Loading...
काठमाडौं,२९ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । मोर्चाले वर्तमान सरकार गठनका बेला भएको तीन बुँदे सहमति अनुसार नै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा समेत गरेको छ । मोर्चाको संसदमा ४५ सांसद छन् ।
संविधान संशोधनमार्फत सीमांकनसहितका आफ्ना माग पूरा गर्ने तर्फ सरकारले तत्काल ध्यान नदिए सरकारलार्इ दिएको समर्थन फिर्ता लिन सकिने सद्भावनाका महासचिव मनिष सुमनले बताए । सरकार गठनपूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेस मोर्चासहितको संघीय गठबन्धनबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभए समर्थन फिर्ता लिने निर्णय भइसकेको छ ।
मधेसी मोर्चाले असोज पहिलो साता भित्र आफुहरुको माग पुरा नभए समर्थन फिर्ता लिएर आन्दोलनमा जाने रणनीति बनाएको छ । अहिले पनि मोर्चाका सांसदहरु संसदको विपक्षी दलको कुर्सीमा बस्छन् ।

Social Buttons