Loading...
'यदि यौन क्षमता कमी भएको महसुुस भएमा निम्न कार्यहरु दैनिक रुपमा गर्दा यौन क्षमतालाई सजिलै बढाउन सकिन्छ
–कुरिलो पुरुषको यौन क्षमता वृद्धि गर्न हरेक दिन दुधसँगै कुरिलोको तरकारी सेवन गर्नुपर्छ ।
–केरा र सुन्तला , केरा र सुन्तलाको नियमित सेवनले पनि यौन क्षमता बढाउँछ ।
–बदाम, तथा तरिवलको सेवनले पनि यौन क्षमता वृद्धि गर्न सघाउँछ ।
–नियमित व्यायम ,गर्दै तनावबाट मुक्त रहेर पनि यौन जीवनलाई सुखी बनाउन सकिन्छ ।
- मह ,मह एक बहुगुणी खाद्य पदार्थ हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा पाचन प्रणाली आदिमा सहयोग गर्दछ । यो एक यौनवद्र्धक सामाग्रीको रुपमा पनि खान सुझाइएको छ ।
यसमा एमिनो एसिड र कार्बोहाइड्रेट प्रचूर मात्रामा पाइन्छ । यसको नियमित सेवनबाट यौन क्षमतावृद्धि हुने बताइएको छ ।
-खरभुजा , खरभुजा यति उपयोगी हुन्छ भन्दा तपाइँलाई अचम्म लाग्ला । तर यसले भियाग्राले भन्दा कम प्रभावकारी काम गर्दैन । खरभुजामा सिट्रयूलाइन नामक तत्व हुन्छ जसले शरीरमा रक्तसञ्चार बढाउँछ र कामेच्छा पनि वृद्धी गर्छ ।
-अनार, अनार पनि यौन सन्तुलन कायम राख्न उपयोगी फल हो । पुरुषमा हुने उत्तेजनाहिनको समस्या इरेक्टाइल डिस्फंक्शनको समस्याबाट बँच्न अनार निक्कै उपयोगी मानिएको छ । अनारको सेवनले शरीरमा रक्त सञ्चार बढाउँछ भने एन्टीअक्सीडेन्ट्स कोशिकालाई सुरक्षित राख्छ ।
-खुर्सानी , हरियो, रातो वा कालो खुर्सानी नियमित सेवन गर्नाले सेक्स ड्राइभलाई सँधै ताजा राख्छ । खुर्सानको सेवनले शरीरमा एण्डोर्फिन नामक रसायन बढ्छ र यौन चाहाना पनि सँधै ताजा रहन्छ । यौनिक क्षमता बढाउन खुर्सानी उपयोगी हुने चिकित्सकहरुको भनाइ छ ।
- बटर पपकर्न , नौनी हालेको पपकर्नको सेवनले पनि यौन क्षमतालाई कायम राख्ने अध्यनले देखाएको छ । यसले यौन क्षमता बढाउन सहयोग पुग्ने चिकित्सकहरु बताउँछन् । स्मेल एण्ड टेष्ट ट्रीटमेन्ट एण्ड रिसर्च फाउण्डेसनको सोधले एक प्याक बटर पपकर्न सेवनबाट पुरुषको शरीरको तल्लोभागमा ९ प्रतिशतले रक्त सञ्चार वृद्धी हुन्छ ।
-चकलेट ,चकलेटको पारखी धेरै छन् । चकलेट सेवनले यौन जागरणमा टेवा दिन्छ । चकलेटले मस्तिष्कको यौन हर्मोन जागृत गराइदिन्छ ।
-गाजर , गाजर काँचो र पकाएर दुबै तरिकाबाट खान सकिन्छ । गाजरले पाचन सक्रियता बढाउनुको साथै यौन इच्छा जागरणमा पनि सहयोग पुग्छ । गाजरमा हुने भिटामिनले स्नायु संयन्त्र बलियो बनाउँछ । यसको नियमित सेवनबाट शारीरिक तन्दुरुस्ती हुनुको साथै यौन क्षमता बढाउन पनि सहयोग पुग्दछ ।
-अदुवा ,मसलाको माध्यमले पनि यौन क्षमता बढाउन सकिन्छ । दर्जनौ रोगको उपचारमा उपयोगी अदुवाले रक्तसंचार प्रणालीमा विशेष सहयोग गर्दछ । रक्तसंचारको सबलीकरणले यौन क्रियाकलापमा पनि टेवा पुग्छ । उपयुक्त रक्तसंचारबाट यौन जागृत गराइदिन्छ ।
-सर्स्यूँ ,सस्र्यूँको सेवन पनि यौनवद्र्धक मानिन्छ । यसको नियमित सेवनबाट यौन चाहनावृद्धि हुन्छ । यसले यौन ग्रन्थी सक्रिय पारिदिन्छ ।
-लसुन, लसुनले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । साथै, यौन क्षमता वृद्धिमा पनि लसुनको सेवन लाभदायक मानिन्छ ।
-रेड वाइन , शोधकर्ताहरुका अनुसार रेडवाइन पनि यौन क्षमता वृद्धीका लागि उपयोगी छ । यसले महिलामा कामेच्छा बढाउँछ भने मांसपेसीमा हुने तनाव कम गर्छ । यसले मुड फ्रेस राख्ने र रक्त सञ्चार बढाउने हुँदा सेक्स ड्राइभका लागि अत्यन्तै उपयोगी छ ।
- मेथी , नेपाल, भारतसहित एसियाली देशमा आफ्नो यौन क्षमता बढाउन चाहनेहरुका लागि मेथी पनि यसका लागि सक्षम छ ।
भारतको ब्रिसबेनस्थित एकीकृत नैदानिक तथा आणविक चिकित्सक केन्द्रका शोधकर्ताहरुका अनुसार नेपाल र भारतजस्ता मुलुकमा अत्यधिक मात्रामापाइने मेथी पुरुषको यौन इच्छा र क्षमता बढाउन उत्तम छ । मेथीले यौन अवधि र क्षमता बढाउने गर्दछ ।
शोधकर्ताहरुका अनुसार मेथीको बीजमा पाइने सैपोनिनले पुरुषमा पाइने टेस्टोस्टेरन हर्मोनमा उत्तेजना पैदा गर्दछ ।
नेपाल, भारतलगायतका एसियाली मुलुकमा मेथीलाई तरकारीका रुपमा र मसलाका रुपमा प्रयोग गर्ने गरिन्छ ।
एजेन्सीको सहयोगमा
- See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=2309#sthash.yYxHEMzH.dpuf
Loading...
Social Buttons