Loading...
नयाँ संविधान असोज ३ गते जारी हुने भएको छ। संविधानसभाबाट नेपालको नयाँ संधिवान २०७२ औपचारिक रुपमा जारी गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले तयारी गरेका हुन्।
नेम्वाङका स्वकीय सचिव एवम संविधान सभा सचिवालयका सहप्रवक्ता सुर्दशन कुइकेलका अनुसार, आइतबारदेखि धारागत रुपमा पारित गर्दै गएको संविधानको मस्यौदा सभाबाट पारित गरी अन्तिम संविधान असोज ३ गते ५ बजे संविधानसभा भवनमा आयोजित विशेष कार्यक्रमबाट जारी गर्न राष्ट्रपति डा. रामवरण यादवलाई निम्तो दिन जाने तयारी गरेको बताए।
यसका लागि आजै साँझ सभाध्यक्ष नेम्वाङ राष्ट्रपति निवासमा जाने कार्यक्रम रहेको कुइँकेलले बताए।
Loading...
Social Buttons