Latest News

सुरु भयो, हृदेन्द्रको राजयोगको समय

डा. बासुदेवकृष्ण शास्त्री ।

जन्म – २०५९।०४।१४
राशी – मीन
नक्षत्र – रेवती
नामाक्षर – दोलेन्द्र शाह

पूर्व युवराज पारस शाह तथा पूर्व युवराज्ञी हिमानी शाहका सुपुत्रको न्वारानको नाम दोलेन्द्र शाह हो । मीन राशी, रेवती नक्षत्रमा पूर्व क्षितिजमा तुला लग्नको उदय हँुदा उनको जन्म भएको हो । लग्नेश शुक्र एकादश स्थानमा बसेको र चारवटा ग्रह केन्द्र (बृहस्पति, मंगल, बुध, सूर्य) मा रहेको हुँदा विशिष्ट राजयोगको संभावना देखिन्छ । 

नवमांशेश सूर्य आय स्थानको स्वामी भई उच्च बृहस्पतिका साथ दशममा बसेको हुनाले भारथी योग जन्म पत्रिकामा परेकाले प्रसिद्ध हुने र विशिष्ट राजयोगको संभावना छ ।

उच्च बृहस्पतिका साथमा रहेको मंगलले निचदोष भंग भई (विपरित निचभंग राजयोग) बन्न आउँछ । अध्ययन अध्यापनमा सफलता, सामाजिक क्षेत्रमा लाभ, साहित्य, कला, संगीतमा एकदश शुक्रले विशेष प्रभाव पारेको देखिन्छ । राज्यभावको स्वामी भाग्यभावमा गएर बसेको हुनाले भाग्यले महत्वपूर्ण सहयोग गर्ने अवस्था बन्ने छ ।

योगिनी दशातर्फ २०७३ साउन १४ देखि  सिद्धाको समय सुरु हुन्छ । सिद्धाले कार्यसिद्धिको स्पष्ट संकेत गर्दछ । सम्पूर्ण नवग्रह शान्तीकालागी श्री पशुपतिनाथको पूर्ण अभिषेक, दक्षिणकालिको सहस्र अर्चना, चारवेद पारायण, मोती, मूँगा र पुष्पराज ४ रत्तिभन्दा माथि गलामा लकेट बनाएर धारण गर्नाले शुभ रहने छ ।
Loading...