Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

प्रचण्डलार्इ भारतीय गणतन्त्र दिवसको प्रमुख अतिथी बनाउने तयारी,मोदी आफै विमानस्थल आउने


३०,साउन,काठमाण्डौं । भारतले नेपालसंग विग्रीएको सम्बन्धमा सुधार गर्न नेपाललाई उच्च प्राथमिकता दिन थालेको छ । भारतले नेपालसंगको पुरानो मित्रताका लागि सबै प्रयास गर्न थालेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि भारतले नेपालसंगको मित्रता बलियो हुने संकेत समेत गरेको हो । प्रचण्डको भारत भ्रमणअघि प्रधानमन्त्रीको विशेष दुतको रुपमा भारत जाने तयारीमा रहेका उपप्रधानमन्त्री निधि र भारतीय राजुदतवी भेटवार्ता समेत भएको छ । माओवादी स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड सम्भवतः भदौ अन्तिममा भारत भ्रमणमा जाने बुझिएको छ । यसपटक प्रचण्डलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै विमानस्थलमै आउने बताइएको छ  । 
प्रचण्डको लागि यो ठुलो सरप्राइज हुनेछ । स्रोतका अनुसार भारतले प्रचण्डलाई यसपटक ठूलो सम्मान प्रदान गर्ने तयारी समेत गरेको छ  । भारतले २६ जनवरीमा मनाउने गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अथिति नै बनाउनेबारेमा समेत सोचेको सूत्रहरुको दाबी छ । भारतले नेपालका प्रधानमन्त्रीहरुलाई अहिलेसम्म गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथि बनाएको छैन। स्व.राजा विरेन्द्र बाहेक अहिलेसम्म भारतले कसैलाई यस्तो अवसर प्रदान गरेको छैन ।  भारतीय पक्षले प्रचण्डलाई छिट्टै यसको लागि निमन्त्रणा दिने तयारी समेत गरेको छ । 
प्रधानमन्त्री प्रचण्डले समेत छिमेकीसँगको सम्बन्ध सुधारको लागि आफ्नो विशेष दुतको रुपमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिलाई भारत र उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेका छन् । प्रधानमन्त्रीको विशेष दुतको रुपमा उपप्रधानमन्त्रीद्धय निधि र महरा छिट्टै भ्रमण गर्ने बुझिएको छ । भारत पनि उनलाई सहयोग गर्न आतुर रहेको भारत मामिलाका नेपाली जानकारहरु बताउँछन् ।
Loading...