Latest News

​प्रचण्डलाई गंभिर आरोप– जनार्दनले पिसाब फेर भन्दा फेर्ने, नफेर भने नफेर्ने ?


३० साउन काठमाडौ । नेकपा माओवादी केन्द्रमा मन्त्री छान्ने विषयमा भाँडभैलो मच्चिएको छ । मन्त्रीका आकांक्षीहरु बढ्दै गएको तथा महिलालाई समेट्नै पर्ने दबाबका कारण केन्द्रमा भाँडभैलो मच्चिएको हो । केन्द्रले मन्त्री छान्न भन्दै पटक पटक हेडक्वाटर बैठक बोलाएर छलफल गर्दा पनि मन्त्री चयन गर्न सकेको छैन । आफ्नो भागमा रहेका ८ मन्त्रालयमध्ये ३ मन्त्री सरकारमा पठाएको केन्द्रलाई बाँकी ५ मन्त्री छान्न फलामको च्यूरा चपाएझैँ भएको छ । हेडक्वार्टरको २५ गते बसेको बैठकले मन्त्री चयन गर्ने जिम्मा प्रधानमन्त्री तथा अध्यक्ष दाहाललाई लगाए पनि त्यसपछि बसेका बैठकहरुमा मन्त्री विवाद भने चर्कँदो अवस्थामा रहेको एक हेडक्वाटर सदस्यले जानकारी दिए । 
आजको कारोबार दैनिकमा समाचार छ । मन्त्रीको सूचीमा आफ्नो नाम नपरेको भन्दै सल्यानका सांसद् टेकबहादुर बस्नेतले हेडक्वार्टर बैठकमै पार्टी परित्याग गर्ने चेतावनी दिएका छन् । शुक्रबार बसेको हेडक्वाट बैठकमा बस्नेतले आफूले दुई९दुई पटक चुनाव जित्दा पनि पार्टीले उचित मूल्याङ्कन नगरेको भन्दै चरम असन्तुष्टि जनाएका हुन् । उनले पार्टीमा रुकुम–रोल्पाको दादागिरी बढेको आरोप समेत लगाए । ‘मैले दुईपटक चुनाव जित्दा पनि मूल्याङ्कन भएन । यहाँ रुकुम र रोल्पाको दादागीरी बढ्यो,’ बस्नेतको भनाई उधृत गर्दै माओवादीका एक नेताले भने, ‘यस पटक पनि मेरो मूल्याङ्कन भएन भने पार्टीबाट राजीनामा दिन्छु ।’ उनले प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्का नेता जनार्दन शर्माको इसारामा चलेको आरोप समेत लगाए । ‘तपाईं जनार्दन कमरेडले पिसाब फेर भने फेर्ने, नफेर भने नफेर्ने रु,’ दाहाललाई व्यंग्य गर्दै बस्नेतले भने, ‘तपाईंको यो शैली ठीक छैन । तपाईं जनार्दनको मान्छे भन्दा पनि पार्टीको अध्यक्ष हो ।’ 
सरकार गठन भएको १० दिन बित्दा समेत माओवादी केन्द्रले आफ्नो भागमा परेका ८ मध्ये ५ मन्त्रीको टुंगो लगाउन सकेको छैन । यसअघि माओवादी केन्द्रले कृष्णबहादुर महरा, दलजीत श्रीपाली र गौरीशंकर चौधरीलाई मन्त्री बनाएको थियो ।मन्त्रिपरिषद् गठन भएको एक साता बितिसक्दा पनि मन्त्री चयन गर्न नसकेको माओवादी केन्द्रमा मन्त्री विवादले उग्ररुप लिइरहेको छ । २५ गतेको हेडक्वार्टर बैठक अघिनै माओवादी केन्द्रले जनार्दन शर्मा उर्जा, राम कार्की सूचना तथा संचार, प्रभु शाह कानुन, हितराज पाण्डे स्थानीय विकास र डीआर पौडेललाई शिक्षा मन्त्री बनाउने तयारी गरे पनि महिला नपरेको भन्दै विवाद बढेको थियो । दाहालले हितराज पाण्डेलाई मन्त्री बनाएर प्रमुख सचेतकमा बस्नेतलाई ल्याउने बताएका छन् । 
तर, महिला समेट्नै पर्ने दबाब बढेपछि पाण्डेलाई मन्त्रीको सूचीबाट हटाउने सम्भावना पनि उत्तिकै छ ।‘उहाँ अध्यक्षकै नजिकको मान्छे भएका हुनाले फकाएर उहाँको ठाँउमा महिलालाई समेट्न सक्ने सम्भावना छ,’ ती नेताले भने, ‘तर, महिला को भन्ने विषयमा पार्टी भित्र छलफल भएको छैन ।’यदि पाण्डेको ठाँउमा महिलालाई समेटेर अघि जाँदा बस्नेतले राजीनामा गर्ने सम्भावना बलियो रहेको स्रोतको दाबी छ । यद्यपि पाण्डे पनि पछाडि फर्कन मानेका छैनन । पाण्डेबाहेक जनार्दन शर्मा उर्जा, राम कार्की सूचना तथा संचार, डीआर पौडेल शिक्षा मन्त्री बन्ने पक्का भएको स्रोतको दावी छ । मन्त्रालयमा असन्तुष्ट शाह पनि मन्त्री बन्नेछन् तर मन्त्रालयबारे भने दाहालले टुंगो लगाउने छन् ।शुक्रबार बसेको हेडक्वार्टर बैठकमा पनि मन्त्री विवाद चर्किएको थियो । बैठकमा मणी थापा, पम्फा भुसाल लगायतका नेताहरुले अध्यक्ष दाहाललाई मन्त्रीमण्डलाई महिलालाई नसमेटी अघि नबढ्न चेतावनी दिएका थिए । 
यस्तै बैठकमा थापा लगायतका नेताले दाहालको सचिवालय सी ग्रेडको भएको भन्दै व्यंग गरेका थिए । दाहालले शुक्रबारको बैठकमा मन्त्रीको नाम प्रस्तुत नगरेकोप्रति पनि नेताहरु असन्तुष्टa बनेका थिए ।यस्तै दाहालले महिलालाई राज्यमन्त्री दिएर अघि बढ्न सकिने बताउँदै आएको एक नेताले जानकारी दिए । यस्तै अर्का नेता प्रभु शाहले कानुन भन्दा स्थानीय विकास मन्त्री बनाउन दबाब दिएका छन् ।कांग्रेसले मधेसलाई प्राथमिकता दिएर उपप्रधान तथा गृहमन्त्री बनाएको बताउँदै उनले स्थानीय विकास मन्त्री बनाउनुपर्ने माग राखेको स्रोतले जनाएको छ ।दाहालनिकट एक नेताका अनुसार दाहालले आइतबार मन्त्रिमण्डल विस्तार गर्नसक्ने छन् । पाण्डेका ठाँउमा महिला समेट्नु पर्ने दबाब, बस्नेतको र शाहको असन्तुष्टिकाबीच दाहालले मन्त्रीको नाम टुंगो लगाएर आज मन्त्री परिषद विस्तार गर्न सक्ने स्रोतले जानकारी दियो । 
Loading...