Latest News

सुरु भयो महराको धन्दा, कालोधन छानविन गर्न गठित समिति नै खारेज

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ना साथ आकस्मिक रुपले शुन्यमा झरेको शेयर कारोबार मंगलबार फेरि उकालो लागेको छ । पूर्व अर्थमन्त्री विष्णु पौडेलको पालामा मालामाल रहेको शेयर बजार एक्कासी ओरालो लागेपछि आर्थिक क्षेत्र नयाँ अर्थमन्त्री महराप्रति विश्वस्त नरहेको निष्कर्ष शेयर विश्लेषकहरुले गरेका थिए । सोमबार ८८ दशमलव ८१ अङ्कले घटेर १६७५ दशमलव ९१ अङ्कमा रोकिएको नेप्से त्यसको एकदिनपछि मंगलबार ५ दशमलव शुन्य ४ प्रतिशतले बढेको छ । यसरी निराश अवस्थामा रहेको शेयर बजारको मनोबल बढाउन अर्थमन्त्री महरालाई केही व्यवसायीहरुले सम्पति शुद्धिकरण छानविन समिति खारेज गर्न सुझाए । सोही सुझावको भरमा महराले धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई बोलाएर सम्पति सुद्धिकरणका लागि गठित छानविन समिति खारेज गर्न निर्देशन दिए । स्रोतका अनुसार केही व्यवसायीहरुको समाचार सार्वजनिक भएपछि सोमबार ८८ अङकले घटेको नेप्से मंगलबार एकैपटक ८४ अङ्कले बढेको हो । शेयर विश्लेषक रविन्द्र भट्टराईले भने सम्पति शुद्धिकरण छानविन समिति खारेज गरेर भन्दा पनि लगानीकर्ताहरुमा चिन्ता हटेकोले मंगलबार नेप्से बढेको बताए । उनले नेपाल राष्ट्र बैङकले प्रत्येक हप्ता दश लाख भन्दा बढी रकमको अनुगमण गर्ने भएकोले कालोधन बजारमा देखिने सम्भावना न्युन रहने दावी गरे । बजारमा आशङ्काहरु बढिरहेका बेला नयाँ मन्त्रीलाई चिन्ता हुनु स्वभाविक भएको उनले बताए । तर अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री महराले आर्थिक सुचाङ्क बढाउने गरी काम गर्न धितोपत्र बोर्ड र मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएपछि केही व्यवसायीहरु सलबलाएका छन् । स्रोत भन्छ– ‘यसबाट केही व्यवसायीलाई ढुङगा खोज्दा देउता भने जस्तै भएको छ ।’ मन्त्री महराको पछिल्लो निर्णयसंग राष्ट्र बैङकका गर्भनर डा.चीरञ्जीवी नेपाल असन्तुष्ट रहेको बताईन्छ ।
Loading...