Latest News

चीनसँगका सम्झौता रोक्न ओली सरकार ढाल्न खोजियोः नारायणकाजी श्रेष्ठ


नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारबाट समर्थन फिर्ता लिने पार्टीको निर्णयमा असन्तुष्टि जनाएका छन् ।bhayo
न्यूज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रम ‘रियल फेस’मा पत्रकार प्रेम बानियाँसँग कुराकानी गर्दै उनले पछिल्लो पटक कांग्रेससँग बनेको सत्ता समीकरणले माओवादीलाई तत्कालका लागि लाभ भएपनि राष्ट्रलाई घात हुने बताए ।
चीनसँग पारवहन सन्धी, रेल्वे सम्झौता र पेट्रोलियम पदार्थको उत्खनन् सम्बन्धी नेपालले गरेका सम्झौताबाट अत्तालिएका शक्तिकेन्द्र (भारततर्फ संकेत) सरकार ढाल्न सक्रिय रहेको उनको आरोप थियो ।
केपी ओली नेतृत्वको सरकार राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रको आत्मनिर्णयको पक्षमा दृढतापूर्वक उभिएको र त्यसले केही समययता राष्ट्रिय आत्मनिर्णयको अवस्था सुदृढ भएको समेत बताएको स्मरण गर्दै नेता श्रेष्ठले अब बन्ने सरकारले चीनसँग भएका सम्झौता अघि नबढाए ठूलो नोक्सानी हुने चेतावनी दिए ।
ओली नेतृत्वको सरकारले थालेका नीति र कामको निरन्तरता नपाए देशले ठूलो चुनौती सामना गर्नुपर्ने भन्दै उनले माओवादी त्यो दिशामा नगएको आरोप लगाए ।
यसअघि माओवादीले सरकार छाड्ने निर्णय गरेकै दिन नेता श्रेष्ठले असन्तुष्टि जनाउँदै ओली सरकारको पक्षमा उभिएका थिए ।
dainiknepal
Loading...