Loading...
बाँके – बाँकेमा एक महिलामाथि भकभकी उम्लिरहेको पानी खन्याई ज्यान लिन खोज्ने छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सामान्य विवादमा उक्त महिलामाथि तातोपानी खन्याउने छिमेकीलाई पक्राउ गरेको हो ।
नेपालगंन्ज उपमहानगरपालिका–१६, कोरियनपुर निवासी २५ बर्षिय लिलाकुमारी वलीलाई उनका छिमेकीले तातोपानी खन्याइ घाइते बनाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जनाए अनुसार शुक्रबार बेलुकी सामान्य विवादको विषयमा छिमेकी ४५ बर्षिया तबसुम ढपाली र उनकी छोरी रिना ढपालीले तातो पानी खन्याइ मार्ने प्रयास गरेका हुन् ।
तातो पानीबाट घाइते भएकी वलीको नेपालगन्ज मेडिकल कलेजमा सामान्य उपचार पश्चात भेरी अञ्चल अस्पताल नेपालगन्जमा रिफर गरिएको छ ।
चिकित्सकले बताएअनुसार तातो पानीले उनको शरीरको २५ प्रतिशत भाग जलेको छ ।
Loading...
Social Buttons