Loading...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने भन्दै सठकमा नाराबाजी नै भयो, ओलीको बहिर्गमन ताका ।
एमालेका कतीपय नेताहरुले ओलीकै कारण सरकार ढलेको बताए । भद्र सहमति पालना नगरेको आरोप उनीमाथि केही नेताहरुले अहिले पनि लगाइरहेका छन् भने माओवादी केन्द्रको गुनासो पनि त्यसमै छ । यस बीचमा नेकपा एमालेका नेताहरुले ओली सरकार राष्ट्रवादी सरकार भएको बताइरहेका छन् ।

उनले काँग्रेस र माओवादीको गठबन्धन आफैं ढल्ने र त्यसपछि बन्ने चुनावि सरकारको नेतृत्व एमालेले गर्ने बताए । अबको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी भट्टराईको थियो ।
उनले एमालेलाई बहुमतबाट कुनै पनि शक्तिले रोक्न नसक्ने दाबी समेत गरे । त्यसका लागि आफुहरुले हिमालदेखि तराईसम्म अभियान सञ्चालन गर्ने पनि उनले बताए ।
उनले यो सरकार बढीमा छ सात महिना चल्ने र त्यसपछि देउवाको साटो आफ्नो पार्टीका अध्यक्ष नै प्रधानमन्त्री हुने बताए । काग्रेस माओवादी समझदारी चाँडै तोडिने भट्टराईको दाबी थियो ।
उनले ओली सरकारले भारत निर्भरताबाट नेपाललाई भुपरिवेष्ठित मुलुकले पाउने अधिकार पाउने हैसियतमा पुर्याएको बताए । ओली सरकारको लोकप्रिंय कामबाट डराएका शक्तिहरुले सरकार अकास्मात गिराएको भट्टराइको दाबी थियो ।
Loading...
Social Buttons