिको पाटोमा अगाडि बढाउन खोजेको अवस्था माओवादी केन्द्रले समर्थन फिर्ता गर्नु मुलुकलाई धरासायी बनाउनु हो । जनताको चाहना अनुसार सरकारले काम गरिरहेको बेला बाह्य शक्ति आडमा शत्ता लिप्सा हुनु जस्ता कारणले माओवादीले आफनै खुट्टामा बन्चरो हानेका विद्यार्थी विकास गौतम बताउछन ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरे पछि यतिबेला होटल पसल बाटो कलेज सरकारकै कुरा भैरहेको सुन्न सकिन्छ । अधिकांशले ओली नेतृत्वको सरकारले राम्रो काम गर्दा गर्दै पनि साथ नपाएको गुनासो सुन्न पाइन्छ । त्यसैले माओवादीले ओलीलाई छोडेपनि आम जनता ओलीको पक्षमा रहेको प्रष्ट देखिएको छ ।
Loading...