Loading...
१,साउन,काठमाण्डौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न माओवादी केन्द्रका नेताहरुले भारतीय दुतावासबाट २५ देखि ३० करोड रुपैया लिएको खुलासा हुन थालेको छ । ओली नेतृत्वको सरकारमा मन्त्री हुन नपाएका माओवादीका युवा नेताहरुले जसरी पनि ओली सरकार ढाल्न अध्यक्ष प्रचण्डलाई दवाव दिन भारतीय दुतावासबाट २५ करोड रुपैया लिएको बताइन्छ । त्यसो त माओवादीभित्रै ओली नेतृत्वको सरकार ढाल्न नहुने व्यापक वहस छ । नेता नारायणकाजी श्रेष्ठले त प्रचण्डको आलोचना समेत गरेका छन् । दुतावास स्रोतले रकम लिने माओवादी नेताको नाम भने लिन चाहेन् । अहिले दुतावासबाट पैसा वुझ्ने नेता माओवादीको स्थायी समितिमा छन् । स्रोतका अनुसार ती नेता प्रचण्ड सरकारमा मन्त्री बन्नेछैनन् । वरु ९ महीनापछि देउवा नेतृत्वमा हुने सरकारमा महत्वुपर्ण मन्त्रालय ताक्ने दाउमा छन् ।
पछिल्लो समय भारत जसरी पनि ओली नेतृत्वको सरकार ढाल्न चाहन्थ्यो । त्यही अनुसार भारत जसरी पनि ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर ओलीबाहेकको अर्को नेतृत्व आएको हेर्न चाहन्थ्यो । माओवादी स्रोतका अनुसार अहिले माओवादीभित्र भारतपरस्त र भारतविरोधी गुटको चर्को बहस हुने गरेको छ । पछिल्लो सयम भारतविरोधी समुहको नेतृत्व वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गरिरहेका छन भने भारतको पक्षमा नेता कृष्णबहादुर महरा लगायत नेताले वार्गेनिङ गरीरहेका छन् । ओली सरकारलाई ढाल्न दवाव दिन भारतीय दुतावाससंग करोडौ लिएपनि प्रचण्डलाई भने यसबारे जानकारी नभएको स्रोतको दाबी छ ।
newssewa.
Loading...
Social Buttons