Latest News

बेहुली भर्जिन नभएको भन्दै सुहागरातमै येसरी वेहुलाद्धारा वेहुलीको विभत्स हत्या !!!




आफुले बिहे गरेकी किशोरी भर्जिन नभएको भन्दै एक युवाले आफ्नै नवविवाहिता श्रीमतीको हत्या गरेका छन् । बिहे गरेर बेहुली भित्राएको रात नयाँ दुलहीसँग सुहागरात खुसीसाथ मनाउनुको साटो पाकिस्तानका एक युवकले दुलहीले बिहेअघि नै अरुसँग सेक्स गरेर कुमारित्व तोडिसकेको आरोप लगाएर श्रीमतीको हत्या गरेका हुन् । पाकिस्तानको सिन्धस्थित जाकोबाबादमा यो घटना भएको हो । २८ वर्षका क्वालान्दर बकस खोखरले आफ्नै भतिजी पर्ने १९ वर्षकी खान्जानी लशारीलाई बिहे गरेर सुहागरातमै हत्या गरेको बताइएको छ ।

विचरी ती किशोरीले भर्जिनिटी नभएको अभियोगमा बिहेकै रात बेहुली पहिरनमै आफ्नै लोग्नेबाट ज्यान गुमाउनु परेको छ । धुमधामसँग बिहे गरेर छोरी अन्माएका खान्जानीका बुवाले अर्को दिन छोरीलाई लिएर ज्वाइँ ससुराल आउँछन् भन्ने आशामा बसेका थिए । तर छोरी ज्वाइँ नआएर शंका लागेपछि उनी छोरीको घरमा पुगे । त्यहाँ कसैलाई पनि नदेखेपछि उनले प्रहरीलाई खबर गरे ।

प्रहरीले घरकेा ढोका तोडेर भित्र छिरी हेर्दा खान्जानीको शव पलंगमै लडिरहेको देखे । क्वालान्दर भने फरार भैसकेको थियो । खन्जादीका दाजुले हत्यारो ज्वाइँ क्वालान्दर र उसका ४ दाजुभाइ विरुद्ध आफ्नो बहिनीको हत्या गरेको अभियोगमा उजुरी दर्ता गरे । प्रहरीले बेपत्ता भएको क्वालान्दरलाई अन्ततः फेला पार्न सफल भयो । उसले प्रहरीबाट बच्नका लागि आफ्नै तिघ्रामा गोली हानेको थियो । प्रहरी समक्ष उसले श्रीमतीको हत्या गरेको स्विकार गरेको छ । आफुलाई बेहुली भर्जिन नरहेको शंका लागेपछि सुरुवालको तुनाले घाँटी थिचेर मारेको अनि भागेको उसको भनाई छ ।

आफुले बिहे गरेकी बेहुली भर्जिन नभएको भन्दै सुहागरातमै हत्या

श्रीमानलार्इ ऋणको भारी बोकाएर अर्कैसँगै भाग्ने महिला पक्राउ

यस्ता छन् सबैभन्दा बढी देहव्यापार हुने मुलुकहरु, कस्को वार्षिक आम्दानी कति ?

मनले चाहेको जीवनसाथी पाउन यि कुरा अपनाउनुस

११ बलिउड नायिकाका पुराना रुप(फोटो सहित हेर्नुस)

अर्चना पनेरु को नाममा व्यापार हुदै छ यहाँ - Puza Sharma | चोर्न म माहिर छु सानै देखि(भिडियो सहित)

Loading...