Latest News

नेविसंघका कार्यकर्ता र प्रहरीबीच कुटाकुट, पार्टी कार्यालय सानेपामा बबाल ;गृहमन्त्री निधिको राजीनामा मागियो-

काठमाडौं, ३० साउन । नेपाल विद्यार्थी संघको महाधिवेशनमा प्रतिनिधि विवाद चर्किएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडपमा भएको छ । झडपमा प्रहरी र नेविसंघ कार्यकर्ताहरु घाइते भएका छन् ।
नक्कली प्रतिनिधिहरु समावेश गरिएको भन्दै रामचन्द्र पौडेल पक्षले महाधिवेशनको निर्वाचन प्रक्रिया खारेज गर्न माग गरेपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।
यसअघि कुन्द काफ्ले समूहले प्रतिनिधि विवाद समस्या सुल्झाउन माग गर्दै प्रदर्शन गरेपछि भृकुटीमण्डपमा झडप भएको थियो ।
Loading...