Loading...
एक बेलायती राष्ट्रिय दैनिकले जापान लगायतका एसियाली देशमा लगातार गैरहेको भूकम्पपछि गत वर्ष नेपालमा गएको ७ दशमलव ९ रेक्टर स्केलको भन्दा पनि बढी ८ दशमव १ रेक्टर स्केल सम्मको भूकम्प जाने खतरा बढेको हेडलाइन समाचार प्रकाशित गरेको छ ।
केही दिन यता एसियाली क्षेत्रहरुमा निरन्तर गैरहेको ठूला भूकम्पका झट्काले अझै शक्तिशाली भूकम्पको सम्भावना बढाएको बेलायतको चर्चित सण्डे एक्सप्रेस नामक पत्रिकाले बैज्ञानिकलाई उद्धृत गर्दै लेखेको छ ।
अमेरिकाको कोलोराडो विश्वविद्यालयका भूगर्भशास्त्री रोगर बिल्हामले उक्त पत्रिका सँग भनेका छन्, "अहिलेको अवस्थाले ८ रेक्टर स्केल माथिका ४ वटा भूकम्प पैदा गर्न सक्छ" उनी अगाडी थप्छन्, "र यदि यो शक्ति सञ्चित शताब्दियौं सम्म सञ्चित भएमा अझै ठूलो भयानक भूकम्प जान पनि सक्छ" ।
किन आइरहेको छ नेपालमा भूकम्प ? बैज्ञानिक कारण यस्तो
जापानमा केही दिन यता निरन्तर ठूला भूकम्प भएका छन् । जापानमा ७ रेक्टर स्क्लका भूकम्प निरन्तर गैरहेको समयमा आइतबार विहान इक्वेडरमा समेत ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । जापानमा भूकम्पका कारण दर्जनौं मानिसले ज्यान गुमाइसकेका छन् ।
केही दिन अघि म्यानमारमा केन्द्र बनाएर अर्को शक्तिशाली भूकम्प भएको थियो । उक्त भूकम्पले ४५ जना मारिएको समाचार आएको छ ।
बैज्ञानिकहरुले एसिया प्रशान्त क्षेत्रमा यो वर्षको शुरु देखि नै औषत भन्दा ठूला भूकम्पहरु भैरहेको र यस्तो क्रमले गत वर्ष नेपालमा गएको भन्दा ठुला भूकम्पको जोखिम बढाएको बताएको पत्रिकाको उक्त समाचारमा उल्लेख छ ।
भूगर्भ शास्त्रीहरुका अनुसार गत वर्ष नेपालमा गएको भूकम्पपछि हिमाली क्षेत्रमा अझै पनि शक्ति सञ्चित रहेको छ ।
गत जनवरीमा चीनमा पनि ६ दशमलव १ रेक्टर स्केलको भूकम्प भएको थियो । केवल २ साता अघिमात्र म्यानमार र भारतमा शक्तिशाली भूकम्प महसुस गरिएको थियो । त्यस अघि अफगानिस्तानमा पनि भूकम्प भएको थियो ।
भारतको गृहमन्त्रालयलाई उद्धृत गर्दै नेपालमा गएको भूकम्पपछि हिमाली क्षेत्रमा ८ दशमलव २ रेक्टर स्केलको भूकम्प सञ्चित रहेको कुरा उल्लेख गरिएको छ ।
नेपालको पश्चिमी क्षेत्रमा अझै पनि टेक्टोनिक प्लेटहरु बन्द अवस्थामा रहेका कारण भूकम्पीय जोखिम उच्च रहेको समेत उक्त समाचारमा उल्लेख छ ।
नेपालमा गएको भूकम्पले टेक्टोनिक प्लेटमा रहेको रप्चर पुर्न नसकेको र सबै शक्ति बाहिर आउन नसकेको बैज्ञानिकहरुको निष्कर्ष छ ।
नेपालमा अझै ठुलो भुकम्पको खतरा, सबै तनाब निस्कन नसकेको र पश्चिमतर्फ सरेको दाबी
भारतको अहमदाबादमा रहेको इन्स्टिच्युट अफ सिस्मोलोजिकल रिसर्चमा कार्यरत बैज्ञानिक बिके रस्तोगीले भनेका छन्, " कश्मिर, उत्तरा खण्ड र हिमाञ्चलमा अझै पनि झण्डै त्यही स्तरको भूकम्पको जोखिम कायमै छ । यो आजै पनि हुन सक्छ ५० वर्ष पछि सम्म पुग्न पनि सक्छ"nepaliheadlines
Loading...
Social Buttons