Loading...
काठमाडौं, ३० साउन । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीमा निर्वाचित भएको १० दिनपछि आज तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्दैछन् । तेस्रो पटकको विस्तारमा पनि मन्त्रीपरिषद्ले पूर्णता पाउने छैन ।खतेस्रो पटकको मन्त्रीपरिषद् विस्तारमा पनि काँग्रेसले आफ्ना मन्त्रीको नाम टुंगाएको छैन ।
यसकारण प्रचण्डले माओवादीका कोटाबाट मन्त्री हुनेहरुलाई समेटेर मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।
उर्जा –जर्नादन शर्मा
स्थानीय विकास–हिताराज पाण्डे
संचार–राम कार्की
शिक्षा– डिआर पौडेल
कानुन–अजय शंकर नायक
अन्तिम समयमा प्रभु साहको नाम हटेको छ उनले स्थानीय विकास मन्त्रीको दावी गरेका थिए । तर, माओवादी हेडक्वाटरले उनलाई कानुन मन्त्रालयको जिम्मा लिन आग्रह गरेको थियो । चित्तबुझ्दो मन्त्रालय नपाएपछि साह बाहिर बसेका हुन । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले समानुपातिक, समावेशी सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने निर्णग गरेको छ । तर, महिलालाई राज्यमन्त्री बनाउने तयारी भएको छ ।
प्रचण्डले हिजो मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेको भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डसँग सरकार विस्तारको विषयमा चासो राखेकी थिइन् ।
Loading...
Social Buttons