Loading...

प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्द संसदमा अविश्वासको प्रस्ताव दर्ता भई सकेको छ । सत्ता साझेदार माओबादीले नै कांग्रेससंग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएपछि अब ओलीले बिश्वासको मत जित्ने सम्भावना छैन । केहि दिनपछि उनी प्रधानमन्त्रीबाट हट्ने र देशमा नयाँ प्रधानमन्त्री आउने करिब निश्चित छ ।
यता सामजिक संजालमा युवाहरुले सरकार ढाल्ने र गठन हुने फोहोरी खेलबिरुद्द अभियान नै चलाएका छन् । यसै सिलसिलामा आज सामाजिक संजाल ट्वीटरमा #सरकार_ढाल्न_बन्द_गर ट्रेन्डिंङ् भईरहेको छ । ओलीले उदाहरणीय कार्य गरिरहेको र राष्ट्रवादी सरकारलाई ढाल्न नहुने भन्दै युवाहरुले अभियान सुरु गरेका हुन् ।
यस अघि सामाजिक संजालमा #IamwithKpOli ट्रेन्डिंङ् भएको थियो भने फेसबुकमा पनि ओलीको समर्थनमा धेरै पेजहरु बनेका छन् । ‘सपोर्ट पीएम केपी ओली’ भन्ने फेसबुक पेजमा अहिले ७० हजार बढी लाइक छ । यहि पेजले पोखरा, काठमाडौँ लगायत देशका विभिन्न शहरहरुमा ओलीको समर्थनमा एक्यबद्धता जनाउन र्याली लगायतका कार्यक्रम गर्दै छ । उनीहरुले भोलि काठमाडौँको माइतीघर मण्डलामा पनि एक्यबद्धता कार्यक्रम राखेको छ ।
यो पेज ओली सरकार ढाल्न चलखेल हुदै बनेको थियो । त्यस्तै सरकार ढल्नु अघि नै बनेको अर्को पेज हो Help To Government -आलोचना होइन सरकारलाई सहयोग गरौ । युवाहरुले भोलिको कार्यक्रममा नेपाली झण्डासहित सहभागी हुन् आव्हान गरेका छन् ।फेसबुकमा ओलीको समर्थनमा बनेका धेरै ग्रुप, पेज तथा प्रोफाइलहरु भेटिन्छन् ।
-
Loading...

Social Buttons